युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.29.2020, 10:35am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
अमेरिकाले चार हजार सैनिक फिर्ता गर्दै
Tuesday, 12.17.2019, 12:38pm (GMT+5.5)

संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले अफगानिस्तानबाट चार हजार सैनिक फिर्ता गर्ने योजनालाई आगामी एक दुई दिनभित्रमा नै घोषणा गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरूले आइतबार उल्लेख गरेका छन् । अहिले अफगानिस्तानमा झन्डै १३,००० अमेरिकी सैनिकहरू परिचालित छन् ।
अमेरिका र तालिबान विद्रोही समूहबीच सेप्टेम्बरको दोस्रो हप्तामा गर्ने भनिएको सहमति तालिवान समूहले अफगानिस्तानको राजधानी काबुलमा गरेको आक्रमणमा एक अमेरिकी सैनिकसहित १२ व्यक्तिको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फीरूपमा ट्वीटरमार्फत् एक सन्देश लेख्दै वार्ता रद्द भएको घोषणा गर्नुभएको थियो । 
अफगानिस्तानमा  सशस्त्र सङ्घर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको र वार्ताको तत्काल सम्भावना छैन ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले सेप्टेम्बरमा भन्नुभएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग सेप्टेम्बरमा गर्न खोजिएको गोप्य बैठक पनि एकाएक स्थगित भएको थियो । क्याम्प डेभिडमा हुने भनिएको उक्त गोप्य वार्तामा ट्रम्पले अफगानिस्तानका तत्कालीन राष्ट्रपति असरफ घानी र तालिबान समूहका उच्च नेताहरूसँग भेट्ने र सम्झौता गर्ने योजना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए । 
तर अमेरिका र तालिबान समूहबीच एक हप्तापहिले पुनः वार्ता शुरू भएको थियो । तर काबुलको उत्तरमा रहेको अमेरिकी हवाई अड्डामा एक लडाकू समूहले गरेको आक्रमणमा दुई अफगानी नागरिकको मृत्यु हुनेगरी भएको आक्रमणमा दर्जनौँ व्यक्ति घाइते भएपछि गत बिहीबार (डिसेम्बर १२) मा वार्ता रोकिएको थियो ।
तर अमेरिकी समाचार संस्था एनबीसीले शनिबार भूतपूर्व र वर्तमान तीन अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्प प्रशासनले अफगानिस्तानबाट चार हजार सैनिक फिर्ता बोलाउने घोषणा गर्न लागेको जनाएको थियो । तीमध्ये दुई जनाले केही सैनिकलाई पुनः छिट्टै तैनाथ गर्ने र कार्यकाल सकिएका केहीको सट्टामा अन्य सेना नपठाउने गरी तयारी भएको उल्लेख छ ।
अमेरिकी अर्को समाचार संस्था (सीएनएन) ले एक अमेरिकी अधिकारीलाई उल्लेख गर्दै ट्रम्प प्रशासनले अफगानिस्तानबाट केही सैनिक हटाउनसक्ने तर यसका लागि ‘प्रशस्त समय’ लाग्ने बताएको छ ।
यस विषयमा एएफपीले अमेरिकी विदेश मन्त्रालयलाई आइतबार प्रतिक्रियाका लागि अनुरोध गर्दा कुनै प्रतिक्रिया दिन अस्वीकार गर्दै यसबारे अमेरिकी सैन्य मुख्यालय पेन्टागनसँग सम्पर्क गर्न आग्रह गरेको छ भने पेन्टागनले ह्वाइट हाउसलाई देखाएको छ । त्यस्तै ह्वाइट हाउसका अधिकारीले यस विषयमा तत्काल केही प्रतिक्रिया दिएनन् ।
सेप्टेम्बरमा सम्झौताका लागि तयार भएको खाकामा अमेरिकाले आफ्नो सेनालाई घटाउने तर यसको बदलामा तालिबान समूहले अफगानी सरकारसँग वार्ता गर्ने र हिंसात्मक घटनालाई रोक्दै जाने सहमति बनेको थियो । 
यसै सिलसिलामा अमेरिकी राष्ट्रपति ट्रम्पले बिनाकुनै सूचना अचानक अफगानिस्तानको भ्रमण गर्दै त्यहाँ खटिएका अमेरिकी सैनिकहरूलाई भेट्नुभएको थियो । त्यस क्रममा उहाँले अमेरिका र तालिबान विद्रोहीबीच वार्ता भइरहेको बताउनुभएको थियो ।
तालिबानहरूले वार्तामार्फत सहमति जुटाउन चाहिरहेका बाग्राम सैन्य अखडामा अमेरिकी सेनालाई सम्बोधन गर्दै ट्रम्पले बताउनुभएको थियो । 
आफ्नो पहिलो अफगानिस्तान भ्रमणका अवसरमा उहाँले तत्कालीन अफगान राष्ट्रपति असरफ घानीसँग पनि भेटघाट गर्नुभएको थियो । शान्ति वार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिबानबीच भएको बन्दी आदानप्रदानपछि ट्रम्पले अमेरिकी सेनालाई धन्यवाद ज्ञापन गर्नका लागि अचानक अफगानिस्तान भ्रमण गर्नुभएको थियो । त्यहाँ ट्रम्पले अमेरिकाले सैनिकको सङ्ख्यालाई उल्लेखनीय रूपमा घटाउन लागेको बताउनुभएको थियो । 
सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा भएका आतङ्कवादी आक्रमणपछि अमेरिकाले त्यहाँ आफ्नो सेना पठाएको १८ वर्ष पुगिसकेको छ । शान्ति वार्ताको पहल शुरु भएपछि हालै तालिबान विद्रोही र अमेरिकी पक्षबीच कतारको दोहामा वार्ता भएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
भाइ राष्ट्रपति पूर्व राष्ट्रपति दाइ प्रधानमन्त्री (11.27.2019)
वेपत्ता भनिएका पवार सकुशल रहेको जानकारी (11.27.2019)
गद्दी आरोहणको खुशियालीमा राष्ट्रिय उत्सव (11.14.2019)
अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउन आदेश (11.14.2019)
नौ भारतीय सैनिक मारिएका पाकिस्तानी सेनाको दावी (10.22.2019)
आईएसका आफन्त भागेपछि फ्रान्सद्वारा चासो व्यक्त (10.15.2019)
स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह (10.02.2019)
बेहुलीले जन्ती लिएर बेहुलाकोमा गएपछि (09.25.2019)
इरानले ग¥यो खाडी क्षेत्रको सुरक्षाको दावी (09.25.2019)
चिकित्सकको घरमा दुई हजार मानव भ्रुणका अवशेष (09.17.2019)
अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द” (09.10.2019)
काश्मिर : स्वतन्त्रता दिवस हुँदै राष्ट्रसङ्घीय सुरक्षा परिषद्सम्म (08.20.2019)
भारतले थप्यो काश्मिरमा १० हजार सैनिक, स्थानीय त्रसित (07.30.2019)
अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल (07.30.2019)
महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प (07.22.2019)
चीन भन्छ- अमेरिका इरान वार्ता गर (06.18.2019)
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम (05.28.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)
स्लामिक अतिवादी मारिएका वा पक्राउ परेका प्रधानमन्त्रीको दावी (04.30.2019)



 
::| Latest News

 
[Page Top]