युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 04.08.2020, 05:19am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
बेलायती राजदूत तेहरानबाट पक्राउ, सोधपुछपछि रिहा
Tuesday, 01.14.2020, 12:11pm (GMT+5.5)

विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ । कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकार विरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरेको पुष्टि गरेको छ । राजदूतलाई करिब तीन घण्टापछि छोडिएको थियो । गत हप्ता तेहरानमा ‘दुर्घटनाग्रस्त’ युक्रेनी विमानलाई ‘भूलवश’ खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरिसकेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनपछि इरानका लागि बेलायती राजदूतलाई पक्राउ गरिएको हो । 
राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई बेलायतले ‘अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन’ भनेको छ । राजदूत मकेयर कार्यक्रम सकेर दूतावास फर्किने क्रममा कपाल काट्न एउटा सैलुनमा रोकिएका समय इरानी अधिकारीले उहाँलाई पक्राउ गरेका बताइएको छ । 
यसैबीच बेलायतको विदेशमन्त्री डोमिनिक राबले एक वक्तव्य जारी गर्दै भन्नुभएको छ, “तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु ‘अन्तर्राष्ट्रिय कानूनको ठाडो उल्लङ्घन’ हो ।” तेहरानबाट सुरक्षाकर्मीले एक विदेशी केहीबेर सुरक्षा नियन्त्रणमा लिएको तर सोधपुछका क्रममा उहाँ इरानका लागि बेलायती राजदूत भएको थाहा भएपछि तत्काल रिहा गरिएको इरानको विदेश मन्त्रालय पनि एक विज्ञप्तिमार्फत बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, “उहाँलाई पक्राउ गरिएको थिएन तर गैरकानूनी रूपमा गरिएको भेलामा ‘अपरिचित विदेशी’ देखिएपछि पक्राउ गरी सोधपुछ गरिएको थियो । उहाँको परिचय खुलेपछि प्रहरीले उहाँलाई करिब १५ मिनेटपछि रिहा गरेको थियो ।” 
उता इरानका लागि बेलायती राजदूतले आइतबार तेहरानमा यूक्रेनी विमानमा मृत्यु भएका आफन्तहरूको प्रदर्शनमा आफू सहभागी नभएको बताउनुभएको छ । एक सय ७६ जनाको ज्यान जाने गरी गत बुधवार भएको दुर्घटनाका लागि शुरूमा आफू जिम्मेवार नरहेको इरानले दाबी गरेको भएपनि ‘भुलवश’ युक्रेनी विमानलाई क्षेप्यास्त्र प्रहारबाट खसालेको शनिबार इरानी राष्ट्रपति हसन रौहानीले स्वीकार्नुभएको थियो । 
विमान दुर्घटनामा ज्यान गुमाउनेमा ८२ जना इरानका, ६३ जना क्यानडाका र ११ जना युक्रेनका नागरिक थिए । त्यस्तै स्वीडेन, बेलायत, अफगानिस्तान र जर्मनीका यात्रु पनि विमानमा यात्रारत थिए । इरानी सञ्चारमाध्यमले जनाएअनुसार तेहरानको अमिर कबिर विश्वविद्यालयमा शनिबार विद्यार्थीहरूले विमानमा ज्यान गुमाउनेहरूको सम्झनामा एक कार्यक्रम गरेका थिए । तर उक्त कार्यक्रमका सहभागी पछि प्रदर्शनमा सहभागी भएको बताइएको छ ।
मकेयरले ट्वीटमार्फत् जारी सन्देशमा भनिएको छ, “मैले प्रदर्शनमा भाग नलिएको कुरा पुष्टि गर्न चाहन्छु । तेहरानमा गत बुधबार यूक्रेनी विमानको पीएस ७५२ नम्बरको उडानका मृतकको सम्झनामा भएको कार्यक्रममा सहभागी भएको र मलाई फर्किने क्रममा करिब आधा घण्टासम्म नियन्त्रणमा लिइएको हो ।”  
उहाँले भन्नुभयो, “मृतक केही बेलायती नागरिकसमेत भएकाले सम्मानमा सहभागी हुनु सामान्य हो तर करिब पाँच मिनेटमा केही सहभागीले नारा लगाउन सुरू गरेपछि म बाहिरिएको थिएँ । कूटनीतिज्ञलाई पक्राउ गर्नु सबै मुलुकमा पक्कै पनि गैर–कानूनी हो ।” इरानको मेहर न्यूज एजेन्सीले बेलायती कूटनीतिज्ञ रब मकेयरलाई ‘हिंसा भड्काउने शङ्कास्पद गतिविधि’ गरेको आरोपमा नियन्त्रणमा लिई सोधपुछ पछि छोडिएको बताएको छ । तेहरानबाट सुरक्षाकर्मीले एक विदेशी केहीबेर सुरक्षा नियन्त्रणमा लिएको तर सोधपुछका क्रममा उहाँ इरानका लागि बेलायती राजदूत भएको थाहा भएपछि तत्काल रिहा गरिएको इरानको विदेश मन्त्रालय पनि जानकारी गराएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
अमेरिका–इरान तनाबबीच जापानी प्रधानमन्त्री मध्यपूर्व भ्रमणमा (01.14.2020)
अमेरिकाले चार हजार सैनिक फिर्ता गर्दै (12.17.2019)
भाइ राष्ट्रपति पूर्व राष्ट्रपति दाइ प्रधानमन्त्री (11.27.2019)
वेपत्ता भनिएका पवार सकुशल रहेको जानकारी (11.27.2019)
गद्दी आरोहणको खुशियालीमा राष्ट्रिय उत्सव (11.14.2019)
अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउन आदेश (11.14.2019)
नौ भारतीय सैनिक मारिएका पाकिस्तानी सेनाको दावी (10.22.2019)
आईएसका आफन्त भागेपछि फ्रान्सद्वारा चासो व्यक्त (10.15.2019)
स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह (10.02.2019)
बेहुलीले जन्ती लिएर बेहुलाकोमा गएपछि (09.25.2019)
इरानले ग¥यो खाडी क्षेत्रको सुरक्षाको दावी (09.25.2019)
चिकित्सकको घरमा दुई हजार मानव भ्रुणका अवशेष (09.17.2019)
अमेरिका–तालिबान वार्ता सङ्कटमा, ट्रम्प भन्नुहुन्छ, “क्याम्प डेभिड गोप्य बैठक रद्द” (09.10.2019)
काश्मिर : स्वतन्त्रता दिवस हुँदै राष्ट्रसङ्घीय सुरक्षा परिषद्सम्म (08.20.2019)
भारतले थप्यो काश्मिरमा १० हजार सैनिक, स्थानीय त्रसित (07.30.2019)
अफगानिस्तानमा सुरु भो निर्वाचनको चहलपहल (07.30.2019)
महिला सांसदले राष्ट्रसँग माफी माग्नुपर्छ- ट्रम्प (07.22.2019)
चीन भन्छ- अमेरिका इरान वार्ता गर (06.18.2019)
चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू (06.05.2019)
एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन (05.28.2019)



 
::| Latest News

 
[Page Top]