युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 09.26.2018, 04:58am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
चार वर्षमा साढे दुई लाखको ज्यान गैसक्यो
Tuesday, 12.01.2015, 02:28pm
साढे चार वर्षदेखि जारी हिंसाले क्षतविक्षत भएको सिरियामा यतिबेला अतिवादी आईएसबिरुद्ध रसिया लगायत पश्चिमा मुुलुकहरूले हवाई आक्रमण चलाइरहेका छन् । सत्ता परिवर्तनका लागि सुरु भएको आन्दोलन गृहयुद्धमा परिवर्तन भएको सिरियामा विद्रोहीलाई अमेरिका तथा युरोपको सहायताका कारण विद्रोही बलियो बनेसंगै आईएसको जन्म भएको थियो ।
पुटिनको इरान भ्रमण, सिरिया समस्या छायाँमा पर्न सक्ने
Wednesday, 11.25.2015, 12:40pm
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको सोमबार हुने तेहरानको भ्रमणमा सिरिया युद्धमा इरानसँगको सहकार्य सम्बन्धमा केन्द्रित रहने अपेक्षा अन्तराष्ट्रिय समुदायले गरेपनि ग्यास निर्यात गर्ने राष्ट्रहरूको तेहरानमा हुने सम्मेलनले पुटिनका सहयात्री तथा इरानी सर्बोच्च नेता आयतोल्ला अलि खामेनीसँग हुने भनिएको वार्तालाई भने छायाँमा पार्ने विज्ञहरूको बुझाई रहेको छ ।

करिब ३० जनाको शव अझै पहिचान हुन सकेन
Tuesday, 11.17.2015, 01:51pm
पेरिस आक्रमणमा परी मृत्यु भएका करिब ३० जनाको शव अझै पहिचान हुन नसकेको फ्रान्सका प्रधानमन्त्री म्यानुअल भल्जले आइतबार बताउनुभएको छ ।
बिहारमा मोदीको करारी हार
Tuesday, 11.10.2015, 11:25am
र्मचारीतन्त्र र गुप्तचर संस्था ‘रअ’को प्रभाव ग्रहण गरेर नेपालमा ‘अघोषित नाकाबन्दी’ गराइरहेको भारत सरकारका प्रधामन्त्री नरेन्द्र मोदीलाई बिहारको बिधानसभाको निर्वाचन नतिजाले ठूलो धक्का दिएको छ ।
म्यानमारको सत्तामा पुग्लिन सु की
Tuesday, 11.10.2015, 11:11am
म्यानमारमा आइतबार भएको आमनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । निर्वाचनका लागि तोकिएका मतदान केन्द्रमा दिउँसो अबेरसम्म लामो लाइनमा बसी यहाँका जनताले सौहाद्रपूर्ण रूपमा सहभागिता जनाए मतदान प्रक्रिया स्थानीय समयअनुसार आइतबार दिउँसो ४ बजेपछि सम्पन्न भएको छ ।

दुर्घटनाग्रस्त रसियाली विमानमा सवार ‘सबै यात्रुको मृत्यु’
Tuesday, 11.03.2015, 01:37pm
। रसियाली एक विमान इजिप्टको सिनाई प्रायद्वीपमा शनिबार दुर्घटनाग्रस्त भएको विमान यात्रारत यात्रारत सवैको मृत्यु भएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् ।  ए–३२१ एअरबसमासो विमानमा सात चालक दलका सदस्य सहित २१७ जना यात्रु रहेका इजिप्टको प्रधानमन्त्री कार्यालयले शनिबारे जानकारी दिएको थियो ।
रसियाली सेनाको कारबाही विवादमा
Tuesday, 10.06.2015, 11:00am
सियाका युद्धक विमानद्वारा सिरियामा सुरु भएको आक्रमण विवादमा परेको छ । रसियाले अमेरिकी आग्रहबमोजिम नै सिरियामा आइएसका विरुद्धमा हवाई कारबाही थालेको हो । तर पनि सो कारबाही विवादमा परेको समाचारमा जनाइएको छ । 
अस्पताल आक्रमणको अनुसन्धान गरिने
Tuesday, 10.06.2015, 10:59am
अफगानिस्तानको कुन्दुज सहरमा अवस्थित अफगान अस्पतालमा भएको अमेरिकासँग आवद्ध एक हवाई आक्रमणको पुरा रुपमा अनुसन्धान गरिने अमेरिकी राष्ट्रपति बाराक ओबामाले बताउनु भएको छ ।
हजयात्रीबीचको भागडौद : पाँच नेपालीसहित ७६९ को मृत्यु
Tuesday, 09.29.2015, 11:43am
बिहीबार अरवको पवित्र शहर मक्कामा भागदौडबाट भएको मृतक संख्या ७६९ पुगेका छ । सो भागदौडमा पाँचजना नेपालीको पनि मृत्यु भएको छ । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न गएका ७१७ तीर्थयात्रीको बिहीबार ज्यान गएको थियो । 
आतङ्कवादका विरुद्ध निगरानी गर
Tuesday, 09.15.2015, 11:29am
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादका विरुद्धमा सतर्क भएर बस्न आग्रह गर्नुभएको छ । चौध वर्ष अघि सेप्टेम्बर ११ का दिन संयुक्त राज्य अमेरिकामा भएको आतङ्कवादी हमलाको स्मरणमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले सबै अमेरिकी नागरिकलाई सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । 

सुरक्षा वार्ता रद्द भएपछि एक अर्कालाई दोष
Wednesday, 08.26.2015, 03:23pm
भारत र पाकिस्तानबीच हुन गइरहेको राष्ट्रिय सुरक्षा परामर्श दातृ (नेसनल सेक्युरिटी एडभाइजर–एनएसए) स्तरको वार्ता रद्द गर्नुमा भारतको हात रहेको भनी पाकिस्तानी सञ्चारमाध्यमले दोषारोपण गरेका छन् ।

जताततै आतंकवादी हमला
Tuesday, 08.11.2015, 11:58am
अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको एक भीषण बम आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५१ पुगेको छ ।समाचारअनुसार सो विस्फोटमा परी मारिने व्यक्तिको सङ्ख्या शनिबार ५१ पुगेको हो । 
पाकिस्तानद्वारा करिब १६४ भारतीय माझीको रिहा
Tuesday, 08.04.2015, 04:38pm
भारत–पाकिस्तानबीच पछिल्लो केही सातादेखि सीमा क्षेत्रमा झडपका समाचार आइरहेका बेला पाकिस्तानद्वारा १६४ भन्दा बढी भारतीय माझीलाई रिहा गरेको छ । 
ओबामा राष्ट्रपति भएपछि पहिलोपल्ट केन्यामा
Tuesday, 07.28.2015, 12:16pm
अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्ना पिताको जन्मदेश केन्या पुग्नुभएको छ । उहाँ राष्ट्रपति भएपछि पहिलो पटक केन्या पुग्नुभएको हो । उहाँले यस भ्रमणका क्रममा केन्यामा लगानी, प्रतिआतङ्कवाद र मानवअधिकारबारे वार्ता गर्नुभएको छ ।
बेलायतले आइएसविरुद्ध अमेरिकालाई सघाउने
Tuesday, 07.21.2015, 02:34pm
बेलायतले आतङ्ककारीको एक समूह इस्लामिक स्टेट (आइएस) का विरुद्धको कारबाहीमा संयुक्त राज्य अमेरिकालाई सघाउने भएको छ । 
तनावले स्मरण शक्ति कम गराउँछ
Tuesday, 07.21.2015, 02:32pm
नेपालीमा एउटा उखान छ– ‘चिन्ताले चितामा पुर्याउँछ’ । वैज्ञानिकहरूले यस्तै भनाइलाई मिल्ने खालको रहस्य हालै पत्ता लगाएका छन् । 

भारतमा ‘स्मार्ट सिटी’ योजना सुरु
Tuesday, 07.14.2015, 03:30pm
भारतीय सरकारले स्मार्ट सिटी नामको एक महत्वाकांक्षी कार्यक्रमको सुरुवात गरेको समाचार छ । प्रधानमन्त्री नरेन्द्र मोदीले गतहप्ता सो योजनाको औपचारिक सुरुवात गर्नुभएको हो ।
दक्षिणी सुडानमा भोकमरीको खतरा
Tuesday, 07.14.2015, 03:28pm
समयमा नराम्रो द्वन्द्वमा फसेको दक्षिणी सुडानमा भोकमरी छाएको बताइएको छ । यहाँको युद्धक्षेत्रको कतिपय राज्यका नागरिकहरू भोकमरीका कारण मर्न थालेका छन् । राष्ट्रसङ्घीय अधिकारीहरूले दक्षिणी सुडानमा अहिलेकै अवस्था अरु केही महिनामात्र जारी रहेका पनि आउँदा दिनमा परिस्थिति अझै नराम्रो हुने चेतावनी दिइरहेका बेला यहाँ भोकमरी छाएको समाचार आएको हो । 
चीनको आलोचना गरिएका बुँदा हटाइयो
Tuesday, 07.07.2015, 01:49pm
विश्व बैङ्कले चीनको अर्थतन्त्रका विषयमा हालै प्रकाशित प्रतिवेदनमा वित्तीय प्रणालीमा सुधार गर्न भनिएको भाग पर्याप्त रुपमा पुनरावलोकन नभएको र त्यसमा शब्द चयन अनुपयुक्त भएको भनी हटाएको छ । 

ग्रिसको भाग्य निर्धारण त्यहाँकै जनताबाट
Tuesday, 07.07.2015, 01:48pm
ग्रिसले आइतबार निकै कडा प्रतिस्पर्धामा जनमत सङ्ग्रहमा मतदान गरेको छ । ऋणको बोझमा परेको र युरोपेली युनियनको वित्तीय कमजोरीबाट लडखडाएको यस मुलुकका प्रधानमन्त्री अलेक्सिज सिप्रासले यस जनमत सङ्ग्रहबाट जनताले युरोक्षेत्रमा आफ्नो भाग्य आफैँ निर्धारण गर्ने बताउनुभएको छ ।  

  » अमेरिकामा समलिङ्गी विवाह कानूनी
  » सुकीले निर्वाचनका विषयमा छिट्टै निर्णय गर्ने
  » मोदीको देन : विश्वभर योगाभ्यास
  » पानीजहाज दुर्घटनामा मृत्युहुने चारसय नाघे
  » भारत बङ्गलादेश सीमा सम्झौताको स्वागत
  » भारतमा लुको प्रकोप दुई हजार भन्दा बढीको मृत्यु
  » भारतीय रक्षामन्त्रीको भनाइप्रति पाकिस्तानको आपत्ति
  » रसिया तथा चीनबीच अनेकौं आर्थिक सम्झौतामा हस्ताक्षर
  » अपहृतमध्ये एकको हत्या दुई सय पचास मुक्त
  » ओबामाले क्युबाली राष्ट्रपति क्यास्ट्रोसँग भेट गर्ने
  » चारलाख पन्ध्र हजारले श्रद्धाञ्जलि व्यक्त गरे लीलाई
  » मानसिक रोगी सहचालकले भनेका थिए– आफूलाई संसारले चिन्ने काम गर्नेछु
  » मालद्वीपमा चर्कदैछ राजनीतिक संकट
  » एक वर्ष पुग्यो मलेसियाली विमान हराएको
  » डिसेम्बरसम्म दश हजार युरोपेली जिहादी बन्ने
  » रसियाली प्रतिपक्षी नेताको हत्या विश्वव्यापी आलोचना
  » शरण खोज्नेलाई हिरासतमा नराख्न आदेश
  » एक वर्षमा दुईपटक मुख्यमन्त्री भए केजरवाल
  » मोदीको प्रभाव रोकिएला दिल्लीमा ?
  » गोतोको आशङ्कित हत्याउपर निन्दा



 
::| Latest News

 
[Page Top]