युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 02.20.2018, 08:39am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
मण्डेला उपचारपछि घर फर्के
Wednesday, 09.04.2013, 12:24pm
नोवेल शान्ति पुरस्कार विजेता अश्वेतवादी नेता दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला लामो समयको अस्पतालको उपचारपछि घर फर्किएका छन् ।
मुम्बईमा फोटो पत्रकारको सामूहिक बलात्कार
Wednesday, 08.28.2013, 02:13pm
एकपछि अर्को गर्दै सामूहिक बलात्कारका घटना सार्वजनिक भैरहेको भारतको आर्थिक नगरी मुम्बइमा एक फोटो पत्रकारको सामूहिक बलात्कार भएको छ । 
मुसरर्फमाथि भुट्टो हत्याको अभियोग
Wednesday, 08.28.2013, 02:13pm
पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसरर्फलाई पाकिस्तानको एक अदालतमा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्यामा संलग्न भएको आरोप लगाएको छ ।
गोर्खाल्याण्ड आन्दोलन थप सशक्त
Wednesday, 08.21.2013, 01:33pm
नेपाली भाषीहरूको बाहुल्य रहेको दार्जिलिङ क्षेत्रमा छुट्टै राज्यको माग गर्दै आन्दोलनमा उत्रिएको गोर्खा जनमुक्ति मोर्चाका नेताहरूले नेपालका माओवादीले आन्दोलनमा सहयोग गरेको कुरालाई अस्वीकार गरेका छन् । भारत सरकारले आन्दोलन दबाउन अनेक किसिमका हथकण्डा अपनाए पनि आन्दोलनकारीहरू थप सशक्त कार्यक्रम गर्दैआएका छन् । ११ दिन लामो बन्दपछि स्वतन्त्रता दिवसको अवसरमा बन्द खुलाएका आन्दोलनकारीले पहिचान र स्वाभिमानको लडाइँ भएकाले जनता स्वःस्फूर्त रूपमा संघर्षमा उत्रिएको जनाएका छन् । मोर्चाका नेताहरूले बंगाल सरकारले आन्दोलनका विरुद्धमा अनेकन बहानाबाजी गरेकाले केन्द्रले हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन् ।

इजिप्टको स्थिति नाजुक हुँदै
Wednesday, 08.21.2013, 01:31pm
होस्नी मुबारकको झण्डै तीन दशक लामो शासक समाप्त गरी निर्वाचनबाट सत्तामा पुगेका मोहम्मद मोर्सीलाई सेनाले अपदस्थ गरी प्रधान न्यायाधीशलाई राष्ट्रपति बनाएपछि सुरु भएको इजिप्टको राजनीतिक संकट हिंसामा परिणत भएको छ । गत बिहीबार सेनाले मोर्सी समर्थकहरूमाथि गरेको कडा कारबाहीका क्रममा ६ सयभन्दा बढीको ज्यान गएपछि त्यहाँको स्थिति हिंसात्मक बन्न पुगेको हो । यसपछि विश्वमा इजिप्टप्रति आगामी दिनमा के कस्तो रणनीति बनाउने भन्नेबारेमा चासो बढेको छ ।

पश्चिम बंगाल सरकार क्रुर बन्दै, आन्दोलनकारी अरु आक्रोशित
Wednesday, 08.14.2013, 12:14pm
लामो समयदेखि गोर्खाल्याण्ड राज्यको माग गर्दै आन्दालनमा उत्रिएको भारतको पश्चिम बंगाल सरकारले दार्जिलिङ क्षेत्रमा टेलिभिजन केबल बन्द गरी नेपाली चलचित्र प्रदर्शनमा समेत रोक लगाएपछि आन्दोलनकारी अरु आक्रोशित बनेका छन् । 
गोर्खाल्याण्डको आन्दोलन चर्कियो
Tuesday, 08.06.2013, 07:47am
लामो समयदेखि अलग राज्यको माग गर्दै आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले सो माग अरु चर्काएको छ । आन्दोलनका क्रममा सोमबार घुम रेल्वे स्टेशनदेखि दार्जिलिङ रेल्वे स्टेशनसम्म खाली खुट्टै पैदल यात्राको आयोजना गरियो ।
बलात्कारीलाई हजार वर्ष जेल
Tuesday, 08.06.2013, 07:44am
अमेरिकाको ओहायो राज्यका एक व्यक्तिले तीन युवतीलाई बन्धक बनाएर लगातार दस वर्षसम्म बलात्कार गरेको आरोपमा अमेरिकी अदालतले आजीवन काराबासका साथै हजार वर्ष कैदको फैसला गरेको छ । 
बेलायतमा राजगद्दी उत्तराधिकारको जन्म
Tuesday, 07.30.2013, 03:23pm
बेलायतको राजपरिवारमा नयाँ राजकुमारको जन्म भएको छ । गत मंगलबार राजकुमार बिलियम र केट मिडलटनको छोरा जन्मिएको हो ।
अमेरिकासंगको सम्बन्ध तोड्यो भेनेजुयलाले
Wednesday, 07.24.2013, 12:27pm
लामो समयदेखि आपसी अविश्वास र आरोप प्रत्यारोप चल्दैआएका दुई मुलुक भेजनेजुयला र अमेरिकाबीच सम्बन्ध अन्त्य गरेको घोषणा गरेको छ ।
भुटानमा विपक्षी दलको बहुमत
Wednesday, 07.17.2013, 11:24am
राजतन्त्रात्मक मुलुक भुटानमा कुनै आन्दोलनबिना नै सन् २००७ मा राजाले प्रजातन्त्र दिएको र संवैधानिक राजतन्त्रात्मक व्यवस्थातर्फ उन्मुख भएको भनिएपछिको दोस्रो संसदीय निर्वाचनमा विपक्षी पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)ले सानदार जित हात पारेको छ । छिरिङ तोब्गे नेतृत्वको उक्त पार्टी ४७ मध्ये ३२ स्थानमा विजयी भएको हो ।
इजिप्टको सत्तामा सेनाको धावा
Tuesday, 07.09.2013, 08:31am
२७ वर्ष लामो एकल शासनबाट मुक्ति पाएको अफ्रिकी मुलुक इजिप्टमा प्रजातन्त्र वहाली भयो भनिएको दुई वर्षकै हाराहारीमा त्यहाँका जन निर्वाचित राष्ट्रपति मोहोम्मद मोर्सीलाई सेनाले अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएको छ ।
१ करोड १० लाखले अमेरिकी नागरिकता पाउने
Friday, 07.05.2013, 07:09pm
संयुक्त राज्य अमेरिकामा प्रवेशाज्ञा कानूनमा व्यापक सुधार गर्ने विधेयकलाई त्यहाँको संसदले पारित गरेको छ । प्रवेशाज्ञा सुधारबाट सन् २०११ डिसेम्बर ३१ भन्दा अगाडि गैरकानूनी रुपमा अमेरिका छिरेका र पर्याप्त कागजात नभएका एक करोड १० लाख व्यक्तिहरूले नागरिकता प्राप्त गर्ने बाटो खुल्ने भएको छ । 
तालिवानको आक्रमणमा नेपालीसहित १० पर्यटकको मृत्यु
Wednesday, 06.26.2013, 12:07pm
उत्तरी पाकिस्तानको नन्गा हिमाल चढ्न गएकाहरूमाथि तालिबानले गरेको आक्रमणमा एक नेपालीसहित १० जनाको मृत्यु भएको हो । नन्गा पर्वत चड्न गएका आरोही र गाइडहरूमाथि आक्रमण भएको हो । 
२६ महिनामा ९३ हजारको ज्यान गयो
Tuesday, 06.18.2013, 02:38pm
विगत २६ महिनादेखि जारी रहेको द्वन्द्वका क्रममा सिरियामा ९३ हजारको ज्यान गएको संयुक्त राष्ट्रसंघले बताएको छ । बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा सिरियामा जारी युद्धमा सरकारी र विद्रोहीहरूले समेत मानव ढालका रुपमा बालबालिकालाई प्रयोग गरेको र हजारौँ बालबालिका मारिएको पाइएको उल्लेख छ । 

इरानमा सुधारवादी नेताको विजय
Tuesday, 06.18.2013, 02:37pm
इरानको राष्ट्रपतिमा सुधारवादी हसन रोवानी विजयी भएका छन् । विजयसँगै उनले राष्ट्रपति महमुद अहमदिनेजादलाई प्रतिस्थापन गरेका छन् । उनले कूल झण्डै ३ करोड ६८ लाख मतको ५०.६८ प्रतिशत मत प्राप्त गरेका छन् । 

चीनको विकासमा ओबामाको स्वागत
Wednesday, 06.12.2013, 12:09pm
आपसमा प्रतिस्पर्धी दुई शक्तिसम्पन्न मुलुक संयुक्त राज्य अमेरिका र चीनबीच एक अर्काको प्रशंसा कमै हुने गरेको छ । यस्तोमा अमेरिका राष्ट्रपति बाराक ओबामाले चीनले शान्तिपूर्ण रुपमा चीनको विकास भैरहेकोमा स्वागत गर्नुभएको छ ।
अमेरिकी आक्रमणप्रति शरिफको आक्रोश
Wednesday, 06.05.2013, 02:35pm
तालिवानबिरुद्धको आक्रमण भन्दै अमेरिकाले पाकिस्तानमा गरेको मानवरहित विमान आक्रमणको प्रधानमन्त्री बन्ने तयारीमा रहनुभएका नवाज शरिफले निन्दा गरेका छन् । पाकिस्तानको उत्तरी बजिरिस्तानमा बुधबार अमेरिकी आक्रमणमा पाकिस्तानी तालिवानका दोस्रो ठूला नेता वलिउर रहमान मारिएपछि शरिफको प्रतिक्रिया आएको हो । 

भारतमा माओवादी हमला : वरिष्ठ कंग्रेस नेतासहित २७ को मृत्यु
Tuesday, 05.28.2013, 07:59am
भारतको माओवादी प्रभावित क्षेत्र छत्तीसगढमा शनिबार राति माओवादी विद्रोहीको आक्रमणमा परी कंग्रेस आईका नेता सहित २७ जनाको मृत्यु भएको छ । 

वार्ताबाट समाधान खोज्न आग्रह
Tuesday, 05.21.2013, 07:37am
दुई वर्षको अन्तरालमा ९० हजारभन्दा बढीको ज्यान गैसकेको सिरिया विद्रोह साम्य पार्न त्यहाँका राष्ट्रपति बसार अल असादलाई वार्ताको टेबलमा बसी समस्याको समाधान खोज्न अमेरिकी विदेश मन्त्री जोन केरीले सिरियाली राष्ट्रपति आग्रह गर्नुभएको छ । 
  » नवाज शरीफ प्रधानमन्त्री बन्ने पक्का
  » मुसर्रफ चुनावभरि बन्दी
  » गम्भीर परिणाम भोग्नुपर्ने ओबामाको चेतावनी
  » पूर्व राष्ट्रपति मुसर्रफ हिरासतमा
  » कोरिया प्रायद्वीको शान्तिका लागि चीनको भूमिका महत्वपूर्ण
  » युद्धको त्रास र एसियाको भविष्य
  » कोरिया प्रायःद्वीपमा युद्धको त्रास
  » जिनपिङको विदेश भ्रमण रूसबाट
  » दश वर्षमा एक लाख बढीको मृत्यु
  » विश्वप्रसिद्ध समाजवादी नेताको अवशान
  » हिंसाका कारण रुसमा दैनिक ४० महिलाको मृत्यु
  » अमेरिकी युद्ध विमान अनुपयुक्त घोषित
  » इरानका बहुसंख्यक जनता परमाणु कार्यक्रमको पक्षमा
  » बालिका शिक्षा अभियन्तालाई मलालालाई नोवेल पुरस्कारको प्रस्ताव
  » महिला सैनिकलाई पनि युद्धमा पठाइने
  » अध्यक्ष आमा, उपाध्यक्ष छोरा
  » चाभेजको स्वास्थ्यस्थिति जटिल
  » सामूहिक बलात्कारको शिकार भएकी छात्राको निधन
  » बाबुआमालाई नियमित भेट्नुपर्ने
  » जोन केरी नयाँ विदेश मन्त्री



 
::| Latest News

 
[Page Top]