युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.24.2019, 01:44am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तराष्ट्रिय
 
सामूहिक बलात्कारको शिकार भएकी छात्राको निधन
Tuesday, 01.01.2013, 06:54am

भारतको राजधानी नयाँ दिल्लीमा सामूहिक बलात्कारको शिकार भएकी २३ वर्षीया छात्राको शनिबार बिहान सिंगापुरको अस्पतालमा निधन भएको अचेत अवस्थामा रहेकी ती छात्रालाई थप उपचारका लागि बिहीबार सिंगापुरको माउन्ट एलिजावेथ अस्पताल पु¥याइएको थियो

उनको विभिन्न अंगहरूले काम गर्न छाडेपछि स्थानीय समय अनुसार बिहान बजेर ४५ मिनेटमा उनको निधन भएको जनाइएको बलात्कारको घट्ना लगतै दिल्ली सहित पूरा भारतमा विरोध प्रदर्शन भएको थियो
बाबुआमालाई नियमित भेट्नुपर्ने
Tuesday, 01.01.2013, 06:52am

दिन प्रतिदिन आर्थिक रुपमा समृद्ध बन्दैगएको चीनको समाजमा एकल रहने प्रवृत्ति बढ्दै जान थालेपछि चीन सरकारले उमेर पुगेका सन्तानले प्रौढ आमाबुवासंग नियमित रूपमा भेटघाट गर्नुपर्ने ऐन बनाएको समाचार यो ऐनको उपेक्षा गर्नेले अदालती कारबाहीको सामना गर्नुपर्ने यसको पालना नगर्ने वयष्क छोराछोरी विरुद्ध मातापिताले मुद्दा हाल्न सक्छन्

जोन केरी नयाँ विदेश मन्त्री
Monday, 12.24.2012, 06:18pm

अमेरिकी राष्ट्रपति बराक ओबामाको दोस्रो कार्यकालका लागि सिनेटर जोन केरीलाई विदेशमन्त्री मनोनित गरेका छन्  यसअघिकी विदेश मन्त्री हिलारी क्लिन्टनले दोस्रो कार्यकालमा नबस्ने बताएपछि उनको उत्तराधिकारीको रूपमा केरीलाई नियुक्त गर्न लागिएको हो  

अमेरिकी समाजमा हतियारको उन्माद
Monday, 12.17.2012, 06:20pm

व्यक्तिगत सुरक्षाका लागि हतियार राख्नपाउने विश्वका सबभन्दा शक्तिशाली मुलुक अमेरिकामा त्यही हतियारले बेला बेलामा उन्दाम प्रदर्शन गर्ने गरेको   यस क्रममा मंसिर २९ गते शुक्रबार कनेक्टिकट राज्यको न्युटाउनस्थित एक इलेमेन्ट्री स्कूलका  देखि १० वर्ष उमेर समूहका २० बालबालिकाले ज्यान गुमाए  घटनास्थल न्यूयोर्क सहरबाट करिव ६५ माइल उत्तरपूर्वमा पर्छ  एकजना २० वर्षीय बन्दुकधारीले विद्यालयमा अन्धाधुन्द गोली चलाउँदा २० बालबालिकासहित अरु सातको ज्यान गएको हो 

भोकलेभन्दा खाएर मर्ने धेरै
Monday, 12.17.2012, 06:19pm

भनिन्छ खान नपाए मान्छे मर्छ तर त्यो आंशिक सत्य मात्र हो  मानिस खान पाएर पनि मर्छ  हालै विश्वभरि नै गरिएको एक अध्ययनमा संसारमा भोकमरीले भन्दा बढी खाएर मोटाएर मर्ने मानिसको संख्या धेरै भएको देखिएको  

ओबामा यस वर्ष पनि सर्वाधिक शक्तिशाली
Tuesday, 12.11.2012, 03:12pm

विश्व प्रसिद्ध अमेरिकी पत्रिका पोब्सले गरेको सर्वेक्षण अनुसार अमेरकी राष्ट्रपति बाराक ओबामा यस वर्ष पनि विश्वमा सर्वाधिक शक्तिकाली व्यक्तिमा छानिनुभएको छ ।


२२ अर्ब ४० करोडमा चन्द्रयात्रा
Tuesday, 12.11.2012, 03:11pm

पैसा हुनेका लागि अब चन्द्रमा आश्चर्यको विषय रहेन । हामी नेपालीहरूको अनुमानभन्दा पर रहेको चन्द्र लोकको यात्रा अब सहज भएको छ । यस्तो अवसर अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एड्मनिस्ट्रेसन (नासा) का केही पूर्व अधिकारीहरूले गठन गरेको गोल्डेन स्पाइक कम्पनीले जुराइदिएको हो । कम्पनीले २२ अर्ब ४० करोड रुपैयाँ खर्च गर्न सक्ने जोडीलाई चन्द्रमाको यात्रा गराउने भएको छ ।

इन्द्रकुमार गुजरालको निधन
Monday, 12.03.2012, 03:50pm
भारतले आफ्ना छिमेकीहरुसंग असल र विश्वासिलो सम्बन्ध विकास गर्नुपर्ने सिद्धान्तका पक्षपाती बहुचर्चित पूर्व प्रधानमन्त्री इन्द्रकुमार गुजरालको ९२ बर्षको उमेरमा निधन भएको छ ।
डिभी बन्द गर्ने पक्षमा मतदान
Monday, 12.03.2012, 03:49pm
विश्वभरका नागरिकका लागि अमेरिकामा बसोबास गर्ने अनुमति अनुमति दिने डिभी भिसा बन्द गर्ने पक्षमा अमेरिकी संसदहाउस अफ रिप्रजेन्टेटिभले मतदान गरेको छ । 
कसाबलाई मृत्युदण्ड, तालिवानको कडा चेतावनी
Wednesday, 11.28.2012, 05:44am
सन् २००८ नोभेम्बर २६ तारिखमा मुम्बईमा भएको आतंककारी हमलामा संलग्न पाकिस्तानी नागरिक अजमल कसाबलाई बुधबार बिहान भारतमा फाँसी दिइएको छ । 

इजिप्टमा राष्ट्रपतिबिरुद्ध प्रदर्शन
Wednesday, 11.28.2012, 05:41am
इजिप्टका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मोसीले राज्यको सबै अधिकार आफूमा निहित हुने र आफ्नो निर्णय विरुद्ध कतै प्रश्न उठाउन नपाउने घोषणा विरुद्ध भैरहेको विरोध प्रदर्शनमा त्यहाँका न्यायाधिशहरू पनि मिसिएका छन् । राष्ट्रपति स्वेच्छाचारी बन्दै एकाधिकार लाद्न खोजेको आरोप लगाउँदै न्यायाधीशहरू विरोधमा उत्रिएका हुन् ।
अलग राज्यको माग गर्दै ज्ञापनपत्र
Tuesday, 11.20.2012, 03:52pm
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका बाराक ओबामाका समर्थकहरूले धुमधामसंग खुसी मनाए पनि पराजित उम्मेबार मिट रोम्नीका समर्थक भने निराश देखिए । रोम्नीका पराजयपछि निराश भएका १ लाख भन्दा बढी अमेरिकीले छुट्टै देशको माग गर्दै ह्वाइट हाउसमा ज्ञापनपत्र बुझाएको समाचार छ ।

शिवसेना प्रमुख बाल ठाकरेको निधन
Tuesday, 11.20.2012, 03:50pm
भारतीय राजनीतिमा कहिल्यै लाभको पदमा नपुगेर पनि सधैं चर्चा र सम्मानको दृष्टिले हेरिने बालासाहेब ठाकरेको शनिबार दिउँसो ८६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ ठाकरेको उहाँकै निवासमा हृदयघातका कारण निधन भएको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

चीनमा नयाँ नेतृत्व चयन आरम्भ
Tuesday, 11.13.2012, 05:19pm

विश्वको दोस्रो ठूलो आर्थिक तथा सैन्य शक्ति जनवादी गणतन्त्र चीनमा दश वर्षपछि सत्तारुढ चिनीया कम्युनिष्ट पार्टी  सरकारको नेतृत्व परिवर्तनको अभियान आरम्भ भएको   गत बिहिबारदेखि सुरु भएको चिनीया कम्युनिष्ट पार्टीको १७ औं महाधिवेशनले पार्टी  सरकारको नेतृत्व परिवर्तन गर्नेछ 


ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित
Tuesday, 11.13.2012, 05:18pm

अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा दोस्रो पटक निर्वाचित हुनु भएको   डेमोक्रयाट् उम्मेदवार ओबामाले रिपब्लिक पार्टीका उम्मेदवार मिट रोम्नीलाई पराजित गर्नुभएको हो 

निर्वाचनको मुखैमा समुद्री आँधीको ताण्डव
Tuesday, 11.06.2012, 03:14pm
संयुक्त राज्य अमेरिकामा राष्ट्रपतीय निर्वाचनको आँधी चलिरहेका बेला स्याण्डी नामक समुन्द्री आँधीले राजनीतिक मुद्दालाई नै ओझेलमा पार्ने गरी ताण्डव मच्चायो । सो आँधीमा परी मर्नेको संख्या १० नाघेको छ भने अर्बौं अर्ब डलर बराबरको भौतिक क्षति भएको छ । धेरै मानिसको मृत्यु सडकका रुख ढलेर थिच्दा भएको खबर छ । 

चिनीयालाई साहित्यतर्फको नोबेल पुरस्कार
Monday, 10.15.2012, 03:40pm
सन् २०१२ को नोवेल शान्ति पुरस्कार युरोपियन युनियनलाई र साहित्यतर्फको नोबेल पुरस्कार चिनीया साहित्यकार मो यानलाई प्रदान गरिने भएको छ । वितेको आधा शताब्दीभन्दा बढी समयदेखि शान्ति र विकासमा पु¥याएको विशेष योगदानको कदरस्वरुप उक्त संस्थालाई यो पुरस्कार प्रदान गरिएको नोवेल समितिका अध्यक्ष थोरजर्न जागल्यान्डले जानकारी दिनुभएको छ ।

सैन्य शासकले भने सुची प्रेरणादायी व्यक्तित्व
Monday, 10.01.2012, 07:59pm
बर्माका सैन्य शास थीन सेनले प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीलाई प्रेरणादायी व्यक्तित्व भन्दै जनताको चाहना बमोजिम आगामी चुनावमा प्रजातन्त्रबादी नेत्री आङसाङ सुची राष्ट्रपति बन्न सक्ने बताउनुभएको छ ।

भुट्टो र रब्बानीको सम्बन्धको निन्दा
Monday, 10.01.2012, 07:58pm
पाकिस्तानी राजनीतिका दुई प्रभावशाली व्यक्तित्व मानिएका सत्तारुढ पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष विलावल अली भुट्टो र विदेश मन्त्री हिना रब्बानी खारको प्रेम प्रसंगबारे वितेको साता छापामाध्यममा आएको समाचारप्रति रब्बानीका पति तथा पाकिस्तानी अर्बपति फिरोज गुलजारले निन्दा गरेका छन् ।
चलचित्रका कारण अमेरिका विरोधी लहर बढ्दो
Monday, 09.24.2012, 04:15pm
एक गुमनाम निर्माताले तयार गरेको “इनोसेन्स अफ मुस्लिम्स”ले इस्लाम धर्मावलम्बीहरूको आस्थामाथि चोट पुर्याएको भन्दै यसको विश्वभर विरोध प्रदर्शन भैरहेको छ । विरोधकै क्रममा लिवियामा भएको हमलामा अमेरिकी राजदूतको मृत्यु भएको थियो भने पाकिस्तानमा भएको विरोध प्रदर्शनमा कैयौंको ज्यान गैसकेको छ । 

  » भावी राष्ट्रपति सार्वजनिक
  » सेभ दि चिल्ड्रेनका कर्मचारीलाई देश चाड्ने आदेश
  » तेहरान घोषणापत्र जारीगर्दै असंलग्न शिखर सम्मेलन सम्पन्न
  » चन्द्रमामा पुग्ने पहिलो मानव रहेनन्
  » जर्मन चान्सलर विश्वको शक्तिशाली महिला
  » विश्व सुन्दरीको ताज चीनलाई
  » जापान र दक्षिण कोरियाबीच तनाव
  » कति खर्च होला अमेरिकी चुनावमा ?
  » लण्डन ओलम्पिकको भव्य उद्घाटन
  » प्रणव मुखर्जी भारतको १३ औं राष्ट्रपति
  » चर्कदै छ सिरियाको संकट
  » ब्रह्माण्डको सृष्टि पत्तो लाग्यो !
  » हङकङको १५ औं स्थापना दिवस
  » खुलामञ्चमा माओवादीको शक्ति प्रदर्शन
  » अमेरिकासंग भारतले अनुमति माग्यो
  » सिरियामा पुनः नरसंहार
  » एक वर्षमा चार करोड ३० लाख विस्थापित
  » सिरियाली नरसंहारप्रति आक्रोश
  » रुसमा पुटिनको पुनरोदय, फ्रान्समा समाजवादी राष्ट्रपति
  » जापान आणविक शक्तिविहीन



 
::| Latest News

 
[Page Top]