युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 05.22.2019, 06:57pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
नेपाललाई समेट्यो चीनले कनेक्टिभिटीमा
Tuesday, 04.30.2019, 01:47pm
काठमाडौं । चीनले “नेपाल चीन ट्रान्स–हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क”लाई अनुमोदन गरेको छ । चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय फोरममा नेपालले राखेको सो प्रस्ताव पारित भएको हो । यसमा“ नेपाल–चीन क्रस बोर्ड रेल्वे” पनि सामेल छ । राजधानी बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मलेनमा नेपालको प्रस्ताव अनुमोदन भएको हो ।

स्वीस राजदूतको सुझाव “तपाईहरुलाई देश बनाउने एक विशिष्ट मौका छ”
Thursday, 04.04.2019, 01:31pm
नेपालका नेताहरुले पछिल्लो एक दशकमा मुलुकको अवस्थालाई स्वीजरल्याण्डको जस्तो बनाउने घोषणा र दावा गरेका थिए । हुन पनि भौगोलिक हिसावबाट उस्तै लाग्ने दुई भिन्न ध्रुवका नेपाल र स्वीजरल्याण्डबीच गहिरो मित्रता पनि छ र नेपाललाई उसले पर्याप्त सहयोग गर्दैआएको छ । यस्तोमा नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिसाबेथ भोन क्यापेलरसंग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत छ । प्रस्तुत अन्तरवार्ता अनलाइन खबरबाट साभार गरिएको हो ।

एकतिहाइ जनता पूर्वाधारको सुविधाबाट बञ्चित छन्- श्रीराम न्यौपाने
Thursday, 03.28.2019, 11:05am
मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रा.लि. का कार्यकारी अध्यक्ष, इन्जिनियरिङ्ग कलेजका पूर्व संस्थापक एवं प्रिन्सिपल र नेपाल इन्जिनियरिङ्ग परिषद्को सदस्य रहनु भएका श्रीराम न्यौपाने हाल सुरुङ्ग निर्माण विषयमा विद्यावारिधी गर्दै हुनुहुन्छ । विकासका अनगिन्ती मोडल साँचेर राख्नु भएका उहाँसँगसूर्य प्रसाद कोइरालाले गरेको कुराकानी प्रस्तुत छ-
राष्ट्रका लागि जसले बलिदान गरेको छ, राष्ट्रियताको मुद्दामा अर्कोले पछि पा¥यो - नवीन्द्रराज जोशी
Tuesday, 12.11.2018, 01:28pm
मलाई धेरै साथीहरुले धेरै प्रश्न पनि गरे । जिल्लाहरुबाट पनि पदाधिकारी संख्या किन बढाउनुपर्छ भन्नुहुन्छ भनेर सोधे । यसमा मेरो कुरा ‘क्लियर’ छ । कांग्रेसले निर्वाचनका बेला आफ्ना सबै संयन्त्रलाई पूर्णरुपमा सञ्चालन गर्न सकेन, अनुशासित रुपमा परिचालन गर्न सकेन । समाजमा निरन्तररुपमा खट्नुपर्ने कार्यकर्तालाई खटाउन सकेनौं । पार्टी संगठनमा कहाँ, के कमी भयो हेरविचार गर्न सकेनौं । भ्रातृ संगठनहरु के गरिरहेका छन्, के समस्या छ भन्ने हेरेनौं । कार्यकर्तालाई प्रशिक्षित गर्न सकेनौं । मैले देखेको समस्या हुन् यी । अब एउटा उपसभापतिले प्रशिक्षण विभाग चलाउनुस्, अर्कोले अनुशासन र अर्कोले सामाजिक परिचालन हेर्नुस् । महामन्त्री पनि तीनजना राखौं । एउटाले संगठन हेर्नुस्, अर्कोले भ्रातृ संगठन हेर्नुस्, अर्कोले अहिलेको राजनीति कता गएको छ, अरु दल के गर्दैछन् विश्लेषण गर्नुस् ।

हामी सबैलाई प्रधानमन्त्री बनाए हुने गरी भाषण गर्नसक्ने बनेका छौं - पूर्व अर्थमन्त्री सुरेन्द्र
Tuesday, 11.20.2018, 11:37am
साँझ ९ बजेतिर पुलिस आएर होटल बन्द गर, सुरक्षा दिन सक्दैनौं भने । मैले पछि आईजीपी र गृहमन्त्रीलाई भनें कि उनीहरु आफ्नो देशमा सुत्न नपाएर आएका हुन् र ? रातभर खुला रहन दिएको भए उनले ९–१० बोतल बियर खान्थे, रमाइलो गर्थे । होटलमा पनि तीन सिफ्टमा मजदुरले काम पाउँथे । अनि सुरक्षा भनेको के ? ठमेल, पोखरा र सौराह रातभर खुला गरे हुँदैन ? सौराह रातभर खोल्नुपर्छ भनेर त अर्थशास्त्रको किताबमा लेखेको छैन र हुँदैन पनि । यो बिजनेश हो । र, यो तपाईको दिमागबाट आउने हो ।
खाना, नाना र छानायुक्त प्रजातन्त्र नेपाली जनतालाई आवश्यक छ- प्रधानमन्त्री ओली
Tuesday, 10.02.2018, 12:31pm
विरोध केका लागि ? संयुक्त राष्ट्र संघमा स्तरीय ढङ्गले स्पष्टताका साथ आफ्नो कुरा राखिँदा, नेपाली जनताका कुरा दुनियाँलाई बताउँदा, नेपाल उन्नति र विकासको बाटामा जान चाहेको छ भन्ने कुरा जानकारी दिन लाग्दा, नेपालको प्रतिष्ठा माथि उठाउँदा विरोध हुँदैन । नेपालमा बहुमतको स्थिर सरकार बन्यो वा स्थायी सरकार आयो भने नेपालले भ्रष्टाचार रोक्छु, सुशासन दिन्छु, अब आर्थिक उन्नतितर्फ ध्यान दिन्छु भन्यो भने विरोध हुँदैन । हारियो भनी आफैँलाई नोक्सान गर्ने विरोधको अर्थ हुँदैन । विरोधको आधार चाहिन्छ, आलोचना आधारयुक्त हुनुपर्छ, सुझाव र टिप्पणी आधारयुक्त हुनुपर्छ । विरोध मन पराउनुपर्ने कारण छैन र विरोधसँग हच्किएको पनि हैन । निराधार, अर्थहीन, अनावश्यक, अनुचित विरोध गर्ने आफँै एक्लिने कुरा हुन्छ र जनताले बुझ्छ । जनतालाई मूर्ख बनाउँछु भन्दा जनताले बुझ्छन् । आफ्नै मर्यादाका लागि उपयुक्त ढङ्गको व्यवहार सबैलाई उचित हुन्छ ।

पत्रकारितामा पञ्चायतकाल बिर्साउने क्षण आयो- शम्भु श्रेष्ठ, सम्पादक दृष्टि साप्ताहिक
Tuesday, 09.25.2018, 12:17pm
ललितपुरस्थित हरिसिद्धि इँटा टायल कारखाना बन्द भइसकेपछि काराखानाको जग्गा जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यही प्रयोजनमा उपयोग गर्नुपर्दछ । त्यो प्रयोजन सकियो भने जसको जग्गा हो उसैलाई फिर्ता दिनुपर्छ । तर, त्यो जग्गा ‘प्लटिङ’ गरेर बेच्ने काम भइरहेको छ ।
प्रतिरोपनी ३०–३५ हजारमा अधिग्रहण गरिएको जग्गा करोडौंमा बिक्री गरिरहेका छन् । त्यो जग्गा बेच्न पाइँदैन भनेर स्थानीय पीडितहरूले आवाज उठाइरहेका छन् । तर, केही माफिया सेटिङ मिलाएर जग्गा बेच्न हिँडिरहेका छन् भन्ने समाचारको आशय हो । आफूलाई केही हजार रुपैयाँ दिएर ग्रहण गरिएको जग्गा करौडौंमा बेचेर अरु धनी भइरहेको टुलुटुलु हेरेर बस्नु परेको छ । एक खालका माफियाहरू बिक्रीमा लागिरहेका छन् । माथिल्लो निकायमा सेटिङ नभएसम्म यस्तो हुन सक्दैन ।

“ओली सरकार जुद्धशम्शेरपछि सबैभन्दा शक्तिशाली सरकार हो” - गगन थापा
Wednesday, 05.30.2018, 04:38pm
यो सरकारको बुनियाँद भनेको संख्याको तागत हो । जसले सिर्जना गरेको सकारात्मक प्रभाव भनेको स्थिरता हो । सरकार गठन भएकै दिनमा ५ वर्षका लागि स्थिर सरकार दिन्छ भन्ने सन्देश हो ।यदि माओवादी र एमालेको तिक्तता एकदम धेरै बढेको थियो, मधेसी पार्टीले समर्थन फिर्ता लिएका थिए भने १०० दिनमा सरकारको बुनियाद हल्लिएको हुन्थ्यो । तर, त्यसो भएन । पार्टी नै एक भयो र अरूले समर्थन पनि फिर्ता लिएका छैनन् । सरकारले आफ्नो बुनियाद अझ सिमेन्टेड गरेको छ ।

हजारौंलाई कालसंग खोस्ने डा. देवकोटा आफैं कालसंग लड्दै
Tuesday, 05.08.2018, 11:01am
डा. देवकोटा चुपचाप लण्डन गएको र अस्पताल भर्ना भएको समाचार बाहिरिए पनि उहाँलाई के रोग लागेको भन्ने यक्किन थिएन । उहाँ नेपालमा सम्भव हुने उपचार यही गर्नुपर्छ भन्ने मान्यता राख्ने डा. देवकोटाको लण्डनको उपचारले नै शंका जन्माइसकेको थियो कि उहाँलाई पक्कै निकै गम्भीर रोग लागेको छ । हुन पनि उहाँले स्वदेश फर्केपछि मैले साँचो बोल्नैपर्छ भन्दै आफ्नो रोग, उपचारको प्रयास र अहिलेको अवस्थाका बारेमा संचारकर्मीहरुलाई अवगत गराउनुभयो ।

जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन्- विष्णु पौडेल
Tuesday, 04.24.2018, 01:17pm
को कस्ता हौं भन्ने हामी सबैले देखेकै छौं । हाम्रा राम्रा नराम्रा सबै ट्रयाक रेकर्ड मुलुकले देखेकै छ । इतिहासमा हाम्रा सबल र दुर्बल पक्ष के हुन् । उहाँजस्ता नेतालाई दुनियाँले बुझेकै छ । त्यसैले स्टेपका कुरा नगरौं । जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन् ।
जहाँसम्म एकताको विषय छ, दुई अध्यक्षबीच हुनुपर्ने छलफल, संयोजन समितिमा हुने छलफल त्यहाँ नगरेर मिडियामार्फत पोजिशन बनाउने कुरा नै एकदम गलत हो । ५० प्रतिशत चाहिन्छ भने दुईटा अध्यक्ष बसेर कुरा गर्दा भयो नि । मिडियामा पोजिशन बनाउनुको तुक छैन ।
नेपाली राजनीतिमा प्रचण्डले तरङ्ग नल्याए मोनोटोनस जस्तो हुन्छ- जनादर्शन शर्मा
Tuesday, 04.03.2018, 01:39pm
प्रतिशतमा बाँडफाँट हुँदैन । दुईटा पार्टीको संगठन र संरचना छन् । हाम्रा विचार र नीति छन् । त्योभन्दा ठूलो हाम्रो लक्ष्य छ । हाम्रो लक्ष्य समान छ भने त्यो लक्ष्य र सिद्धान्त प्रतिशतमा बाँडिन्छ र ? समान लक्ष्य राखेर हिँडेपछि संगठन मिलाउँदा व्यवहारिक पक्ष, मनोविज्ञान, समानता, जनमत सबैलाई हेरिन्छ । एउटाले जितेको र अर्कोले हारेजस्तो हुँदैन । एउटाले जितेर अर्कोले हारेको जस्तो बनाइयो भने त्यहाँ एकताको स्पिरिट व्यक्त हुँदैन । चुनावमा जाने बेला प्रतिशतमा गइयो । अब समानताको आधारमा सबै पक्ष मिलाएर समझदारीका आधारमा हुन्छ ।

रेल ल्याउनुअघि रेल पढ्ने ब्यवस्था गर्नुस्
Tuesday, 03.27.2018, 12:15pm
राजनीतिले गर्नु पर्ने काम कतिपय नीतिगत हुन्छन् । ती नीतिगत निर्णयले देशलाई नयाँ दिशामा लगेको हुन्छ । त्यसलाई ब्युरोक्रेसी वा प्रशासन तन्त्रले बोकेन भने असफल हुन्छ । अहिलेसम्म हाम्रो राजनीतिक नेतृत्वले यस्ता कुरामा ध्यान नदिंदा मसिना ब्युरोक्रोटिक काममै अल्झिंदै आयो । 
राजनीतिक नेतृत्व यस्ता ब्युरोक्रेटिक काममा फसेपछि केहि गर्न सक्दैन । राजनीतिले राज्य संचालनको फ्रेम तयार गर्ने हो । संरचना तयार गर्ने हो । आवश्यक परे संरचना बदल्ने हो । ब्युरोक्रेसीले राजनीतिले तयार गरेको संरचनामा काम गर्ने हो । तर, हाम्रोमा त्यस्तो भएन । बरू हाम्रा राजनीतिज्ञमा पनि ब्युरोक्रेटिक माइण्डसेट भयो । काम गर्न खोज्यो, नियमले मिल्दैन भन्दिन्छ । अनि काम हुँदैन । काम गर्ने चाहना भए ऐन नियम नै चेञ्ज गर्न सक्नुहुन्छ । राज्य संरचना बलियो बनाउनु पर्यो डेलिभरी दिन । त्यो बनाउने अधिकार पनि राजनीतिक नेतृत्वलाई छ । 
विद्युत चोरीबाट मात्रै १०–१२ अर्ब रुपैयाँ घाटा भैरहेको छ - कुलमान घिसिङ
Tuesday, 02.20.2018, 10:55am
 हामीले गत साल विद्युत चोरी र चुहावटलाई २६ प्रतिशतबाट २३ प्रतिशतको हाराहारीमा झा¥यौं । यसपालि २० प्रतिशतमा झार्ने भनेका छौं । डेढ वर्षमा ५ प्रतिशत झार्ने भनेको ठूलो उपलब्धि हो । यसबाट विद्युत प्राधिकरणलाई ५ अर्ब रुपैयाँ त त्यहीँबाट निस्कन्छ । हामी योभन्दा अझै ५–१० प्रतिशत झार्न सक्छौं । अहिले त्यो क्याम्पेन चलिराखेको छ । किनकि यहाँ १०–१२ अर्ब रुपैयाँ अप्राविधिक रुपबाटै घाटा भइरहेको छ । टेक्निकल कारणले हुने घाटा पनि अन्य मुलुकहरुमा १० प्रतिशत भन्दा कम हुन्छ, हाम्रोमा त्यसो गर्न गाह्रो छ । किनभने त्यसका लागि पैसा पनि चाहिन्छ, टाइम पनि चाहिन्छ । ट्रान्सफरमरहरु फेर्नुपर्छ, कन्डक्टर फेर्नुपर्छ । सबै कुरा चेञ्ज गर्नुपर्छ । तर, नन टेक्निकल घाटा भनेको त सबै चोरी नै हो । यसलाई १५ प्रतिशतमा झार्नलाई त्यति समस्या हुनुहुँदैन । 
ओली आफ्नो राष्ट्रवादी एजेण्डा छाड्नुहोला जस्तो लाग्दैन
Tuesday, 01.30.2018, 02:49pm
अहिले केपी ओलीजीले बनाएको जुन व्यक्तित्व छ, राष्ट्रवादी व्यक्तित्व, भलै म त्यसलाई कोट अनकोटमा राष्ट्रवाद भन्छु । भोलि त्यो इमेजलाई लत्याएर अर्को एंगलमा उनी गए भने उनको लोकप्रियता पूरै डाउन हुन्छ । साबिककै अडान लिएर जान्छु भन्ने हो भने पनि धेरै अघि जान दिँदैनन् ।उहाँलाई अहिले जुन फोन कलहरु आइरहेका छन्, (नरेन्द्र मोदीबाट) ‘टु सम एक्सटेन्ट’ तपाईलाई हामी वेलकम गर्छौ, मिलेर कार्न तयार छौं भनेको हो ।
मोदीजीको भनाइ तपाई आउनुस हामी स्वागत गर्छौ, सहयोग गर्छौ मिलेर जाउँ भन्ने नै हो । त्यो फ्रेममा उहाँ लाग्नुभयो भने ओलीजीको अडान अर्को एजेण्डामा जान्छ । त्यो प्याराडक्सभित्र उहाँलाई चुनौती छ । हुन त उहाँ धेरै बाठो मान्छे हो । तर, एउटा कुरा एमाले माओवादी गठबन्धनमात्र यहाँका शक्ति होइन । धेरै धेरै शक्तिहरु छन् जसलाई ब्यालेन्स गरेर लानु उहाँका लागि चुनौती छ ।

“जनताले धेरै कुरा बुझेका रहेछन्” - कृष्णप्रसाद दाहाल
Tuesday, 12.19.2017, 01:09pm
जसले मलाई मत दिएर जिताउनु भयो म उहाँहरुको घरदैलोमा धन्यवाद दिन हिंडेको छु । मसँग चुनावी प्रतिस्पर्धामा रहनु भएका कमल थापाजीलाई पनि तपाईंको मिडिया मार्फत मित्रतापूर्ण प्रतिस्पर्धाका लागि र  सद्भावका लागि धन्यवाद दिन्छु । मेरो जीत स्थिर सरकारको लागि हो, त्यस अर्थमा मैले जित्दा उहाँ पनि खुसी नै हुनुहुन्छ भन्ने आशा गरेको छु । 
नेपालले पानी नदिने हो भने भारत प्याक प्याक भएर मर्छ : कीर्तिनिधि विष्ट
Wednesday, 11.15.2017, 02:02pm
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिवार निधन भएको छ । देशप्रेमी प्रधानमन्त्रीका रुपमा विष्टको ख्याती थियो । तत्कालीन राजा महेन्द्रले रुचाएका प्रधानमन्त्रीमा किर्तिनिधि बिष्ट एक नम्बरमा आउँथे  । ०२६ सालमा चीनसँग जोडिएको उत्तरी सीमानाबाट भारतीय चेकपोष्ट हटाएर भारतले नरुचाएका प्रधानमन्त्रीका रुपमा चिनिएका बिष्टलाई नैतिकवान प्रधानमन्त्रीका रुपमा पनि लिइन्छ । 
एउटै बाटोबाट मात्र लक्ष्यमा पुगिन्छ भन्ने छैन- डा. बाबुराम भट्टराई
Wednesday, 10.11.2017, 01:51pm
नेपालमा नयाँ शक्तिको ऐतिहासिक आवश्यकता छ । वैकल्पिक राजनीतिको विश्वव्यापी ट्रेन्ड पनि देखा परेको छ । त्यसैले वैकल्पिक राजनीतिक शक्ति निर्माणको हाम्रो लक्ष्य छ, त्यसमा हामी अहिले पनि दृढ छौं । तर, लक्ष्य प्राप्त गर्ने बाटो समयअनुकुल फेरबदल हुन्छ । एउटै बाटोबाट मात्र लक्ष्यमा पुगिन्छ भन्ने छैन । त्यसैले अहिले हामीले बाटो थोरै मोडेकै हो । अर्को, तत्काल हामीले के पनि देख्यौं भने नेपालमा जुन राजनीतिक अस्थिरता छ, पटकपटकको सरकार परिवर्तनले विकास र समृद्धिको जनचाहना पूरा हुन सकेको छैन । त्यसलाई समेत मध्यनजर गर्दै विचार मिल्ने वाम, प्रगतिशील, लोकतान्त्रिक, देशभक्त शक्तिहरुको बीचमा तालमेल गरेर जान सकियो भने स्थिर सरकार बन्छ । 
माओवादीसंग मिलेर एमालेलाई सिध्याउने कि आफू सिद्धिने हो ?
Tuesday, 09.12.2017, 11:56am
मैले केपी ओलीले मात्रै काम गर्न सक्छन्, हामीले गर्न सक्दैनौं भन्या होइन । काम त गर्नुप¥यो नि । कांग्रेसले पनि काम ग¥या थियो । मान्छे सही ठाउँमा आयो भने काम त गर्दाे रहेछ नि । कांग्रेसले पनि काम गरेर देखाउनुपर्छ यतिकै बीपी भनेर त हुँदैन नि । खाली बीपीको जन्मदिन मनाएर त मान्छे प्रभावित हुँदैनन् । बीपीलाई भजाएर, भजन गाएर पार्टी अगाडि बढ्दैन नि । 
निर्वाचन आयोग अहिले आइसीयुमा छ
Wednesday, 09.06.2017, 03:41pm
प्रदेश र प्रतिनिधिसभाको हकमा प्रत्यक्ष निर्वाचनको एउटा मतपत्र हुन्छ । अर्को समानुपातिकको मतपत्र हुन्छ । समानुपातिकको मतपत्रमा एउटैमात्र चुनाव चिन्ह हुन्छ । त्यो चुनाव चिन्हमा आएको मत प्रदेश र केन्द्र दुवैका लागि समानुपातिकतर्फको मत मानिनेछ । अहिले निर्वाचन आयोगमा ९५ राजनीतिक दलहरुले दल दर्ताको लागि निवेदन दिएका छन् । तीमध्ये कतिले बन्द सूची पेश गर्छन्, त्यसका लागि एउटामात्रै मतपत्र हुन्छ देशभरिका लागि । प्रदेशको मत गनेर प्रदेशसभामा समानुपातिक सीट बाँडफाँड हुन्छ । अर्को, देशभरिको गणना गरेर माथिल्लो संसदको सीटमा रुपान्तरण गरिन्छ ।
म आपराधिक प्रवृत्ति, षड्यन्त्रकारी र आत्मसमर्पणवादीको घेराभित्र थिएँ
Tuesday, 08.15.2017, 02:42pm
जसलाई मैले विश्वास गरें, ती व्यक्तिहरुबाट पनि विश्वासघात भयो । पार्टी एकीकरण गरेर देशको एउटा अग्रणी शक्ति बनाऔं भन्ने जुन परिकल्पना थियो, त्यो परिकल्पनाका सहयात्रीहरु यति चाँडै विचलित भएको देख्दा दुःख लागेको छ । चिन्ता लागेको छ । तर, म विचलित भएको छैन ।
  » फेरि लोडसेडिङ हुँदैछ भन्ने आशंका बढ्दैछ : कुलमान घिसिङ
  » सुखको खोजीमा मात्र हिंड्यो भने त्यसले कर्मलाई आफंै पर धकेलिदिन्छ
  » पार्टी खोलेर मात्रै हुँदैन एजेण्डा पनि सही हुनुप¥यो– अनिता यादव
  » सबै ठीकठाक भए ८० दिनमा चुनाव गरिन्छ
  » नेपाल शक्तिकेन्द्रहरूले खेल्ने रणनैतिक मैदान बनेको छ : पेशलकुमार निरौला
  » सबै भन्छन्– पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण तर सम्मान खै ?
  » असफलता ज्ञानेन्द्रको टाउकोमा हालेर सत्ता जोगाउने प्रपञ्च भैरहेको छ : नेत्रविक्रम चन्द
  » अहिले देश अति नै दुखेको अबस्थामा छ- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट
  » केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ
  » संशोधन मार्फत कसलाई के अधिकार दिन खोजेको हो ?- भीम रावल
  » क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी
  » लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा
  » अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन
  » काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु
  » "ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत
  » “भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन”
  » नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे
  » सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन्
  » “पर्यटकलाई नेपाली स्वागत शैली बेच्ने हो”- भवन भट्ट, उपाध्यक्ष एनआरएनए
  » मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी



 
::| Latest News

 
[Page Top]