युगसम्बाद साप्ताहिक

अहिलेको लडाइँ सत्ताका लागि हैन, कुर्सी र पैसाका लागि हो : भरत विमल यादव
Monday, 12.17.2012, 06:29pm (GMT5.5)

यतिबेला तपाई राजनीतिबाट टाडा हुनुभएको एउटा जिम्मेवार पार्टीको कार्यवाहक अध्यक्ष भैसक्नुभएको नाताले मुलुकको राजनीतिलाई यहाँले कसरी हेरिरहनुभएको ?

हामीले जुन लोकतान्त्रिक गणतन्त्र पायांै त्यसलाई कसरी संस्थागत गर्ने भन्नेतिर नेताहरूले ध्यान केन्द्रित गर्नुपर्नेमा परिवर्तनकारी नेताहरू समेत अहिले कुर्सीको खेलमा लागिपरेका छन् अहिले परिवर्तनलाई संस्थागत गर्नतिरभन्दा जुन किसिमले पद पैसाको लागि नेताहरू लागिपरेका छन् मेरो राजनीतिक अनुभवमा यस्तो अवस्था यसअघि कहिल्यै पनि भएको थिएन

तपाईको भनाइको मतलब अहिलेको राजनीतिको उद्देश्य भनेको जसरी हुन्छ पद पैसा प्राप्ति गर्ने मात्र हो ?

बिल्कुल त्यस्तै हो भर्खरै मात्र ट्रान्सपरेन्सी इण्टरनेशनलको रिपोर्ट आएको त्यसले नेपालमा भ्रष्टाचार व्यापक भएको देखाएको हो, नेपालमा पञ्चायतकालमा पनि भ्रष्टाचार भनेर भन्दैआएको हो तर अहिले पञ्चायतकाललाई पनि उछिनेको नेपाली जनताले जनआन्दोलन गरेको, त्याग तपस्या गरेको नेपाललाई भ्रष्टाचारमुक्त गर्न हो कथित नेताहरू, जो हिजो चप्पल लगाउँथे उनीहरूलाई राजधानीमा महल बनाउन, महंगा गाडी किन्न होइन नि जनताले आन्दोलन गरेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर, देश विकास गरेर अगाडि बढाउनका लागि हो जनता संघर्षमा होमिएका अधिकार प्राप्तिका लागि हो, मुलुकको आर्थिक, सामाजिक विकास समतामूलक समाज निर्माणका लागि हो तर अहिलेको राजनीति कुर्सीमुखी भैरहेको

राजनीति सत्ताकै लागि गरिन्छ हैन ?

यसमा कुनै शंका रहेन कि राजनीति सत्ताका लागि गरिन्छ तर यतिबेला नेताहरू सत्ता केन्द्रित नभएर कुर्सी पैसामा मात्र केन्द्रित छन् सत्ता भनेको मुलुकलाई राम्रोा बाटोतिर डोर्याउने माध्यम हो राजनीति गर्नेका लागि सत्ता प्राप्ति राम्रो हो त्यसकारण अहिलेको लडाइँ सत्ताका लागि हैन, कुर्सी पैसाका लागि मात्र हो भन्ने मेरो बुझाइ कसरी आफ्ना लागि महल बनाउने, नयाँ नयाँ गाडी किन्ने, आफ्ना कसरी आफ्ना छोराछोरीलाई विदेशमा पढाउने भन्नेतिर मात्र ध्यान केन्द्रित गरिरहेका छन् नेताहरूले समाजलाई कसरी बनाउने, कसरी विकास गर्ने, सामाजिक न्याय कसरी स्थापित गर्ने भन्ने कुराहरू केवल भाषणको विषय मात्र बनेको

लोकतान्त्रिक आन्दोलनको सफलता पश्चात मुलुकमा यसअघि कहिल्यै नसुनिएको विखण्डनका स्वरहरू सुनियो तपाईं लोकतान्त्रिक आन्दालनमा सक्रितापूर्वक लाग्नुभो यो आन्दोलन परिवर्तनले नेपाली नेपालीबीच जुन एकताको भावना थियो त्यसलाई अझ मजबुत बनायो कि नेपाली नेपालीबीच विखण्डनको वातावरण बनायो ? के भन्नुहुन्छ ?

वास्तवमा हामीले जुन आन्दोलन गर्याैं त्यो आन्दोलनको उद्देश्य लोकतान्त्रिक गणतन्त्र समावेशी राज्य व्यवस्थाका लागि थियो समावेशी राज्य व्यवस्थाका लागि नै राज्यको पुनःसंरचना गर्नुपर्छ भन्ने सोचले संघीय राज्य व्यवस्था हुनुपर्छ भनेर हामीले त्यसलाई अघि सारेका हौं तर संघीय राज्य व्यवस्थाको मूलभूत उद्देश्य जे हो त्यसलाई त्यही किसिमले कार्यान्वयनमा अगाडि ल्याउनुपर्नेमा राजनीतिक खेलाडीहरूले त्यसो गर्न सकेनन् यसमा कुनै एक पक्ष मात्र दोषी छैनन् यसमा सबै उत्तिकै दोषी छन् खासमा आफूलाईहेभी वेटमान्ने चारवटा राजनीतिक दलहरू मुख्य दोषी हुन् यिनीहरूले संघीय व्यवस्थालाई सकारात्मक रुपमा अगाडि बढाएर नेपाललाई एउटा साझा फूलबारीको हिसाबमा एकले अर्काको मर्म बुझ्ने किसिमले अगाडि बढाउनुपर्नेमा त्यो नभएर एक अर्काप्रति द्वेषको भावना ल्याइयो मधेशी मोर्चाले जुन किसिमले संघीय व्यवस्थाको वकालत गर्नुपर्ने हो त्यो नभएर धाक धम्कीको हिसाबले अगाडि बढ्यो यसो भएन भने यसो गर्दिन्छु, देशलाई टुक्र्याइदिन्छुभन्नु उपयुक्त होइन

संघीय व्यवस्था देश टुक्र्याउन होइन कि देशको उपेक्षित जनता, पछाडि परेका समुदाय, अल्पसंख्यक समुदायको हक हितका लागि हो भन्ने आफूलाई स्वघोषित नेता मान्नेहरूले बुझ्नै चाहेनन्

जतिबेला तपाईं सात राजनीतिक दलहरूको तर्फबाट आन्दोलनमा सहभागी हुनुहुन्थ्यो त्यतिबेला तपाई कुनै क्षेत्र विशेषको नेता नभएर देशकै नेता हुनुहुन्थ्यो आज त्यो अवस्था पाउनुहुन्छ कि हुन्न ?

आज त्यस्तो अवस्था पटक्कै छैन सुरुमा नेपाल सद्भावना पार्टी पनि सकारात्मक बाटोबाट हिंडिराखेको थिएन जतिबेला गजेन्द्रनारायण सिंहको नेतृत्वमा सो दल थियो त्यतिबेला धोती टोपी भनेर अगाडि बढिरहेकोमा मैले त्यसलाई परिवर्तन गरेको थिएँ त्यतिबेला मैले भनेको थिएँ हाम्रो लडाई धोती टोपी होइन हाम्रो लडाइँ टोपी जस्तै धोतीले पनि मान्यता पाउनुपर्छ भन्ने हुनुपर्छ हामी खाली धोती टोपी भन्ने होइन कि देशको मूलभूत रुपमा राज्य संचालनका लागि, प्रजातन्त्रका लागि जाने कि नजाने भन्ने स्पष्ट हुनुपर्छ भनेर पार्टीलाई सोही आधारमा अगाडि बढाएँ चुच्चो नाक थेप्चो नाक हाम्रो समस्या हुँदै होइन हामीले पनि राज्यका लागि चाहिने त्याग तपस्या योगदान गर्नुपर्यो भन्ने हिसाबले मैले लोकतन्त्रका लागि सद्भावन पार्टीलाई होमिदिए त्यसको फलस्वरुप सद्भावना पार्टी आनन्दीदेवीलाई राष्ट्रिय स्तरमा नै राष्ट्रको लागि सामूहिक रुपले लडिराखेको भनेर ठूलो इज्जत प्रतिष्ठा जनताले दिएका थिए

त्यही , तपाईंले मधेशमा बसेर राष्ट्रको लागि आन्दोलन गर्नुभयो तर आन्दोलन सफल भएपछि नेताहरू राष्ट्रको नेता बन्न छाडेर जातको समूहको, क्षेत्रको बन्न पुगे पहिचानको नाममा नेताहरू एउटा कोटरीभित्र छिर्न पुगेको देखिन्छ यसलाई कसरी लिनुहुन्छ

मैले त्यही भनिराखेको छु मधेशी मोर्चाले संघीय राज्य व्यवस्थाको पक्षपोषण गर्नुपर्छ यो यो कारणले संघीय व्यवस्था चाहिन्छ भनेर जनतालाई बुझाउन सक्नुपथ्र्यो संघीय राज्य व्यवस्था देश टुक्र्याउनका लागि नभएर मधेशीको हक हितका लागि हो, राज्यमा उनीहरूलाई समानस्तरमा ल्याउनका लागि हो भनेर त्यसको पक्षपोषण नगरेर निषेधको राजनीति अथवा भनौं द्वेष भावनाको राजनीति सुरु भयो यस्तो नभए देश टुक्र्याइदिन्छुभन्ने जस्तानेगेटिभहिसाबले संघीयतालाई अगाडि बढाइएको कारणले अहिलेको राजनीति बेठीक भएको हो

अलिकति तराई मधेशतिरै केन्द्रित होऔं तपाई मधेशी समुदायबाट आएर राष्ट्रिय राजनीतिमा स्थापित हुनुभएको थियो कुनै समुदाय विशेषको नेता हुनुभएन तर अहिले आफूलाई मधेशी नेता भनेर चिनाउन चाहनेहरूले साँच्चिकै मधेशी जनताको हितमा काम गरिरहेका छन् भन्ने लाग्छ ?

पहिलो कुरा भनेको हाम्रा समग्र राजनेताहरू त्यसभित्र मधेशी नेताहरू पनि समाविष्ट छन्, उनीहरूको सोच नै मुलुकको अथवा भनौं तपाईंले भन्नुभए जस्तै मधेशको हक हित कसरी प्राप्त हुन्छ भन्नेतिर नलागेर पद पैसामा केन्द्रित भएँ यिनीहरू मधेशवादलाई आफ्नो स्वार्थ पूर्ति गर्ने आड मात्र बनाइरहेका छन् सत्ता पाउँदा मधेशका ९० प्रतिशत मुद्दा हल भयो भन्नेहरूलाई कुर्सीबाट ओर्लनासाथ मधेशको सम्झना आउन थाल्छ तिनका गतिविधिबाट लाग्दैन कि उनीहरू जनताको आन्दोलनमा लागेका छन् मधेश मुद्दालाई जनतामा लग्ने कुरा सही तर यिनीहरूको नियत खराब देखिन्छ

समस्या मधेशी नेताको मात्र हैन, राष्ट्रिय राजनीतिको मियो भन्नेहरू पनि जनताको हक अधिकारप्रति जिम्मेवार देखिएका छैनन्, उनीहरू राष्ट्रको वृहत्तर हिमा समर्पित छैनन् जस्तो कि संविधानसभाको अन्तिम अन्तिमतिरको कुरा गरौं, जतिबेला राज्य पुनःसंरचना संघीय व्यवस्थाको कुरा हुँदैथियो (जेठ गते तिर) त्यतिबेला तीन दल (माओवादी, कांग्रेस एमाले)बीच जुन सम्झौता भयो त्यस्तो ढंगले अगाडि बढ्ने हो भने मुलुकमा धेरै डरलाग्दो परिस्थिति सिर्जना हुन्छ विगतदेखिकै राजनीतिका जो खेलाडीहरू (राजतन्त्र) छन् अहिले पनि नेपाली जनतामा उनीहरूको १५।२० प्रतिशत शक्ति कायम हामी अब राजतन्त्र फर्कनेमा पटक्कै विश्वास गर्न सक्दैनौं तर मुलुकको गतिरोध हेर्दा जनताले राष्ट्र प्रमुखको मुख ताकेर बसेका छन् यदि मुलुकले निकास नपाउने हो भने पराजित शक्ति माथि आउने सम्भावना धेरै बढ्छ

तपाईले राष्ट्रपतिले निकास दिनुपर्छ भन्नुभयो त्यसो भए राष्ट्रपतिले अहिले चाल्नु भएको कदमलाई कसरी लिनुभएको ?

यो कदम मुलुकलाई निकास दिने सवालबाट हेर्ने हो भने बिल्कुलै सकारात्मक राष्ट्रपतिको कदमलाई दलहरूले सघाउनु नै अहिलेको एक मात्र विकल्प हो, हैन भने परिणाम नकारात्मक आउन सक्छन्

त्यही नेताहरूको गलत क्रियाकलापकै कारण बाहिरी शक्तिको चलखेल बढेको भनिन्छ यहाँलाई के लाग्छ ?

नेपालको समग्र राजनीतिमा कुनै कुनै रूपमा बाह्य प्रभाव नै दलका रणनीति, कार्यनीति, सरकारमा जानु, बाहिरिनु कतै कतै बाह्य नीतिबाट प्रभावित मेरो विचारमा संविधान बन्नुपर्छ बलियो संविधान बन्नुपर्छ बहुदलवाद तथा सघीयताको कुरा बलियो ढंगले उठाइनुपर्छ कमजोर संविधान बने या संविधान नबनेमा मधेशी तथा बहिष्करणमा परेका अन्य जाति, समुदाय, क्षेत्रलाई घाटा हुने पक्का त्यसैले मधेशवादीहरू अहिले कुर्सीको खेलमा नलागी लोकतन्त्रको सुदृढीकरणका लागि लड्नुपर्छ उनीहरूले ठूला दललाई कुर्सीको खेलमा नलाग्न बाध्य पार्न सक्नुपर्छ



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com