युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 03:58pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
देशको शासन–प्रशासन हेर्ने मेरो काम होइन – राष्ट्रपति डा. रामवरण यादव
Monday, 04.29.2013, 07:17pm (GMT+5.5)

० गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिका रुपमा तपाई सफल कि  असफल ?
देशवासीको आशीर्वादले म अहिले जुन ठाउँमा म छु त्यस बाटोमा देशको सफलता नै मेरो पनि सफलता हुुन्छ । जुन बाटोमा हामी अहिले गैरहेका छौं, सबैलाई मिलएर संविधानसभाको निर्वाचनतर्फ गैरहेका छौं यस बाटोमा हामी सबै जानुपर्छ । अघिल्लो संविधानसभाले संविधान बनाउन नसके पनि शान्ति प्रक्रियाको काम सम्पन्न भएको छ । अब हामी सबै राजनीतिक शक्तिलाई मिलेर संविधानसभाको निर्वाचन भाग लिएर सार्वभौमसत्ता सम्पन्न ‘हाउस’ खडा होस् भन्ने राष्ट्राध्यक्षको नाताले मेरो चाहना छ ।

० यो चार वर्षसम्म संविधानसभा पनि जोगाउन सक्नुभएन र संविधान पनि जारी भएन । राष्ट्राध्यक्षको नाताले त्यो जिम्मेवारी त तपाईको पनि होइन र ?
निश्चय नै त्यो मेरो पनि जिम्मेवारी हो । तर कहिलेकाहीं के हुन्छ भने कतिपय काम कुरा गर्दागर्दै पूरा हुन सक्दैन । जति भएको छ सबै नकारात्मक मात्र भएका छैनन् । थुपै्र समारात्मक काम पनि भएका छन् । संविधानसभाले संविधान मात्र दिन नसकेको हो । शान्ति र द्वन्द्वका धेरै कुराहरू हामीले सुल्झाइसकेका छौं । हामी अहिले पनि सही बाटोमै छौं । जनता सार्वभौम हो । लोकतान्त्रिक बाटोमा अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो । राष्ट्राध्यक्षका नाताले मेरो आग्रह छ कि सबैले चुनावमा भाग लिइदिएर सार्वभौमसत्ता सम्पन्न एउटा सभा खडा गरेर संविधान बनाउनु नै अहिलेको आवश्यकता छ ।

० तपाईले निर्वाचनलाई बढी जोड दिइरहनुभएको छ तर पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले त राष्ट्रपतिले चार पटक कु गर्ने प्रयास गर्नुभएको थियो भन्ने आरोप लगाउनुभएको छ नि ?
राष्ट्राध्यक्षको नाताले मैले अहिले यसमा टिप्पणी गर्नु आवश्यक छैन । तर तपाईंहरू मुलुकको घटना, परिघटनाहरूमाथि अवगत हुनुहुन्छ । सेना लगाएर कु गर्ने सोचको म जहिले पनि विपक्षमा रहँदै आएको छु । कानुनको शासनलाई नै मैले सर्वोपरि ठानेको छु ।

० भन्नेहरू त यहाँले अन्तर्राष्ट्रिय समर्थन नपाएर मात्रै रोकिएको पनि भन्छन् नि ?
हैन, यसमा धेरै टाढा नजाऔं । नेपाली जनताको बलिदानीले जुन गणतन्त्र आयो त्यसमा पनि हाम्रा छरछिमेक र मित्र राष्ट्रहरूले स्वीकार गरेका छन् । अहिले पनि मैले जुन बाटो लिएको छु त्यसप्रति २४ देखि ४८ घण्टाको बीचमा हाम्रा छिमेक र अन्तर्राष्ट्रिय जगतले साथ दिएका छन् । त्यसकारण मलाई लाग्छ कि– सबैको सदभाव र सहयोगले हामी अगाडि बढ्ने हो ।

० तपाई सेनाको परमाधिपति भए पनि सेनाले समेत साथ नदिएको भनिन्छ नि ?
म लोकतान्त्रिक पद्धतिको मान्छे । मलाई अहिलेसम्म लाग्छ कि देशको बाटो अप्ठ्यारो छ तर हामी सही ठाउँमै पुग्छौं । देशको शासन–प्रशासन हेर्ने मेरो काम होइन । मैले त राजनीतिक दहरूसंग मात्र ‘डिल’ गर्ने हो । सुरक्षा निकाय र अन्य प्रशासनिक काम सरकारले गर्ने हो । हो सरकार मेरो हातमा त छ तर मलाई के लाग्छ भने हामी संगसंगै हिंडिरहेका छौं । मलाई सबैले सहयोग गरिरहेका छन् ।

० अलिक फरक प्रसंग, यहाँले मित्रराष्ट्र भारतको तीनपटक भ्रमण गर्नुभयो तर भारतका प्रधानमन्त्री नै नेपाल नआएको डेढ दशक बितिसक्यो । यसलाई कसरी हेर्नुभएको छ ?
मेरो राजकीय भ्रमणका बेला मैले त्यहाँका राष्ट्रपतिलाई नै नेपाल भ्रमणको निम्तो दिएको थिएँ । अब तीनपटकको भ्रमणको कुरा गर्दा दोस्रोपटक १७७ वर्ष पुरानो विश्वविद्यालय, जहाँ मैले पनि अध्ययन गरेको थिए त्यसको कार्यक्रमका लागि गएको हुँ । पछिल्लोपटक वनारस हिन्दु विश्वविद्यालको दिक्षान्त समारोहमा गएको थिए । त्योसम्म गरेर तीनपटक भारत भ्रमण भएको हो । मेरो कार्यकालमा एकचोटी औपचारिक र दुईचोटी अनौपचारिक भ्रमण भएको हो । यसबीचमा भारतका अहिलेका राष्ट्रपतिलाई पनि नेपाल भ्रमणको चाँजो पाँजो मिलाउन मैले सरकारलाई भनेको छु । त्यसै गरी चीनका अहिलेका राष्ट्रपतिलाई पनि मेरो तर्फबाट र राष्ट्रको तर्फबाट नेपाल भ्रमणको निम्ता पठाउन सरकारलाई भनिसकेको छु ।

मैले चीन गएका बेलामा पनि त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको थिए । चीनका प्रधानमन्त्रीले त औपचारिक भ्रमण गरिसक्नुभयो अब राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता गर्नुस् भनेर सरकारलाई भनिसकेको छु ।

० गैरराजनीतिक व्यक्तिहरूको सरकार छ अहिले मंसिरमा चुनाव भएन भने के गर्नुहुन्छ ?
यस्तो अवस्थाको कल्पना नै नगरौं । राजनीतिक दलहरूले सहमति गर्न सकेनन् भनेर एउटा बाटो लिइएको हो । निश्चय पनि न्यायपालिका । कार्यपालिकाको नेतृत्व एउटै व्यक्तिले लिएर पूर्व प्रशासकहरूको सरकार बनेको छ । म के कुरामा विश्वस्त छु भने कार्तिकको अन्त्य वा मंसिरको पहिलो हप्तासम्म नेपाली जनताको चाहना अनुसार चुनाव सम्पन्न हुन्छ । अन्तर्राष्ट्रिय समुदायको पनि त्यही चाहना छ ।

० तर नेताहरूले त संविधानसभाको विघटन नहुँदासम्म जसरी प्नि संविधान बन्छ भन्ने गरेका थिए । अहिले फेरि नेताहरूले जसरी पनि चुनाव हुन्छ भनिरहेका छन् तर केही दलहरू चुनाव विथोल्ने कुरा गरिरहेका छन् । यसलाई कसरी समायोजन गरेर जानुहुन्छ त ?
अब घटना–परिघटनाहरू भएका छन् तर सबैले महसुस गर्दैआएका छन् कि अब नेपाल र नेपाली जनतालाई धेरै दुःख दिनु हुँदैन भनेर । राष्ट्रको सफलता र नेपाली जनताको सर्वोपरि हितका लागि हामीले अरु बाटो होइन कि सर्वोपरि जनतामै जानुपर्छ ।
जहाँसम्म चुनाव विथोल्ने कुरा छ ती दहरूसंग सरकारले पनि कुरा गरिरहेको छ, राजनीतिक दलहरूले पनि कुरा गरिरहेका छन् र मैले पनि अनौपचारिक ढंगले कुरा गरिरहेको छु र म विश्वस्त छु कि सबै एउटै बाटोमा आउँछन् र राष्ट्रले गति लिनेछ भन्ने राष्ट्राध्यक्षका रुपमा मेरो चाहना पनि त्यही छ । 

० अन्त्यमा, जतिबेला एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो त्यतिबेलाको प्रधान सेनापति प्रकरणमा तपाईले भारतले भनेको नमान्नुभएकाले भारतले तपाईंलाई सहयोग नगरेको भन्छन् नि ?
कसले के भन्छ मलाई त्यसमा चासो छैन । मभन्दा जान्ने सुन्ने तपाईं पत्रकारहरू हुनुहुन्छ, तपाईंहरू बढी अध्ययन गर्नुहुन्छ, देश–विदेशका घटनामाथि छिनछिनमा जानकारी राख्नुहुन्छ । तर म के कुरा भन्न चाहन्छु भने नेपाली जनताले जुन बाटो लिएका छन् त्यसलाई छिमेकी लगायत सबै अन्तर्राष्ट्रिय जगतले समर्थन गरेका छन् । त्यसले गर्दा मलाई लाग्दैन कि– कसैले मलाई सहयोग गर्दैन भनेर । नेपाली जनताको आशीर्वादले म जुन ठाउँमा छु नेपाली जनताको सर्वोपरि हितका लागि सबैसंग राम्रो सम्बन्ध बनाएर म अघि बढिरहेको छु ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकार स्वतन्त्र हो कि चार दलको छायाँ हो स्पष्ट हुनुपर्छ - शरदसिं भण्डारी– अध्यक्ष राष्ट्रिय मधे (04.29.2013)
विदेशी शक्तिले चाहेजस्तो संविधान बन्ने ग्यारेन्टी नहुँदासम्म चुनाव हुँदैन - नारायणमान विजुक् (04.22.2013)
महासमितिपछि नेपाली कांग्रेस निर्वाचन केन्द्रित भएको छ – विमलेन्द्र निधि, नेपाली कांग्रेस (04.16.2013)
यो निर्वाचनले मुलुक भड्खालोमा जान्छ - सीपी गजुरेल– उपाध्यक्ष नेकपा–माओवादी (04.01.2013)
सरकारका बारेमा उठिरहेको संवैधानिक प्रश्नहरूको यथोचित जवाफ नदिंदा विश्वासको वातावरण बन्दैन - श (03.25.2013)
प्रधान न्यायाधीश नेतृत्वको सरकार हानीकारकमध्ये कम हानिकारक विकल्प हो - डा. नारायण खड्का (03.18.2013)
"कमसेकम एउटा विषयमा त सहमति भयो नि भनेर खुसी हुनुपर्छ " - डा. रामशरण महत, केन्द्रीय सदस्य, नेपाली (03.11.2013)
प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन भए धेरै अनिष्ट निम्तिन्छ - सीपी मैनाली (03.04.2013)
लोकतन्त्रको बिरुद्ध उभिने विलाएर जान्छन् : कोइराला (02.11.2013)
जनतामा भएको सार्वभौमसत्ता पार्टीलाई दिएपछि यस्तो समस्या उत्पन्न भएको हो - सूर्यप्रसाद श्रेष्ठ (02.04.2013)
मलाई डेकेन्द्रराज थापाको हत्या अनुसन्धानबाट हटाउन चाहिं नसक्लान - प्रहरी निरीक्षक विनोद शर्मा, (01.28.2013)
मुलुकलाई गतिशील बनाउने कि अस्थिर बनाउने भन्ने अहिलेको मूल विषय हो - हरिकृष्ण कार्की, नवनिर्वाचि (01.21.2013)
प्रचण्डलाई नेपाली कांग्रेसबाट एउटा प्रलोभन दिइएको छ - मुमाराम खनाल, राजनीतिक विश्लेषक (12.24.2012)
अहिलेको लडाइँ सत्ताका लागि हैन, कुर्सी र पैसाका लागि हो : भरत विमल यादव (12.17.2012)
हाम्रा नेताहरुमा लोकतान्त्रिक गणतन्त्रको चेत पसेकै छैन - प्रदीप नेपाल, नेता नेकपा एमाले (12.11.2012)
राष्ट्रपतिसंग योभन्दा अर्को विकल्प नै थिएन - डा. दिनेश त्रिपाठी, संविधानविद् (12.03.2012)
कांग्रेस–एमालेसंग सरकार हटाउने एजेण्डामा मात्र सहमति हुन्छ - सीपी गजुरेल, उपाध्यक्ष नेकपा–माओ (11.20.2012)
परीक्षालाई अझ व्यवस्थित बनाउन बारकोड सिस्टम लागु गर्दैछौ - दुर्गाप्रसाद अर्याल, परीक्षा नियन्त (09.24.2012)
धर्म र संस्कृतिले कुनै पनि समाजमा व्यक्तिलाई नियन्त्रणको प्रयास गरेको हुन्छ - विष्णुप्रसाद दाह (09.18.2012)
अब तीन दलको निर्णयले मात्र मुलुकले निकाय पाउनेवाला छैन - लक्ष्मणलाल कर्ण (09.03.2012)



 
::| Latest News

 
[Page Top]