युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 03:02pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
राजनीति पनि मोडलिङ जस्तै
Wednesday, 09.18.2013, 12:16pm (GMT+5.5)

सुनिता बराल, अगुवा विद्यार्थी नेता हुन् । मुलुककै राजनीतिक केन्द्र विराटनगरमा जन्मिएकी बराल अहिले मुुलुककै अगुवा विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनको २१ औं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेकी छन् । अखिलको सचिवालय सदस्य रहिसकेकि बराल आफ्नो जीतप्रति विश्वस्त छिन् । महाधिवेशनको पूर्व सन्ध्यामा चुनावी प्रचारमा जुटिरहेकी बरालसँग युगसम्वादको जम्काभेट भयो । 

विद्यार्थी राजनीतिमा किन लाग्नुभो ? 
विद्यार्थीहरुको समस्या, समाधान गर्न विद्यार्थी नै लाग्नुपर्ने प्रेरणा प्राप्त भएपछि यो आन्दोलनमा लागे । विद्यार्थी आन्दोलनमा लागेपछि नेपालको राजनीति बुझ्न पाइयो । 

विद्यार्थी आन्दोलनमा लागेर के पाउनुभो ?
आफ्नो अधिकार स्थापित गर्न सकिएको छ । धेरै फराकिलो सोच्नसक्ने भएकी छु । विविध क्षेत्रका मान्छेसँग हुने भेटघाटले मेरो सोचाईलाई अझ परिमार्जित हुन सहयोग पुगेको छ । 
विद्यार्थी राजनीतिमा नलागेको भए ? 
सायद जागिरे हुन्थे कि ! 

राजनीतिमा लागेपछिको सपना ?
सामाजिक आन्दोलनमार्फत समाजको रुपान्तरण गर्ने । त्यो दिन मेरो सपना हुन्छ होला । त्यसका लागि नै म अखिलको नेतृत्वमा जान चाहेकी हुँ । 

विद्यार्थी आन्दोलनले लिएको गतिप्रति सन्तुष्ट हुनुहुन्छ ? 
सतप्रतिशत छैन । तर, रुपान्तरण गर्दै जानुपर्छ भन्ने लाग्छ । असन्तुष्ट भएर भाग्दैमा समस्या समाधान हुँदैन नि । त्यसका लागि त हरेक समस्यासँग मुकाबिला गर्नैपर्छ । 

विद्यार्थी आन्दोलनको कमजोरी के हुन् त ? 
आन्दोलनलाई रचनात्मक बनाउन सकिएन । त्यसका लागि अझै रचनात्मक काम गर्न जरुरी छ । बन्द तोडफोडभन्दा सृजनात्मक काममा ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

विद्यार्थीलाई उपयोग गरिएको जस्तो लाग्दैन ? 
समाजमा हुने प्रत्यक्ष अप्रत्यक्ष सबै मुद्दामा विद्यार्थी जोडिएका हुन्छन् । विद्यार्थी चेतनाको संवाहक भएकाले कतिपय मुद्दामा उपयोग भएको अवस्था पनि छ । तर, युवा, महिला तथा अन्यलाई आकर्षित पार्ने विद्यार्थी नै भएकाले त्यस्तो हुन पनि सक्छ । 

विद्यार्थी आन्दोलनका राम्रो पक्ष पनि होलान् नि ? 
थुप्रै छन् । हामीले विद्यार्थीका मात्रै होइनन्, मुलुकका समेत थुप्रै समस्या समाधान गर्न बाध्य पारेका छौं । शैक्षिक प्रगति, सामाजिक, आर्थिक, राजनीतिक र आर्थिक परिवर्तनमा विद्यार्थी आन्दोलनको ठूलो देन छ । 

सचिव भएपछि के गर्नुहुन्छ ? 
महिलाहरु अधिकारका लागि लड्नुपर्छ भन्ने मेरो मान्यता छ । तर, म अब अधिकारलाई संस्थागत गर्नुपर्छ भन्छु । निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार राज्यले ग्यारेन्टी गर्नुपर्छ । त्रिभुवन र महेन्द्र संस्कृत विश्वविद्यालय बाहिर लाखौं विद्यार्थी अध्ययनरत छन् । तिनीहरुलाई विद्यार्थी आन्दोलनमार्फत राज्यको मुल प्रवाहमा जोड्न भूमिका खेल्छु ।

तपाइँ चाहिं राजनीतिमा हुनुहुन्छ ? साथीसँगी नि ? 
राजनीतिमा थोरै छन् । कोही विदेश गए, कोही घरजम घरेर बसिसके । 

अनि, तपाइँ चाँही किन अविवाहित नि ? 
मलाई आफ्नोभन्दा विद्यार्थी आन्दोलनमै व्यस्त भइयो । यसको अर्थ विवाह नगर्ने भन्ने होइन । 

तपाइँका उमेरका धेरै मान्छे, रमाइलोमा व्यस्त छन् ? 
महिलाले साधन मात्रै बन्नुपर्छ भन्ने मान्यता म राख्दिन । साँस्कृतिक रुपमा महिलाले सिँगार गर्नु नराम्रो होइन । तर, सँधै त्यसमै रमाउनु भने हुँदेन । 

जीवनमा मोडलिङ त गर्नु भएन नि ? 
राजनीति पनि मोडलिङ जस्तै हो । कुनै पनि वस्तुको व्यापार प्रवद्र्धन गर्न मोडलिङ, विज्ञापन गरिन्छ भने समाजको चिरफार राजनीतिले नै गर्नेभएकोले यसलाई पनि मोडलिङ भन्न सकिन्छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
यसरी खाइन्छ घूस (08.28.2013)
हाम्रो देशको राजनीति हाम्रो हातमा छैन - जनार्दन आचार्य, वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक (08.14.2013)
सोमेश्वर गढीमा देखिएको दृश्य - अनिल शर्मा (08.06.2013)
जनमतबाटै राजसंस्था फर्काइन्छ - कमल थापा, अध्यक्ष राप्रपा नेपाल (07.30.2013)
मलाई पीडाले लेख्न सिकायो : शान्ता चौधरी, पूर्व सभासद (07.24.2013)
नेपाल यतिखेर हाम्रो मात्र नियन्त्रणमा छ जस्तो मलाई लाग्दैन - डा. नारायण खड्का, नेता नेपाली कांग् (07.09.2013)
निर्वाचनमा भाग लिनुको अर्थ राष्ट्रिय स्वाधीनता समाप्त पार्ने कामलाई स्वीकृति दिनु हो - सीपी गजु (07.05.2013)
सर्वदलीय सहमति बनाएर निर्वाचनको अर्को मिति घोषणा गर्नुपर्छ - मणि थापा, महासचिव क्रान्तिकारी कम् (06.26.2013)
नेपाल र भारत गृह सचिवस्तरीय बैठक औपचारिक मात्र बन्दैछ - बुद्धिनारायण श्रेष्ठ, सीमाविद (06.12.2013)
अहिले जे भैरहेको छ विदेशी शक्तिको योजना मुताविक भैरहेछ - भरत दाहाल, राजनीतिक विश्लेषक (06.05.2013)
मुलुकलाई सही मार्गमा ल्याउन आन्दोलन - हरिकृष्ण कार्की, अध्यक्ष नेपाल बार (05.28.2013)
६०१ को आवश्यकता नै छैन - अर्जुन नरसिंह केसी, नेपाली कांग्रेस (05.21.2013)
नेपाली जनतालाई संविधान र समृद्धिको मृगतृष्णामा फसाइएको छ - किशोर कुमार विश्वास (05.14.2013)
भारत जस्तो छिमेकी भएपछि हामीलाई शत्रु खोज्नै पर्दैन - सीपी मैनाली, महासचिव नेकपा माले (05.07.2013)
देशको शासन–प्रशासन हेर्ने मेरो काम होइन – राष्ट्रपति डा. रामवरण यादव (04.29.2013)
सरकार स्वतन्त्र हो कि चार दलको छायाँ हो स्पष्ट हुनुपर्छ - शरदसिं भण्डारी– अध्यक्ष राष्ट्रिय मधे (04.29.2013)
विदेशी शक्तिले चाहेजस्तो संविधान बन्ने ग्यारेन्टी नहुँदासम्म चुनाव हुँदैन - नारायणमान विजुक् (04.22.2013)
महासमितिपछि नेपाली कांग्रेस निर्वाचन केन्द्रित भएको छ – विमलेन्द्र निधि, नेपाली कांग्रेस (04.16.2013)
यो निर्वाचनले मुलुक भड्खालोमा जान्छ - सीपी गजुरेल– उपाध्यक्ष नेकपा–माओवादी (04.01.2013)
सरकारका बारेमा उठिरहेको संवैधानिक प्रश्नहरूको यथोचित जवाफ नदिंदा विश्वासको वातावरण बन्दैन - श (03.25.2013)



 
::| Latest News

 
[Page Top]