युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 07:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
तालाबन्दी समस्याको समाधान होइन : प्रा. विजयबहादुर सिलवाल, अध्यक्ष नेपाल प्रगतिशील प्राध्यापक स
Monday, 08.29.2011, 02:04pm (GMT+5.5)

लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दैआउनु भएका विजयबहादुर सिलवाल राजनीतिशास्त्रका प्राध्यापक हुनुहन्छ उहाँले २०३३ सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दैआउनु भएको हाल त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा प्राध्यापनरत सिलवाल त्यसअघि ठाकुराम बहुमुखी क्याम्पस- बीरगञ्ज, धनकुटा बहुमुखी क्याम्पस- धनकुटा महेन्द्ररत्न क्याम्पस ताहाचलमा प्राध्यापन गर्नुभएको थियो उहाँले यसबीचमा विषगत कार्यपत्रहरू पनि प्रस्तुत गर्दैआउनु भएको प्राध्यापक सिलवाल हाल नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्ष हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयको समस्या अवस्थालाई उहाँले नजिकबाट बुझ्नु भएको राजनीतिशास्त्री संघ नेपालका कार्यवाहक अध्यक्ष समेत रहनुभएका प्राध्यापक सिलवालसँग विश्वविद्यालयको वर्तमान अवस्थाका बारेमा गरिएको कुराकानीको प्रमुख अंश यहाँ प्रस्तुत गरिएको

उपकुलपतिको नियुक्तिसंगै त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी भयो यस घटनालाई कसरी हेर्नुभएको

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको चार महिना पुगेको थियो निवर्तमान उपकुलपति प्रा.डा. माधवप्रसाद शर्माको समयावधि सकिएपछि विश्वविद्यालय नेतृत्वविहीन भएको हो यो भनेको निकै लामो समय हो उपकूलपति नभएको कारणले गर्दा विश्वविद्यालयका नीतिगत योजनागत कार्यक्रमहरू रोकिएका थिए विश्वविद्यालयका धेरै कामहरू ठप्प हुनपुगेका थिए शिक्षण, प्रशिक्षण, अनुसन्धान, सम्बन्धन स्वीकृतिका काम विलम्ब भैरहेका थिए छात्रवृत्ति, पदक पुरस्कार वितरणका कामहरू रोकिएका थिए यस्तो अवस्थामा हामीले त्रिभुवन विश्वविद्यालयमा अविलम्ब उपकूलपति नियुक्त गरियोस् भनेर सरकारलाई दबाब दिएका थियौं हामीले संगठनको तर्फबाट त्रिभुवन विश्वविद्यालय मात्र होइन नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, कृषि तथा वन, सुदुरपश्चिम मध्यपश्चिम विश्वविद्यालय पनि अविलम्ब पदाधिकारीहरू नियुक्त गर्नका लागि सरकारलाई सुझाव दिएका थियौं सरकारले ढिलै भए पनि सबै विश्वविद्यालयहरूमा उपकुलपति नियुक्त गरेको यसमा मैले सबै प्राध्यापकहरूको तर्फबाट सरकारलाई धन्यवाद दिन चाहन्छ नियुक्त हुन भएका उपकुलपतिज्यूहरूलाई बधाइ एवं स्वागत गर्न चाहन्छु

जहाँसम्म उपकूलपतिको नियुक्तिसंगै त्रिविमा तालाबन्दी भएको प्रसंग , यसमा यतिमात्र भन्न चाहन्छु कि- तालाबन्दीले समस्याको समाधान हुँदैन प्राध्यापक भनेको सिंगो समाजलाई असल काम गर्न सिकाउने पंक्ति हो यो पंक्तिले तालाबन्दी गर्न सुहाउँदैन वार्ता, छलफल सम्वादका शालीन विधि छन हामीले आफ्ना भनाइ मागहरू शालीन प्राज्ञिक ढंगले प्रस्तुत गरी समाजको अगाडि नमूना बन्न सक्नुपर्दछ

विश्वविद्यालयमा ताला लागि नै सक्यो अब समाधान चाँहि कसरी गर्नुपर्ला ?

समस्या समाधानको उत्तम बाटो भनेको वार्ता सम्वाद नै हो साथीहरूलाई यही बाटो अबलम्वन गर्न अनुरोध गर्दछु

तपाईं विश्वविद्यालयको जिम्मेवार व्यक्ति पनि हुनुहुन्छ समस्या समाधानका लागि अहिलेसम्म कहीं कतै पहल भएको छैन ?

तालाबन्दी खोलेर समस्या समाधान गर्नका लागि हामीले पहल गरेका छौं समस्या समाधानका लागि सांगठनिक रुपमा मात्र होइन मैले व्यक्तिगत रुपमा पनि प्रयत्न गरेको छु वार्ताहरू पनि भैरहेका छन केही दिन अगाडि मात्रै पनि प्राध्यापक मन्त्रीको बीचमा वार्ता भएको थियो वार्ताको श्रृंखला निरन्तर रुपमा जारी रहेको मलाई विश्वास समस्या छिटै समाधान हुने तालाबन्दी गरेका प्राध्यापक साथीहरूले पनि कुरा बुझ्नु हुनेछ

तालाबन्दी गर्नुपर्ने कारण के होला जस्तो लाग्छ यहाँलाई ?

यसमा केही राजनीतिक कुराहरू होलान उहाँहरूले आफनो माग प्रष्ट रुपमै राख्नुभएको तर, उहाँहरूले भनेजस्तो सबै माग पूरा हुन सम्भव छैन कतिपय मागहरू व्यवहारिक पनि छैन तर, यसमा उहाँहरूलाई विश्वस्त बनाउन सक्नुपर्दछ जनआन्दोलनपछि विश्वविद्यालयलाई संचालन गर्नका लागि एउटा संयन्त्र बनाइएको थियो यसमा विभिन्न प्राध्यापक संगठनका प्रतिनिधिहरू रहेका थिए विगतमा यही संयन्त्रले बनाएको सहमतिका आधारमा सुझावहरू लिएर उपकुलपति लगायतका पदाधिकारीहरू नियुक्त भएका थिए तर, यसपटकको नियुक्ति प्रक्रिया त्यस किसिमको सुझाव लिने काम भएन प्राध्यापकहरूसंग सल्लाह लिइयो पार्टीहरूको शिक्षा हेर्ने निकायसंग परामर्श नै गरियो नियुक्ति प्रक्रियामा सम्बन्धित सरोकारवालाहरूलाई उपेक्षा गरियो प्राध्यापक साथीहरूले यस्तो महशुस गरेका हुनसक्छ तालाबन्दी यो कारणले पनि भएको होला तर, अब एउटा समझदारीमा आइ समस्या समाधानका लागि अगाडि बढ्नुपर्छ

यसपटक उपकुलपति नियुक्ति गर्नका लागि गठन भएको सिफारिश समिति गोप्य राख्ने काम भयो भनिन्छ समितिलाई यसरी किन गोप्य राखिएको होला ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री सहकुलपति प्रधानमन्त्री कुलपति हुने व्यस्वस्था शिक्षामन्त्री अर्थात सहकुलपतिको अध्यक्षतामा बन्ने समितिको सिफारिशमा प्रधानमन्त्री अर्थात् कुलपतिले उपकुलपति नियुक्त गर्ने कानुनी व्यवस्था रहेको कानुनी रुपमा नै स्पष्ट भएको प्रावधान अनुसार बन्ने समितिबारे जान्ने हक सबैलाई हुन्छ यो पारदर्शी हुनुपथ्र्यो यो समिति भन्ने कुरा लुकाएर लुक्ने पनि होइन लुकाउनुपर्ने कुरै थिएन यस प्रक्रियामा सरकारको नियत नै खोटपूर्ण रहेको देखियो अर्को उदेकलाग्दा कुरा के भयो भने सिफारिश समितिको सदस्यमा प्राध्यापक राख्नुपर्ने थियो तर, प्राध्यापकलाई नराखेर नेपाल सरकारको कर्मचारीलाई राख्ने काम भयो यस्तो कहिल्यै भएको थिएन अबका दिनमा यस्तो गल्ती कसैले पनि नगरोस् अहिले राजनीतिक अवस्थामा परिवर्तन आएको नयाँ सरकार बनेको , अबको दिनमा प्राध्यापक समूहले नै सहमतिको आधार तयार गरेर समस्या समाधानका लागि तत्परता देखाउनुपर्छ नयाँ सरकारलाई सबै कुराको जानकारी नहुने भएकाले प्राध्यापक संगठनहरूले सहयोग गर्नुपर्छ

तालाबन्दी कहिलेसम्म खुल्ला ?

परिस्थिति बदलिएको त्यसैले मलाई तालाबन्दी छिटै नै खुल्ला भन्ने लाग्दछ तालाबन्दी नखुलेर उपाय पनि छैन विश्वविद्यालयमा दलीय भागबण्डाको कुरा गर्नु राम्रो पक्ष होइन यसले राम्रो सन्देश दिंदैन तर पनि राष्ट्रिय परिस्थितिलाई हेरेर त्यसको आधारमा सहमतिमा जानु राम्रो पक्ष हुनसक्छ मैलै अगाडि पनि उल्लेख के गरिसकेको छु भने- एउटा संयन्त्रको आवश्यकतालाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ विगतमा पनि यसरी नै अगाडि बढेको अवस्था थियो विश्वविद्यालय संचालन एउटा पक्षले मात्र गर्न सक्दैन यसमा सबै पक्षको सहयोग चाहिन्छ प्राध्यापक संगठनहरूका बीचमा एउटा समझदारी कायम गरी विश्वविद्यालयलाई सहज रुपमा अगाडि बढाउन हामीले सबै पक्षको अस्तित्वलाई स्वीकार गर्नुपर्ने हुन्छ यसैका लागि संयन्त्रको कुरा गरिएको हो यसले पदाधिकारीहरूलाई पनि काम गर्न सजिलो बनाउँछ

तालाबन्दीको कारणले विश्वविद्यालयमा भावी दिनमा के कस्तो प्रभाव पर्ला ?

तालाबन्दीको असर विश्वविद्यालयमा नकारात्मक पर्ने निश्चित यसको असर निकै लामो समयसम्म परिरहने अहिले विश्वविद्यालयमा तालाबन्दी भएको कारणले यसका प्रायः सम्पूर्ण काम कारवाहीहरू ठप्प हुनपुगेका छन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा पठनपाठन भएको भए पनि केन्द्रीय कार्यालयबाट हुनुपर्ने सबै प्रशासनिक व्यवस्थापकीय कामहरू रोकिएका छन कर्मचारी प्राध्यापकहरूको तलब रोकिने अवस्था उत्पन्न हुँदैछ करार सेवामा रहनुभएका कर्मचारी प्राध्यापकहरूको नवीकरण कार्यमा बिलम्व भैसकेको यतिमात्र होइन त्रिवि सेवा आयोगद्वारा लिंदै गरेको उपप्राध्यापकको मौखिक परीक्षा अर्थात् अन्तवार्ता कार्यक्रम स्थगित भएका छन यसले गर्दा पूर्व मेचीदेखि पश्चिम महाकालीबाट आएका उम्मेदवारहरू राजधानीमा बिचल्ली भएका छन उनीहरू मानसिक रुपमा तनावमा परेका छन् बन्दको कारणले गर्दा छनोट भैसकेका उपप्राध्यापकहरूले नियुक्ति पाउन सकेका छैनन यसको जिम्मेवारी को हुने ? सर्वत्र प्रश्न उठ्न थालेको साथीहरूले यो पक्षलाई गम्भीरताका साथ विचार गर्नुपर्छ

यी कुराहरू अहिलेका समस्या भए विश्वविद्यालयको समग्र अवस्थालाई सुधार गर्न तपाईंहरूले संगठनको तर्फबाट के कस्तो भूमिका खेल्नुभएको ?

तपाईंले राम्रो प्रश्न गर्नुभयो हामी संगठनको तर्फबाट विश्वविद्यालयको प्राज्ञिक, प्रशासनिक व्यवस्थापकीय सुधारका लागि पटकपटक पहल गरेको थियौं यस सम्बन्धमा हामीले विश्वविद्यालय समक्ष विभिन्न मागहरू राख्यौं योजना कार्यक्रम दियौं हाम्रो भूमिका दबाब दिनेसम्म हो बाँकी काम विश्वविद्यालयको हो यसका लागि हामी अहिले पनि लागिरहेका छौं हामीले सरकारसमक्ष राष्ट्रिय नीति ल्याउन भनेका छौं प्रयाप्त लगानी गर्नका लागि पनि भनेका छौं

यहाँहरूको भूमिका किन प्रभावकारी हुन सकेको छैन ?

हामीले विश्वविद्यलायको अवस्थालाई सुधार गर्न प्राज्ञिक रुपबाट गर्न सकिने कामहरू धेरै छन जसअन्तर्गत विषगत मुद्दागत अन्तरक्रिया, तालिम, सेमिनार, गोष्ठी हुनसक्छन यसैगरी अनुसन्धानात्मक कार्यलाई पनि अगाडि बढाउन सकिन्छ यस्ता कार्यहरू हामीले पर्याप्त मात्रामा गर्न सकेका छैनौं यो कमजोरीलाई हामी स्वीकार गर्दछौं तर, धेरथोर यस्ता कामहरू भने भएका छन हामीले यस बाहेक विश्वविद्यालयका अन्य समस्याहरूलाई समाधान गर्नका लागि पदाधिकारीहहरू समक्ष पटकपटक ध्यानाकर्षण गराएका छौं तर, हाम्रो संगठन दबाबमूलक संगठन हो यो आफैमा व्यवस्थापक होइन हामी विश्वविद्यालयको प्राज्ञिक उन्नयनका लागि निरन्तर लागिरहेका छौं प्राध्यापकहरूको पेशागत हकहितका लागि पनि आवाज उठाउँदै आएका छौं करार सेवामा रहनुभएका प्राध्यापकहरूको समस्या समाधानका लागि हामीले आवाज उठाएका छौं संगठनको राष्ट्रिय सम्मेलनमा प्रस्ताव नै पारित गरेर काम अगाडि बढाउनका लागि भूमिका खेल्दैआएका छौं यसैगरी आंशिक प्राध्यापकहरूको बारेमा पनि एउटा सकारात्मक नीति बनाउने छौं

प्रस्तुतिः देवराज अर्याल



Rating (Votes: )   
Share     Print


Other Articles:
योजनाले मात्र हुँदैन कार्यान्वनतिर जोड दिनुपर्छ (08.22.2011)
उच्च माध्यमिक शिक्षा निर्विकल्प बनेको छ (08.09.2011)
नेताहरू सत्ता स्वार्थभन्दा माथि उठनुपर्छ : सुनिलकुमार मानन्धर, मन्त्री- वातावरण (06.20.2011)
हामी अहिले पनि मुद्दाकेन्द्रित नभएर व्यक्ति वा पार्टीकेन्द्रित भैरहेका छौं (06.06.2011)
संविधान बनाउने विषयमा संविधानसभाभित्र र बाहिर पनि बहस भएको छैन : अधिवक्ता टीकाराम भट्टराई (05.24.2011)



 
::| Latest News

 
[Page Top]