युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.16.2019, 03:05pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
बहुमत प्रतिनिधि नेतृत्व हस्तान्तरणको पक्षमा
Wednesday, 07.02.2014, 11:52am (GMT+5.5)

- गोकुल बाँस्कोटा, युवा नेता, नेकपा एमाले 

एमालेको नवौँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम सम्पन्न भएको छ ।  प्रतिनिधि छनोटसँगै एमालेको नवौँ महाधिवेशनलाई कसरी आँकलन गर्नुभएको छ ? 
महाधिवेशन मुख्य गरेर दुई ओटा कुराका लागि हुन्छ । पहिलो कुरा भनेको नीति हो । त्यहाँ नीति कार्यक्रम र सिद्धान्तका बारेमा छलफल हुन्छ । दोस्रो भनेको नेतृत्व छनोटको विषय हो । यसरी हेर्दा महाधिवेशन नीति र नेतृत्वको विषयमा केन्द्रित हुन्छ ।  नेकपा एमालेको महाधिवेशन एमालेलाई मात्र ‘गाइड’ गर्ने गरी हुँदैन ।  एमालेको महाधिवेशन १२ औँ शताव्दीको नयाँ नेपाल आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा कस्तो बनाउँने भन्नेमा पनि केन्द्रित हुन्छ । लोकतन्त्रको संस्थागत सुदृढिकरण र मुलुकको संवृद्धिका विषयमा पनि केन्द्रित हुने छ ।   

प्रतिनिधि छनोटसँगै संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समुहले आ–आफ्नो पक्षमा दुई तिहाई मत रहको दाबी गरेका छन् । तपाईको बुझाइमा के छ  ? 
म दुई तिहाइको संभावना देख्दिन । तर, निर्वाचनको मैदानमा उत्रिँदा विपक्षीलाई कमजोर र आफू बलियो देखाउन पनि यस्ता खालका तर्क आउने गर्छन् । म पत्रकारिता गरेर राजनीतिमा प्रवेश गरेको व्यक्ति भएकाले सत्य र तथ्यमा आधारित कुरा बोल्नुपर्ने हुन्छ । त्यसरी मैले सत्य र तथ्यमा आधारित भएर भन्दा केपी शर्मा ओलीको पक्षमा दुई तिहाईको नजिक मत आउने निश्चित छ । प्रतिनिधि छनोटले पनि के देखाउँछ भने नेता ओलीको पक्षमा ६० देखि ६३ प्रतिशत मत आउँछ ।  वरिष्ठ नेता नेपाल अध्यक्ष पदमा लड्नु भयो भने उहाँले ३३ देखि ३७ प्रतिशत मल ल्याउनु हुन्छ । 

केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने कारण चाहिं के–के छन् ?  
अहिले म नेतृत्व हस्तान्तरणको पक्षमा छु । म मात्र होइन अहिले छनोट भएर आएका ६० देखि ६३ प्रतिशत प्रतिनिधि पनि नेतृत्व हस्तान्तरणकै पक्षमा रहनु भएको छ । नेतृत्व हस्तान्तरण भनेको लोकतन्त्रको अधिकतम नमूना पनि हो ।  व्यक्ति जतिसुकै सक्षम भए पनि खास समयमा नेतृत्व हस्तान्तरण गर्नै पर्नेहुन्छ ।  नयाँ पुस्तालाई नेतृत्व दिनका लागि पनि नेतृत्व हस्तान्तरण आवश्यक छ ।  नेतृत्व घट्ट घुमेजस्तो घुमिरहने हो भने त्यहाँ सुस्तता, गतिहीनता र अकर्मयता देखिन्छ ।  त्यसले पार्टीलाई गति पनि दिन सक्दैन । त्यसैले वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व हस्तान्तरणको यस्तो अभियानमा भाँजो हाल्ने काम गर्नु गलत छ । यसले उहाँको हाइट घट्छ । त्यसैले उहाँले उम्मेदवारी नदिनु नै सबैभन्दा राम्रो हुन्छ । उहाँले प्रतिस्पर्धा गर्ने रहर गर्नसक्नु हुन्छ । तर, उहाँले जित्ने कुनै पनि संभावना छैन ।  नीतिका हिसावले नेता ओलीले वोकेको विचार अहिले पार्टीले बोकेर हिँडेको छ । अवसरका हिसावले भन्ने हो भने अहिलेसम्म पनि उहाँले पार्टीको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छैन । जनताको बहुदलीय जनवादलाई संवृद्ध गर्ने सन्र्दभमा होस या पार्टी भित्रको लोकतान्त्रिकरणको मुद्दा होस ।

यी दुवै विषय नेता ओलीको विचार हो । त्यसैले आगामी नवौँ महाधिवेशनबाट ओली एमाले अध्यक्ष बन्नुको अर्को विकल्प छैन । आठौँ महाधिवेशनको कुरा गर्ने हो भने उहाँले ल्याएको विचार पार्टी जीवनको लोकतान्त्रिकरणको मुद्धा स्थापित भयो । तर, उहाँ अध्यक्ष बन्न सक्नु भएन ।  त्यति मात्र होइन ओली झापा आन्दोलनको पनि नायक हो । १४ वर्ष वढी जेलमा वसेर पनि पार्टीलाई गति र उर्जा दिने कुरामा उहाँको कहिल्यै कमी आएको छैन । हरेक ठाउँमा माधवकुमार नेपाललाई सहयोग गर्ने मामिलामा ओलीले कहिल्यै कन्जुस्याई गर्नुभएको छैन । तर, त्यही भूमिका नेपालबाट हुन सकेको छैन । यसरी हरेक कुराबाट हेर्ने हो भने अध्यक्षका लागि नेपालभन्दा ओली धेरै उत्तम हुनुहुन्छ । त्यही भएर हामी अहिले पनि भनिरहेका छौँ– माधवकुमार नेपालले नेता ओलीलाई सहयोग गर्नुपर्छ । तर, उहाँको छाति कत्रो छ । त्यसमा भर पर्छ । उहाँको छाती भँगेराको जत्रो छ कि विशाल छ भन्ने कुरा पनि त्यसैले निर्धारण गर्छ । हामीले उहाँ पार्टीको प्रमुख र प्रधानमन्त्री भएको देखिसकेका छौँ । उहाँले पार्टीबाट लिन केही बाँकी छैन । त्यसैले उहाँले नेता ओलीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन भूमिका खेल्नु सबैभन्दा उपयुक्त विकल्प हो ।  

तर, नेपाल समूहले ओलीलाई नेतृत्व दिंदा नेतृत्व हस्तान्तरण होइन बुढा नेतामै नेतृत्व घुमिरहन्छ भन्ने तर्क गरेका छन् नि त ?    
जुन व्यक्तिले तीन–तीन पटक पार्टीको नेतृत्व गरेका छन् । ती व्यक्तिले फेरि पनि मलाई नै नेतृत्व चाहियो भन्दै हिंडेका छन् । उनैले नेतृत्व हस्तान्तरण होइन पुस्तास्तरणको गीत गाउँदै हिडेका छन् । यस्तो र्याइर्याईको कुनै तुक छैन । यस्तो र्याइर्याइ बन्द गर्नुपर्छ । यो २१ औँ शताब्दी हो । पहिलाको जस्तो एक्लै डण्डा घुमाएर सत्ता चलाए जस्तो जमाना अहिले छैन् । आफुलाई देखाउँदा क्रान्तिकारी देखाउने र काम प्रतिगामी गर्ने कुराले हुँदैन । 

म उहाँलाई चुनौति दिन चाहन्छु । उहाँ शंकर पोखरेल कि घनश्याम भुषाल को अध्यक्ष भनेर प्रस्ताव ल्याउन सक्नुहुन्छ । म दावाका साथ भन्छु उहाँले त्यो प्रस्ताव ल्याउने आँट गर्नसक्नु हुन्न । उहाँको कुराको कुनै ठेगान छैन । उहाँ अडान विनाको नेता हो । उग्रवामपन्थलाई सिध्याउन केपी ओली चाहिने । नेपाललाई पार्टी प्रमुख वा प्रधानमन्त्री बनाउन पनि ओली चाहिने । दक्षिणपन्थीहरुसँग लड्न पनि ओली नै चाहिने । तर, ओलीलाई अध्यक्ष बनाउन चाँही नहुने यो कुन तर्क हो ? यस्तो मनोरोगी मानसिकता यसपटक भत्किन्छ । यो आठौँ महाधिवेशन होइन । यो नवौँ महाधिवेशन हो । त्यसैले ओलीले हार्नुहुन्छ र नेपालले जित्नुहुन्छ भन्ने दिउँसै सपना कसैले पनि नदेखे हुन्छ । 

पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा मोदी लहर आयो भन्ने चर्चा नेपाल समूहले गरेका छन् । साँच्चै हो ? 
नेता नेपाल आफंै म पार्टी चलाउन सक्दिन भनेर राजिनामा दिएर भागेर हिड्नु भएको हो । उहाँलाई कसैले पनि गलहत्याएको होइन । पछि केपी ओलीले नै उहाँलाई पार्टीमा टिकाएको हो । जहाँसम्म मोदी लहरको कुरा छ । अहिले एमालेको नवौँ महाधिवेशन भारतमा होइन नेपालमा हुँदैछ । भारतीय जनता पार्टी जस्तो दक्षिणपन्थी पार्टीको चुनाव पनि यो होइन । एमाले जस्तो क्रान्तिकारी पार्टीको चुनाव हो यो । उहाँहरुले मोदी लहर आएको महसुस गर्नु भएछ । हामीले ओली लहर आएको अनुभूति गरेका छौँ ।  

तपाईको केन्द्रीय सदस्यको दाबी के–का लागि ? 
मैले तीन पटक काभ्रे जिल्लाको पार्टीको नेतृत्व गरेको छु । मैले नेतृत्व गरेपछि काभ्रेको पार्टीलाई बलियो बनाएको छु । त्यो मैले व्याख्या गर्नु पर्दैन । मैले पार्टीमा गरेको योगदानको पनि कदर  होस् भनेर केन्द्रीय सदस्यको दाबी गरेको हुँ । मैले कसैको दया–मायामा दाबी गरेको होइन । पार्टीलाई गतिशील र सुदृढ बनाउनका लागि पनि केन्द्रीय सदस्यमा मेरो दाबी हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
माधव र केपी दुबै सम्पूर्णता हैनन् (06.09.2014)
संसदीय सुनुवाईमा प्रस्तावित न्यायाधीशहरुले के भने (05.26.2014)
न्यायपालिका र व्यवस्थापिकाबीच टकराउको सन्देश गएको छ (05.19.2014)
एमाओवादीमा विचार कि संगठन प्राथमिक भन्ने द्विविधा छ - मुमाराम खनाल (05.12.2014)
स्वास्थ्यलाई पैसा कमाउने पेशा बनाइयो - डा. प्रवीण मिश्र, स्वास्थ्य सचिव (04.08.2014)
खेलकूद राष्ट्रिय एकता र राष्ट्र विकासको आधार हो - खेलकूद मन्त्री पुरुषोत्तम पौडेल (03.24.2014)
घोषणापत्र कार्यान्वयन गर्ने हाम्रो हैसियत पनि छैन र वाध्यता पनि छैन- दिनानाथ शर्मा, प्रवक्ता एम (03.19.2014)
कसैको प्रेरणाले होइन मेहनेतले गीतकार भए - गायत्री थापा (02.03.2014)
राष्ट्रियताको वैचारिक नेतृत्व हुन सकेन - मोदनाथ प्रश्रित (01.13.2014)
मिश्रित प्रणाली निर्वाचनमा दोष बढी गुण कम देखियो - पूर्णबहादुर खड्का, सहमहामन्त्री नेपाली कांग (01.06.2014)
अहिलेको विवाद संविधानवादका निश्चित मापदण्ड आत्मसात गर्न नसकेर - हरिहर दाहाल (12.30.2013)
यसपटक विगतमा जस्तो समस्या देखिन्न – युवराज ज्ञवाली, सचिव नेकपा एमाले (12.24.2013)
" कर्मचारीतन्त्रले आफ्नो वर्चश्व देखाइदियो " : नारायणमान विजुक्छे (12.10.2013)
अनेरास्ववियुले विरासत गुमाएको छैन- किशोरविक्रम (09.18.2013)
राजनीति पनि मोडलिङ जस्तै (09.18.2013)
यसरी खाइन्छ घूस (08.28.2013)
हाम्रो देशको राजनीति हाम्रो हातमा छैन - जनार्दन आचार्य, वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक (08.14.2013)
सोमेश्वर गढीमा देखिएको दृश्य - अनिल शर्मा (08.06.2013)
जनमतबाटै राजसंस्था फर्काइन्छ - कमल थापा, अध्यक्ष राप्रपा नेपाल (07.30.2013)
मलाई पीडाले लेख्न सिकायो : शान्ता चौधरी, पूर्व सभासद (07.24.2013)



 
::| Latest News

 
[Page Top]