युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:16am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
विद्यार्थीको काम टायर बाल्ने र बन्द हड्ताल गर्ने मात्र हैन
Tuesday, 11.11.2014, 12:53pm (GMT+5.5)

० तपाई विद्यार्थी राजनीतिप्रति कहिलेदेखि तानिनु भएको हो ? 
विद्यालय पढ्दै गर्दा कक्षा ८ बाट ने वि संघको सदस्यका रुपमा क्रियाशिल भएको हुँ । ०५३ सालमा कक्षा ९ मा पुग्दा विद्यालयको इकाईको अध्यक्ष भइसकेको थिए । त्यहींबाट नेवि संघमा मेरो औपचारिक राजनीतिक यात्रा सुरु भएको हो  ।

० नेविसंघमै किन लाग्नुभयो त ?
मुलतः म कांग्रेसी परिवारको सदस्य थिएँ र स्कुलमा संगठन गर्न आउनु भएका ने वि संघका नेताहरू र बीपीका पुस्तकहरू र कम्युनिष्ट साहित्य समेत पढने अवसर पाएँ । त्यसले ममा स्वतन्त्रता र लोकतन्त्रप्रतिको मोह लगायो । त्यसैकारण नेविसंघको राजनीतिमा लागेको हुँ ।

० कम्युनिस्टको प्रभाब भएको ठाउमा त्यसले प्रभाब पारेन ?
मुलतः मसालको प्रभाव भएको ठाउँ हो हाम्रो । उनीहरूका विचारले मलाई आकर्षित गर्न सकेन तर उनीहरूका सांस्कृतिक कार्यक्रमले चाहिं बेलाबेला छुन्थ्यो । 

० काठमाडौं शिक्षा क्याम्पसमा तपाइको नेतृत्व कसरी बिकसित भयो ?
पृथ्वीनारायण क्याम्पसमा क्रियाशील रहेर काठमाडौं शिक्षा क्याम्पसमा आएपछि त्यहाँका सबै सिर्जनात्मक र राजनीतिक कार्यक्रमको नेतृत्व गर्ने अबसर मिल्यो । लगत्तै आएपछि आन्दोलनको समय शुरु भयो । त्यसमा होमियो । २०६० को स्ववियु चुनाबमा उपसभापति पदमा २ मतले पराजित भएपछि इकाई अध्यक्ष बने र २०६२ को स्ववियु चुनाबमा सभापतिको रुपमा ८२५ मत ल्याएर निर्वाचित भए । 

त्यसपछि शिक्षाका राष्ट्रिय मुद्दाहरूमा बैचारिक बहस चलाउने, जर्नल प्रकाशन गर्ने र खोज अनुसन्धानमूलक कृयाकलाप गर्ने, भिजिटिङ प्रोफेसरहरू ल्याएर कक्षा गराउने जस्ता कामले विद्यार्थीहरूको मन जित्न सहयोग पुगेको थियो ।

० २०६२।२०६३ को जनआन्दोलनमा तपाईको सहभागिता र अनुभव कस्तो रह्यो ?
राजतन्त्रले प्रतिगमनकारी हमला गरिसकेपछि अन्योलको स्थिति थियो । नेबिसंघको अगुवाईमा बिस्तारै सडक तात्न थालेको थियो । तत्कालीन नेताहरू विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे लगायतको नेतृत्वमा हामी परिचालित भयौ । ने बि संघले शुरु गरेको नेपालमा राजतन्त्रको सान्दर्भिकता कति ? भन्ने बहसमा हामी होमियौ  । कहिलेकाहीं त हाम्रो प्रदर्शनमा १० जना र प्रहरी चाहि २०–३० जना भएको अवस्था समेत हुन्थ्यो । १९ दिनको आन्दोलनमा जनता जगाउन हामीले गरेका दर्जनौ प्रकार र प्रकृतिका आन्दोलनहरू सम्झदा अहिले पनि ज्यान सिरिङ्ग हुन्छ । वैशाख ४ गते पुरानो वानेश्वरको जुलुशमा मसाल बोकिरहेको बेला प्रहरीको आक्रमणमा परियो । १० दिनसम्म अस्पताल बस्नुपर्याे

० नेविसंघको आसन्न महाधिवेशनमा तपाइको भूमिका कस्तो हुँदैछ ?
म यो महाधिबेशनमा विद्यार्थी आन्दोलनले लिनुपर्ने अबको बाटोको बारेमा स्पष्ट भिजनका साथ पश्चिमाञ्चल विकास क्षेत्रबाट केन्द्रीय उपाध्यक्ष पदको उमेदबार हँुदैछु र त्यसको तयारीमा ब्यस्त छु  ।

० पदाधिकारीको रुपमा तपाईका मुद्दाहरू के के छन् त ?
अहिलेको विद्यार्थी राजनीति दिशाहिन, गतिहिन र कुहिरोको काग जस्तो बनेको छ । के विद्यार्थी राजनीति गर्नु भनेको आन्दोलनको बेला मात्र काम लाग्ने हो त, सडकमा टायर बाल्नु वा तोडफोड गर्नेबेला मात्र खाँचो हो त ? होइन, अब विद्यार्थी राजनीतिको परिचय बदल्नु पर्छ । यसको अनुहार फेरि पनि आन्दोलनको बेला जस्तै जाज्वल्यमान बनाउनु पर्दछ तर ध्वंशात्मक होइन, रचनात्मक बाटोबाट । हामीले राजनीतिक व्यवस्था बदल्यौ, अब मुलुकको शैक्षिक अवस्था फेर्नु पर्दछ । आजका नेपाली युवाहरू बजारमा नाम, बजारमा काम र गोजिमा दाम दिने शिक्षाका पक्षमा छन । तिनीहरूको आवाज नेबिसंघले बोक्नुपर्दछ र अभियान चलाउनु पर्दछ । जागिरे मानसिकता र शिदेश जाने जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीको ठाउँमा प्राविधिक र उद्यमशिलता प्रबद्र्धन गर्ने शिक्षा आजको आबश्यक्ता छ । नेपाली शिक्षा प्रणालीलाई विश्वस्तरिय बनाउन हामी सहयोगी बन्नुपर्दछ । 

० तर विद्यार्थी संगठनहरूले त त्यो दिशातिर कुनै कदम चालेको देखिंदैन नि ?
विद्यार्थी राजनीति सिर्जनात्मक, रचनात्मक र सकारात्मक हस्तक्षेपको निमित हुनुपर्छ । संगठनको संरचना र चरित्र फेरिनु नितान्त आवश्यक छ । ध्वंशात्मक गतिबिधि र आर्थिक चलखेलबाट मुक्त हुनुपर्छ विद्यार्थी राजनीति । शिक्षक व्यबस्थापन, पाठ्यक्रम, बिश्वबिद्यालयलाई दलियकरणबाट मुक्त राख्ने र सुशासनको बाताबरण निर्माण गर्ने लगायतका एजेन्डाहरू लिएर अगाडि जानुपर्दछ । स्ववियु निर्वाचन हुन नसकेको ६ वर्ष भयो, कसैको गम्भिर ध्यानाकर्षण भएको छैन । संरचना परिवर्तन गरी मेधावी विद्यार्थी अट्नसक्ने, प्रतिभासम्पन्न विद्यार्थीको समेत प्रतिनिधित्व हुने र ठीक मितिमा निर्वाचन हुने अवस्था गराउनु पर्दछ । विद्यार्थी हक अधिकारका निमित्त नयाँ मुद्दाहरू उठान गर्नुपर्दछ । नेबिसंघको आन्तरिक लोकतन्त्रलाई बलियो र स्पष्ट बनाउन मेरो भूमिका हुनेछ । 

० विद्यार्थी नेताहरू आर्थिक रुपमा भ्रष्ट छन् भन्ने आरोप पनि छ नि ?
हो, यस्तो प्रवृति बढेको देखिन्छ । यो जे भैरहेको छ यसले भोलि मुलुक चलाउने नेतृत्वलाई भ्रष्टिकरण गरिरहेको छ । यस्तो कुप्रवृत्तिमा सबै र सिंगो संगठन यसमा लागेको छैन ।  केही ‘सि ग्रेड’का नेताहरूले विद्यार्थी आन्दोलनको छबि नै धमिलो परेका छन् ।

० तपाई कुनै गलत काम र भ्रष्टाचारमा सलग्न भएको छैन र हुने छैन भनेर दावी गर्न सक्नुहुन्छ ?
म यो कुरा निर्धक्क भन्न सक्छु । आजसम्म यस्ता गतिविधिमा संलग्न भएको छैन । मेरो सम्पत्ति नै ईमान र निष्ठा हो । आगामी दिनमा पनि म विचार र आचरण दुबैको हिसाबले सही बाटोमा हिडने छु । मेरो लडाई भ्रष्टाचार, दलाली र अनैतिक क्रियाकलापको बिरुद्ध लगातार रहिरहनेछ ।

० अधिवेशनको तयारी कस्तो छ त ?
मेरा आफ्ना विचार सहित, आफ्नो भनाइ र गराईमा सहमत हुने साथीहरू सहित ६२ जिल्लामा पुगेको छु । नपुगेका जिल्लाका साथीहरूसंग पनि नियमित सम्पर्कमा छु ।

० नेविसंघसंघ भित्र चरम गुटबन्दी छ भन्ने कुरा त मान्नुहुन्छ ?
यो आरोपमा आंशिक सत्यता छ । लामो समयदेखि अधिबेशन नभएको र दुई संगठनको एकीकरणपछि अधिवेशन नभएको र नेतृत्वको लागि थुप्रै आकांक्षी रहेको अवस्था छ । स्वस्थ बहस हुन नसकेकाले गर्दा यसलाई चरम भनिएको हो । बिचार र कार्यक्रमको आधारमा प्रतिस्पर्धा हुने बाताबरण भएपछि यो स्थितिको अन्त्य हुन्छ । हामी नेविसंघलाई गुटहरूको मोर्चाबाट माथि उठाउँछौ र सम्पूर्ण हिसाबले आम विद्यार्थीहरूको सिर्जनशील संस्था बनाउछौं । महाअधिवेशनपछि आधा समस्या समाधान हुन्छ  ।

० तपाइलाई कुन कुन नेताको साथ सहयोग छ त ?
म मुलतः नेपाल विद्यार्थी संघमा दिनरात खटेका आम स्वाभिमानी विद्यार्थी साथीहरूको साथ सहयोग र समर्थनमा निर्वाचन लडने हो । नेविसंघलाई गहिरोसंग बुझेका, यसलाई युवा विद्यार्थीको सिर्जनात्मक राजनीतिको केन्द्र बनाउनुपर्दछ भन्ने सम्पूर्ण नेताहरूको साथ र समर्थन मलाई रहन्छ । 

० पटक पटक सरेको अधिवेशन यो मितिमा होला त ?
यही मितिमा महाधिवेशन हुनैपर्दछ र हुन्छ भन्ने कुरामा म विश्वस्त छु । 


Rating (Votes: )   
Share     Print


Other Articles:
पुष्प व्यवसाय विदेशी मुदा आर्जन गर्ने दरिलो माध्यम हो – कुमार कसजु श्रेष्ठ (10.21.2014)
त्यसबेला हामी लण्डनमा बसेर नेपालमा आगो बाल्छौं (09.23.2014)
विद्यार्थीको नेतृत्व खास विद्यार्थीले नै गर्नुपर्छ : शुभराम बस्नेत (09.09.2014)
हामीले कर नतिर्ने भनेका छैनौं - ज्ञानु गजमेर (09.02.2014)
बायोमेट्रिक प्रणाली संचालन गर्दा वैदेशिक रोजगारी अरु भरपर्दो हुन्छ (08.13.2014)
अहिले नेपाललाई बिजुली, १० वर्षपछि नेपालबाट बिजुली : मोदी (08.04.2014)
संविधानमै बजेट ल्याउने तिथि निर्धारण गरिनुपर्छ (07.09.2014)
बहुमत प्रतिनिधि नेतृत्व हस्तान्तरणको पक्षमा (07.02.2014)
माधव र केपी दुबै सम्पूर्णता हैनन् (06.09.2014)
संसदीय सुनुवाईमा प्रस्तावित न्यायाधीशहरुले के भने (05.26.2014)
न्यायपालिका र व्यवस्थापिकाबीच टकराउको सन्देश गएको छ (05.19.2014)
एमाओवादीमा विचार कि संगठन प्राथमिक भन्ने द्विविधा छ - मुमाराम खनाल (05.12.2014)
स्वास्थ्यलाई पैसा कमाउने पेशा बनाइयो - डा. प्रवीण मिश्र, स्वास्थ्य सचिव (04.08.2014)
खेलकूद राष्ट्रिय एकता र राष्ट्र विकासको आधार हो - खेलकूद मन्त्री पुरुषोत्तम पौडेल (03.24.2014)
घोषणापत्र कार्यान्वयन गर्ने हाम्रो हैसियत पनि छैन र वाध्यता पनि छैन- दिनानाथ शर्मा, प्रवक्ता एम (03.19.2014)
कसैको प्रेरणाले होइन मेहनेतले गीतकार भए - गायत्री थापा (02.03.2014)
राष्ट्रियताको वैचारिक नेतृत्व हुन सकेन - मोदनाथ प्रश्रित (01.13.2014)
मिश्रित प्रणाली निर्वाचनमा दोष बढी गुण कम देखियो - पूर्णबहादुर खड्का, सहमहामन्त्री नेपाली कांग (01.06.2014)
अहिलेको विवाद संविधानवादका निश्चित मापदण्ड आत्मसात गर्न नसकेर - हरिहर दाहाल (12.30.2013)
यसपटक विगतमा जस्तो समस्या देखिन्न – युवराज ज्ञवाली, सचिव नेकपा एमाले (12.24.2013)



 
::| Latest News

 
[Page Top]