युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:16am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
यसपटक महिला राष्ट्रपति पाउला अमेरिकाले ?
Tuesday, 09.01.2015, 11:38am (GMT+5.5)

विश्वमा मानवअधिकार र समानताको वकालत गर्ने विश्व शक्ति राष्ट्र अमेरिकामा जातीय र लैंगिक समानतामा भने निकै पछाडि देखिन्छ । त्यहाँको राजनीतिको उच्च पदमा अहिलेसम्म महिला पुग्न सकेका छैनन् । तर, यतिबेला अमेरिकाले महिला राष्ट्रपनि पाउला त भन्ने बहस सुरु भएको छ । सन् २०१६ को नोभेम्बरमा अमेरिकामा नयाँ राष्ट्रपति पदको लागि निर्वाचन हुन गइरहेको छ । अमेरिकाको ४५ औँ राष्ट्रपतिको लागि सो निर्वाचन हुन लागेको हो । अमेरिकी राष्ट्रपतिको यस निर्वाचनको प्रतिस्पर्धामा एक जना महिला नेत्री पनि रहेकोले अहिलेको अमेरिकामा यो नयाँ विषयले चर्चा पाएको हो ।  

हुनत अमेरिकी राष्ट्रपतिका हरेक निर्वाचनमा कुनै न कुनै नयाँ एजेन्डा हुन्छ र नयाँ विषयले चर्चा पनि पाउछ । तर यस पटकको निर्वाचनको चर्चा भने यसभन्दा अघिल्लाहरूको भन्दा फरक खालको छ र उम्मेदवारको लिङ्गीय विषयले यसपालि चर्चा पाएको छ । आगामी अर्थात अमेरिकाको ४५ औँ राष्ट्रपतिका लागि हुन गइरहेको यस निर्वाचनमा पूर्व विदेशमन्त्री हिलारी रोधम क्लिन्टन पनि उम्मेदवार रहनु भएको छ । त्यसो त यसअघिका निर्वाचनहरूमा पनि राष्ट्रपतिका लागि महिलाहरूले उम्मेदवारी नदिएका भने होइनन् । तर यसअघिका उम्मेदवारीहरूको तुलना यस पटकका प्रतिस्पर्धीसँग भने गर्न मिल्दैन । किनभने यस पटकका उम्मेदवार क्लिन्टन अमेरिकी राजनीतिमा एक शक्तिशाली महिला हुन् । 

महिला समानता, लैंगिक समानता तथा नारी अधिकारका साथै मानवअधिकारका बारेमा विश्वलाई नै पाठक पढाउने अमेरिकाले अहिले सम्म महिला राष्ट्रपति पाउन नसकेको चर्चा पनि यसैसँग अमेरिकामा सुरु भएको छ । कतिपय विश्लेषकहरू भन्छन्– कयौं अविकसित तथा तेस्रो विश्वका राष्ट्रहरूलाई कार्यकारी प्रमुखका रुपमा महिलाले हाँकिसकेका छन् तर हामीलाई त्यो अवसर अझै प्राप्त भएको छैन । विश्वको एक प्रमुख शक्तिराष्ट्रको रुपमा परिचित रहेको यस देशको राष्ट्रपति पदमा हालसम्म एक जना पनि महिला आउन सकेका छैनन् । यद्यपि भारत, दक्षिण कोरिया, अल्जेरिया, ब्राजिललगायत विश्वका कैयन् ठूला साना राष्ट्रहरूमा महिलालाई राष्ट्रपति बन्ने अवसर प्राप्त भइसकेको छ । 

संयुक्त राज्य अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम रहेकी हिलारी समाज सेवामा ब्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बनाई ख्याति आर्जन गर्नसक्ने महिलाको रुपमा पनि परिचित हुनुहुन्छ । उहाँ सन् २००० को नोभेम्बर ७ मा संयुक्त राज्य अमेरिकाको न्युर्योक राज्यको सिनेटरका रुपमा निर्वाचित हुनुभएको थियो । वास्तवमा अमेरिकी सक्रिय राजनीति उहाँको यही पदसँगै सुरु भएको हो । उहाँ सन् २००१ देखि २००९ सम्म न्युयोर्क राज्यको सिनेटरका रुपमा रहुनभयो । यसरी लामो समयसम्म यस पद सम्हाल्नेमा उहाँ अमेरिकाको एकजना प्रभावशाली महिला नेत्रीको रुपमा पनि परिचित भई अमेरिकी नागरिकमाझ प्रसंशा पाउनु भएको थियो । 

त्यसपछि, वर्तमान राष्ट्रपति बाराक ओमाबाको पहिलो कार्यकाल अर्थात् सन् २००९ को जनवरी २१ मा अमेरिकी विदेशमन्त्रीको जिम्मेवारी पाई सन् २०१३ सम्म त्यसलाई उत्कृष्टतापूर्वक बहन गर्न सफल हुनु भएको थियो । पदीय दायित्वका हिसाबले अमेरिकी विदेशमन्त्रीको पद अत्यन्त जटिल र चतुरताका साथ सम्हाल्नु पर्ने र मर्यादाका हिसाबले यस पदले अन्य भन्दा सदैब उच्च स्थान ओगट्ने गरेको छ । तथापि एक महिलाले सहजरुपले यस्तो चुनौतिपूर्ण जिम्मेवारी निर्वाह गरी अमेरिकाको ६७ औं बिदेश मन्त्रीको पदभार उत्कृष्टतापूर्वक सम्हाली क्लिन्टनले जनताको मनग्य माया र हौसला पनि हासिल गर्नु भएको थियो । उहाँको त्यस समयको व्यस्तता देख्दा अमेरिकी जनताले उहाँको निकै प्रसंशा पनि गरेका थिए ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि पटक पटक उहाँको मेहनेतबाट आफ्नो सफलता प्राप्त भएको टिप्पणी पनि गर्नुभएको थियो । सार्वजनिक रुपमा नै उहाँले यो अभिव्यक्ति दिनुभएको हो । 

उक्त पदमा आसिन रहेका बेला उहाँले मानवअधिकारका साथसाथै महिला अधिकारका लागि अमेरिकी नेतृत्वदायी भूमिकामा रही सशक्त वकालत गर्नुभएको थियो । यसका लागि उहाँले विश्वभार ख्याति पनि आर्जन गर्नुभयो र यिनी एजेन्डाहरूमा विश्वका कयौँ देशमा पनि पुग्नुभयो । उहाँ विदेशमन्त्रीको पदमा रहनु भएको अवस्थामा अमेरिकी इतिहासलाई नै तोड्ने विदेशमन्त्रीको हैसियतले विदेश भ्रमण गरी त्यहाँको समस्या सुल्झाउने कार्यका लागि अनेकन प्रयास गर्नुभएको थियो  । त्यसो त अमेरिकी वर्तमान राष्ट्रपति बाराक ओबामाकै पहिलो कार्यकालका लागि हुन लागेको निर्वाचनमा नै उहाँ डेमोक्र्याटका तर्फबाट उम्मेदवार बन्नुभएको हो । तरपनि अमेरिकाले सायद कालो वर्णका बाराक ओबामालाई सो समयका लागि अघि बढाएपछि उहाँलाई फिर्ता हुन भनियो । 

त्यसपछि पहिलो कार्यकालमा राष्ट्रपति बाराक ओबामाले उहाँलाई विदेशमन्त्री बनाउनुभएको थियो । बाराक ओबामाको पहिलो कार्यकालमा उहाँले ओबाको हरेक विदेश नीतिको समर्थन मात्र होइन कि त्यसलाई सफल बनाउने काममा पनि निकै प्रयत्नरत रहनुभयो । अफगानिस्तानमा नेटो सेनाको निरन्तरता, लिबियामा कर्णेल गद्दाफि माथिको कारबाही, मध्यपूर्वी राष्ट्रहरूको प्रजातन्त्रका लागि भएको आन्दोलनमा समर्थन, अल कायदाका नेता ओसामा बिन लादेनमाथिको कारबाहीलगायतका यस्ता कयौँ अमेरिकी नीतिमा हिलारीको राम्रो समर्थन र सहयोग रहेको थियो । 

आगामी निर्वाचनमा उहाँ प्रजातान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार हुने निश्चितजस्तो देखिन्छ, यद्यपि पार्टीले निर्णय गरिसकेको भने छैन । उहाँले आफ्नो निर्वाचन अभियानको सु


Rating (Votes: )   
Share     Print


Other Articles:
अहिलेकै संसदीय प्रणालीमा जाने हो भने देशले कहिल्यै स्थिर सरकार पाउँदैन (08.04.2015)
विपतलाई पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ (05.27.2015)
संविधानसभा छोडेर कोही पनि जाँदैन ः अर्थमन्त्री डा. रामशरण महत (04.07.2015)
पार्टीभित्र संसदमा जस्तै बहुमतले अल्पमतलाई पेल्न खोज्यो (03.31.2015)
हामीसंग चाहिं सहमति गर्नुपर्दैन ? (03.17.2015)
विद्यार्थीको काम टायर बाल्ने र बन्द हड्ताल गर्ने मात्र हैन (11.11.2014)
पुष्प व्यवसाय विदेशी मुदा आर्जन गर्ने दरिलो माध्यम हो – कुमार कसजु श्रेष्ठ (10.21.2014)
त्यसबेला हामी लण्डनमा बसेर नेपालमा आगो बाल्छौं (09.23.2014)
विद्यार्थीको नेतृत्व खास विद्यार्थीले नै गर्नुपर्छ : शुभराम बस्नेत (09.09.2014)
हामीले कर नतिर्ने भनेका छैनौं - ज्ञानु गजमेर (09.02.2014)
बायोमेट्रिक प्रणाली संचालन गर्दा वैदेशिक रोजगारी अरु भरपर्दो हुन्छ (08.13.2014)
अहिले नेपाललाई बिजुली, १० वर्षपछि नेपालबाट बिजुली : मोदी (08.04.2014)
संविधानमै बजेट ल्याउने तिथि निर्धारण गरिनुपर्छ (07.09.2014)
बहुमत प्रतिनिधि नेतृत्व हस्तान्तरणको पक्षमा (07.02.2014)
माधव र केपी दुबै सम्पूर्णता हैनन् (06.09.2014)
संसदीय सुनुवाईमा प्रस्तावित न्यायाधीशहरुले के भने (05.26.2014)
न्यायपालिका र व्यवस्थापिकाबीच टकराउको सन्देश गएको छ (05.19.2014)
एमाओवादीमा विचार कि संगठन प्राथमिक भन्ने द्विविधा छ - मुमाराम खनाल (05.12.2014)
स्वास्थ्यलाई पैसा कमाउने पेशा बनाइयो - डा. प्रवीण मिश्र, स्वास्थ्य सचिव (04.08.2014)
खेलकूद राष्ट्रिय एकता र राष्ट्र विकासको आधार हो - खेलकूद मन्त्री पुरुषोत्तम पौडेल (03.24.2014)



 
::| Latest News

 
[Page Top]