युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:16am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
सरकार मधेश आन्दोलनप्रति एकदम सम्वेदनशील छ : उपप्रधानमन्त्री विजय कुमार गच्छदार
Tuesday, 11.10.2015, 11:17am (GMT+5.5)

० तपाई सरकारको उपप्रधानमन्त्री मधेशको अहिलेको समस्याको बारेमा के गर्दै हुनुहुन्छ ?
म मात्रै होइन, पुरै सरकार मधेश आन्दोलनको बारेमा निकै गम्भीर देखिएको छ । पछिल्लो समय ओलीजीको नेतृत्वमा गठन भएको सरकारले वार्ताको पहल गरेर वार्तालाई सकारात्मक मोडमा पुर्याएको छ । यही सरकारको पालामा प्रथम पटक वार्तामा आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरेको छ । राजनीतिक रुपमा समस्या समधान गर्न विषयले प्रवेश पाएको छ । दुई पक्षबीच जुन रुपमा वार्ता भएको थियो त्यो निकै सकारात्मक रुपमा अगाडि बढेको थियो तर बीचमा वीरगञ्ज घटना भएको कारणले अलि अविश्वासको वातावरण सृजना भएको छ ।

० हालसम्मको वार्तामा के के उपलब्धि भयो त ?
पहिलो कुरा वार्ता सकारात्मक रुपमा अगाडि बढ्नु नै उपलब्धि हो । अर्काे कुरा, समावेशी समानुपातिक प्रतिनिधित्व र जनसँख्याको आधारमा निर्वाचन क्षेत्र सविधानमा राख्नका लागि संशोधनको तयारी भइरहेको छ । त्यस्तै आन्दोलनकारीले राखेको पाँच बुँदे शर्तमा अधिकाँश पूरा भइसकेको छ । केही बाँकी छ त्यसको बारेमा पनि छलफल भइरहेको छ ।

० के के पूरा भयो त ?
मृतक परिवारलाई दिने भनिएको १०–१० लाख रुपैयाँ दिने काम शुरु भएको छ । केहीलाई दिइएको पनि छ र केही बाँकी छन् । त्यसलाई पनि दिने प्रकृया शुरु भएको छ । आन्दोलनमा घाइते भएकालाई निःशुल्क उपचार गर्ने कुरा पनि निर्णय भइसकेको छ । थारु आन्दोलनकारीमाथि लगाइएको झूठा मुद्दाहरू पनि फिर्ता लिने प्रकृया शुरु भएको छ । अरु बाँकी विषयमा पनि सरकारले छलफल गरिरहेका छ ।

० मधेशको आन्दोलनलाई समाधान गर्न सरकारले के सोचेको छ ?
तराई मधेशमा जारी आन्दोलनलाई राजनीतिक र कुटनीतिक ढंगबाट समाधान गर्नुपर्छ । र, सरकारले त्यसतर्फ गम्भीर ढंगबाट सोचिरहेको छ । मधेशको आन्दोलन राजनीतिक समस्या हो तर अहिले देखिएको सीमा अवरोध राजनीतिक समस्याको साथ साथै कुटनीतिक समस्या पनि रहेकाले त्यसलाई त्यसै ढंगबाट समाधान गर्नुपर्छ । मधेशको अहिले मुख्य राजनीतिक समस्या भनेको सीमांकन हो र यसलाई राजनीतिक सहमतिबाट टुग्याउनु पर्छ ।

० सीमा अवरोध कुटनीतिक रुपमा समाधान गर्नुपर्छ भन्नुभयो के नाकाबन्दी भारतले लगाएको हो त ?
मैले पहिलादेखि भन्दै आएको के हो भने सीमा अवरोध दुईतिरबाट भएको हो । मैले भारतले गरेको हो भनि भन्दिन तर नाका आन्दोलनकारीबाट र सीमापारीबाट पनि अवरोध भएको हो । र यसलाई कुटनीतिक रुपमा समाधान गर्नुपर्छ ।

० तपाईले त आन्दोलनलाई बीचैमा छाडेर सरकारमा गएको आरोप छ नि ?
मैले कुनै पनि आन्दोलन छाडेका छैन न मुद्दा छाडेको छु । न मधेशको मुद्दा छाडेको छु न थारुको मुद्दा छाडेको छु । हामीले उठाउँदै आएको माग अहिले पनि यथावत छ । त्यसका लागि हामी संघर्ष गरिरहेका छौ । सरकारमा जानु अघि दुई दलसँग गरेको आठ बुँदे सम्झौता पढ्नु भएको होला । त्यसमा प्रष्ट छ । हामी कुनै पनि मुद्दा छाडेका छैनौ । हामी संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएका हुनाले संसदीय पद्दती अनुसार सरकारमा सहभागि भएका हौं । हामी सरकारमा गएर मुद्दा छाडेको र मधेशी थारुको अधिकारको कुरा नगरेको होइन । 

० सरकारमा बसेर पनि आन्दोलन हुन्छ र भन्या ?
हामी सरकार, सदन र सडक तीनटै मोर्चामा संघर्ष गरिरहेका छौ । मधेश र थारुको माग पूरा गराउन सरकारमा पनि संघर्ष गरिरहेका छौ । सदनमा पनि गरिरहेका छौ र सडकमा पनि गरिरहेका छौ । अहिलेको मधेश आन्दोलनमा हाम्रो थुप्रै साथीहरू घाइते हुनु भएको छ र रौतहटमा आफ्ना पार्टीका कार्यकर्ता राजकिशोर ठाकुरको मृत्यु पनि भएको छ । हाम्रो पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवका छोरा विक्रम प्रहरीको गोली लागेर घाइते हुनुभएको छ । त्यसैले हामी सरकारमा गएपनि मुद्दा छाडेका छैनौ । जति आन्दोलन गरेपनि सहमतिको विकल्प छैन । वार्ताको विकल्प छैन र त्यसमा हाम्रो पहल रहेको छ ।

० मधेशमा पार्टीले आन्दोलन गरिरहेका छन् भन्नुहुन्छ तर ती सबै जिल्लाका जिल्ला कमिटी सदस्य अध्यक्षहरूले राजीनामा दिइसक्नु भएको छ भने आन्दोलन कसले गरिरहेका छन् ?
हेर्नुस्, एउटा जिवित पार्टीमा कार्यकर्ता, नेता आउने जाने भइरहन्छन् । कोही छाडेर गएका छन् भने कोही आएका पनि छन्, त्यसलाई तपाईहरूले हेर्नु हुन्न । त्यसैले यसमा धेरै टिकाटिप्पणीको आवश्यकता छैन । अहिले पनि तराई मधेशमा हाम्रो थुप्रै कार्यकर्ता तथा नेताहरू आन्दोलन गरिरहेका छन् ।

० मधेशवादी दलसँगको वार्ता भंग भएको हो त ?
होइन, वार्ता भंग भएको छैन । सरकारी वार्ता समितिका संयोजक कमल थापाजी जेनेभा जानुभएको थियो त्यस कारणले यस्तो देखिएको थियो । उहाँ आउने वित्तिकै पुनः वार्ताको काम शुरु हुन्छ । वीरगञ्ज घटनाले केही अविश्वासको वातावरण सृजना भएको हो तर, वार्ता शुरु भएपछि त्यो पनि हट्ने छ ।
– रातोपाटीबाट


Rating (Votes: )   
Share     Print


Other Articles:
यसपटक महिला राष्ट्रपति पाउला अमेरिकाले ? (09.01.2015)
अहिलेकै संसदीय प्रणालीमा जाने हो भने देशले कहिल्यै स्थिर सरकार पाउँदैन (08.04.2015)
विपतलाई पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ (05.27.2015)
संविधानसभा छोडेर कोही पनि जाँदैन ः अर्थमन्त्री डा. रामशरण महत (04.07.2015)
पार्टीभित्र संसदमा जस्तै बहुमतले अल्पमतलाई पेल्न खोज्यो (03.31.2015)
हामीसंग चाहिं सहमति गर्नुपर्दैन ? (03.17.2015)
विद्यार्थीको काम टायर बाल्ने र बन्द हड्ताल गर्ने मात्र हैन (11.11.2014)
पुष्प व्यवसाय विदेशी मुदा आर्जन गर्ने दरिलो माध्यम हो – कुमार कसजु श्रेष्ठ (10.21.2014)
त्यसबेला हामी लण्डनमा बसेर नेपालमा आगो बाल्छौं (09.23.2014)
विद्यार्थीको नेतृत्व खास विद्यार्थीले नै गर्नुपर्छ : शुभराम बस्नेत (09.09.2014)
हामीले कर नतिर्ने भनेका छैनौं - ज्ञानु गजमेर (09.02.2014)
बायोमेट्रिक प्रणाली संचालन गर्दा वैदेशिक रोजगारी अरु भरपर्दो हुन्छ (08.13.2014)
अहिले नेपाललाई बिजुली, १० वर्षपछि नेपालबाट बिजुली : मोदी (08.04.2014)
संविधानमै बजेट ल्याउने तिथि निर्धारण गरिनुपर्छ (07.09.2014)
बहुमत प्रतिनिधि नेतृत्व हस्तान्तरणको पक्षमा (07.02.2014)
माधव र केपी दुबै सम्पूर्णता हैनन् (06.09.2014)
संसदीय सुनुवाईमा प्रस्तावित न्यायाधीशहरुले के भने (05.26.2014)
न्यायपालिका र व्यवस्थापिकाबीच टकराउको सन्देश गएको छ (05.19.2014)
एमाओवादीमा विचार कि संगठन प्राथमिक भन्ने द्विविधा छ - मुमाराम खनाल (05.12.2014)
स्वास्थ्यलाई पैसा कमाउने पेशा बनाइयो - डा. प्रवीण मिश्र, स्वास्थ्य सचिव (04.08.2014)



 
::| Latest News

 
[Page Top]