युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:17am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
पुनःनिर्माण भनेको भौतिक मात्र होइन, आर्थिक पनि हो - सुशील ज्ञवाली, पुननिर्माण प्राधिकरण
Tuesday, 01.05.2016, 11:29am (GMT+5.5)

० आम मान्छेले चिन्दै नचिनेको तराई कसरी यति ठूलो जिम्मेवारी पाउनुभयो ?
म संचार माध्यममा नछाए पनि ०५४ देखि ०६० सम्म बुटवल नगरपालिकाको योजना प्रमुख भएर मैले गरेका काम सबैले देखेका छन् । बुटवल अन्तर्राष्ट्रियस्तरको शहर बनेको छ । त्यसपछि मैले केही स्थायी जागिर छाडेर केही समय संयुक्त राष्ट्रसंघको परियोजना र पछि नगरपालिका संघको कार्यकारी सचिव भएर काम गरें । तर, म मिडियाको चर्चामा नआएको मान्छे पक्कै हुँ । 

० त्यत्रो योजना बनाउने क्षमता भएको मान्छे राजनीतिक दलको निकट नहुनु र संचार माध्यममा पनि नछाउनु आश्चर्यको विषय हैन भन्या ?
मेरो प्रायः कामको क्षेत्र नै दाताहरुसँग गर्नुपर्ने काममा रह्यो । नगर विकास कोषमा खुला प्रतिस्पर्धाबाट आएको हुँ । एकपटक होइन, दुई पटक । यो जर्मनको सहयोगमा सञ्चालित परियोजनाहरुसँग गाँसिएको छ । कामै त्यस्तो भयो, जसले गर्दा मिडियामा जानु परेन । र, मिडियामा नगएपछि आम मान्छेले चिन्ने कुरा पनि भएन । तर, मेरो कामले भने धेरैले चिनेका छन् । 

० त्यत्तिकै पुनःनिर्माण प्राधिकरणको कार्यकारी प्रमुख ताक्न सकिन्छ त ?
वास्तवमा मैले प्राधिकरणको कार्यकारी प्रमुख ताक्ने त परै जावोस यो जिम्मेवारी लिनुपर्ला भनेर सोचेको पनि थिइँन । भूकम्प गएलगत्तै राहतको काममा लाग्दा मैले सोचें– दीर्घकालीनरुपमा पुनःनिर्माणको योजना त बनाउनैपर्छ । त्यसपछि मैले आफ्नो अनुभव र विभिन्न अध्ययनका आधारमा पुनःनिर्माणको एउटा फ्रेमवर्क बनाएँ । त्यो वास्तवमा मैले स्वयंवसेवकका हिसाबले गरेको थिएँ । तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले हेरेपछि उहाँले केही सल्लाहसमेत दिनुभयो । त्यो फ्रेमवर्कमा ऐन र संरचना कस्तो हुनुपर्छ भन्ने कुरा पनि थिए । यो योजना केही ठाउँमा प्रेजेन्टेसन पनि गर्नुपर्ने अवस्था आयो ।

० त्यत्तिकै भरमा तपाई सिइओ बन्नुभयो त एकाएक ?
त्यहाँ जाने सोच नै नभएपछि मैले म सिईओ भए यो गर्ने, त्यो गर्थे भनेर सोचेको थिइँन । आफूले जानेको योजना र फ्रेमवर्क विभिन्न ठाउँमा प्रस्तुत गरेको हो । तत्कालीन प्रमुख कार्यकारी गोविन्दराज पोखरेलजीले पनि बोलाउनुभयो । मैले उहाँलाई पनि आफ्नोतर्फबाट सुझाव दिएँ । यसबीचमा विभिन्न नाम चर्चामा आएका थिए । अचानक मलाई प्रधानमन्त्रीसहितको उपस्थितिमा बोलाएर मैले बनाएको फ्रेमवर्कबारे प्रस्तुति दिन लगाइयो । त्यसपछि अचानक सरप्राइज्ड ढंगले प्राधिकरणमा नियुक्त भएको खबर आयो । म आफैं सरप्राइज्ड भएँ ।

० तपाईले अर्थमन्त्री बिष्णु पौडेलमार्फत यो पद पाउनुभयो भन्ने हल्ला चलेको छ, के हो ?
हल्लाबारे म जान चाहान्न । मैले कुनै लालसाले यो पदमा पुग्ने आशा राखेर फ्रेमवर्क बनाएको थिइँन । वास्तवमा स्वयंसेवी भएर प्राधिकरणलाई सघाउन खोजेको थिएँ, जागिर नै खानुपर्ने अवस्था आयो । म कुनै पार्टीसँग नजिक रहेको काम गरेको मान्छे पनि होइन । हाई प्रोफाइलको मान्छे पनि होइन । आफूले जिम्मेवारी पाएको काम कुशलतापूर्वक सम्पन्न गर्नेबाहेक अरु कुनै योग्यता छैन । प्राधिकरणको सिइओका रुपमा आउँदा म कुनै पनि विवाद, वाद र राजनीतिभन्दा माथि रहेर काम गर्नेछु ।

० सरप्राइज गिफ्ट जसरी नै सिइओ हुने अवसर पाएपछि के काम गर्ने सोच्नुभएको छ अब ?
वास्तवमा यो चुनौतिपूर्ण जिम्मेवारी मैले पाएको छु । हाम्रो बिडम्बना यो प्राधिकरण चाँडो गठन हुनुपथ्र्याे, ढीला भयो । अहिलेसम्म काम अघि बढिसक्नुपर्ने थियो । पुनःनिर्माणको काम भनेको निश्चित समयभित्र गरिसक्नुपर्ने काम हो । जाडो मौसमले च्यापेका बेला प्राधिकरण बन्यो । जनतालाई पैसा दिएरमात्रै घर बन्दैन । नाकाबन्दीका कारण सामान आपूर्ति गर्ने अवस्था छैन । वास्तवमा निर्माण सामाग्री, प्राविधिक जनशक्ति र पैसा एकैपटक गएपछिमात्र पुनःनिर्माणको काम शुरु हुन्छ । त्यसका लागि जसरी मधेसी मोर्चाले भूकम्पपीडित जनताप्रति मानवीय संवेदना देखाएर संसदबाट कानुन पारित गर्न सघायो, त्यसैगरी नाकाबन्दी खुलाउन सघाउनुपर्छ अनिमात्र काम अघि बढ्छ पुनःनिर्माणको ।

० अब तपाईको पहिलो प्राथमिकता के हो ?
सबैभन्दा पहिले त हामीले दक्ष जनशक्ति तयार पार्नुपर्छ । हामीलाई पुनःनिर्माणको चरणमा ठूलो संख्यामा प्राविधिक र दक्ष कामदार चाहिन्छ जुन अहिले पर्याप्त छैन । त्यसैले निश्चित अवधिभित्र तालिमप्राप्त जनशक्ति बनाउने र परिचालन गर्ने काम शुरु हुन्छ । इञ्जिनियर, ओभरसियरहरुले घरको डिजाइन बनाउनेछन्, गाउँ गाउँमा जनशक्ति तालिम दिएर उत्पादन हुनेछ ।

० जनताको घर पुनःनिर्माणलाई प्राथमकिता दिने कि सरकारी र राष्ट्रिय सम्पदाको पुननिर्माण ?
त्यो अब अवश्य पनि पहिलो प्राथमिकतामा जनताको घर नै पर्छ । जनता पालमुनि, गोठमुनि छन् । यति ठूलो कष्टपूर्ण अवस्थामा जनता छन्, मेरो पहिलो प्राथमकिता जनताका घर बनाउनेतर्फ नै हुन्छ । अबको काम त्यतै लक्षित हुन्छ ।

० तपाईले जनशक्ति तयार पारेर, योजना बनाएर पठाउञ्जेल पर्खिने अवस्थामा नरहेका जनताले आफैंले घर बनाउन थाले भने पाउने कि नपाउने ?
यदि प्राविधिक हिसाबले सुरक्षित र भरपर्दाे छ भने पाइन्छ । त्यसका लागि स्थानीय विकास मन्त्रालय अन्तर्गत गाविसका प्राविधिकले पुष्टि गर्नुपर्छ । किनकि पुनःनिर्माणमा दाताहरुको ठूलो रकम छ । त्यसैले तपाईले बनाउने घर सुरक्षित छ कि छैन भन्नेमा उनीहरुको चासो छ । अब हामी चाँडै दातृ निकायबीच छलफल गरेर जनताको घर बनाउने प्रक्रिया कसरी अघि बढाउने र पैसा कसरी परिचालन गर्ने भन्ने टुंगो लगाउछौं ।

० तपाईको प्राविधिक जनशक्ति कहिले तयार हुने र घर बनाउने त ?
घर बनाउनलाई शुरुमा ५० हजार बैंक खाता नखोली दिने भनिएको छ । तर, त्यो रकम निर्माण सामाग्री र जनशक्तिसँगै जानेछ । पैसा पहिले गयो भने त्यो घर बनाउनेमा भन्दा खानपिनमा सक्ने जोखिम हुन्छ । मैले नियुक्तिपत्र पाउना साथ काम शुरु हुन्छ । प्राधिकरणले प्राविधिक जनशक्ति कति चाहिन्छ भनेर तयार गर्नेछ । वास्तवमा यो पुननिर्माणसँगै संविधान कार्यान्वयन गर्ने उपयुक्त मौका पनि हुन सक्छ । संविधानले गाविसहरु मर्ज गरेर गाउँपालिका बनाउने भनेको छ ।
अब हामी भौगोलिक अवस्था र जनसंख्या हेरेर दुई तीनओटा गाविसको हेर्ने गरी प्राबिधिक, आर्थिक र सामाजिक परिचालक सहितको एउटा संयन्त्र बनाउछौं । त्यसले गर्दा भोलि ती गाविस मर्ज भएर एउटै गाउँपालिका बन्ने आधार तयार हुन्छ । त्यो संयन्त्रले ती गाउँभित्रका घरहरुको डिजाइन बनाउने, अनुगमन गर्ने र पैसा खर्च गर्ने काम गर्नेछ । त्यहाँ गाउपालिकाको कार्यालय बन्छ र दुई तीनओटा गाउँ एउटै पालिका बन्छन् । जिल्लामा समन्वय गर्ने विज्ञसहितको अर्काे टीम रहनेछ । जसमा भूगर्भविदहरु पनि रहनेछन् ।

० तपाईले सामान्य भूकम्पपीडित जनताले बुझ्ने भाषामा भन्नुस् कि उनीहरुले घर बनाउनका लागि अब कति सयम कुर्नुपर्ला ?
म प्रष्ट शब्दमा भन्छु बढीमा ३ महिनाभित्र दक्ष जनशक्ति र प्राविधिकहरु गाउँ गाउँमा पुगेर पुननिर्माणको काम थालनी हुनेछ । यसबीचमा हामी हाम्रा इन्जिनियरहरुलाई घरसम्बन्धी अभिभूमीखकरण तालिम दिनेछौं । ५ सय इञ्जिनियर भए पुग्छ भन्ने हामीलाई लाग्छ ।
त्यस्तै दक्ष र अर्धदक्ष कामदार हामी गाउँगाउँमै गएर उत्पादन गर्नेछौं । उनीहरुलाई नमूना घर बनाउने क्रममै तालिम प्राप्त बनाइनेछ । प्राधिकरणले जनताको खर्च गर्ने स्तर अनुसार बिभिन्न मोडलका घरको नमूना दिनेछ र त्यही अनुसार घर बनाउने थाल्नेछन् ।

० सरकारले दिएको १५ हजार त नक्कली पीडित खडा भएर दुरुपयोग गरे, यो दुई लाखमा त झन् धेरै दुरुपयोगको खतरा रहँदैन ?
हामी यसप्रति सचेत रहनैपर्छ, यसमा सबैभन्दा बढी स्थानीय जनता नै सचेत र जिम्मेवार हुनुपर्छ । घर बनाउनलाई शुरुमा ५० हजार बैंक खाता नखोली दिने भनिएको छ । तर, त्यो रकम निर्माण सामाग्री र जनशक्तिसँगै जानेछ । पैसा पहिले गयो भने त्यो घर बनाउनेमा भन्दा खानपिनमा सक्ने जोखिम हुन्छ ।
त्यस्तै त्यहीँ गाउँमा घर बनाएर बस्ने बाहेक अरुले पैसा लिन नपाउने गरी संयन्त्र बन्छ । स्थानीय तहमा सामुदायिक टोल विकास संस्था बन्नेछन् । उनीहरुको सिफारिसमात्र रकम वितरण हुनेछ । यदि गलत व्यक्तिलाई सिफारिस गरिएको पाइएमा सिफारिस गर्नेहरु जेल जानेसम्मको अवस्था आउछ । 

० तपाई पुननिर्माण प्राधिकरणको सिइओ भइसकेपछि तपाईले गर्न खोजेको पुनःनिर्माण कस्तो होला ? कुनै सपना त होला नि ?
वास्तवमा एउटा सुन्दर कल्पना मेरो दिमागमा छ । भूकम्पले ध्वस्त भएका बस्तीहरुको प्रकृति, त्यहाँका सामाजिक सांस्कृतिक पहिचानँग सुहाउँदो ढंगले नमूना बस्तीका रुपमा विकास गर्ने सपना सजाएको छु ।

पुनःनिर्माण भनेको भौतिक पुनःनिर्माण मात्र होइन, आर्थिक पुनःनिर्माण पनि हो । यसका लागि एक घर, एक रोजगार सिर्जना गरिनेछ । प्रत्येक घरबाट कम्तिमा एकजना निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन हुनेछ । उसलाई त्यही गाउँमा तालिम दिएर त्यहीँ रोजगारी दिइनेछ । त्यसो गर्दा आर्थिक आयआर्जन पनि भयो र जनशक्ति उत्पादन पनि हुनेछ । पुनःनिर्माणकै क्रममा कृषि, पशुपालनलाई पनि व्यवसायीकरण गर्ने योजनाका साथ अघि बढ्ने सपना सँगालेको छु ।

वास्तवमा भूकम्पले थिल्थिलो भएका गाउँ ठाउँलाई रहरलाग्दा र आकर्षक बस्ती बनाउने नक्शा मेरो दिमागमा स्केच भइरहेको छ । म त्यतिकै यो ठाउँमा आएको होइन, केही गरेर मेरो सपना पूरा गर्नेछु ।
(अनलाइन खबरबाट)


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकार मधेश आन्दोलनप्रति एकदम सम्वेदनशील छ : उपप्रधानमन्त्री विजय कुमार गच्छदार (11.10.2015)
यसपटक महिला राष्ट्रपति पाउला अमेरिकाले ? (09.01.2015)
अहिलेकै संसदीय प्रणालीमा जाने हो भने देशले कहिल्यै स्थिर सरकार पाउँदैन (08.04.2015)
विपतलाई पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ (05.27.2015)
संविधानसभा छोडेर कोही पनि जाँदैन ः अर्थमन्त्री डा. रामशरण महत (04.07.2015)
पार्टीभित्र संसदमा जस्तै बहुमतले अल्पमतलाई पेल्न खोज्यो (03.31.2015)
हामीसंग चाहिं सहमति गर्नुपर्दैन ? (03.17.2015)
विद्यार्थीको काम टायर बाल्ने र बन्द हड्ताल गर्ने मात्र हैन (11.11.2014)
पुष्प व्यवसाय विदेशी मुदा आर्जन गर्ने दरिलो माध्यम हो – कुमार कसजु श्रेष्ठ (10.21.2014)
त्यसबेला हामी लण्डनमा बसेर नेपालमा आगो बाल्छौं (09.23.2014)
विद्यार्थीको नेतृत्व खास विद्यार्थीले नै गर्नुपर्छ : शुभराम बस्नेत (09.09.2014)
हामीले कर नतिर्ने भनेका छैनौं - ज्ञानु गजमेर (09.02.2014)
बायोमेट्रिक प्रणाली संचालन गर्दा वैदेशिक रोजगारी अरु भरपर्दो हुन्छ (08.13.2014)
अहिले नेपाललाई बिजुली, १० वर्षपछि नेपालबाट बिजुली : मोदी (08.04.2014)
संविधानमै बजेट ल्याउने तिथि निर्धारण गरिनुपर्छ (07.09.2014)
बहुमत प्रतिनिधि नेतृत्व हस्तान्तरणको पक्षमा (07.02.2014)
माधव र केपी दुबै सम्पूर्णता हैनन् (06.09.2014)
संसदीय सुनुवाईमा प्रस्तावित न्यायाधीशहरुले के भने (05.26.2014)
न्यायपालिका र व्यवस्थापिकाबीच टकराउको सन्देश गएको छ (05.19.2014)
एमाओवादीमा विचार कि संगठन प्राथमिक भन्ने द्विविधा छ - मुमाराम खनाल (05.12.2014)



 
::| Latest News

 
[Page Top]