युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:16am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति
Tuesday, 03.29.2016, 03:52pm (GMT+5.5)

० नेपालसँग चीनको चासो के–केमा देखियो ?
उनीहरुको एउटै मात्र विशेष चासोको विषय भनेको एक चीन नीतिमा नेपाल कटिवद्ध होस् भन्ने छ । तर, चीनले नेपालसँगको सम्बन्ध सुधार गर्दा भारतसँग कुनै पनि समस्या नआओस् भन्ने चाहन्छ । नेपालले पनि आफ्नो सम्वन्धलाई खुल्ला गरोस् कि भारतसँग हुने चीनसँग हुने भन्नेमा जाओस् । अहिलेको ग्लोबल सन्दर्भमा आफूलाई अगाडि बढाउन नेपाल सफल होस् भन्ने उनीहरुको चाहना रहेको छ । यसपटकको भेटघाटमा उनीहरुले ‘वान वेल्ट वान रोड र सिल्क रोड’मा उनीहरु केन्द्रित छन् । यस परियोजनालाई सन् २०५० मा पूरा गर्ने गरी चिनियाँहरु केन्द्रित छन् ।

० नेपालको विकासमा उनीहरुको बढ्ता ध्यान केमा देखियो ?
जहाँसम्म नेपालको विकासको कुरा छ, जलविद्युतको विकास नभई अरु कुराको विकास हुन सक्दैन । जलविद्युतलाई सहयोग पु¥याउने भनेको पानी पनि बेच्च तयार छौं । मार्केटका खोजी गर्न सकिने उनीहरुको भनाइ छ ।

बुढीगण्डकी, अरुण तेस्रो लगायतका अन्य नदीहरुका विषयमा कुराकानीहरु भइरहेको छ । हाइड्रोका विषयमा दुई देशका प्रधानमन्त्रीहरुको संयुक्त वक्तव्यमा विषयहरु समेटिएका छन् ।

खास गरी चिनियाँहरु तयारी पूरा नभएका कुनै पनि विषयमा सम्झौता नगर्ने पक्षमा देखिए । यो कुरा एकदमै ठीक पनि हो । ‘तातै खाउ जली मरुँ’ भन्ने र अहिले भरर्खर आफूलाई चाहियो भन्दैमा अहिले नै सम्झौता गर्ने कुरा ठीक पनि होइन यसका लागि पूर्वाधार बनाउने, कानूनी र अन्य व्यवस्थाहरु मिलाउने विषय महत्वपूर्ण हो । 

अहिले नै निर्णय गरिहाल्ने भन्दा पनि अध्ययन अनुसन्धान गरेर अघि बढ्नुपर्छ भन्ने चिनियाँ अवधारणा छ । व्यापारका धेरै सम्भाव्यताहरुलाई खोज्नुपर्छ भनेर चीन लागेको छ । यसबाट के देखिन्छ भने चीन परिपक्व तरिकाबाट नेपाल, भारत र अरु छिमेकी देशहरुसँग मिलेर जाने भन्नेमा देखिन्छ ।

० नेपाल र चीनवीच पारवहन लगायतका सम्झौता हुँदा भारतीयहरु आत्तिएको त्यहाँका सञ्चारमाध्यमबाट देखिन्छ यसलाई कसरी  हेर्नुभएको छ ?
यो एकदमै ठूलो कुरा हो । चिनियाँहरुको कुरा के छ भने भारतसँगको सम्बन्ध राम्रो नभई चीनको पनि विकास हुन सक्दैन भन्ने छ । अब भारतले पनि के बुझ्न जरुरी छ भने अब आफ्ना छिमेकीहरुको सम्वृद्धिबाट मात्रै भारतको विकास सम्भव छ । उसको आफ्नो विकासबाट मात्र त्यो सम्भव छैन । सबैलाई साथ लिएर जाँदा मात्र त्यो सम्भव छ ।

अहिले चिनियाँहरुले दुईपक्षीय हितलाई अघि लिएर जान खोजिरहेका छन् । तसर्थ, भारत आत्तिनुपर्ने कुनै कुरै छैन । किनभने पारवहन सुविधा हाम्रो अन्तराष्ट्रिय अधिकार हो । हामीले भारसँग मात्र गर्नुपर्छ भन्ने छैन । जहाँसम्म तेलको कुरा छ इन्धनको सम्झौतामा सबै तयारी नभई एउटा समझदारी पछि हुनु पर्छ भन्ने छ, जुन विषयसँग भारत डराउनुपर्ने कुरा छैन

० चिनियाँ अधिकारीहरुले नेपाल–भारत सम्बन्धबारे तपाईहरुसँग औपचारिक–अनौपचारिक सम्वादहरुमा कस्तो कुरा गरे ?
चिनियाँहरु नेपालीसँग सम्वन्ध बढाइरहँदा भारतको चासो कस्तो रहन्छ भन्नेमा सतर्क छन् । भारतको चासोलाई कुल्चिएर उनीहरु नेपालसँग सम्झौता गर्दैनन् । उनीहरुको सोचाइ नेपालको हित पनि त्यसैमा छ भन्ने छ ।

चिनियाँहरुले लिंक रोडको जुन अवधारणा ल्याएका छन्, त्यसका लागि छिमेकी मुलुकको सहयोगको अपेक्षा छ । छिमेकीको आर्थिक बिकास भएन भने, छिमेकीहरु बलिया र विकसित भएनन् भने आफूमात्रै एक्लै बलियो र विकसित हुनको कुनै अर्थ नभएको चिनियाँ बुझाइ छ ।

यसका लाधि धेरैभन्दा धेरै मुलुकलाई साथमा लिएर उनीहरुको देशको आर्थिक विकासमा भूमिका खेल्नुपर्छ भन्ने चिनियाँ बुझाइ छ । तसर्थ, भारतसँग र अरु देशसँग पनि चीन त्यही तरिकाबाट सम्बन्ध बनाउन चाहन्छन् । यो बिषय उनीहरुले हामीसँगको भेटघाट र छलफलमा व्यक्त गरेका छन् ।

० के उनीहरुले यो विषय नेपाली टोलीसँगको भेटघाटमा पनि स्पष्ट रुपमा व्यक्त गरे ?
छलफलहरुमा उनीहरुले यस्तो भावना व्यक्त गरे । भारत, चीन नेपाल अथवा अरु देशहरु बंगलादेश, अफ्रिका युरोपसम्म पुग्ने जुन ‘सिल्क रोड’को अवधारणसँग जोडिएका देशहरुको विकास चाहन्छन् ।

आजभन्दा २० वर्षअघिसम्म भारतसँग खास ठूलो व्यापार थिएन उनीहरुको । तर, पछिल्लो समय भारतसँग उनीहरुको व्यापार बढिरहेको छ । तसर्थ भारतसँग बढिरहेको व्यापारलाई विशेष ध्यानमा राखेका छन् । नेपाल र भारतसहित भएर अन्तरदेशीय करिडोरलाई पनि उनीहरुले महत्वका साथ हेरिरहेका छन्, उनीहरु समग्र नेपालको बिकासको पक्षमा देखिएका छन् ।

चीनसँग पारवहन सन्धि त भयो, तर यसबाट नेपालले कसरी लाभ पाउँछ ?

पारवाहन सन्धि भनेको भूपरिवेष्ठित देशले पाउने अन्तर्राष्ट्रिय नियमले पाउने अधिकार हो । यो कसैको दयामायाले पाउने कुरा होइन । यो समुन्द्रसम्म पुग्ने, तेस्रो बाटो हो । ‘ट्रान्जिट एण्ड ट्रास्पोर्ट’ भनेको चीनलाई ट्रान्जिट बनाउन पाइने अवस्था र चीनको बाटो प्रयोग गर्न पाउनका लागि उसले खुल्ला गर्नुपर्ने, त्यसमा अवरोध गर्न नपाइने सम्झौता हो ।

० तर, चीनसँग इन्धन सम्बन्धी सम्झौता भएन नि, किन ? खास कुरो के हो ?
मुख्य कुरा हाम्रो इण्डियन आयल कर्पोरेसन (आइओसी) सँग सम्झौता छ । त्यो सम्झौता खारेज भएको छैन । चीनबाट अहिले सबै ल्याउन सक्ने कुरा छैन । तसर्थ अहिले हामीले तेल ल्याउने भारतबाट नै हो । अर्को सम्झौता गर्न पनि ६० दिनअघि उसलाई जानकारी दिनुपर्ने हुन्छ, त्यो हामीले चाहेकै होइन

० भारतले फेरि नाकाबन्दी ग¥यो भने के गर्ने ?
त्यो फरक विषय हो । नाकाबन्दी ग¥यो वा तेल दिएन भने हामीले चीनसँग पारवहन गरेका छौं, अरु ठाउँबाट ल्याउनसक्ने अवस्था बनाएका छौ । अब हामी भारतसँग मात्र निर्भर हुनपर्छ भन्ने छैन । तर, त्यसका लागि आधारहरु तयार हुनुपर्छ यो कुनै एकछिन देखाइदिन गरिदिने कुरा होइन । त्यसकारण संयमताका साथ यो कुरामा परिपक्वता देखाएका छन् चिनियाँले ।

हामीले सम्झौता नै गरे पनि हामीले कुन बाटो हुँदै ल्याउन सक्छौँ । तर, हामीले कुन नाका प्रयोग गर्न सक्छौँ ? नाकाहरु र बाटोहरु नबनाउने, तर कुरा मात्र गरेर गरेर हुन्न ।

० उसो भए भारतसँग सम्बन्ध नबिगार भनेर चिनियाँहरुले नेपाललाई स्पष्ट सल्लाह दिए हैन त यो भ्रमणमा ?
हामीले भारतलाई लत्याउने र चीनसँग निकटता बढाउने भन्ने कुरा सम्भव छैन । भारत र चीन दुबैका स्वार्थलाई हामीले सम्बोधन गर्नुपर्छ । हामीभन्दा बढी भारत र चीन एक आपसका स्वार्थमा अघि बढिसकेका छन् । तसर्थ नेपालले चाहँदा मात्र हुने बिषय होइन यो । यस्ता विषयमा नेपालले आक्रोशित भएर होइन संयमित भएर दुरगामी फाइदा पुग्ने विषयमा फाइदा लिन सक्नुपर्छ । हामीले त्रिदेशीय करिडोरको माध्यमबाट, पारवाहनबाट तथा राजमार्गहरुको प्रयोग गर्दै व्यापारलाई विधिकरण गर्दै अघिबढ्दा अवसरहरु छन् । अवसरको लाभ लिँदै हामी अगाडि बढ्न जरुरी छ ।

हामीले सन्तुतिल ढंगबाट विकास गर्न आवश्यक छ । भारतसँग रिसाउँदा चीनसँग र चीनसँग भारतसँग नजिक हुने होइन । हामीले बराबरीका आधारमा अघि बढ्न जरुरी छ । हामी भारतसँग धेरै निर्भर छौं । वीपी कोइरालाई माओत्सेतुङले चाइना लाइन लिन्छु भन्दा नेपालले चीनसँग हैन, भारतसँग नजिक हुनुपर्छ भन्ने छलफल हुन्थ्यो । अब हामी कुनै एक देशसँग नजिक हुनुभन्दा दुबै देशसँग समदूरीमा सम्वन्ध राख्न जरुरी छ ।

नेपालको विकास हुन नसक्नुको पछाडि नेपालका नेताहरुको दोष होला, तर छिमेकी मुलुकले विकास गरिरहँदा बीचमा रहेको नेपालले विकासको गति किन लिन सकेन ? चीन र भारत मात्र अगाडि गएर मात्र उनीहरुको विकास सम्भव छ । चीन र अमेरिका एक अर्काको अस्तित्व स्विकार गर्दै अगाडि बढिरहेका छन् भने चीन र भारत पनि सँगसँगै अगाडि बढ्न सक्नुपर्छ ।

० मधेशको असन्तुष्टि बारे चिनियाँहरुले के भने ?
चीनको चासो समग्र विकास हो । चीन पहाडतिर गर्ने र भारत तराईतिर गर्ने भन्ने विषय गलत हो । चीनले पहाडमा जति चासो राख्छ, मधेशमा पनि त्यति नै चासो देखाएको छ । तर, नेपालले उनीहरुको सुरक्षा सम्वेदनशीलतालाई विशेष ध्यानमा राख्नुपर्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
असफताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (03.15.2016)
कहिले चिनियाँ कार्डे, कहिले भारतीय कार्ड प्रयोग गर्ने मानसिकता हामी मुक्त हुनुपर्छ (02.18.2016)
पुनःनिर्माण भनेको भौतिक मात्र होइन, आर्थिक पनि हो - सुशील ज्ञवाली, पुननिर्माण प्राधिकरण (01.05.2016)
सरकार मधेश आन्दोलनप्रति एकदम सम्वेदनशील छ : उपप्रधानमन्त्री विजय कुमार गच्छदार (11.10.2015)
यसपटक महिला राष्ट्रपति पाउला अमेरिकाले ? (09.01.2015)
अहिलेकै संसदीय प्रणालीमा जाने हो भने देशले कहिल्यै स्थिर सरकार पाउँदैन (08.04.2015)
विपतलाई पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ (05.27.2015)
संविधानसभा छोडेर कोही पनि जाँदैन ः अर्थमन्त्री डा. रामशरण महत (04.07.2015)
पार्टीभित्र संसदमा जस्तै बहुमतले अल्पमतलाई पेल्न खोज्यो (03.31.2015)
हामीसंग चाहिं सहमति गर्नुपर्दैन ? (03.17.2015)
विद्यार्थीको काम टायर बाल्ने र बन्द हड्ताल गर्ने मात्र हैन (11.11.2014)
पुष्प व्यवसाय विदेशी मुदा आर्जन गर्ने दरिलो माध्यम हो – कुमार कसजु श्रेष्ठ (10.21.2014)
त्यसबेला हामी लण्डनमा बसेर नेपालमा आगो बाल्छौं (09.23.2014)
विद्यार्थीको नेतृत्व खास विद्यार्थीले नै गर्नुपर्छ : शुभराम बस्नेत (09.09.2014)
हामीले कर नतिर्ने भनेका छैनौं - ज्ञानु गजमेर (09.02.2014)
बायोमेट्रिक प्रणाली संचालन गर्दा वैदेशिक रोजगारी अरु भरपर्दो हुन्छ (08.13.2014)
अहिले नेपाललाई बिजुली, १० वर्षपछि नेपालबाट बिजुली : मोदी (08.04.2014)
संविधानमै बजेट ल्याउने तिथि निर्धारण गरिनुपर्छ (07.09.2014)
बहुमत प्रतिनिधि नेतृत्व हस्तान्तरणको पक्षमा (07.02.2014)
माधव र केपी दुबै सम्पूर्णता हैनन् (06.09.2014)



 
::| Latest News

 
[Page Top]