युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:16am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी
Tuesday, 05.17.2016, 11:12am (GMT+5.5)

० ‘बुद्ध सर्किट’ भनेको के हो ?
म कपिलवस्तु घुम्न गएको थिए । लुम्बिनीमा टुरिष्ट आउने गर्थे तर खासै उपलब्धि भएको देखिएन । टुरिष्ट पनि बिहान आएर बेलुकी फर्कने । पानीको बोटलदेखि खानासम्मसँगै ल्याएर आउने रहेछन् । हामी भृकुटीमण्डप वा चिडियाखानामा टिकट काटेर गए जस्तो लुम्बिनी आउने टुरिष्ट पनि त्यही टिकट मात्र काट्दा रहेछन् । साथी भाईहरूसँग चिया कफी खाँदा कुराकानी भयो । उनीहरूले नै कुराको थालनी गरे । बिक्रम दाई तपाई नयाँ नयाँ काम गर्नुहुन्छ लुम्बिनीको बारेमा पनि सोच्नुहो्स न भन्ने उहाँहरूले सल्लाह दिनुभयो । अर्को पटक त्यहाँ जाँदा त त्यस्तै रहेछ । यो त बुद्धको जन्मभूमिलाई ठूलो अन्याय नै भएको हो भन्ने लागेपछि नै मैले बुद्ध सर्किटको विषयमा सोच्न थालेको हुँ ।

० कसरी थाल्नुभो यो अभियान ?
एक्लो मान्छेले सोच बनाएर मात्रै त पुग्दैन । कसरी गर्ने भन्ने विषयमा सबैभन्दा पहिला यसको प्रचार–प्रसार गर्न जरूरी छ भन्ने निष्कर्श निकालें । बुद्धका विषयमा विभिन्न भ्रमात्मक र अन्य चर्चा चल्दा यस विषयमा अध्ययन गर्नुपर्ने देखियो । अनि अध्ययन गर्न थाले । बुद्धको विषयमा अध्ययन गर्दै जादाँ बुद्धसँग उनका शिष्यहरूको धेरै वादविवाद भएको थाहा पाएँ । उनका शिष्यहरूले बुद्धलाई सोधेछन्– “तपाईले किताब पनि नलेख भन्नुहुन्छ । ग्रन्थ पनि नलेख, मूर्ति पनि नबना भन्नुहुन्छ । त्यसो हो भने आउँदा दिनमा हाम्रा सन्ततिहरूलाई कुनै बेला बुद्ध हुनुहुन्थ्यो भन्दा कसरी भन्ने ?” उहाँले भन्नुभएछ– “हेर आनन्द (बुद्धका मुख्य शिष्य) हाम्रो बुद्ध दर्शनमा आस्था र विश्वास राख्ने, यो मार्गमा हिड्ने मानिसहरूले चार स्थानको भ्रमण गर्नेछन् । त्यसपछि उनीहरूले हाम्रो यो मार्गको बारेमा बुझेर आफूले बुद्धत्व प्राप्त गर्नेछन् । ती चार स्थान, जहाँ लुम्बिनीमा म जन्मे, बोधगया जहाँ मेरो बुद्धत्व प्राप्त भयो, सारनाथ जहाँ बुद्धत्व प्राप्त भएपछि पहिलो पटक मैले प्रवचन दिए र कुशीनगर जहाँ म समाधि लिनेछु ।” यो लेखेको पाइन्छ ।

यसपछि बुद्धले नै भनिसकेपछि मलाई पनि लुम्बिनीको प्रचार–प्रसार गर्न सजिलो भयो । बुद्धमार्गीहरूले साँच्चिकै बुद्धको जन्मस्थल लुम्बिनीबाट आफ्नो यात्रा प्रारम्भ गर्नुपर्छ भन्ने सन्देश फैलाउन मैले एउटा नारा बनाए । ‘भगवान बुद्धको पाइला पछ्याउदैँ ।’ 

० भारतले बुद्धको जन्मस्थलका बारेमा भ्रम फैलाइरहेका बेला तपाईंले चाहिं बुद्ध सर्किटको प्रचार भारतीय नेताबाट गराउनु भयो । कत्तिको सजिलो भयो ?
भारतीय कांग्रेस आईका नेता डा. करण सिंसँग यस विषयमा कुरा गरें । “लुम्बिनीको विकास हुन सकेन । मैले लुम्बिनीलाई माथी ल्याउन केही पहल गरिरहेको छु । बुद्धले भन्नुभएको चार स्थानको बारेमा भनिदिनु प¥यो” भनेर कुरा राखें । उहाँले त्यसमा समर्थन जनाउनुभयो । त्यसपछि समय मिलाएर आफ्नो देशको लागि भनेर मैले व्यक्तिगत रूपमै पत्रकारहरू लिएर गएँ । पत्रकारका सामु डा. सिंहले “लुम्बिनी जो नेपालमा छ, जहाँ भगवान बुद्धको जन्म भयो, यो बुद्ध सर्किट लुम्बिनीबाटै सुरू गर्दा राम्रो हुन्छ” भनेपछि मैले प्रचार गर्न थाले ।

बीचमा भूकम्प र नाकाबन्दीले यो अभियानलाई धेरै प्रभावित बनायो । लुम्बिनी आउने पर्यटकहरूका लागि चार रात नेपालमा चार रात भारतमा भनेपछि आठ रात नौ दिनमा पूरै बुद्ध सर्किट घुम्ने सकिने हुनाले यसलाई कसरी लागू गर्न सकिन्छ त्यस बारेमा काम हुँदैछ । अन्तर्राष्ट्रिय स्तरमा यसै अनुरूप प्रचार भैरहेको छ । यसलाई सबैले स्विकार पनि गरेका छन् । 

० सरकारी तवरबाट कस्तो सहयोग पाउनुभयो ?
यसमा मेरो मात्र प्रयास भैरहेको छ । मैले मात्र भए पनि सुरूमा हल्ला गर्दा नेपाल पर्यटन बोर्डदेखि मन्त्रालयले पनि चासो देखाउँछ कि भन्ने लागेको थियो, तर, त्यस्तो खासै चासो देखाएको छैन ।

० केही दिनपछि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले अन्र्तराष्ट्रिय समुदायमा कस्तो सन्देश पु¥याउला ?
प्रत्येक वर्ष बौद्ध सम्मेलन हुँदै आएको छ । नेपाल बुद्ध जन्मेको देश हो भनेर प्रचार–प्रसार गर्नका लागि । दोस्रो भनेको यसबाट नयाँ नयाँ योजनाहरू बन्ने गरेका छन् । लुम्बिनीमा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्ने पनि भएको छ । यसपटकको बुद्ध जयन्तीमा बुद्धले नेपालमा नै बुद्धत्व प्राप्त गर्नु भएको भन्ने कुरा प्रमाणित गर्नका लागि ठूला ठूला भिक्षुलाई ल्याएर अन्र्तक्रिया गराउँदै छन् । 

यसमा पर्यटनमन्त्री अडान लिएर बस्नु भएको छ । यसका लागि चर्चित बौद्धिक व्यक्तित्वहरू पनि आउँदै हुनुहुन्छ । मन्त्रीज्यूले जुन अडान लिनु भएको छ यो प्रशंसनिय छ । यसले अन्तर्राष्ट्रिय समुदायमाझमा पनि राम्रो संन्देश पुर्याउने छ । यसबाट बुद्ध सर्किट पर्यटक र पर्यटन क्षेत्रको विकासका लागि ठूलो योगदान पग्ने छ । 

० बुद्ध जन्मस्थलको बारेमा फैलाईएको भ्रम चिर्न यो सम्मेलन सहायक सिद्ध होला ?
मलाई त हुन्छ जस्तो लाग्छ । मन्त्रीज्यूको प्रयास पनि त्यो हो । यसलाई हामी सबैले सपोर्ट गर्नुपर्दछ । हामी नेपालीहरू कसैको राम्रो प्रयासलाई प्रशंसा गर्न जान्दैनौं । राम्रो कामको प्रशंसा गर्ने काम हामीहरूले जहिले पनि निरन्तर गर्नु पर्दछ । 

विश्वका विभिन्न मुलुकबाट ठूला ठूला भिक्षु र बौद्धिक व्यक्तित्वहरू आउँदै हुनुहुन्छ । उहाँहरूको कुरा सुन्नु पर्दछ । उहाँहरूले राम्रो राय र तर्क दिनुभयो भने धेरै राम्रो हुनेछ ।

यस सम्मेलनमा बहस गर्ने बुदाँहरू पनि एकदम सान्दर्भिक छन् । यसपाली भिक्षु र बौद्धिक व्यक्तित्वहरूले कसरी आफ्ना तर्कहरू राख्नुहुन्छ, त्यो हेर्न धरै जिज्ञासा छ । 

० बुद्ध नेपालमा जन्मिएको बारेमा विश्वस्तरमा विभिन्न अभियान सञ्चालन भैरहेका छन् । राज्य र लुम्बिनी विकास कोषले कस्तो पहल गरिरहेको छ ?
मैले जति पनि गरेको छु त्यो व्यक्तिगत पहलमै गरिरहेको छु । देश र सबै देशबासीका लागि गरेको हुँ । लुम्बिनी विकास कोषले पनि आफ्ना सबै काम राम्रोसँग अगाडी बढाइरहेको छ । राज्य र लुम्बिनी विकास कोषको समन्वय पनि राम्रो देखिएको छ । सरकारले पनि राम्रोसँग गरिरहनु भएको छ । 

अर्को कुरा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने विषयमा तपाई हामीले सोच्ने बेला आएको छ । आज भन्दा २५० वर्ष अगाडी हाम्रो देशको नाम हो गोर्खाली राज्य । जब आएर काठमाण्डौ परिमार्जन भयो । के जोस चलेर हो पृथ्वीनारायण शाहले गोर्खाली राज्य नेपाल भयो भनेर घोषणा गरिदिनु भयो । राष्ट्रको उमेरमा २५० वर्ष भनेको केही पनि होइन । त्यसैले काठमाडौंको नाम नेपाल हो ।

विश्वले बुद्ध लुम्बिनीमा जन्मिनु भएको हो भनेर वर्णन गरेको छ । अहिले वर्तमान अवस्थामा लुम्बिनी नेपालमा छ । हामीले त्यसरी बुझ्नु पर्दछ । भोलि मधेश टुक्रियो भने बुद्ध मधेशमा जन्मनुभएको हो भनिन्छ । तर बुद्ध लुम्बिनीमा जन्मनु भएको हो । हामीले त्यसरी बुझ्नु पर्दछ । अहिले हामीले २५६० औँ बुद्ध जयन्ती मनाउँदै छौं । तर हामी २५० वर्ष पुरानो नाम लिएर बोल्दा अलि अप्ठ्यारो छ । त्यस कारण बुद्ध नेपालमा जन्मिएका हुन् भन्नु भन्दा बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्नु राम्रो हुन्छ ।

० लुम्बिनीको प्रचार–प्रसारमा यहाँले गर्नु भएको कामको नतिजा कस्तो भैरहेको छ ?
नतिजा अलि ढिलो नै भैरहेको छ । बगेको खोला फर्काउन गाह्रो हुँदो रहेछ । किनभने मैले प्रचार–प्रसार गर्दै हिडेर पूर्वाधार नै किन बनाएको हो भने जब लुम्बिनीको एयरपोर्ट बन्छ तब तपाईहरूले मैले गरेको कामको ठूलो रिजल्ट देख्नु हुनेछ । 

मैले पनि त्यहि उचाईमा काम गरेको हो । जे जति गरे यसमा मैले न त सरकारसँग न त आइएनजिओ कसैसँग पनि एक पैसा लिएको छैन । मैले खाली तौरतरिका पुर्याए लुम्बिनी एयरपोर्ट निर्माण भैसकेपछि बुद्ध सर्किटलाई स्थापित गर्नुपर्छ भन्ने लाइनबाट लागिरहेको छु । र यो एउटा नागरिकले गरेको शुद्ध सत्प्रयास हो । 

मैले भगवान बुद्धले जे भन्नुभएको थियो त्यसलाई परिचालन गरेको मात्र हो । चाइनामा पनि मैले जहाँ शिल्क रूटको अन्त्य हुन्छ, त्यहाँ बुद्ध रूटको सुरूवात हुन्छ भन्दै यसको प्रचार–प्रसार गरिरहेको छु । यसलाई उनीहरूले पनि स्विकार गरिरहेका छन् । त्यसैले मेरो प्रयास एकदम राम्रोसँग अगाडी बढिरहेको छ ।

० तपाई संरक्षणमा पनि लाग्नुभएको छ । जलवायु परिवर्तको असरलाई न्यूनिकरण गर्न के गर्नु पर्दछ ?
मनुष्य जातिले जहाँ पनि तोडफोड गर्ने र सिध्याउने बाहेक अरू केही पनि गरेन । विभिन्न धर्महरूको पालना विश्वभर हुने गरेको छ । कुनै पनि धर्मले प्रकृतिको संरक्षण गर्नुहुँदैन भनेको छैन । अहिले आधुनिकताको नाममा पानी जम्मा भएको ठाउँमा माटोले पूरिदिने र सपिङ कम्पेक्स बनाउने गरिएको छ । अब विश्वमा केहीको लडाइ हुन्छ भने त्यो पानीको लागि हुन्छ । अहिले नै काठमाण्डौंमा भूकम्पपछि पानीका मुहानहरू सुक्न थालेका छन् । हामीहरू प्रकृतिको विपरीत गइरहेका छौँ । 

प्रकतिले सबै कुरा मिलाएर नै बनाएको रहेछ । त्यसैले हाम्रो दैनिक जीवनमा सबैभन्दा पहिले प्रकृतिलाई बचाउनु पर्दछ । प्रकृतिलाई आफै उम्रन दिनु पर्दछ । प्रकृतिका नियम र धारहरूलाई बुझेर प्रकृतिसँग तालमेल मिलाउँदै हामी बसेनौँ भने मानव जनसंख्या समाप्त नै हुन्छ । मैले पनि आउँदा दिनमा म मार्फत् नेपाल आउने पर्यटकहरूलाई एकएक वटा यहींको रैथाने रूख रोप्न लगाउने योजना बनाइरहेको छु ।

० एभरेष्ट म्याराथुनको योजना कसरी बनाउनुभयो ?
म पर्यटन क्षेत्रका काम गर्दै आइरहेको छु । माओवादी द्वन्द्वकालको बेला नेपालको पर्यटन क्षेत्र एकदमै धरासायी बनेको थियो । अन्तर्राष्ट्रिय समुदायमा नेपालको बारेमा खाली गलत समाचार मात्रै पुगेको थियो । र त्यहाँका सञ्चारमाध्यमहरूले पनि गलत समाचार मात्र दिइरहेका थिए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश पुर्याउन सक्यो भने त्यसले पर्यटकहरू पनि नेपाल आउँछन् भन्ने लागेको थियो । माउन्टेनमा एउटा स्पोटर्स पर्यटन पनि विकास गर्नुप¥यो भन्ने सोंच आयो । त्यसले सकारात्मक सन्देश पुर्याउन सक्यो भने नेपालमा फेरी पर्यटन क्षेत्र राम्रो हुनसक्छ भन्ने परिकल्पना अनुरूप यो ल्याइएको हो । चार पाँच वर्ष धेरै मेहेनत गर्नुप¥यो । त्यसलाई आकर्षण गर्न गाह्रो भयो । अहिले एभरेष्ट म्याराथुन पर्यटन क्षेत्रका लागि विश्वको एउटा राम्रो नमूना बनेको छ । साथै यसबाट नेपाल एउटा राम्रो गन्तव्य स्थल हो भन्ने प्रभावकारी प्रचार–प्रसार भैरहेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल बुद्धको जन्मभूमि, व्यवहारिक र आध्यात्मिक थलो हो : पर्यटन मन्त्री पोख्रेल (04.12.2016)
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति (03.29.2016)
असफताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (03.15.2016)
कहिले चिनियाँ कार्डे, कहिले भारतीय कार्ड प्रयोग गर्ने मानसिकता हामी मुक्त हुनुपर्छ (02.18.2016)
पुनःनिर्माण भनेको भौतिक मात्र होइन, आर्थिक पनि हो - सुशील ज्ञवाली, पुननिर्माण प्राधिकरण (01.05.2016)
सरकार मधेश आन्दोलनप्रति एकदम सम्वेदनशील छ : उपप्रधानमन्त्री विजय कुमार गच्छदार (11.10.2015)
यसपटक महिला राष्ट्रपति पाउला अमेरिकाले ? (09.01.2015)
अहिलेकै संसदीय प्रणालीमा जाने हो भने देशले कहिल्यै स्थिर सरकार पाउँदैन (08.04.2015)
विपतलाई पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ (05.27.2015)
संविधानसभा छोडेर कोही पनि जाँदैन ः अर्थमन्त्री डा. रामशरण महत (04.07.2015)
पार्टीभित्र संसदमा जस्तै बहुमतले अल्पमतलाई पेल्न खोज्यो (03.31.2015)
हामीसंग चाहिं सहमति गर्नुपर्दैन ? (03.17.2015)
विद्यार्थीको काम टायर बाल्ने र बन्द हड्ताल गर्ने मात्र हैन (11.11.2014)
पुष्प व्यवसाय विदेशी मुदा आर्जन गर्ने दरिलो माध्यम हो – कुमार कसजु श्रेष्ठ (10.21.2014)
त्यसबेला हामी लण्डनमा बसेर नेपालमा आगो बाल्छौं (09.23.2014)
विद्यार्थीको नेतृत्व खास विद्यार्थीले नै गर्नुपर्छ : शुभराम बस्नेत (09.09.2014)
हामीले कर नतिर्ने भनेका छैनौं - ज्ञानु गजमेर (09.02.2014)
बायोमेट्रिक प्रणाली संचालन गर्दा वैदेशिक रोजगारी अरु भरपर्दो हुन्छ (08.13.2014)
अहिले नेपाललाई बिजुली, १० वर्षपछि नेपालबाट बिजुली : मोदी (08.04.2014)
संविधानमै बजेट ल्याउने तिथि निर्धारण गरिनुपर्छ (07.09.2014)



 
::| Latest News

 
[Page Top]