० देश अहिले कुन मोडमा छ भन्दिनुस् न ?
भूकम्पपछिको पुनर्निर्माणमा काम गर्न त धेरै बाँकी छ, तर, काम हुन सुरु भएको छ । चीनसगँको सहकार्यको काम बल्ल अगाडी बढ्दैछन् । चीनका राष्ट्रपति सी जिन पिङ आउने तयारी भैरहेको छ । यही बीचमा अचानक यो सरकार बदल्न अविश्वासको प्रस्ताव आएपछि हुन लागेका काम, सुरु भैसकेका काम सबै ठप्पै हुने भए । बन्न सुरु हुँदै गरेको देशको गति अचानक रोकिने अबस्थामा आएको छ ।
सरकार भनेको सधैं रहिरहने कुरा होइन । तर यो सरकारले गरेका काम ठीक छैनन्, नैतिक हिसावले बेठीक छ भने र यसलाई सच्याउनै सकिंदैन भने मात्र सरकारको बिकल्प खोजिन्छ । कसैको प्रधानमन्त्री बन्ने धूनमा या कुनै ब्यक्तिको महत्वाकांक्षा पूरा गर्न सरकार परिरवर्तन गरेर देशलाई बन्धक बनाउनु हुन्न । अब तीन महिना त फेरि सरकार बन्न लाग्छ । छिटो बने पनि अरु बिभिन्न कारणले यसको असर एक बर्षसम्म पर्छ । अनि यो अबस्थामा सरकार बदल्ने कामले हिजो सुरु भएका सबै काम ठप्प हुन्छन् ।
० सरकारमै रहेको माओवादीले चाहिं किन एकाएक सरकार बदल्न चाहेको होला ?
बाहिरबाट हेर्दा र देख्दा यो कांग्रेससँग मिलेर माओवादीले सरकार बनाउन खोजेजस्तो देखिएको छ । तर, यसभित्रको खेल अर्को छ । अहिले हामी देखिरहेका छौं । केही दिन अगाडि महराहरू दिल्ली गएका थिए । प्रचण्ड आफैं जान नमिल्ले भएर उनले महरालाई पठाएका हुन् । त्यसको साथै शेरबहादुर देउवा पनि पुगेका थिए । यो मधेशबादी दलहरूको त कुरा गर्नै परेन । यी सबै एउटै लाइनमा छन् । यस कारण यो सामान्य कुरा होइन ।
ग्रीसको युद्धमा प्रयोग भएजस्तै भारतको ट्रोजन हर्स हो माओवादी । माओवादीलाई आफ्नो ठानेर जनता जव नजिक पुग्छन् अनि त्यो काठको घोडाबाट लडाकु निस्केजस्तो भारत निस्केर नेपालीलाई कब्जा गर्छ । प्रचण्डहरूले किन यो कदम चाले त भन्दा उनीहरू बाध्य छन् । हामीले बारम्बार भनिरहेका छौं माओवादीहरू भनेको नेपालको सन्र्दभमा ‘ट्रोजन हर्स’ हो ।
ग्रिसको लडाइँमा ट्रोजन हर्स प्रयोग भएको थियो । त्यहाँको युद्धमा शत्रुहरूले घेरा हाल्छ । महिनौं घेरा हालेर युद्ध गर्दा पनि आत्मासर्मपण गर्दैन अर्को पक्षले । त्यसबेला सिटी स्टेट हुन्थ्यो, वालहरू हुन्थे । धेरै गाह्रो थियो राज्य जित्न । अनि ती घेरा हालेर बसेकाहरू साँझ फर्किन्थे । माथी बुर्जाबाट हेर्दा तल घेर हालेर बसेका कोही हुन्नन् । तलै झर्दा पनि कोही हँुदैनन् । लडाई गर्न आएकाहरू सबै भागे भन्ने भान पर्छ । सबै भागेपछि त्यहाँ हेर्न जाँदा काठको पांग्रा भएको ठूलो घोडा छोडिएको हुन्छ ।
ल शत्रुले त यो घोडा पनि बिर्सेर गएछ भनेर रमाउदै सबै माथीबाट झरेर गेट खोलेर त्यो घोडा भित्र ल्याउँछन् । शत्रुहरूले हारे भनेर खुसीयाली मनाउँछन् । रमाइलो गरेर बसेका हुँन्छन् सबै । तर त्यो घोडा भित्र हात हतियारले सुसज्जित लडाकुहरू राखिएको हुन्छ । जितिसकेको रमाइलोमा झुमीरहेको बेला ट्रोजन हर्सबाट हतियारसहित लडाकु बाहिर निस्कन्छन् र सजिलै राज्य कब्जा गर्छन् ।
त्यसरी नै यो माओवादी भनेको भारतको ‘ट्रोजन हर्स’ हो । माओवादीलाई आफ्नो भन्ठानेर नेपाली जव नजिक पुग्छन् अनि त्यसबाट ट्रोजन हर्सबाट लडाकु निस्केजस्तै भारत निस्कन्छ । यो कुरा हामीले पहिले देखि नै भन्दै आएका हौं । यो अहिले आएर पनि प्रमाणित भयो । जब जब भारतलाई आवश्यक पर्छ तब यिनीहरूलाई प्रयोग गर्छ ।
कांग्रेसको बिषयमा त हामीले बिद्यार्थी कालमै २०१२÷०१३ सालमै क्लास लिंदा खेरी नै भारतीय एकाधिकार पँुजि परस्त शक्ति हो भन्ने बुझेका हौं । भारतपरस्त भनेको राम्रो शब्दमा भनेको हो, त्यसको अर्थ पूजा गर्ने भन्ने लाग्छ । नराम्रो शब्दमा भन्ने हो भने यो एजेन्ट वा दलाल हो भन्ने अर्थ लाग्छ । किन त भन्दा नेपाली कंग्रेसले गरेका अहिलेसम्मका संन्धी सम्झौताहरू सबै भारतका पक्षमा छन् । उ जे गर्छ नेपाल भन्दा धेरै भारतको पक्षमा निर्णय गर्छ । भारतको प्रमुख सेवक नै हो कांग्रेस ।
मधेशबादी दलहरूको कुरा गर्नु हुन्छ भने यस्तो अनुहार देखिन्छ– मोहीयानी हक छैन, जमिन जोत्नेको गर्नु प¥यो, रोजगारी छैन, सिंचाईको बन्दोबस्त छैन, दहेज प्रथालाई हटाउन प¥यो भन्ने त्यहाँका जनताको माग हो । त्यो माग एक शब्द पनि उनीहरूको मागमा छैन । उनीहरूको मागमा भरर्खरै नागरिकता पाएका बिदेशीहरूलाई नेपाली सरहको नागरिकता दिनुपर्छ भन्ने छ । ती भर्खरै नागरिकता लिएकाले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश पाउनु प¥यो भन्छन् । अव तपाईं नै भन्नुस् यी मधेशी जनताका मान्छे हुन् कि भारतका ?
हाम्रोजस्तो सानो, गरिव र राजनैतिक चेतना नभएको देशमा त्यसरी नागरिकता दिने हो भने भोलि त्यहाँका टाढा बेल्लाहरू आएर पैसाले चुनाव जित्छन् । अनि त्यसको परिणम के होला ? के हुन्छ देशको अबस्था ? अहिले नै हामी आधा जनसंख्या छौं भनिरहेका छन् । यो अवस्थामा यहाँका नेताहरू पनि त्यस्तै भएको हँुदा कुनै पनि बेला देश उनीहरूको हातमा जाने अवस्था छ । त्यसकारण संबिधान संशोधन गरेर उनीहरूको माग पूरा गर्ने भन्नुको मतलब देशलाई घात गर्ने नै हो । त्यसको बिरोधमै जनता सचेत हुन जरुरी छ । भोलि होइन, आजै सडकमा जाआंै ।
० तर नेपाली जनता त साभौमिकताका विषयमा पहिलेभन्दा अहिले जान्ने र बोल्ने भएका हुन् ?
यो देशभक्तिको कुरा हो । जनताले बुझ्न थाले कि भारतले नेपाली जनताको लागि हैन कि सबै काम उसले आफ्नो हितमा गरिरहेको छ । दुईटा राज्य भएसम्म आ–आफ्नो हित खोज्नु स्वभाविकै हो । तर हाम्रो देशमा हाम्रो सरकारमा उसले उसको हित खोज्ने होइन नि । यहाँ त भारतले आफ्नो हित हेर्दा विरोध ग¥यो भनेर हल्ला चलाइन्छ । ठीक छ उसले उसको हित हेर्ने हो, हामीले मानेका छौं तर, हाम्रो देशका लागि गर्ने काममा पनि भारतको हित हेर्नु पर्छ भन्नेहरूलाई दलाल नभनेर के भन्ने ? दुबैको विनविन हुने ब्यापारजस्तो विषयमा लागू हुन्छ । तर जहाँ देशको हितको कुरा आउँछ आफ्नो देश र जनताको हित सोच्ने हो । अहिले प्रचण्डले र नेपाली कांग्रेसले जे गरिरहेका छन् त्यो न ब्यापारको कुरा छ न देश हितको कुरा छ । जे भैरहेको छ सबै भारतको हितमा काम भैरहेको छ ।
हामीले आज मात्र हैन हिजैदेखि भन्दै आएको कुरा हो, उनीहरूलाई अगाडी राखेरै भनेका छौं कि “तपाईहरूहरू सबै काम भारतका निम्ति नै गर्नुहुन्छ, माओको नाम लिएर आफ्ना लागि काम गर्ने ट्रोजन हर्स बनाएको हो नेपालका माओवादीलाई भारतले । माओका लाइनमा पर्ने कुरा हुन् यी ?” भनेर हामीले उनीहरूलाई बारम्बार सोधेका छौं ।
० भनेपछि प्रचण्ड भारतको लागि काम गर्ने मान्छे हुन् ?
हो, उनी निमित्त हुन् । पहिले अंग्रेजहरूले दक्षिणबाट हमला गर्दा उनीहरू हारे । सिन्धुलीमा हारे इतिहास साक्षी छ । दक्षिणबाट आउँदा सजिलो छैन त्यसैले पूर्ब पश्चिमबाट आफ्नो आधिपत्य राख्न माओवादीलाई निमित्त बनाएको हो । गएको केही महिना त भारत हारेको जस्तै देखिन्थ्यो, नेपाल सार्बभौम छ भन्ने साँच्चै अनुभुति हँुन्थ्यो साँच्चै त्यस्तो भएको होइन ? हो, भारत पछि हटिसकेको थियो । पछि नहटी नहुँने अबस्था आएको थियो । तर फेरि उसले चाल बदल्यो । हामी संबिधानलाई मान्छौ भन्दै आयो । त्यो भनेको अब यो नेपालीहरूसँग टसल गरेर हुँदैन यिनीहरूलाई फेरि फकाउनु प¥यो भनेर फकाउन खोजेको हो । तर चाल चै त्यहीँ हो । उसको पहिलेदेखिको ट्रोजन हर्स माओवादी छंदै थियो, त्यसैलाई प्रयोग ग¥यो ।
० नयाँ सरकार बनाउने कुराले दिल्लीसम्म खुसीयाली बाँडिएको भन्ने समाचार आएका छन् । के के खुसी जोडिन्छ सरकार परिवर्तनसँग भारतको ?
सबै खुसी त यही नै छ नि उसको । त्यसैले त उ कुनै पनि हालतमा उसैको सरकार चाहिरहन्छ सधैं । यो सरकारले चीनसित नेपालका हितमा सम्झौता ग¥यो । अब भारतले नाकाबन्दी लगाएर पनि नेपाललाई प्रगति गर्नबाट रोक्न सकिंदैन, गरिव बनाएर गुलाम बनाइरहन सकिंदैन भन्ने उसले बुझ्यो । सरकार परिवर्तन गरेर आफ्नो आदेश मान्ने सरकार बनायो भने त हुन लागेको सबै खाले सम्झौता बन्द हुन्छ । उत्तरबाट खुलेका नाका पनि बन्द हुन्छ । रेलले नेपाललाई जोड्ने जुन योजना छ, त्यो पनि बन्द हुन्छ । पेट्रोलियम पदार्थ फेरि भारतबाट मात्र ल्याउनेगरी पर्खेर बस्नु पर्छ । यति बन्द गर्न सके नेपाल गुलाम भइरहन्छ भन्ने कुरासँग हो भारतको खुसी ।
अर्को कुरा अहिले भारतसँग पेट्रोलियमको सम्भौता सन् २०१७ सम्मको रहेछ । अब फेरि १० बर्ष वा भारतले जे चाहान्छ त्यही गर्ने होला । यहाँको कर्मचारीतन्त्र यसरी बिकेको छ भन्ने कुरा म तपाँइलाई भनांै– अस्ती नाकाबन्दी सुरु हुने बितिक्कै यातायात मन्त्रालयका, आपूर्ति मन्त्रालयका सबै बसेर छलफल हुँदा अहिले नै अरुसँग पनि पेट्रोलियम पदार्थ लिनु पर्छ भनेर निर्णय गरौं भन्दा त्यो आपूर्ति मन्त्रालय र आयल निगमले मानेनन् ।
यो निर्णय नभई ननिस्कने भनेर हामी बिहान १० बजेबाट राति ९ बजेसम्म बस्यौं । त्यो आयल निगमका कर्मचारीहरूको भारतीय दुताबासका कर्मचारीसँग कुरा भैरहेको थियो । आखिरमा अरु देशसँग पनि लिन सक्ने भन्ने लेख्न हामीले जोड ग¥यांै । तर त्यो आयल निगमको कर्मचारीले त २०१७ सम्म सम्झौता भएको पत्र देखायो । यो कुरा त मन्त्रीलाई पनि थाहा थिएन ।
पछि यही चिठ्ठी चीनलाई देखाउँदा अन्य देशसँग किन्न सक्नेछ भन्ने शब्द नभएको, तर लिनसक्ने शब्द मात्र भएको देखेर चीनले पेट्रोल अनुदानमा दिएको हो, किनेर ल्याएको होइन । अव तल्लो बर्गको जनतासम्म हामीले यस्तो कुरा लिएर गएनौं भने, देश जोगाउन म धेरै अफ्ठेरो देख्छु ।
० चीनबाट सहयोग हुँदा सार्बभौमिकताको रक्षा मान्ने अनि भारतले सहयोग गर्दा त्यो उल्टो हुने अलि नमिल्ने हेराई भएन र ?
यो हेराई होइन भोगाई हो । हामीले भोगेको कुरा गरेको । चीनतिरबाट कहिल्यै सिमाना मिचेर हाहाकार भएको कुरा सुन्नु भएको छ ? पहिले उत्तरमा सिमाना मिलाउन जादा हाम्रो सरकारले सकेसम्म उत्तरतिर जानु है भनेको रहेछ । उनीहरूले त्यसै गरेछन् ।
त्यो सीमाना मिलाउँन जाँदा सबै लोजेष्टिकहरू उनीहरूले नै बन्दोबस्त गरेको थियो त्यो बेला । पछि चीन सरकारले यो थाहा पायो तर, उसले ठीकै छ हाम्रो देश ठूलो छ अलि अलि जग्गाले फरक पर्दैन भनेर पठाईदिए । यसले बुझिन्छ नि दुई देशबीचको फरक । त्योबेला नेपाली कर्मचारीहरू धेरै नै खुसी भएर आएका थिए । सार्बभौमसत्ता भनेको भित्री र बाहिरी कुनैपनि शक्तिसँग झुक्नु नपरेको होस् भन्ने कुरा हो । अब आफैं सोच्नुस्, कस्तो भिन्नता छ भारत र चीनमा ।
० ओली सरकारले सार्वभौमिकतालाई उचो बनाएको छ भन्नुभयो, राष्ट्रियताका बिषयमा बोल्न सकेको सरकार भन्नुभयो, अब त्यो त नरहने भयो । ओलीले अव के गर्नुपर्छ ?
सरकारले के गर्न चाहेको थियो र गरिरहेको थियो भन्ने कुरा जनतालाई बुझाउन सक्नुपर्छ । गरेका राम्रो कामको अडान लिने र तिनै कुरा लिएर जनतामा जानु पर्छ । अब जनता उठाउनु बाहेक अरु सम्भव नै छैन । तर यो हाम्रो देशमा अविश्वासको प्रस्ताव पास नहुन्जेलसम्म के हुन्छ भन्नै सकिंदैन । नेपाली जनतामा एकखालको जागरण आउने हो कि, आफ्ना सांसदलाई जनताबाट प्रेसर पर्ने हो कि, जनताले प्रेसर दिएर यही सरकार राख्ने भन्ने हुन् कि, त्यतातिर ध्यान दिनुपर्छ । यो बेला मिडियाले धेरै ठूलो भुमिका खेल्न सक्छ ।
० संसद बिघटन गरेर चुनावमा जाउँ भन्ने आवाज पनि उठेका छन् के त्यो सम्भव होला ?
त्यस्तो गरेको भए ठीकै हुन्थ्यो । त्यो अस्ति नै गरिसक्नु पथ्र्यो । देश र सरकारलाई अप्ठेरो परेको कुनै पनि बेलामा देशलाई कसरी जोगाउने भन्ने एउटा प्रश्न छ । त्यसमा सरकारलाई अधिकार दिएको हुन्छ, संसद बिघटन गर्ने । त्यो भनेको जनता र देश बचाउने भरेको बन्दुकजस्तै हो । तर यो बिषयमा सरकारले कति तयारी गरेको छ, त्यसले प्रभाव पार्छ । सेना प्रहरी सबैसँग तालमेल र जनताको विश्वास छ भने देश संकटमा पर्दा झिक्ने हतियार हो त्यो ।
यसैगरी पर्लियामेन्टका मान्छे धेरै किनियो भने, सिक्कममा जस्तो ग¥यो भने, हामीले हेरेर बस्ने होइन कि हामीसँग जे जति तागत छ त्यो लगाउनु पर्छ । ‘फर दी सेक अफ दि पिपुल एण्ड कन्ट्री ।’ मैले केहीदिन अगाडी नै यो कुरा भनेको हुँ । कि प्रधानमन्त्रीसँग यस्तो बिकल्प बाँकी रहन्छ भनेर ।
० अब नयाँ सरकार बन्यो भने तपाइँले देखेका बिग्रने कुरा के के हुन् ?
देशका हित बिपरितका असमान सन्धिहरू हुन्छन् । त्यसको बिरोधमा जनता कसरी उठ्ने हो त्यसमा निर्भर गर्छ । अब भारतसँग मात्र लिने अझ त्यो भन्दा धेरै बर्ष भारतबाट मात्र लिने ? भन्न सक्छन् ।
पेट्रोलियम उत्खनन् हुनलागेका कुराहरू सबै रोकिन्छन् । रेल मार्गका कुरा सबै रोकिन्छन् । उत्तरसितका सबै सम्झौता सके काट्छन् नसके पछि गर्ने गरी भनेर थाती राख्छन् । सार्बभौमिकता भन्ने कुरा सबै ओझेलमा पर्छ । देश हिजो जस्तै विकासमा बर्षौ पछि धकेलिने अवस्थामा जान्छ ।
० चीनका माओको नामको पार्टीले किन यस्तो ग¥यो होला त ?
एक त माओबाद भनेर जो भन्छन् । तर माओका समकक्षीले नै अब हामीले पनि माओबाद भन्नुपर्छ भन्दा माओले अस्वीकार गर्नुभयो । म माक्र्सबादी लेलिनबादी हो, मेरो कुनै बाद छैन भन्नु भयो । बाद भन्नुको मतलब सार्बभौम सत्य हुन्छ । कुनै पनि सामान माथी फ्याँक्दा त्यो तल झर्छ । त्यो संसारको जुनसुकै ठाँउमा गए पनि हुन्छ । सबै ठाँउमा लागू हुन्छ । तर, माओत्सेतुङको विचारलाई त्यस्तो वाद मान्दैनन् चीनियाँहरूले पनि ।
सबै ठाउँमा लागू हँुदैन, चीनको क्रान्ति भनेको झण्डै झण्डै किसान क्रान्ति हो । उनीहरूले बादको रुपमा लिएनन् माओ त्सेतुङको विचारधाराको रुपमा लिए । चीनको कम्युनिस्ट पार्टीले पनि र माओ आफैंले पनि मेरो बाद भनेर मान्नु भएन ।
यो नभएको कुरालाई उनीहरूले कहाँबाट ल्याए भने अमेरिकाको एकजना रिसर्चरले आफ्नो थेसिसमा लेख्यो र युनिभर्सिटीमा राखिदियो । त्यसैलाई यिनीहरूले माने । भारतले यसलाई मान्नुको कारण चाहीँ अब यिनीहरू चीनको विचारधारालाई मान्नुको कारणले के हो भने मियाँ के जुत्ता मियाँ के सरपर भने झैं हो ।
नेपाल चीनसँग नजिक भयो भने माओकै नाम जोडिएको शक्तिलाई प्रयोग गरी क्षतबिक्षत गरेर देखाइदिन्छु भनेर माओको नाममा यीनिहरूको माओवादी जन्माएको हो । माओको नाम लिएर देश धुजा धुजा पार्न तयार गरिएको शक्ति हो यो । यिनीहरूले जनतालाई त उपयोग गरेर रगत बगाउने काममा मात्रै युज गरेका हुन् । यिनीहरू कम्युनिस्ट पनि होइनन् र माओवादी पनि होइनन् । यदि यिनीहरूले कम्युनिस्ट सिद्धान्त मानिदिएको भए दुईचोटी सरकारमा आउँदा कामदारहरूको हक हितको बिषयमा कुरा गर्नु पर्ने थियो । तर तिनीहरूले एउटा पनि कुरा उठाएनन् र कुनै कानुन बनेनन् । कामदार जनताका पक्षमा प्रस्ताव पनि ल्याएनन् । यी सबै कुराबाट के थाहा हुन्छ भने यी कम्युस्टि होइनन् । कम्युनिस्टको नामबाट जनतालाई छलछाम मात्र गरेका हुन् ।
बेलायतमा एक पटक सुनका सक्कली सिक्का मास्न नक्कली सिक्का प्रयोगमा ल्याइएको थियो । यसलाई ‘ग्राम्स अफ ल’ भनिन्छ । एलिजाबेथको पिरियडमा दुईटा सिक्का चल्थ्यो । एउटा सुनको र अर्को चाँदीको । त्यसको कन्टेन्ट भ्याल्यु र फेस भ्यालु भन्ने हुन्छ । सुनको दुबै भ्यालु बढी हुदै गएकोले बजारमा गएका सुनका सिक्का सबै गालिन थाल्यो । अनि सुनको सिक्का नै हराउन थाल्यो यो कुरा निर्णायक ठाउँमा पुग्यो ।
यो के भएको बजारमा जति सुनको सिक्का पठाए पनि सबै हराउँछ चाँदीकै मात्र देखिन्छ भनेर अर्थशास्त्री ग्रामसन्सलाई बोलाएर राजाले सोधे । ग्रामसन्सले के भने भने नक्कली र सक्कली मुद्रा एकै पटक चलाएपछि नक्कलीले सक्कलीलाई आउट अफ मार्केट गर्छ यो त्यही भएको हो भने ।
हो हाम्रो देशमा पनि यहाँको सच्चा कम्पुनिस्टलाई हराउन भारतले खडा गरेको नक्कली सिक्का हो माओवादी । सक्कली सिक्का आफ्नो कब्जामा ल्याउन नक्कली सिक्का चलाएजस्तै यहाँका सच्चा कम्युस्टिहरू मास्न भारतले खडा गरेको नक्कली सिक्का हो माओवादी । तर अब चुप लागेर बस्ने होइन, यो चिर्न सबै लागिरहनु पर्छ । यिनीहरूको भण्डाफोर गर्न ।