युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन”
Tuesday, 08.09.2016, 11:57am (GMT+5.5)

० भन्सारको राजश्व संकलनको वर्तमान अवस्था कस्तो छ ?
भन्सार विभागलाई नेपाल सरकारले २०७२।०७३ का लागि कुल २ सय ५ अर्ब ८६ करोडको राजश्व संकलनको लक्ष्य दिएकोमा प्रतिकुल अवस्थाको वावजुत पनि भन्सार विभाग लगायतका अन्य निकायको सहकार्यमा १ सय ९५ अर्ब ८ करोड राजश्व संकलन गर्न सक्षम भएको छ । यो भनेको कुल लक्ष्यको ९४.७६ प्रतिशत हो । राजश्व संकलनमा सबै भन्दा बढी हिस्सा मूल्य अभिवृद्धि करबाट छ ।

हामीले जुन आर्थिक वर्षमा ९४.७६ प्रतिशत राजश्व संकलन गर्याै त्यो राजश्व संकलनका लागि त्यति अनुकुल आर्थिक वर्ष होइन । नेपालमा गएको विनाशकारी भूकम्पका कारण त्यो आर्थिक वर्ष पनि त्यति सुखद हुन सकेन । त्यसपश्चात लामो समयसम्म दक्षिणि सिमा नाकाहरू त्यति सहज हुन सकेनन् । नेपालको प्रमुख विरगञ्ज भन्सार नाका जसले कुल २ सय ५ अर्बको भन्सार विभागको राजश्वमा १ सय ३ अर्ब भन्दा बढी राजश्व संकलन गर्दथ्यो त्यहि भन्सार नै पाँच महिना भन्दा बढी बन्द भयो । त्यसको परिणामले भन्सार विभागले उठाउने राजश्वको लक्ष्य केही हदसम्म भेट्टाउनसक्ने अवस्था रहेन । यो अवधिलाई विश्लेषण गर्ने हो भने कुल आयात नै घटेको देखिन्छ । आयातको स्तर घटेको हुनाले नै राजश्व संकलन घटेको देखिन्छ ।

नेपाली बजार जुन समयमा चल्छ दशै, तिहार, छट जस्ता चाडपर्वहरूको समयमा अन्य वर्षमा भन्दा गतवर्ष ४८ प्रतिशतले व्यापार न्यून भएको रहेछ । यी सबै परिणामले हाम्रो राजश्व संकलन घट्ने अवस्थामा देखिएको थियो । तर प्रशासकिय दक्षता, मूल्याङकन प्रणालीमा गरिएको सुधार लगायत धेरै विषयले गर्दा हामी कुल राजश्व संकलनको नजिक नजिक पुग्नसक्ने अवस्थामा आएका हौं ।

० भर्खरै मात्र विदेशबाट फर्कने नेपालीहरूले ल्याउन पाउने र नपाउने सामानहरूको विवरण सार्वजनिक गरेको छ । यस विषयमा केही बताइदिनुस् न ?
यो पुरानै व्यवस्था हो । यसमा केही समसामयिक परिवर्तन गरिएको मात्रै हो । प्रत्येक यात्रुले आफ्नो साथमा अथवा साथ अघिपछि ल्याउन पाउने वस्तु जसलाई वैयक्तिक प्रयोगका सामानहरू भनिन्छ । यी समानहरू कति र कुन स्वरुपमा ल्याउन पाउने भन्ने विषयको निर्धारण झिटी, गुन्टा, भारी आदेश सम्बन्धी सूचनाले निर्दिष्ट गर्दछ । यो नेपाल सरकार अर्थ मन्त्रालयले जारी गर्दछ । यसमा समय समयमा आवश्यकता अनुसार परिमार्जन भैरहन्छ । यसै अनुरुप २०७२ साउन १ गतेदेखि लागू हुने गरी दुई–तीन ओटा विषयमा परिमार्जन गरेका छौँ ।

व्यक्तिगत रुपमा सुन ल्याउन पाउने सीमालाई हामीले बन्द गरेका छौं । योभन्दा अगाडी काँचो सुन ५० ग्रामसम्म निशुल्क र ४ सय ग्रामसम्म शुल्क तिरेर ल्याउन पाउने व्यवस्थालाई खारेज गरेका हौँ । सुनका गहनाहरू ५० ग्रामसम्म ल्याउन पाउने तर प्रयोग नभएको काचो सुन ल्याउन नपाउने व्यवस्था गरेका छौं । 

त्यसै गरी मदिराको आयात गर्दा एउटा व्यक्तिले १.१५ लिटरसम्म मदिरा ल्याउन पाउथ्यो । त्यसमा पनि यो अवस्था १.१५ लिटरको बोटल हुने समयमा थियो । अहिले त्यो बोटल हटाइसकेको हुनाले त्यसमा हामीले एक लिटर मात्र बनाएको हो ।

अर्को भनेको समदरको व्यवस्था हो । यो भन्नाले झिटी, गुन्टा, भारी आदेश बमोजिम ल्याउन पाउने सुविधा भएका व्यक्तिहरूले फरक फरक सामान ल्याउछन्, ती सबैको भन्सार महशुल व्यापारीक प्रयोजनले ल्याउने सामानसँग तुलना गरेर फरक फरक महशुल तिर्नुपर्दथ्यो । त्यसलाई हामीले परिमार्जन गरेर सबैलाई समायोजन गर्दै ४० प्रतिशतको समदर लाग्ने व्यवस्था गर्याै । यी तीन ओटा विषयलाई मात्र परिमार्जन गरिएको हो ।

० काँचो सुन ल्याउन नपाउने नियम बनेको छ । यसलाई लिएर बिरोध पनि भैरहेको छ । यसलाई कसरी लिनुभएको छ ?
यो विरोधभन्दा पनि नियमन हो । हाम्रो अध्ययन अनुसार सुनको सिक्काका माध्यमबाट बैकिङ च्यानलबाट आउने सुनको अंश घट्दै गएको छ । नेपालमा वैधानिक रुपले सुन आयात गर्न पाउने अधिकार नेपाल राष्ट्र बैंकको अनुमतिमा ‘क’ वर्गका बैकिङ तथा वित्तिय संस्थाहरूलाई मात्र छ । 

तर नेपालमा औपचारीक रुपमा सुन भित्रिने नाका भनेको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल हो । त्रिभुवन भन्सार कार्यलयको डाटालाई हेर्ने हो भने बैकिङ च्यानलबाट आएको सुनको आपूर्ति दिनका दिन घट्दै गएको छ । यसले के देखाउछ भने अनधिकृत ढङ्कबाट सुनको आयात भैरहेको छ । यसरी सुन भित्रदा भन्सार महशुल पनि आएन । यसले गर्दा आर्थिक गतिविधी गर्ने मानिसहरूको आयकर पनि हिसाब भन्दा बाहिर गयो । समग्रमा यसले राज्यलाई नै घाटा पर्न गयो । त्यस कारण यसलाई व्यवस्थित गर्न खोजिएको मात्रै हो । तर पनि सुनका गहना ल्याउन चाहने व्यक्तिहरूलाई ५० ग्रामसम्म त छुट दिइएको छ । समस्या भनेको यस विषयमा बुझाउन नसकिएको मात्रै हो ।

० नेपालको भन्सारहरू व्यवस्थित नभएको गुनासो सुनिन्छ । यसलाई सुधार्नेतिर कत्तिको ध्यान दिनुभएको छ ?
भन्सारहरू व्यवस्थित नभएको होइन । तुलनात्मक रुपमा भन्सार व्यवस्थित छ । काम गर्ने स्वरुप र शैलीमा परिवर्तन भएको छ । भन्सार विभागको मेरै कार्यकक्षबाट अहिले नौं वटा भन्सार कार्यलयमा के कसरी काम भैरहेको छ भन्ने बारे आइपी क्यामेराबाट हेर्न सकिन्छ । 

यस्तो प्रतिकुल अवस्थामा पनि ९५ प्रतिशत राजश्व संकलन हुनु भनेको भन्सार व्यवस्थित भएर नै हो । 

अर्को विषय भनेको दक्षिणी सिमा नाका भनेको खुल्ला छ । खुल्ला नाकामा भन्सार प्रशासन आफैले मात्रै क्रियाशिल बढाउदैमा सबै कुराको समाधान हुन्छ भन्ने छैन । यो भनेको ‘इन्टिग्रेटेड इफोट्र्स’ हो । यो नभएसम्म हामीले राखेको लक्ष्य प्राप्त गर्न सक्ने अवस्था छैन । तर पनि हाम्रो नेतृत्वदायी भूमिकामा सबै निकायलाई परिचालन गर्दै अगाडी बढाउन हामी क्रियाशिल छौं । 

भन्सारलाई व्यवस्थित बनाउने विषयमा पूर्वाधार निर्माण, केहि समय पछि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यलयमा होलबडी स्क्यानर मेसिनहरूको जडान, सूचना प्रविधिलाई नै अविलम्वन गरी ठूला ठूला भन्सार कार्यलयहरू कन्टेनर स्क्यानर मेसिनको स्थापना लगायतका विषयमा सुधार गर्दैछौं । परिवर्तन र व्यवस्थितको कामलाई हामीले अगाडी बढाउदैँ छौं । यी सबै समय सापेक्ष परिवर्तन हुदैँ जाने विषय हुन् ।

० भन्सारमा दलालहरूको विगविगी छ भनिन्छ ? यो हटाउन सकिन्न ?
दलाल होइन । ओपन बोर्डरमा दलालले मात्रै काम गर्ने होइन । ओपन बोर्डर भएपछि जहाँतहीं मानिसहरूको आवागमन हुन्छ । बोर्डर सिल गर्न सकिदैँन । तर त्यसको अनुगमन र नियमन गर्न सकिन्छ । त्यसका लागि सुरक्षा निकायका कर्मचारी, भन्सार कार्यलयका कर्मचारी लगायत हाम्रो संयुक्त प्रयासमा गस्ती परिचालन गर्ने, संवेदनशील नाकाहरूमा हाम्रा पोइन्टहरूलाई स्थापित गर्ने र तिनीहरूकै क्रियाशीलतालाई अभिवृद्धि गर्ने लगायतका सबै कामबाट उनीहरूलाई निरुत्साहित गर्ने कोशिस गर्छौ ।

० भन्सार एजेन्टहरू राख्नुपर्ने कारण के हो ? 
भन्सार एजेन्ट राख्नुको कारण ग्राहकका लागि सरलीकरण गर्ने हो । भन्सार एजेन्टहरूले गर्ने काम भनेको व्यापारी र भन्सार प्रशासनबिचमा सम्बन्ध बनाइ दिने हो । उनीहरूले भन्सारको बारेमा स्वयम घोषणा प्रणालीमा आधारीत छ । ब्रोकर मोडल भन्छौँ हामी । त्यो स्वयम् घोषणा गर्ने दायित्व व्यापारीलाई हुने गर्दछ । त्यसको घोषणा गरिदिने व्यक्ति भन्सार एजेन्ट हुन् । अब हामीले हाम्रो प्रणालीलाई रुपान्तरण गर्दैछौँ । त्यसपश्चात भन्सार कार्यलयहरूमा कोही जानुपर्ने अवस्था रहदैँन । 

० यसको मतलब एजेन्ट बिना नै काम गर्न सकिन्छ ?
एजेन्टहरू काम गर्नुहुन्छ । तर भीडभाड गर्नुहुन्न । घरबाटै लगइन गरेर काम गर्नुहुन्छ ।

० उनीहरूबिना काम हुनै नसक्ने हो ?
उनीहरू बिना पनि काम गर्न सकिन्छ । यदि ग्रीन च्यानलका समानहरू पर्याे भने उनीहरू बिना पनि काम गर्न सकिन्छ ।

० अनिधिकृत रुपमा सामानको आयात र निर्यात भैरहेको अवस्थामा यसलाई कसरी रोक्न सकिन्छ ?
संसारमा कुनै पनि ठाउँमा राजश्व सय प्रतिशत नै संकलन हुन्छ भन्न सकिदैन । हाम्रो नेपालमा पनि त्यो छ । त्यसको नियन्त्रण गर्नलाई नै हामीले भन्सार नियन्त्रण प्रणालीको विकास गरेका छौं । यसभित्र पनि सुधारका थुप्रै कामहरू बाँकी छन् । यी सबै सुधारका विषयलाई केन्द्रमा राख्दैै हामी अगाडी बढिरहेका छौं ।

० भन्सार कर्मचारीहरूको कमाउ थलो हो पनि भनिन्छ र त्यहाँ जानका लागि कर्मचारीको प्रतिस्पर्धा पनि राम्रै देखिन्छ किन होला ? 
प्रतिस्पर्धा थियो अहिले घट्यो । अहिले अधिकृतहरूलाई र उप–सचिवहरूलाई मैले भन्सारमा पठाउनै सकेको छैन । नयाँ अफिसर भएर आएका मध्ये तीस–चालीस जनामा जम्मा तीन–चार जना मात्रै काम गर्न इच्छुक हुनुहुन्छ । त्यसैले यसमा आकर्षण नै छैन । भन्सार पहिलाको भन्सार होइन । किनभने हामीले दिनहुँ त्यसको अध्ययन र अनुगमन गरिरहेका छौं ।

भन्सारलाई आकर्षणको थलो नभई प्रोफेसनल गन्तव्यको थलोका रुपमा हामीले विस्तारै विकास गर्दैछौं ।

० अन्त्यमा तपाईको नयाँ कार्ययोजना के छ ?
अबको हाम्रो कार्ययोजना भनेको कुनै पनि हालतमा नेपाल सरकारले राजश्व संकलनका लागि दिएको लक्ष्य पुरा गर्ने, व्यापार सहजीकरणका माध्यमबाट आर्थिक गतिविधीलाई विस्तारित गर्ने, अनिधिकृत वस्तु र सेवाको प्रवेशलाई नियन्त्रण गर्दै समाजको सुरक्षा र दायित्व निर्वाह गर्ने हो । यी तिनओटा उदेश्यबाट हामी परिचालित छौं । 

त्यसकारण हाम्रा गतिविधि त्यहि अनुसारका रणनीति बनाउदै अनिधिकृत आर्थिक गतिविधिलाई नियन्त्रण गर्दै बैधानिक बाटोलाई प्रयोग गर्ने र आर्थिक समृद्धतर्फ देशलाई लैजाने भन्सार विभागको प्रयास हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)
सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन् (07.14.2016)
“पर्यटकलाई नेपाली स्वागत शैली बेच्ने हो”- भवन भट्ट, उपाध्यक्ष एनआरएनए (06.21.2016)
मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी (05.17.2016)
नेपाल बुद्धको जन्मभूमि, व्यवहारिक र आध्यात्मिक थलो हो : पर्यटन मन्त्री पोख्रेल (04.12.2016)
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति (03.29.2016)
असफताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (03.15.2016)
कहिले चिनियाँ कार्डे, कहिले भारतीय कार्ड प्रयोग गर्ने मानसिकता हामी मुक्त हुनुपर्छ (02.18.2016)
पुनःनिर्माण भनेको भौतिक मात्र होइन, आर्थिक पनि हो - सुशील ज्ञवाली, पुननिर्माण प्राधिकरण (01.05.2016)
सरकार मधेश आन्दोलनप्रति एकदम सम्वेदनशील छ : उपप्रधानमन्त्री विजय कुमार गच्छदार (11.10.2015)
यसपटक महिला राष्ट्रपति पाउला अमेरिकाले ? (09.01.2015)
अहिलेकै संसदीय प्रणालीमा जाने हो भने देशले कहिल्यै स्थिर सरकार पाउँदैन (08.04.2015)
विपतलाई पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ (05.27.2015)
संविधानसभा छोडेर कोही पनि जाँदैन ः अर्थमन्त्री डा. रामशरण महत (04.07.2015)
पार्टीभित्र संसदमा जस्तै बहुमतले अल्पमतलाई पेल्न खोज्यो (03.31.2015)
हामीसंग चाहिं सहमति गर्नुपर्दैन ? (03.17.2015)
विद्यार्थीको काम टायर बाल्ने र बन्द हड्ताल गर्ने मात्र हैन (11.11.2014)
पुष्प व्यवसाय विदेशी मुदा आर्जन गर्ने दरिलो माध्यम हो – कुमार कसजु श्रेष्ठ (10.21.2014)
त्यसबेला हामी लण्डनमा बसेर नेपालमा आगो बाल्छौं (09.23.2014)
विद्यार्थीको नेतृत्व खास विद्यार्थीले नै गर्नुपर्छ : शुभराम बस्नेत (09.09.2014)



 
::| Latest News

 
[Page Top]