युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी
Wednesday, 12.07.2016, 02:22pm (GMT+5.5)

आधा सताब्दीसम्म क्युबाको सत्ताको बागडोर सम्हालेका साम्राज्यवादविरोधी कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधन भएको नौ दिनपछि आइतबार उहाँको अवशेषलाई समाधिस्थलमा लगेर अन्तिम संस्कार गरिएको छ । सामान्य तरिकाले गरिएको उक्त अन्त्येष्टी समारोहमा सहभागी हुन विभिन्न देशबाट क्युवा पुगेका पाहुनाहरूले बताएका छन् ।

क्युबाको स्वास्थ्य र शिक्षा जगत्मा क्रान्तिकारी परिवर्तन गरी अधिकांश क्युबाली जनताको मन मुटुमा रहन सफल पूर्व राष्ट्रपतिको नोभेम्बर २५ गते ९० वर्षको उमेरमा निधन भएको थियो । आइतबार विशाल जुलुससहित घण्टौ लगाएर उहाँको मृतआत्मालाई समाथिस्थलमा पु¥याइएको थियो । जुलुसमा सहभागी हुन पुगेका फिडेलका समर्थकले पूर्व राष्ट्रपतिलाई समाधिस्थल पु¥याउनुपूर्व ‘फिडेल अमर रहुन्’ भनी प्रार्थना गरेका थिए ।

अब क्युबाले फिडेलकोे भौतिक शरीरलाई त पाउने छैन तर उहाँको विचार र आदर्शले क्युबालाई नयाँ गति दिनेमा सहभागीले विश्वास गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

एक हप्ताभन्दा बढी शोकसभा तथा जुलुसमा सहभागी बनेर उहाँका लाखौँ समर्थकले उहाँप्रति अन्तिम सम्मान अर्पण गरेपछि अन्ततः उहाँलाई क्युबाका क्रान्तिकारी कवि तथा क्युबाली स्वतन्त्रता सङ्ग्रामका नायक जोस मार्टीको समाथिस्थल नजिकै समाधि निर्माण गरी अन्त्येष्टी  गरिएको उहाँका भाई तथा उत्तराधिकारी राष्ट्रपति राहुल क्यास्ट्रोले बताउनुभयो । 

उहाँको अस्तु सान्टियागो पु¥याउँदा हजारौँ मानिसले भावविह्वल भएर शोक व्यक्त गरेका थिए । फिडेलको अस्तुलाई क्युबाको राजधानी हवानाबाट स्यान्टियागो पु¥याइएको थियो ।

फिडेलको अस्तुलाई साक्षी राखेर हामी सबैले जन्मभूमि र समाजवादलाई बचाउ गर्नुपर्ने छ भन्दै राष्ट्रपति राहुल क्यास्ट्रोले भन्नुभयो, “हामीले कुनै पनि जटिलता, चुनौती, अशान्तिविरुद्ध लड्दै क्युबामा समाजवादलाई स्थापित गराएरै छाड्ने छौँ ।”

फिडेलको अन्तिम सम्मानमा भेनेजुयला, निकारागुआ तथा बोलिभिया लगायतका विश्वभरका नेता तथा अर्जेन्टिनी फुटबल नायक डिएगो म्याराडोना समेले सहभागिता जनाएका थिए । ब्राजिलीयाली पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा तथा डिल्मा रुसेफ पनि फिडेललाई श्रद्धाञ्जली अर्पण गर्न  पुग्नुभएको थियो । 

फिडेलको प्रसिद्धि र प्रभावले क्युबा र यस क्षेत्रलाई उहाँको भौतिक शरीर यस संसारमा नभए पनि साच्चै उहाँलाई यस संसारले बिर्सिने छैन, लामो समयसम्म उहाँको विचार आदर्शले कयुबा र दक्षिण अमेरिकी मुलुकहरूमा महत्व पाइनै राख्नेछ, वासिङटनस्थित बु्रकिङ इन्स्टिच्यूसनका प्रभावशाली विश्लेषक टेड पिकोनले भन्नुभयो । 

“फिडेल मरेर गए पनि उहाँको विरासत रातारात हराउने छैन, उहाँ क्युवा तथा यस क्षेत्रमा अमर रहनु हुनेछ ।” पिकोनले थप्नुभयो ।

फिडेलका भाइ तथा क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोले यसै महिनाको अन्त्यमा हुने राष्ट्रियसभा (नेसनल एसेम्ब्ली) ले स्वर्गीय पूर्व राष्ट्रपति फिडेलको आदर्शलाई पालना गर्ने कानुन पास गर्नेसमेत अन्त्येष्टीसभालाई सम्बोधन गर्ने क्रममा बताउनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा (11.29.2016)
अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन (11.23.2016)
काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु (09.20.2016)
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत (08.25.2016)
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन” (08.09.2016)
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)
सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन् (07.14.2016)
“पर्यटकलाई नेपाली स्वागत शैली बेच्ने हो”- भवन भट्ट, उपाध्यक्ष एनआरएनए (06.21.2016)
मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी (05.17.2016)
नेपाल बुद्धको जन्मभूमि, व्यवहारिक र आध्यात्मिक थलो हो : पर्यटन मन्त्री पोख्रेल (04.12.2016)
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति (03.29.2016)
असफताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (03.15.2016)
कहिले चिनियाँ कार्डे, कहिले भारतीय कार्ड प्रयोग गर्ने मानसिकता हामी मुक्त हुनुपर्छ (02.18.2016)
पुनःनिर्माण भनेको भौतिक मात्र होइन, आर्थिक पनि हो - सुशील ज्ञवाली, पुननिर्माण प्राधिकरण (01.05.2016)
सरकार मधेश आन्दोलनप्रति एकदम सम्वेदनशील छ : उपप्रधानमन्त्री विजय कुमार गच्छदार (11.10.2015)
यसपटक महिला राष्ट्रपति पाउला अमेरिकाले ? (09.01.2015)
अहिलेकै संसदीय प्रणालीमा जाने हो भने देशले कहिल्यै स्थिर सरकार पाउँदैन (08.04.2015)
विपतलाई पीडापछिको परिवर्तन गर्ने अवसर पनि भनिन्छ (05.27.2015)
संविधानसभा छोडेर कोही पनि जाँदैन ः अर्थमन्त्री डा. रामशरण महत (04.07.2015)
पार्टीभित्र संसदमा जस्तै बहुमतले अल्पमतलाई पेल्न खोज्यो (03.31.2015)



 
::| Latest News

 
[Page Top]