युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.18.2017, 11:48pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
सबै भन्छन्– पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण तर सम्मान खै ?
Wednesday, 01.18.2017, 12:50pm (GMT+5.5)

काठमाडौं । २०६२।०६ ३ को जनआन्दोलनको सफलतापछि प्राप्त लोकतन्त्रले मुलुकको एकीकरणकर्ताप्रतिको सम्मानमा धावा बोल्यो । त्यो क्रम अहिले पनि जारी छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन बिदा दिने लामो परम्पराको अन्त्य गरियो । अहिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सबै दलका नेता पृथ्वीनारायण शाहको राज्य एकीकरणको काम सह्रानीय र इतिहासले गर्व गर्न लायक काम हो भन्न थालेका छन् तर पनि पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन र राष्ट्रिय पर्वका रुपमा मनाउने हिम्मत गर्न सकेका छैनन् । यो बडो अनौठो स्थिति छ । 

यस वर्षको पृथ्वी जयन्तीमा भने धेरैले राष्ट्रिय एकताको आधार पृथ्वीनारायण शाह नै हुन् भन्न कञ्जुस्याई गरेनन् । नेकपा एमालेले त पुस २७ गते बिदा दिन माग नै ग¥यो । एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले पृथ्वी जयन्तीका दिन बिदा दिने प्रस्ताव गर्दा त्यतिबेलाका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयाजक तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेको खुलासाा समेत गर्नुभयो । तर, यसपटक प्रधानमन्त्री प्रचण्डले नै पृथ्वीनारायण शाहको योगदानको समर्थन गर्नभयो ।

एउटा बलियो सामान्ती नै राज्य बन्नु नै प्रगतिशील हो
अघिल्लो वर्षभन्दा यस वर्ष पृथ्वीनारायण शाहको गुणगान गाउनेहरू धेरै निस्के । उहाँलाई सामन्ती, अत्याचारी, विस्तारवादी भन्नेहरू पनि उहाँले नेपाल एकीकरण गरेकै हो भन्न थालेका छन् । यस्तैमा पर्नुहुन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड । उहाँले पृथ्वी जयन्तीको अघिल्लो दिन चितवनको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को उद्घाटन गर्दै पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 
तत्कालीन समयमा भारतमा अङ्ग्रेज साम्राज्यले स–साना भूरे टाकुरे राज्यलाई विशाल साम्राज्य खडा गरिरहेको समयमा नेपालमा शक्तिशाली राज्य नभएको भए यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा भइरहेका बेला पृथ्वीनारायण शाहले केन्द्रीकृत राज्य बनाउन नेतृत्वदायी भूमिका खेल्नुभएको स्मरण गर्नुु्भयो । 

अहिले पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिने कि नदिने भन्ने विषयमा नेपालमा बहस रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । मधेसमा अरू आदिवासी जनजातिको कुरा या अलग समुदायमा पृथ्वीनारायण शाहको भूमिकालाई कसरी हेर्ने भन्ने विषयमा बहस छ त्यस बहसलाई राजनीतिक रुपले टुङ्गो लगाएर मात्र निक्र्योल गर्नुपर्ने उहाँले बताउनुभयो । 

मन्त्रिपरिषद्को बैठकमा दुईपटकसम्म यस विषयमा छलफल भएको भन्दै उहाँले भन्नुभयो, “म राजनैतिक तहमा यो विषयमा छलफल गरेर एउटा समुचित निस्कर्ष निकाल्ने कुरामा पहल गर्ने छु भनेको छु ।” तत्कालीन समयमा केन्द्रीकृत राज्य नहुँदा जनतालाई समेत आपत् परिसकेको भन्दै उहाँले प्रत्येक राज्यपिच्छे कर तिर्नुपर्ने कारणले व्यापार विनिमयमा नकारात्मक असर परेको पनि बताउनुभयो । 

इमान्दार नागरिकले आफ्नो इतिहासप्रति गौरव गर्न सक्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “हामीले गौरव गर्ने विन्दु छ त्यो हो एउटा कविलाई भूरे टाकुरे राज्यबाट केन्द्रीकृत एउटा बलियो सामान्ती नै राज्य बन्नु प्रगतिशील हो त्यो पछि हटेको कदम होइन ।” 

प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति थियो– शान्तिप्रक्रिया भएका बेला पुरानो सबै चिजलाई नष्ट गर्नुपर्छ र नयाँ निर्माण गर्नुपर्छ भन्ने अलि बढी उन्माद आफ्नै पार्टीभित्र देखिएको र कतै कतै पृथ्वीनारायण शाहको सालिक ढाल्ने काम भएकामा आफूले त्यसलाई रोकेको रोकेको थिएँ ।

पृथ्वी जयन्ती नमनाउन कुन शक्तिको दबाब छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई स्वाभिमानी नेपालीले आदर गर्नुपर्ने बताउनुहुन्छ ।
पृथ्वी जयन्तीका अवसरमा सो पार्टीले आयोजना गरेको अन्तरक्रियामा उहाँले शाहको जन्मजयन्तीलाई औपचारिक रुपमा सरकारले एकता दिवस मनाउन आवश्यक रहेको बताउनुभयो ।  अध्यक्ष थापाले भन्नुभयो–“दोस्रो जनआन्दोलनको रापतापमा सो जयन्तीलाई बिर्सिएर एकता दिवस मनाउने परम्परा अन्त्य गरिएको छ, त्यो गलत छ, त्यसलाई सच्याउनुपर्छ भन्ने आम जनताको भावना रहेको छ ।” 
पृथ्वी जयन्ती आउँदा राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेताल पृथ्वी जयन्तीलाई सम्मान गर्नुपर्छ भन्नुहुन्छ तर राष्ट्रिय एकता दिवसका रुपमा नमनाउनुका कारण के हो ? कुन शक्तिको दबाब छ ? भनी उहाँले प्रश्न गर्नुभयो । 
पार्टीका राष्ट्रिय नेता पशुपतिशम्शेर राणाले केही समययता पृथ्वीनारायणको योगदान ओझेलमा परेकामा चिन्ता व्यक्त गर्दै उहाँले दुःखले आर्जेको मुलुकलाई विखण्डन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पृथ्वीनारायण शाह नेपालका महान्पुत्र
नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महतले पृथ्वीनारायण शाह नेपालका महान पुत्र भएको बताउनुभएको बताउनुहुन्छ । पुस २७ गते एकता दिवसको अवसर पारेर नागरिक समूहले आयोजना गरेका कार्यक्रममा उहाँले शाह जस्तो दूरदर्शी सोच र सबैलाई एकसाथ लिएर जाने कूटनीतिक नीतिले आजको नेपालको सिर्जना गरेको धारणा राख्नुभयो ।

त्यो बेलाको नेपाल दक्षिण एसियाकै शक्तिशाली मुलुक भएको चर्चा गर्दै नेता महतले मुलुकलाई उन्नतिको दिशामा लैजान आर्थिक नीति सुधार गर्नुपर्नेमा जोड दिनुभयो । देशलाई एकतामा बाँधिराख्न जातजाति, भाषाभाषी, मधेस, पहाड र हिमाललाई टुक्र्याउन नहुने उहाँको भनाइ छ । 

नयाँ शक्ति नेपालका सदस्य सुनील खड्काले पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राजनीतिक दलले विचारको एकीकरण गर्नु अहिलेको आवश्यकता भएको जिकिर गर्नुभयो ।

देशलाई डुब्नबाट बचाउन युवा प्रत्यक्ष राजनीतिमा आउनुपर्ने उहाँको विचार थियो । नागरिक समूहका संयोजक निगम हुमागाईंले राज्यले आजको दिनमा सार्वजनकि बिदा नदिएर राष्ट्र निर्माताको अपमान गरेको आरोप लगाउनुभयो ।
 
पृथ्वीनारायणले नेपाललाई विश्वमा चिनाए
नेकपा मालेका महासचिव सिपी मैनालीले तत्कालीन समयमा छरिएको राज्यलाई एकीकरण गरी पृथ्वीनारायण शाहले राज्यलाई एकढिक्का बनाई नेपाल र नेपालीलाई विश्व परिवेशमा परिचित बनाएको विचार व्यक्त गर्नुभयो ।  

प्राज्ञ डा दिनेशराज पन्तले विभिन्न समयमा नेपालको एकीकरण हुने तथा विखण्डन हुने गरेकामा पृथ्वीनारायण शाहले नेपालको पुनः एकीकरण गरेको विचार व्यक्त गर्दै आधुनिक नेपाल चाहनेले उहाँलाई बिर्सन नहुने बताउनुभयो ।

पूर्वप्रधानसेनापति प्यारजङ्ग थापाले तत्कालीन समयमा राजा, जनता र सेनाको साझा प्रयासबाट मुलुकको एकीकरण भएको बताउँदै पृथ्वीनारायणको दूरदर्शिता र योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

सबै भन्छन् राष्ट्रिय एकता कायम गरौं
पृथ्वीनारायण  शाहको नेपाल एकीकरणको अपव्याख्या गर्दै भन्नेले जे पनि भन्छन् । तर वास्तविकता भने अर्कै छ र त्यो कसैले मेटेर मेटिन्न । केही समयका लागि हत्केलाले सूर्य छेकेको भ्रम जस्तै हो । अहिले पृथ्वी जयन्ती र राष्ट्रिय एकताको सन्दर्भमा सोही  कुरा लागू भएको छ । सरकारले कुनै कार्यक्रम गरी नमनाए पनि सो दिका लागि आयोजित कार्यक्रममा सरकारको प्रतिनिधित्व भएको छ ।

२९५ आँै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भृकुटीमण्डपमा जलपान तथा शुभकामना आदानप्रदानको कार्यक्रममा पृथ्वीनारायण शाहको सत्तोसराप गर्नेहरूको उपस्थिति रह्यो र शाहको एकीकरणको प्रशंसा गरे । 

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि राजनीतिक मूल्य र मान्यता स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “विसं २०६२÷६३ पछि सार्वजनिक विदा दिने विषयमा स्पष्ट नीति बन्न नसक्दा मन्त्रिपरिषद्को पृथ्वी जयन्तीका दिन पनि बिदा दिन नसकिएको बताउनुभयो । उहाँले पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी राष्ट्रिय एकताका आधारका रुपमा बलियो केन्द्रीकृत राज्य स्थापना गर्नुभएको बताउनुभयो र भन्नुभयो– “बहुजाति, बहुभाषी र बहुसंस्कृति रहेको नेपाललाई थप बलियो बनाउन आवश्यक छ ।” 

नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय एकताका लागि पृथ्वीनारायण शाहले पु¥याउनुभएको योगदानको स्मरण गर्दै विभाजित राज्य रजौटाहरूलाई एकीकरण गरेको श्रेय शाहलाई दिनुभयो । उहाँले भन्नुभयो– “पृथ्वीनारायण शाहका योगदानबारे जति बोले पनि सकिँदैन ।” 

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो – “पृथ्वीनारायण शाहका योगदानलाई आफ्ना स्वार्थसिद्धिका निम्ति प्रयोग गरिनुहुन्न र शाहले तत्कालीन नेपाली जनताको चाहना र माग अनुसार नेपालको एकीकरण गर्नुभएको हो ।” 

आफू प्रधानमन्त्री छँदा पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन गरिएको सहमतिको प्रयास सार्थक नभएको पनि उहाँले उल्लेख गर्नुभयो । एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रम माधव नेपालले अहिले राष्ट्रलाई एकताबद्ध गर्न खाँचो रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख, मन्त्रिगण, सांसद, बुद्धिजीवी, चिकित्सक, सञ्चारकर्मी लगायतको सहभागिता थियो । 

यसैगरी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरू पनि कार्यक्रममा उपस्थित थिए । आगन्तुक अतिथिलाई राप्रपाका कार्यकारी अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबरा, वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ लगायत केन्द्रीय पदाधिकारीले स्वागत गर्नुभएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
असफलता ज्ञानेन्द्रको टाउकोमा हालेर सत्ता जोगाउने प्रपञ्च भैरहेको छ : नेत्रविक्रम चन्द (01.12.2017)
अहिले देश अति नै दुखेको अबस्थामा छ- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट (01.04.2017)
केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ (12.29.2016)
संशोधन मार्फत कसलाई के अधिकार दिन खोजेको हो ?- भीम रावल (12.07.2016)
क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी (12.07.2016)
लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा (11.29.2016)
अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन (11.23.2016)
काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु (09.20.2016)
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत (08.25.2016)
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन” (08.09.2016)
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)
सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन् (07.14.2016)
“पर्यटकलाई नेपाली स्वागत शैली बेच्ने हो”- भवन भट्ट, उपाध्यक्ष एनआरएनए (06.21.2016)
मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी (05.17.2016)
नेपाल बुद्धको जन्मभूमि, व्यवहारिक र आध्यात्मिक थलो हो : पर्यटन मन्त्री पोख्रेल (04.12.2016)
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति (03.29.2016)
असफताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (03.15.2016)
कहिले चिनियाँ कार्डे, कहिले भारतीय कार्ड प्रयोग गर्ने मानसिकता हामी मुक्त हुनुपर्छ (02.18.2016)
पुनःनिर्माण भनेको भौतिक मात्र होइन, आर्थिक पनि हो - सुशील ज्ञवाली, पुननिर्माण प्राधिकरण (01.05.2016)
सरकार मधेश आन्दोलनप्रति एकदम सम्वेदनशील छ : उपप्रधानमन्त्री विजय कुमार गच्छदार (11.10.2015)



 
::| Latest News

 
[Page Top]