युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:22am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
नेपाल शक्तिकेन्द्रहरूले खेल्ने रणनैतिक मैदान बनेको छ : पेशलकुमार निरौला
Tuesday, 01.31.2017, 11:32am (GMT+5.5)

० नेपालको अस्थिरताका लागि बिभिन्न शक्तिकेन्द्रहरू नेपालमा परिचालित छन् भनिन्छ । कुन शक्तिकेन्द्रको के स्वार्थ छ नेपालमा ? 
संसारकै शक्तिकेन्द्रहरूले खेल्ने रणनैतिक केन्द्र बनेको छ अहिले नेपाल । यो किन रणनैतिक केन्द्र किन बनेको छ भने, चीन र भारतको समृद्धिका कारण यस्तो भएको हो । कुनै बेला एक्लै संसार हाँकेको अमेरिकाको दाँजोमा अहिले चीन आइपुगेको छ र भारत पनि पछिपछि छ । त्यति मात्र हैन एसियाका बिभिन्न देश मलेसिया, पाकिस्तान जस्ता मुलुकहरू अहिले बिस्तारै समृद्धितर्फ उन्मुख छन् । जनसंख्याका हिसावले भन्नुस् वा आर्थिक समृद्धिको हिसावले, एसिया संसारकै भूगोलको केन्द्र भागमा छ । त्यसमा पनि नेपाल रणनैतिक हिसावले मुल केन्द्र बनेको छ । त्यसको कारण भनेको अमेरिका, चीन  र भारत नै हो । उनीहरूका स्वार्थका कारण नेपाल सबैको चासोको बिषय बनेको छ । किन भन्दा अहिले यी एसियाका उदाउँदा देशहरू देखेर अमेरिका आतंकित बनेको छ । ऊ जे जे गरेर भए पनि चीनलाई कमजोर बनाउन चाहन्छ । चीनले आर्थिक विकासले विश्वको ध्यान खिचिरहेको बेला चीनलाई कमजोर बनाउने पश्चिमाहरूको एउटै हुक ठोस्ने ठाउँ भनेको तिब्बत नै हो । तिब्बतसँगै नेपाल जोडिएको छ । त्यसैले भारतले अमेरिकाको सहयोगमा दलाई लामालाई भारतमा ल्याएर पालेको छ ।  उनीहरू नेपालमा टेकेर तिब्बत हान्ने दाउमा छन् । तिब्बत स्वतन्त्र गरेर चीनलाई कमजोर बनाउने उनीहरूको दाउ छ । पश्चिमाहरूलाई थाहा छ– नेपाल बिना उनीहरू यो काम गर्न सक्दैनन् । त्यसैले उनीहरू चीन कमजोर पार्न नेपालमा आफ्नो प्रभुत्व जमाउन चाहन्छन्  । 

० एसियासँग पश्चिमाहरूको यस्तो दुश्मनी किन हुनु परेको हो त ?
कुनै पनि सभ्यताको मुल केन्द्र नै एसिया हो । पश्चिमाहरू एसियन सभ्यता सिकेरै समृद्ध बने, तर एसिया विकसित हुन सकेन । चार हाजर बर्ष पहिलेका हाम्रा सभ्यताहरू सिकेर पश्चिमाहरू समृद्ध बनेका हुन् । यो इतिहास पल्टाएर हेर्दा छर्लङै हुन्छ ।  अहिले फेरि एसिया त्यही अवस्थामा फर्कदै छ । मतलव समृद्ध हुदैछ । तीन सय बर्ष अगाडिको पश्चिमा हेर्नुभयो भने केही पनि छैन । त्यही बेला हामी सभ्यता सम्पन्न थियौं । मुसलमान, इसाई भन्नुस्  वा बुद्ध, हिन्दुकै र कन्फुसियसकै कुरा गर्नुस्, बेद भन्नुस् वा अरु केही । यी सबै सभ्यताहरूको केन्द्र चाहिँ एसिया हो । एसियालाई सभ्यताहरूको घर भनिन्छ । जनसंख्या नै हेर्नुस् न एसियाको जनसंख्या हटाइदिउँ त यो पृथ्वी नै शुन्य झैं हुन्छ । एसियाको भू–खण्ड हेर्नुस्, एसियाको विविधता हेर्नुस्, प्रजातिदेखि लिएर बोट बिरुवा हेर्नुस् । यहाँका जातजाति, धर्मसंस्कृति देखि लिएर विविधताको क्षेत्र नै एसिया हो । 

एसियामा पनि यो सबैको केन्द्र चाहिँ नेपाल नै हो । त्यसैले यसलाई पश्चिमाहरूले  रणनैतिक केन्द्र बनाए । यहाँ देख्दा भारतले मात्र नेपालमा आक्रमण गरेको देखिन्छ । तर भारतलाई परिचालन गर्ने नै पश्चिमाहरू हुन् । भारतबाट नेपालमा हैन नेपाल मार्फत चीन र भारतमा खेल खेलिन्छ । अमेरिका र भारत एकै ठाउँमा छन् । यसको मूल बिषय फ्रि तिब्बत हो । यिनीहरू तिब्बतमा हानेर चीनलाई कमजोर बनाउन चाहन्छन् । जसरी यिनिहरूले रुसलाई विभाजन गरे त्यसैगरी उनीहरू एसियालाई मुल टार्गेट बनाएर काम गरिरहेका छन् ।

हेनरी किसिन्जरले अन चाइना भन्ने पुस्तकमा लेख्नु भएको छ– गोर्खालीहरूले अंग्रेजलाई रोकेका कारणले चीनको मानचित्र यो रुपमा रह्यो । यहि गोर्खालीले नरोकेको भए चीनको मानचित्र यस रुपमा रहंदैनथ्यो । चीनले त नेपाली गोर्खालीलाई जति सम्मान गरे पनि पुग्दैन ।  हिजैदेखि यी पश्चिमाहरू तिब्बत हानेर चीन गलाउन चाहान्थे र नेपाल नै त्यसको ढाल बनेर रहिरह्यो र चीन, चीनजस्तै रयो । त्यसैले नेपाल हिजो र आज पनि विश्वकै शक्क्तिराष्ट्रहरूको रणनैतिक केन्द्रको रुपमा रहिरह्यो । 

० सबैले बुझ्ने भाषामा भन्दिनुस् त भारत, चीन र अमेरिकाको नेपालमा कस्तो कस्तो स्वार्थ छ ? 
यो अहिले सबैले जान्नुपर्ने बिषय हो । चीन नेपालमा स्थिरता चाहन्छ । किनकि नेपालको अस्थिरतामा नै सधै फ्रि तिब्बत आन्दोलन फष्टाएको छ  । ऊ यो बन्द गर्न पनि नेपालको स्थिरता चाहन्छ र नेपालको समृद्धि र विकास चाहन्छ । विकासको नाममा पश्चिमाहरू नेपालमा घुस्न नसकुन्, यहाँ गरिवी नहोस् । गरिवी भयो भने पश्चिमाहरूको चलखेल बढ्छ भन्ने चीनले बुझेको छ । 

अर्को कुरा चीनको भारत प्रवेश गर्ने सबैभन्दा राम्रो र सोझो बाटो भनेको नै नेपाल हो  । किनभने नेपालको बाटो पाकिस्तान र बंगलादेशको भन्दा छोटो र सोझो पर्छ । अब चीन हिमाल माथिबाट मात्र आउँदैन, हिमाल तलबाट पनि आउँछ । चीनको ब्यापारिक स्वार्थ पनि नेपालबाट पूरा हुन्छ । नेपालको बोर्डरले छोएको बिहार र उत्तरप्रदेशमा ५६ करोड जनसंख्या छ । जसलाई चीनले आफ्ना उपभोक्ताको रुपमा सजिलै आफ्ना सामान पुर्याउन सक्नेछ । यो पनि अर्को कारण हो कि चीन नेपालमा स्थिर शासन चाहन्छ र नेपालको बाटो भएर दक्षिण एसियामा उसको प्रभाव बढाउन चाहन्छ । यसको मतलब चिनियाँ स्वार्थ नेपालको फाईदामा छ । यो फाईदा नेपालले जति छिटो लिन सक्यो त्यति राम्रो हुनेछ । 

भारत के चाहन्छ त ?
भारत नेपालमा निरन्तर अस्थिरता चाहन्छ । पानीमा रणनैतिक साझेदारी र यहाँको बिदेश नीति भारतको अनुकलमा चलाउनु उसका मुख्य स्वार्थ हुन् । उसले नेपाललाई आफ्नो छातामुनी राखेर चलाउन चाहन्छ । यो नीति सर्सर्ती हेर्दा भारतको जस्तो देखिए पनि साँचो अर्थमा यो पश्चिमाहरूको नीति हो, जो भारत मार्फत नेपालमा लागू गरिन्छ । लर्ड डलौजी  जो, अंग्रेज शासक थिए । भारतको एकीकरण गर्न उसको ठूलो हात छ । उनी भारतीय अंगे्रजका शासक थिए । तिनले भारतका साना राज्यहरूलाई एकीकृत गरे र नेपाललाई त्यसको अण्डरमा राख्ने र नेपाल मार्फत चीन प्रवेश गर्ने उनको रणनीति थियो । नेहरू नीति भनिन्छ नि, त्यो नेहरूको होइन त्यो लट टलौजीको नीति हो । 

० भरतको राष्ट्रियताको नीति के हो त उसो भए ?
भारतमा राष्ट्रियताका तीनवटा धारणा छन् । एउटा प्राचीन भारतको सभ्यता संस्कृतिसँग जोडिएको राष्ट्रियता हो । मुस्लिम सभ्यता र संस्कृतिसँग जोडिएको र अर्को पूर्णतया अंग्रेज सभ्यता र संस्कृतिसँग जोडिएको छ । अहिले पनि भारत अंग्रेजको प्रभाव र दवाबबाट मुक्त छैन र भारत अहिले पनि अंग्रेजबाट स्वतन्त्र छैन । भारत स्वतन्त्र भएको भए स्वतन्त्रताकै ब्यावहार गथ्र्याे । भारत आफू अंग्रेजबाट शासित छ अनि नेपालमा पनि शासन जमाउन चाहन्छ । 

भारतले स्वतन्त्रता दिवस मनाउनुको कुनै अर्थ छैन । जब उसका हरेक निर्णयहरू पश्चिमाहरूबाट अहिले पनि निर्दे्शित छन् भने उ के को स्वतन्त्र मुलुक ? स्वतन्त्र हुने लक्षण भारतमा अहिलेसम्म बिकसित नै भएका छैनन् ।

भारतले यो कुरा कहिल्यै बुझेन कि उ एक हजार बर्षसम्म अंग्रेजको गुलाम बन्यो । गुलाम र दासमा फरक छ । दास भनेको भौतिक रुपमा मात्र समर्पित हुन्छन् । करवलले मात्र उनीहरू सिक्रीमा बाँधिएर बसेका हुन्छन् । गुलामलाई चाहीँ सिक्रीले बाँध्नै पर्दैन । स्वतःस्फूर्त पाउमा परिरहेको हुन्छ । भारत पश्चिमाको गुलाम हो दास होइन । दासले त बिद्रोह गर्छ । गुलामले बिद्रोह गर्दैन । त्यसैले उनीहरू अंग्रेजप्रतिको एक हजार बर्षको गुलामीबाट मुक्त छैनन् । 

१९११ मा जर्ज फिफ्थ भारतमा आउँदाखेरि उसको चाकडीमा रबिन्द्रनाथ टैगोरले लेखेको गीत हो– जनगण मन हे भारत, भाग्य बिधाता । तिमी नै हौ हाम्रो भाग्यविधाता भनेर त्यो लेखिएको थियो । भारतीय झण्डा ब्रिटिशले बनाइदिएको हो । उसको भाषा अंग्रेजी हो, शिक्षा अंग्रेजी हो, उसको औद्योगिकरण र अहिलेको रेल सबै अंग्रेजले बनाएको हो । भारतीय कांग्रेस ब्रिटिशहरूले स्थापना गरिदिएको हो । कसैलाई अनौठो नलागोस् एउटा राष्ट्रका लागि हुनु पर्ने गुणहरू हाम्रो जति पनि छैन भारतमा । 

कुनै पनि राष्ट्र बाँध्नको लागि उसको भाषा हुन्छ, धर्म संस्कृति हुन्छ । उसको परम्परा हुन्छ । भारतलाई केहीले पनि बाँधेको छैन । भारत त एउटा अन्नको थुप्रो जस्तो मात्र छ । जताबाट ताने पनि हुने । राष्ट्रियताको हिसावले उ अति नै कमजोर छ, कि उसले हामीलाई पाठः सिकाउने हैन हामीबाट पाठ हिजै देखि सिक्दै आएको छ । 

० अहिले नेपालको राष्ट्रियता धेरै कमजोर भएको छ भनिन्छ । अहिले, माओवादी सरकारमा आएपछि राष्ट्रिय चिन्हहरूदेखि राष्ट्रियताका प्रतिकहरू ढालिए झण्डै झण्डै राष्ट्रिय झण्डा नै फेरियो । यसको कारण के हो ?
हेर्नुस् यी सबै नाटक पश्चिमाहरूले मन्चन गराएका हुन् । माओबाद नामको भूत घुसाएर विभिन्न जातजातिमा पैसा बाँडेर माओबादी मार्फत क्रिश्चियनिटी भित्य्राएर नेपाल तहस नहस गर्न खोजिएको पक्कै हो । तर नेता गुलाम भए पनि नेपाली जनता गुलाम छैनन् । नेपाली जनता अहिले पनि राष्ट्रियताको लागि भोको पेटमै बिद्रोह गर्न तयार छन् । 

अंग्रेजले ५ सय वटा राज्यहरूबाट एउटा भारत बनाइदिएको हो । भारतीयहरू त्यसमा रहे त्यसैले उनीहरूलाई त्यसको माया छैन जति अंग्रेजलाई छ । नेपाल नेपालीले बनाए त्यसैले नेपालीलाई सधै यसको माया छ । भारतमा अदालतका फैसलाहरू अहिले पनि अंग्रेजीमा नै गरिन्छन् । बहस अंग्रेजीमा हुन्छन् । उ धर्म निरपेक्ष राष्ट्र हो । त्यसैले भारत न भाषाले बाँधिएको छ न धर्मले बाँधिएको छ । भारतको राष्ट्रिय भाषा नै २२ प्रतिशतले मात्र बोल्छन् । हाम्रो राष्ट्रभाषा ८५ प्रतिशतले बोल्छन् । हामीले अंग्रेजसँग सिन्धुलीगढीमा लडेकै हौं । नालापानीमा लडेकै हौं । नेपाल अंग्रेज युद्धमा लडेकै हौं । त्यति मात्र हैन चिनियाँ साम्राज्यसँग पनि हामीले लेडेका छौं । हामी नेपालीसँग त्यस्तो शक्ति छ जसले हामीलाई स्वतन्त्र रहन र विश्वकै ठूला ठूला शक्तिसँग जुध्न र पराजित नहुन प्रेरणा र साहस मिलिरह्यो । यो शिवको भूमी हो, त्यसैको अध्यात्मको कारणले हामी हिजो पनि बहादुर थियौं र अहिले पनि छौं । यहि शिव शक्तिका कारण हामी चार हजार बर्षदेखि स्वतन्त्र राष्ट्रको रुपमा स्थापित छौं र आजसम्म कसैको गुलाम बनेका छैनौं । 

० पश्चिमाहरूको चाहिँ के स्वार्थ छ नेपालमा ? 
अहिले संसारमा तीनवटा ‘प‘को लडाईं छ । प्रकृति, पदार्थ र परमेश्वर । प्रकृतिको लडाई भनेको सिंगो पृथ्वीलाई आफ्नो नियन्त्रणमा कसरी राख्ने ? त्यसमा राजनैतिक रुपले नेपाललाई कसरी प्रभाव पार्ने, भारतलाई कसरी प्रभाव पार्ने, पाकिस्तानलाई कसरी प्रभाव पार्ने भन्ने नै हो । दोस्रो पदार्थको लडाईं भनेको संसारको साधन र श्रोतमाथि कसरी आफ्नो प्रभुत्व जमाउने भन्ने हो । जस्तो मध्यपूर्वको मानवअधिकार भनेको पेट्रोलियम पदार्थको हो । अफ्रिकाको मानव अधिकार भनेको खनिज पदार्थको हो । जहाँ हिरा छ । र अर्को परमेश्वरको लडाई भनेको धर्मले आफ्नो प्रभुत्व जमाउनु हो । अहिले इसाईहरू त्यहि रुपमा आएका छन् । त्यसैले नेपाल चाहिँ तीनवटै क्षेत्रको रणभूमि भएको छ । 

राजनीति र अर्थब्यावस्था भनेको हार्डवेयर हो भने भाषा साहित्य कला संस्कृति भनेको चाहिँ सफ्टवेयर हो । उनीहरू हार्डवेयर र सफ्टवेयर दुबैमा आफ्नो नियन्त्रण गर्न चाहन्छन् । सबैभन्दा देश कमजोर बनाएको क्रिश्चियनिटीले हो । यसमा राजनैतिक, आर्थिक, धार्मिक सबै स्वार्थ छ । उनीहरू भारतमा दलाई लामा राखेर नेपाल मार्फत चीन बिरोधी गतिविधि गर्ने, र नेपाललाई चाहिँ खुल्ला क्रिडास्थलको रुपमा प्रयोग गरेर चीनलाई कमजोर बनाउने रणनीतिमा छन् । चीन कमजोर नहुन्जेल भारतलाई चीनको खिलापमा प्रयोग गर्ने पश्चिमाहरूको रणनीति हो । 

रुस, भारत र अमेरिका एकै ठाउँ भए चीनलाई गाहो पर्छ । रुस, चीन एकातिर भैरहे भने पश्चिमाहरूको पनि केही लाग्दैन । हाम्रो नेपालको हकमा चाहिँ हामीले हाम्रो देशलाई समृद्ध बनाउन चीनको उपस्थितिको सुनिश्चितता गर्नुपर्छ । चीनसँग हामी जति छिटो र जति नजिक बन्न सक्यौं उति नै रफ्तारमा नेपाल समृद्ध बन्न सक्छ । मुलत दुबै राष्ट्रलाई नेपालले साझेदार बनाएर अघि बढ्नु पर्छ । नेपालमा भारत र पश्चिमाहरू त पहिल्यै छन् अब चीनको उपस्थिति अति नै अनिवार्य छ । केपी ओलीसँग मेरो प्रत्यक्ष सम्पर्क र चिनजान छैन तर, उनले चीनसंग गरेको सम्झौताले भूराजनीति नै फेरिदिएको छ । यसले एक हदसम्म हामी विकासको सिंढी चढेका छौं । अब यसलाई विकसित रुप दिंदै अघि बढ्न सके हामी लेपालीले यसरी हाम्रो सार्बभौमिकता खोसियो भनेर हारगुहार गर्नुपर्ने छैन । 

० यस्तो अबस्थामा नेपालले भारत र चीन दुबैलाई विश्वासमा लिएर अघि बढ्ने बाटो के हुन सक्छ ? 
त्यो त्यति गाह्रो कुरा होइन । तर, यहाँका नेता लम्पसार परेर भारततिर मात्रै लाग्नु भएन । नेपालले चीन र भारत दुबैलाई कुटनीति, रणनैतिक र  संस्कृतिको साझेदार बनाएर अघि बढ्नु पर्छ । किनभने कैलाश पर्बत, मानसरोवर चीनमा पर्छ । त्यसलाई शिवको घर भनिन्छ । नेपाललाई त्यसको आँगन भनिन्छ । भारत त झनै शिवको भूमि हो । त्यस्तै बुद्धभूमि नेपाल हो । यहाँ बुद्ध जन्मिए । भारतमा बुद्धले ज्ञान प्राप्त गरे । सबैभन्दा धेरै चिनियाँ बुद्धिष्टहरू नेपालमा आउँछन् । अनि भन्नुस् त नेपालको एक अर्को देशमा जोडिएका कुरा कति छन् ? त्यसैले हाम्रा सांस्कृतिक साझेदार ती देश बनाएर हामी अघि बढ्नु पर्छ । त्यसैले नेपाल सेतुको रुपमा छ । चिनियाँले मात्र हैन नेपाल र भारतले पनि हामी एउटै हिमालको पानी खान्छौं । 

० पछिल्लो समयमा त नेपाल चीनसँग नजिकिने बाटो त खुलेको छ नि अब केही सहज भएको हो तीन देश जोडिनलाई ? 
एकदमै । ओलीले गरेको यो काम नै नेपालका लागि सबैभन्दा महत्वपूर्ण कदम हो । यो कदम अति नै सराहनीय छ । यसले तीन देश जोड्ने काम गर्नेछ । यसमा नेपाललले धेरै भन्दा धेरै फाइदा लिन सक्नुपर्छ । नेपालले तीन देशलाई जोड्ने नीति बनाएर अघि बढ्न यसले मदत गर्छ । 

० चीनसँगको सामिप्यता पनि ठिक छैन भन्नेहरू पनि छन् नि ? भित्रिरुपमा यसको खिलापमा को को छन् भन्दिनुस् न ?  
यहाँका राजाबादी हुँ भन्ने र दरबारियाले कसैले पश्चिमाको विरोध गर्न सक्दैनन् । नेपाली कांग्रेसले भारतको विरोध गर्न सक्दैन र पश्चिमाको विरोध गर्न सक्तैन । चीनको सर्मथन गर्ने मान्छे त यहाँ नेतृत्व तहमा एकदमै कम छन् । जनता त चीनको सर्मथनमा छ । तर हातमा गन्न सकिने नेता बाहेक अरु सबै चीनको बिरोधमा छन् । यही हेरौं न भारतको नाकाबन्दीलाई कांग्रेसले किन नाकाबन्दी भन्न नसकेको ?  यत्रो क्रिश्चियनिटी बढीरहँदा यहाँका पण्डीतहरूले यसको बिरोध गर्न किन नसकेको भन्दा यी सबैले भारतीय धामका अभियान मार्फत पैसा खाएका छन् । पश्चिमाको पनि पैसा खाएका छन्, त्यसैले यि बोल्न सक्दैनन् । यस्तै यस्तै कुरामा हिन्दु सम्प्रदायलाई भुलाएर शिव शक्ति र भक्ति कमजोर बनाउन चाहान्छ पश्चिम । र यहि भीडमा आफ्नो प्रभुत्व जमाउँछ । त्यसैले यसरी हेर्दा जनता र राष्ट्रियस्तरका केही नेता बाहेक अरु सबै पश्चिमाको लगानीले चीनको सर्मथनमा छैनन् । तपाईं अनौठो मान्नुहोला यो सबै कुरा यो अवस्थामा पुर्याउनमा सीके राउत र बाबुराम भटटराई एउटै जुवामा नारिएर आएका छन् । 

० यहाँका कुन नेता कुन शक्तिका खेलाडी हुन् ?
माथिल्लो तहमा जति पनि नेता छन्, चाहे त्यो शेरबहादुर भन्नुस् चाहे रामचन्द्र नै भन्नुस् चाहे अहिले बिखण्डनमा लागेका सीके राउत भन्नुस्, चाहे उपेन्द्र यादव भन्नुस् वा बाबुराम यी सबै एउटै शक्तिकेन्द्रका हुन् । कमल थापा नै भन्नुस् त्यो पनि पश्चिमाकै लगानीको मान्छे हो । यद्यपि चीनसँगको सम्बन्ध बढाउन ओलीलाई साथ दियो । ओली यसमा छैनन् । हेर्नोस्, तर ओलीको अगाडि टाउको उठाउन नसकेर मात्रै हो एमालेमा पनि यस्ता केही नेता छन् । कांग्रेसमा त दुई चार जना बाहेक देशभक्त मान्छे छंदा पनि छैनन्  । 

० नेपाल त धर्म निरपेक्ष छ, तपाईं त अध्यात्मले जोड्ने कुरा गर्नुहुन्छ कसरी सम्भव छ ? 
नेपाल अध्यात्मको केन्द्र हो, त्यो पनि विश्वको । पुर्वीय र पश्चिमी दर्शनमा फरक के छ भने पूर्वीयहरू ज्ञानलाई पहिलो प्रथामिकता दिन्छन् । त्यसैले यहाँ श्री ६ हुन्छ । श्री ६ भनेको ज्ञानलाई प्रधानता दिइएको हो  । अनी मात्र श्री ५ हुन्छ । पहिले हामी शास्त्रलाई प्राथामिकता दिन्छौं अनि मात्र सस्त्र । राज्य भनेको सस्त्र हो । 

० धेरै नेता पश्चिमाहरूबाट सञ्चालित छन् भन्नुभयो । अहिलेको सत्ता गठबन्धनलाई के भन्नुहुन्छ  ? 
माओबादी नेताहरूको ज्यान र धन बचाउनकै लागि मात्र यो सरकार बनेको हो । जसलाई पश्चिमाहरूकै बफादार कांग्रेसले साथ दिएको छ । हेर्नुस् माओबादी मुभमेन्ट भनेकै क्रिश्चियन मुभमेन्ट हो । किनभने माओबादी युद्धकालमा १० वर्षमा ११ हजार चर्च निर्माण भए नेपालमा । तपाईं आफै हेर्न सक्नुहुन्छ जहाँ जहाँ माओबादीका संगठन थिए त्यहाँ त्यहाँ चर्च बनेका छन् । उनीहरूले जहाँ जहाँ आक्रमण गरे हिदुत्व सखाप पार्ने गरी अक्रमण गरे । स्कूलस्कूलमा संस्कृत नपढाउन उर्दी जारी गरे । पुराण भन्दै गरेका पण्डितहरूलाई ल्याएर उधोमुन्टो बनाएर जिउँदै गाडे । संस्कृत पढाउनेलाई गोली ठोके । संस्कृतका महत्वपूर्ण ग्रन्थ जलाए । पृथ्बीनारायण शाहमाथि आक्रमण गरे । उनले निर्माण गरेका सबै कुरा भत्काए । किनकि उनीहरूलाई त्यसै गर्न लगाएका थिए पश्चिमाहरूले । पैसा पाए बापत माओवादीले पनि अह्राएको गरे ।  

त्यति मात्र हो र ? झण्डा फेर्नेदेखि लिएर नेपालको नाम फेर्नेसम्म प्रयास गरे । सुरु सुरुमा हामीले माओबादी अभियान र कथित जनयुद्ध भनेको क्रिश्चियन मुभमेन्ट हो भन्दा पत्यउँदैनथे । अहिले गाउँगाउँमा यो सन्देश पुगेको छ । त्यसैले अहिले अब तपाईँ हामी जस्तो मान्छेले गर्ने के हो भने जाति र पार्टीभन्दा माथि उठेर राष्ट्रका एजेण्डाहरूलाई सम्बोधन गर्नुपर्छ । चाहे पूर्व राजा ज्ञानेन्द्र हुन् या बिसे नगर्ची सबै राष्ट्रको हितमा लाग्न सक्यौ भने यस्ता नक्कली स्रोतहरू हराएर जान्छन् । यो खलनायकको युग चलिरहेको छ । यसमा कुनै दम छैन । जनतामा आफै जागरण आउने छ । हिजो पृथ्बीनारायण शाहको बिदा काट्नेहरू आज लज्जित छन् । जनतामा जागृति आएको छ । 

० तपाईंले त बाबुराम र सीके राउतमा कुनै भिन्नता छैन भन्नुभयो त्यो कसरी ? 
ती कसरी फरक हुन्छन् जो एउटै कुवाको पानी खान्छन् । बुझ्ने कुरा यहि हो । हिजो कस्तो मोडमा उनी तराईमा सीके राउतलाई साथ दिन पुगेका थिए । सीके राउतलाई नेपालमा स्थापित गराउने नै बाबुराम हुन् । अनि हेर्नोस् आज सीके राउत तराई टुक्य्राउने कुरा गरेर पक्राउ पर्दा बाबुराम मानवअधिकार हनन् भयो भन्छ । पूर्वराजाले एउटा नागरिकको रुपमा देश एकजुट हुनुप¥यो भन्दा बोल्ने अधिकार छैन भन्छ । को कोसँग जोडिएको छ यसैबाट थाहा हुन्छ नि । सीके राउत पक्राउ पर्दा प्रचण्ड र बाबुराम दुबैले मानवअधिकार हनन भयो भनेर विज्ञप्ति निकालेको देख्नु भएन ?  यी तीनैजना पश्चिमाका पाल्तु कुकुर जस्तै हुन् । जो एउटै स्वरमा भुक्छन् । 

त्यसैले न प्रचण्डले सीके राउतलाई पक्रन्छन् न बाबुरामले सीके राउतको बिरोध गर्छन् । पश्चिमाहरू जुन रुपमा जनजातिमा आन्दोलनका नाममा खर्च गरे त्यो रुपमा नेपालका जनजाति समुदाय उनीहरूको पछि लागेनन् । त्यसैले अहिले सम्पूर्ण रुपमा तराईमा त्यो शक्ति केन्द्रित छ । त्यसमा माओबादी हिजो जसरी लागेको थियो अहिले काग्रेस पनि सँगै लागेको छ । यसमा दरबारका मान्छे पनि फसेका छन् । त्यसैले यो अन्तिम हो । यो राष्ट्र पीडामा छ । त्यसैले सम्पूर्ण राष्ट्रबादी शतिm एक ठाँउमा आएर देशलाई ती जल्दादहरूबाट निकाल्नु पर्छ ।

(चक्रपथ अनलाइनबाट साभार)


Rating (Votes: )   
Share     Print


Other Articles:
सबै भन्छन्– पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण तर सम्मान खै ? (01.18.2017)
असफलता ज्ञानेन्द्रको टाउकोमा हालेर सत्ता जोगाउने प्रपञ्च भैरहेको छ : नेत्रविक्रम चन्द (01.12.2017)
अहिले देश अति नै दुखेको अबस्थामा छ- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट (01.04.2017)
केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ (12.29.2016)
संशोधन मार्फत कसलाई के अधिकार दिन खोजेको हो ?- भीम रावल (12.07.2016)
क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी (12.07.2016)
लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा (11.29.2016)
अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन (11.23.2016)
काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु (09.20.2016)
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत (08.25.2016)
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन” (08.09.2016)
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)
सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन् (07.14.2016)
“पर्यटकलाई नेपाली स्वागत शैली बेच्ने हो”- भवन भट्ट, उपाध्यक्ष एनआरएनए (06.21.2016)
मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी (05.17.2016)
नेपाल बुद्धको जन्मभूमि, व्यवहारिक र आध्यात्मिक थलो हो : पर्यटन मन्त्री पोख्रेल (04.12.2016)
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति (03.29.2016)
असफताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (03.15.2016)
कहिले चिनियाँ कार्डे, कहिले भारतीय कार्ड प्रयोग गर्ने मानसिकता हामी मुक्त हुनुपर्छ (02.18.2016)
पुनःनिर्माण भनेको भौतिक मात्र होइन, आर्थिक पनि हो - सुशील ज्ञवाली, पुननिर्माण प्राधिकरण (01.05.2016)



 
::| Latest News

 
[Page Top]