युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:12am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
सबै ठीकठाक भए ८० दिनमा चुनाव गरिन्छ
Tuesday, 02.28.2017, 11:24am (GMT+5.5)

० सरकारले ८२ दिनमा चुनाव गर्ने गरी मिति घोषणा गरेको छ आयोगको तयारी कस्तो छ ?
आगामी बैशाख ३१ गते निर्वाचन सम्पन्न गर्न सरकारको पत्र प्राप्त भएको छ । हामीले सरकारलाई निर्वाचनको मिति घोषणा गरेकोमा धन्यवाद दिएका छौँ । यससँगै हामीले आन्तरिक तयारीलाई तीव्र पारेका छौँ । बुधबारदेखि नै हामीले कानुनका लागि चाहिने नियमावली र निर्देशिकादेखि विभिन्न आन्तरिक तयारीहरू थालेका छौँ । यसका लागि आयोगको सचिवालयलाई रातदिन खट्न निर्देशन दिइसकेका छौँ ।

० निर्वाचन आयोगका चुनौती केके हुन् ?
चुनौती छन् । यसलाई मैले अवसरका रुपमा लिएको छु । राजनीतिक दलहरूवीचको समन्वयन, सहयोग र आपसी विश्वासको स्थिति हामीलाई चाहिएको छ । विशेष गरी निर्वाचनको वातावरण बनाउने काम नेपाल सरकारको हो र समन्वय गर्ने काम राजनीतिक दलहरूको हो । मैले यसलाई ठूलो चुनौतीका रुपमा लिएको छु । तैपनि व्यवस्थापन हुँदै जान्छ भन्ने विश्वास छ ।

अर्को चुनौती, निर्वाचनका लागि आवश्यक सामाग्रीहरूको व्यवस्थापन । यसअन्र्तगत मतपत्र छपाई हाम्रा लागि निकै महत्वपूर्ण कुरा हो । कागज बाहिरबाट ल्याउनुपर्छ । छोटो समयमा बाहिरबाट कागज खरिद गरेर जनक शिक्षाबाट मतपत्र छपाइ गर्नु निकै चुनौतीपूर्ण काम छ ।

यसबाहेक लजिस्टिकमा मतपेटिकाको पनि आवश्यकता छ । यदि ब्यालेट बक्स ल्याउन सकिएन भने अप्ठ्यारो पर्छ । जापान सरकारले ०७० को निर्वाचनमा केही निर्वाचन सामाग्रीहरू दिएको थियो, अहिले हामी त्यसको अध्ययन गर्दैछौँ । कुन सामाग्री कहाँ कति छ भन्ने अध्ययन गर्ने काम थालिसकेका छौँ । यीबाहेकका कुराहरूमा त आयोगका कर्मचारीले दिनरात गरेर तयारीको काम गर्न सक्छन् ।

मतदान केन्द्रका आधारमा मतदाता नामावली तयार गर्नुपर्ने छ । यो काम पनि चुनौतीपूर्ण छ । मतदाता नामावलीका लागि गाउँपालिकाको सीमाना, वडाको विस्तृत विवरण आवश्यक पर्छ । स्थानीय तहसम्बन्धी आयोगको रिपोर्ट चाँडो आयो भने काम गर्न सजिलो हुन्छ । हामीसँग पहिले भूगोलका आधारमा जुन २१ हजार मतदान केन्द्रहरू थिए, त्यसैका आधारमा जनशक्ति व्यवस्थापन र लजिस्टिकको तयारी गर्दैछौँ ।

० निर्वाचनका लागि १२० दिन आवश्यक थियो । तर, ४० दिन त त्यसै हरायो, अब बाँकी ८० दिनमा कसरी निर्वाचन गराउन सक्नुहुन्छ ?
जसरी होस्, हामी यो जिम्मेवारी पूरा गर्छौं । हामीले विगत ५–६ महिनादेखि नै निर्वाचनको तयारी गरिरहेका छौँ । त्यसकारण आधारभूत तयारी सकिसकेका छौँ, विशेष तयारीका लागि हामी मितिको पर्खाइमा थियौँ । त्यसकारण १२० दिन नै सबै निर्वाचनका लागि चाहिन्छ भन्ने हुँदैन ।
निर्वाचन कानुनले १२० दिनलाई निर्वाचन अवधि मानेको हो, तर त्योभन्दा कम दिनमा पनि निर्वाचन गर्न सकिन्छ । हामीले ८० दिनमा निर्वाचन गर्ने अठोट गरेका छौँ । यसका लागि निर्वाचन आयोगलाई धन्यवाद दिँदा हुन्छ ।

० निर्वाचन हुनेमा तपाई शतप्रतिशत ढुक्क हुनुहुन्छ ? जनमानसमा त चुनावै हुन्छ कि हुँदैन भन्नेमा अझै संशय देखिन्छ नि ?
सय वा एक प्रतिशतको कुरा होइन, निर्वाचनको मिति घोषणा भइसक्यो, निर्वाचन आयोग त्यसको तयारीमा जुटिसक्यो । अब जुनसुकै हालतमा निर्वाचन हुनेमा विश्वस्त हुन आग्रह गर्छु ।

० कतिपय मानिसहरूले करिब दुई दर्जन नियमावली र निर्देशिका बनेकै छैन, कसरी चुनाव हुन्छ भन्ने प्रश्न उठाउँदैछन् नि ? कहिले भ्याउनुहुन्छ, यी काम ?
हामीले यसको आन्तरिक तयारी धेरै अगाडि बढाइसकेका थियौँ । त्यसका लागि कुनै समस्या छैन । हामी यी काम चाँडै सक्छौँ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल शक्तिकेन्द्रहरूले खेल्ने रणनैतिक मैदान बनेको छ : पेशलकुमार निरौला (01.31.2017)
सबै भन्छन्– पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण तर सम्मान खै ? (01.18.2017)
असफलता ज्ञानेन्द्रको टाउकोमा हालेर सत्ता जोगाउने प्रपञ्च भैरहेको छ : नेत्रविक्रम चन्द (01.12.2017)
अहिले देश अति नै दुखेको अबस्थामा छ- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट (01.04.2017)
केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ (12.29.2016)
संशोधन मार्फत कसलाई के अधिकार दिन खोजेको हो ?- भीम रावल (12.07.2016)
क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी (12.07.2016)
लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा (11.29.2016)
अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन (11.23.2016)
काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु (09.20.2016)
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत (08.25.2016)
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन” (08.09.2016)
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)
सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन् (07.14.2016)
“पर्यटकलाई नेपाली स्वागत शैली बेच्ने हो”- भवन भट्ट, उपाध्यक्ष एनआरएनए (06.21.2016)
मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी (05.17.2016)
नेपाल बुद्धको जन्मभूमि, व्यवहारिक र आध्यात्मिक थलो हो : पर्यटन मन्त्री पोख्रेल (04.12.2016)
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति (03.29.2016)
असफताको जिम्मेवारी मैले मात्र किन लिने ? भावना घिमिरे (03.15.2016)
कहिले चिनियाँ कार्डे, कहिले भारतीय कार्ड प्रयोग गर्ने मानसिकता हामी मुक्त हुनुपर्छ (02.18.2016)



 
::| Latest News

 
[Page Top]