युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:12am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
सुखको खोजीमा मात्र हिंड्यो भने त्यसले कर्मलाई आफंै पर धकेलिदिन्छ
Wednesday, 07.26.2017, 03:00pm (GMT+5.5)

वरिष्ठ कलाकर्मी नीर शाह 
नेपालमा टेलिभिजन स्थापना गरेर इतिहास बनाउनुभएका वरिष्ठ कलाकर्मी नीर शाह रंगमञ्च, चलचित्रका कुशल अभिनेताका साथै साहित्यसर्जक पनि हुनुहुन्छ । वजनदार आवाज अनि खारिएको अभिनयले जोकसैलाई प्रभावित पार्ने क्षमता राख्ने शाहको जीवनदर्शन आफ्नै किसिमको छ । अत्यन्त बौद्धिक तर्क गर्न रुचाउने शाहको बुझाईमा जीवन र अभिनयका विषयमा गरिएको यो कुराकानी यहाँहरु समक्ष प्रस्तुत छ–
० आजसम्मको अनुभवमा जीवन के रहेछ ? 
त्यति सजिलै जवाफ दिन सकिने बिषय होइन यो । यसको अर्थ ठ्याक्कै यहि हो भनेर कसैले पनि पत्ता लगाउन सक्दैनन् जस्तो लाग्छ मलाई । कसैसँग जीवनको ठोस परिभाषा छ भने मलाई पनि भन्दिनुहोला । म पनि जीवनको एकमुस्ठ जवाफको खोजीमा छु । 
तर पनि मेरो बुझाइमा मर्दासम्म पनि लिइरहने फरक–फरक अनुभवहरुको संगालो मात्र हो जीवन । बिभिन्न आवेगहरुको, राप, सन्ताप र खुसीका झिल्काहरुको भण्डार हो जीवन । 
० जीवनले तपाँइलाई के सिकायो ? 
जीवनले मलाई कर्मशील हुन सिकायो । जो कर्मशील छ उसका लागि उसले चाहेको चिज आफैं वरिपरी आउँछ । त्यसैले मलाई जीवनले कर्मशील हुनुपर्छ भन्ने सिकायो । सुखको खोजीमा मात्र हिंड्नुभयो भने त्यसले कर्मलाई आफंै पर धकेलिदिन्छ । तर, कर्ममा रमाउँदै अघि बढे खुसीका साथमा सुख आउँछ । कर्म छोडियो भने जीवनभरी खुसी खोजेको खोजै वित्छ, न खुसी भेटिन्छ न सुख । आफ्नै वरिपरी सम्पूर्ण सुख उपस्थित छन् । त्यसको पहिचान गर्न र सन्तुष्टि प्राप्त गर्न नसक्नु जीवनको सबैभन्दा ठूलो कमजोरी हो भन्ने मेरो जीवनले सिकायो ।
० जीवनको प्राप्ति चाहिँ के रहेछ ? 
जीवनको प्राप्ति भनेको सन्तुष्टि हो, बस् यो भन्दा बढी प्राप्ति हुँदैन । सबैभन्दा दूर्लभ प्राप्ति पनि त्यही नै हो । अरु केही पनि छैन दुनियाँमा । सन्तुष्ट होउ अनि जीवन जीउ । 
० अभिनयले जीवन अभिब्यक्त गर्न सक्छ ? 
अभिनयले जीवन हैन जीवनका केही पाटाहरु अभिब्यातm गर्दछ । सम्पूर्ण जीवन अभिब्यक्त गर्न त जीवन बाहेक अर्को बिकल्प नै छैन । जीवनको बिकल्पमा अर्को केही बस्तु निर्माण भएको छैन कि त्यसले सम्पूर्णतामा जीवन अभिब्यक्त गरोस् । 
हरेक विषयले जीवनका केही कुरा अभिब्यक्त गर्न सक्छहोला । त्यसमध्ये अभिनय पनि एक हो । तर त्यो अभिनयलाई कुन गहिराईमा आफूले ग्रहण गर्नुभएको छ त्यसको मात्रात्मकताको आधारमा त्यति नै जीवन देख्न सकिन्छ । तर जीवनका सिंगै पाटाहरु त बाँकी नै हुन्छन् । 
० जीवन जिउने कला र अभिनय कलामा के फरक रहेछ ?
अभिनय गर्न सकिने कला हो । जीवन गर्न सकिने कला होइन । कोही जीवन जीउने कला गरिरहेको छ भने उसले प्राकृतिक जीवन जिएको छैन भन्ने बुझ्नु पर्छ । त्यो जीवन जीउने अभ्यास हो । त्यो जीवन जस्तै देखिए पनि साँचोमा जीवन होइन । नदी हेर्नुस न, नदीले बेग र बाटो आफैं सिर्जना गर्छ नि, त्यस्तै जीवनले पनि आफ्नो बेग र बाटो बनाउदै अगाडि बढेको हुन्छ । यदि त्यसलाई कुनै पनि कलामा ढाल्ने प्रयत्न गरियो भने त्यसको प्राकृतिकता मरेर जान्छ । 
नदी आफ्नै बेगमा हिडेमा मात्र नदी हो । त्यसलाई त्यतिनै बराबरको पानी लिएर अर्कोतिर फर्काउँ त, त्यो नदी होइन त्यसको नामै फरक हुन्छ । त्यो त नहर हो । त्यसैले जीवनलाई प्राकृतिक रुपमा बग्न दिनुपर्छ अनि मात्र त्यो जीवन हुन्छ । नभए त त्यो जीवन नै होइन नि । 
आजकालका मानिसहरु जीवन त्यसरी बाँच्छन् । त्यसैले जीवन दिन प्रतिदिन झनै कृत्रिम बन्दै गएको देख्छु म । अध्यात्मिक भएर हेर्दा अहिलेका गर्नै पर्ने भनेर अगाडि आएका कुरा सबै कृत्रिम हुन् जसले साँचो जीवनको रौनकता गुमाउँदै लगेको छ ।  
जीवन स्वयंमा एउटा महत्वपूर्ण कला लिएर हुर्किरहेको हुन्छ । त्यसलाई संसारिक कुनै कलाले छुदैन, कतै बाट पनि  । जीवनले हरेकलाई एक एकवटा बरदान दिएको हुन्छ । त्यो हो मान्छे भित्र हुर्कने मान्छे । त्यस भित्र कलाकार, पत्रकार, समाजसेवी श्रृजनाका अनेकन श्रोतहरु लुकेको हुन्छ । त्यसलाई हरेकले कत्तिको जगाउन सक्यो र त्यसमा खुलेर रमाउन सक्यो त्यो हो जीवन ।  
० कुनै पात्रको चरित्रमा अभिनय गर्दा तपाईंभित्रको चरित्र चाहीं कता हराएको हुन्छ ? 
आफ्नो चरित्रलाई अभिनय गरेको चरित्रसँग जति टाढा राख्न सक्यो अभिनय कलामा त्यति नै बढी निपुणता पाउन सकिन्छ । अभिनय भनेको अभिनय हो । त्यो अभिनयको समयमा मात्र साथ हुन्छ । अनि अभिनय सकिएपछि उ उसको रियल जीवनमा आउँछ । 
आफू र अभिनय गर्न लागेको चरित्र दुईटा भिन्नाभिन्नै ब्याक्तित्व हुन् । जो अभिनेताहरु विश्वमा चिनिन्छन्, ती सबैलाई हेरेर के बुझ्नुपर्छ भने जसले आफ्नो चरित्र टाढा राखेर अभिनयमा चरित्रको चित्रण गरे उनीहरु नै  सफल भए । 
मार्लिन ब्रान्डोले गड फादरको चरित्र निर्वाह गर्दा उनको चरित्रलाई भुलेर उनी गड फदरको चरित्रमा उत्रिए र उनी विश्व चर्चित बने । त्यसैले जति अभिनयमा आफूलाई भुल्न सकिन्छ त्यो अभिनय नै सबैभन्दा राम्रो हुन्छ । 
० आफूले अभिनय गरेको पात्रताले तपाँईलाई रुवाएको छ ? 
छ, किन नरुवाउनु ? धेरै पटक रोएको छु । धेरै पटक हाँसेको छु । क्रुर भूमिका निर्वाह गर्दा मलाई मसँगै कति रीस उठेको छ । छोरी भन्ने सिनेममा गौरी माल्लसँग अभिनय गर्दा छोरीलाई अन्माएर पठाएको अभिनय गर्दा साँच्चै रोएको थिएँ म । त्यस्तै अनेकांै उदाहरण छन् मसँग । रोएका र अभिनयकै क्रममा हाँसो रोक्नै नसकेर हाँसेको छु । 
० कस्तो बेला साँचो नीर शाह आफूनजिक हुन्छ ? 
म बढी नै एक्लै बस्न रुचाउँछु, जहाँ म मात्र रहुँ । मभित्र सुसुप्त रहेको नीर शाह त्यो बेला मात्र म हेर्न सक्छु । त्यसरी एक्लो हुँदा आफूलाई म नजिक पाउँछु र साँचो मसँग कुरा गर्न पाउँछु । कहिलेकाहीं म आधा दिन नै आँखा चिम्म गरेर मसँग बिताउँछु ।
साँच्चै मैले चाहने कुरा पनि यहि हो ।  त्यस्तो समय म मेरो मसँग कुरा गर्छु । बादबिबाद गर्छु । यस्तो सबैको जीवनमा हुन जरुरी छ । किनकि यसले म को हुँ भन्ने चिनाउँछ र आफूलाई ‘म’को नजिक पु¥याउँछ  । जीवन निर्बाह गर्दा गरिने एउटा पाटो हो त्यो आत्मबिश्लेशण । त्यो सबैले गर्नुपर्छ ।  
० कस्तो पात्रको अभिनय गर्दा तपाँइको छाती गर्वले फुलेको छ ?
केही खुसी हुनु स्वाभाविक हो । तर मैले आकासै छुने त्यस्तो खुसीका क्षणका रुपमा केहीलाई पनि लिइनँ । केही दुःखमै रोइहाल्ने र केही खुसीमै छताछुल्लै हुने म कहिल्यै भइनँ । दुबै कुरालाई बीचैमा राखेर हिडे म सधैं । त्यसैले ती दुबै कुरा मेरो सिकाईका पाटा थिए । एसएलसी पास हुँदा मेरो सिम्बोल नम्बर गोरखापत्रमा देखेँ खुसी लाग्यो । अस्कर अवार्ड महोत्सबमा जब म प्रबेश गरँे खुसी लाग्यो । नेपालमा टेलिभिजन सुरु भयो, प्रत्यक्ष देखेँ मलाई खुसी लाग्यो । दरबार हत्याकाण्डमा मेरा परिवारका सदस्य गुमाएँ मलाई दुःख लाग्यो । त्यस्तै बुबालाई अस्पताल राखिएको थियो अन्तिम अबस्थामा हुनुहुँदोरहेछ मैले यस्तो गर्न सकिनँ भनेर मलाई सुनाउनु भाथ्यो त्यो बेला दुःख लाग्यो । यस्ता दुःख सुख हुन्छन् तर मैले आफूलाई कहिल्यै तलमाथि गराइनँ । न खुसीमा न दुःखमा । 
० अभिनय गर्दा संवाद र भाव मध्ये कुन बढी शक्तिशाली हुने रहेछ ? 
अभिनयमा प्रत्येक साना ठूला कुराहरुले त्यति नै महत्व राख्छ । तर शब्दले बोल्नै नसक्ने कुरा पनि भावले बोल्न सक्छ भने भावका सबै कुरा शब्दमा उतार्न सकिँदैन । संबादमा जस्ताको तस्तै ल्याउन सकिंदैन संवादलाई पनि डो¥याउने सामथ्र्य भावले राख्ने हुनाले भाव शब्दभन्दा बढी शक्तिशाली हुन्छ । 
० अभिनय हो चाहीँ के त  ? 
अभिनय भनेको एक अर्थमा भन्दा एक्सप्रेसन अफ योअर्स इम्प्रेसन । कुनै पनि मन त्यो बस्तुबाट प्रभावित नभई त्यसबारे केही भन्नै सकिंदैन । कुनै पनि कुरालाई अनुभुत नगरी अभिब्यक्त गर्न सकिन्न । आफूमा अन्य चरित्र हाबी हुन दिई अभिब्यक्त हुनु अभिनय हो ।  
० तपाइँ अभिनयमा प्रवेश गर्दाको समयको धरातलमा उभिएर हेर्दा अहिलेको स्थान कहाँ छ ? 
त्यो बेला भन्दा अहिले केही प्रबिधिक ज्ञान बढाएको छु ।  त्यो बेलाको यो अभिनय कलामा सिक्ने चेष्टा जति थियो अहिले पनि त्यसको मात्रामा कमी छैन, उस्तै छ । पहिलो दिन अभिनय गर्न जाने दिन जुन चेष्टा, जुन निष्ठा जुन उत्साहमा जान्थेँ अहिले पनि त्यसैगरी अभिनयमा जान्छु । निश्चय नै अभिनय कलामा ज्ञान चाहीं यो पचास बर्षको अवधीमा बटुलेको छु । 
० अभिनयमा तपाइँको कोही गुरु छ ?
चलचित्र क्षेत्रको गुरु नै स्वर्गीय हिरा सिंह हुनुहुन्छ । उहाँले खेलेका चलचित्र अभिनेताका रुपमा जेजति खेल्नु भयो ती सबै उत्कृष्ट थिए । उहाँले निभाएका चरित्र जिवन्त थिए । 
० आफ्नो जीवनको सबैभन्दा सुन्दर पक्ष के हो भन्ने लाग्छ ?
आफंैलाई हेरेर म भन्न सक्छुः जीवनमा म सन्तुष्ट छु । म एक्लै बसेर गीत लेख्छु यो कुनै बजारमा जाओस श्रोता पाओस् भनेर होइन । सन्तुष्टिको लागि मात्र । १२ बजे राती उठेर पनि कहिलेकाहीं गीत लेख्न बस्छु र सोचेभन्दा धेरै लेख्छु । त्यो कसैले देखेको सुनेको हुन्न, तर जति पटक हेरे पनि खुसी लाग्छ । मन फुरुङ्ग हुन्छ । यही कुरा हो  मेरो सुन्दर पक्ष ।  
० आजसम्म कसैबाट हेपिएको महसुस गर्नुभएको छ ? 
खपेको छु त्यस्तो पनि, कति पटक कति पटक । बिनाअर्थ दोष पाइन्छ भने संबेदनशीलतामा चोट पु¥याइन्छ भने को दुख्दैन होला र ? एउटा मात्र घटना भएको भए सुनाइदिन्थेँ तर, त्यस्तो धेरै पटक भएको छ । तर त्यसलाई सामान्य बनाउँदै चल्ने हो । तपाइँकै जस्तो हुनलाई त सबै तपाइँ जस्तो हुनुप¥यो । सामान्य रुपमा एउटा मान्छेको बिचार, अनुहार अर्को मान्छेको अनुहार, विचारसँग मिल्दैन त्यस्तै एउटा मान्छेको अनुभव र बुझाई अर्को मान्छेसँग मिल्दैन । मलाई राम्रो लागेको कुरा उसलाई नराम्रो लागेको हुनसक्छ । त्यसैले दुबै तर्फबाट सोचेँ, आफ्नो तर्फबाट मात्रै सोचेर कहिल्यै बसिनँ ।  
० जीवनको सबैभन्दा ठूलो खुसी के हो जुन तपाईले भोग्नुभयो ? 
मलाई धेरै खुसी लागेको नेपालमा टेलिभिजन प्रसारण सुरु हुँदा हो । त्यसबेला म धेरै खुसी भएँ । 
उमेर बढ्दै गएपछि बिचारहरु फेरिंदै जान्छन्, तपाईका फेरिएका बिचार के के हुन् ? 
सानो हुँदा कहिले चालीस पचास वर्षको हुँला र धेरै कुरा सिकौंला भन्ने मनले सोचिरहन्थ्यो । अहिले त्यसको ठ्याक्कै उल्टो छ । म त्यही सानो बेलामा फर्कन पाए कस्तो हुन्थ्यो जस्तो लाग्छ । 
उमेरले नै विचार बोकेर हिडेको हुन्छ । हिजो जीवन कति ढिलो हिंडेको जस्तो लग्थ्यो । अहिले ओहो कति चाँडै गएछ भन्ने लाग्छ । अनुभव चाँही साथ हुन्छ तर पहिलेको अबस्थाको लोभ जागेर आउँछ यो बेला । 
० पछुतो लाग्ने केही काम गर्नुभएको छ जीवनमा ?
मैले जीवनको १० वर्ष ब्यापारमा हात हालेर गलत गरेँ । त्यो नगरेको भए केही गरिनँ भनेर मन असन्तुष्ट हुन्थ्यो । ब्यापारमा हात हालेर धेरै सिकेँ । म जे कुरालाई पनि पोजेटिभली हेर्ने गर्छु । त्यसैले त्यो ब्यापारले पनि मलाई सिकायो भन्छु ।  
० दुःख चाही के रहेछ ? 
म अत्यन्त कष्टपूर्ण अवस्थाबाट हुर्किएको मान्छे हुँ । सबैभन्दा दुःखको चित्र तपाँइको दिमागले के कोर्न सक्छ म त्यही अभाव र कष्टमा हुर्किएको मान्छे हुँ । पीडा, दुःख, अभाव केही कुराको कमी नभएको बिगतले मलाई हुर्कायो । मान्छेले थर देखेर मलाई अर्कै बुझ्छन् । तर मेरो बिगतले जति अभाव र त्यो छट्पटाई कमैले भोगेका होलान् भन्ने मलाई लाग्छ । 
जीवनमा जति दुःख देखेको छु त्यसको एक प्रतिशत पनि तपाइँले देख्नुभएको छैन । म जन्मदै कमै मान्छेले खेप्न नपर्ने परिस्थिति थियो । त्यही हाहाकार र असहज परिस्थितिले मलाई हुर्कायो । अनि तपाइँले कसरी भन्न सक्नुहुन्छ नीर शाह हाईफाई परिवारमा हुर्कियो भनेर ? मलाई लाग्छ मेरो बारेमा बाहिर गलत बुझाई छ ।  
यसै कारण जीवनले मलाई रुन, हाँस्न, भाबुक हुन सबै सबै सिकायो । मैले जीवनका धेरै उतार चडावहरु देखेको छु । मान्छेले अभावलाई दुई किसिमले जोडेका हुन्छन् । एउटा चाहनाले सिर्जना गरेका अभाव र अत्यावश्यक आवश्कताले श्रृजना गरेको अभाव । जसमा न्युनतम आवश्यकताको समेत परिपूर्ति समेत गर्न नसक्ने खालको अभाव । तिनै न्युनतम आवश्यकता पनि परिपूर्ति नभएको अभावमा बितेको थियो मेरो बिगत । बरु जीवनमा सुखका अनुभुतिहरु छैनन् होला, दुःखका बारेमा ठेली ठेली काब्य तयार हुने अनुभव छन् मसँग ।  
(चक्रपथ अनलाइनबाट)


Rating (Votes: )   
Share     Print


Other Articles:
पार्टी खोलेर मात्रै हुँदैन एजेण्डा पनि सही हुनुप¥यो– अनिता यादव (06.28.2017)
सबै ठीकठाक भए ८० दिनमा चुनाव गरिन्छ (02.28.2017)
नेपाल शक्तिकेन्द्रहरूले खेल्ने रणनैतिक मैदान बनेको छ : पेशलकुमार निरौला (01.31.2017)
सबै भन्छन्– पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण तर सम्मान खै ? (01.18.2017)
असफलता ज्ञानेन्द्रको टाउकोमा हालेर सत्ता जोगाउने प्रपञ्च भैरहेको छ : नेत्रविक्रम चन्द (01.12.2017)
अहिले देश अति नै दुखेको अबस्थामा छ- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट (01.04.2017)
केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ (12.29.2016)
संशोधन मार्फत कसलाई के अधिकार दिन खोजेको हो ?- भीम रावल (12.07.2016)
क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी (12.07.2016)
लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा (11.29.2016)
अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन (11.23.2016)
काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु (09.20.2016)
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत (08.25.2016)
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन” (08.09.2016)
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)
सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन् (07.14.2016)
“पर्यटकलाई नेपाली स्वागत शैली बेच्ने हो”- भवन भट्ट, उपाध्यक्ष एनआरएनए (06.21.2016)
मानिसले तोडफोड गर्ने र सिध्याउने काम मात्र गर्यो - विक्रम पाँडेकाजी (05.17.2016)
नेपाल बुद्धको जन्मभूमि, व्यवहारिक र आध्यात्मिक थलो हो : पर्यटन मन्त्री पोख्रेल (04.12.2016)
नेपाललाई चीनले समुद्रसम्म जान दिनैपर्छ : रविन्द्र अधिकारी सभापति विकास समिति (03.29.2016)



 
::| Latest News

 
[Page Top]