युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:24am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
माओवादीसंग मिलेर एमालेलाई सिध्याउने कि आफू सिद्धिने हो ?
Tuesday, 09.12.2017, 11:56am (GMT+5.5)

सुजाता कोइराला 
० देशमा निर्वाचनको माहौल छ, कांग्रेसको चुनावी तयारी कस्तो छ ?
निर्वाचनमा पार्टी जाँदै छ । पार्टीबाट कस्तो व्यक्तिलाई टिकट दिइएको छ, धेरै कुरा त्यसले निर्भर गर्छ । नेतृत्वले एकपक्षीय ग¥यो भने राम्रो रिजल्ट आउँदैन ।

० टिकट वितरण नेतृत्वमा बस्नेले एकपक्षीय रुपमा गरेको छ भन्न खोज्नु भएको ? 
अब त्यो अझै हेर्न बाँकी छ, म भन्न त भन्दिनँ । साथीहरुले भन्दा चाहिँ अली पक्षपात भएको छ भन्छन् । त्यो भएको खण्डमा नेपाली कांग्रेसले धेरै क्षति ब्यहोर्नुपर्ने हुन्छ । त्यसैले सबैलाई समेटेर लिएर जानुपर्छ भनेर हामीले बारबार त्यो म्यासेज दिइरहेका थियौं । जस्तो अब पार्टीभित्र गुट छ, उपगुट छ, धेरै गुटहरु छन् । यता एकदम बलियो गु्रप छ । जुन पहिल्यै देखिन् चुनाब लड्दै आइरहेको, गिरिजाबाबुको पालादेखिन् । बीपी र गिरिजाबाबुको विचारलाई अगाडी बढाउने जुन एउटा ठूलो समुदाय छ उनीहरुलाई माइनस गरेको हो कि भन्ने फिल भईरहेको छ ।

० भनेपछि नेतृत्वले कांग्रेसको ओरिजिनल विचारलाई समेट्न सकेन भन्ने हो ?
हो, त्यो ग्रुप जुन बीपी र गिरिजाबाबुको धारलाई बोकेर हिंडेको छ । जुन ग्रुप देशभरी छ र कांग्रेसको आस्था बोकेको विचारको मूल ग्रुप हो । पार्टीको विचारलाई लिएर हिंड्ने त्यो समूहलाई कमजोर पार्ने, त्यो समूहलाई बाहिर राख्ने जुन प्रयास भइरहेको छ, त्यसले चाहिँ कांग्रेसको राम्रो नतिजा आउँदैन । किनभने तराईका जनताले पनि कांग्रेस भनेर त्यही धारलाई मानेको हो । बीपी र गिरिजाबाबुको जुन विचार छ, तराईमा पनि त्यो विचारलाई बेवास्ता गरेर जाँदा समस्या आउँछ ।  यो विचारलाई मान्ने गु्रप नै त्यहाँ बलियो छ । त्यसैले उनीहरुलाई समेटेर लिएर नगए पार्टीलाई क्षति पु¥याउँछ, एकदम स्पष्ट छ ।

० केही समय अगाडि तपाईं, महामन्त्री शशांक कोइराला, शेखर कोइराला जस्ता कोइराला विरासतसँग गासिनुभएका नेताहरु बैठक बस्नुभयो नि, त्यसले के म्यासेज बाहिर ल्याउन खोज्नुभएको हो ? 
हैन, हामीहरु कहिल्यै पनि नमिलेको हैन । तर हामी मिल्दा पार्टी बलियो हुन्छ । कांग्रेसको यो एउटा धार बलियो हुन्छ भनेर त्यसलाई फुटाउने टुटाउने धेरै प्रयास भएको छ । हामी एक हुँदा त्यसलाई टुटाउने फुटाउने जसले प्रयास गरेको छ, उनीहरुलाई पनि यो फुटाएर त फाइदा छैन । जब उनीहरुलाई सजिलो हुन्छ टुटाउने फुटाउने गर्छन्, जब उनीहरुलाई फाइदा हुँदैन तब मिलाउने कोसिस गर्छन् । त्यसैले हामी कसैको लागि मिल्ने होइन । कुनै पनि शक्तिको लागि हामी तीनजना मिल्ने होइन । जनता र देशको लागि मिल्ने हो ।  

० बीपी र गिरिजाबाबुले अगाडि सार्नुभएका विचारमाथि अहिले चुनौती खडा भएको महसुस गर्नुभएको हो र ? 
हेर्नुस्, बीपीको विचारलाई सिध्याउने ठूलो प्रयास भएको छ । म त्यो विचारका पक्षमा उभिएकाले मलाई धेरै ठूलो चुनौती छ । बीपीको विचार हो । गिरिजाबाबुले त्यसलाई अगाडि बढाएको हो । गिरिजाबाबु हुनुहुन्न तर, अहिले आएर गिरिजाबाबुलाई नै सिध्याउने एउटा ठूलो प्रयास छ । त्यो प्रयास पार्टी भित्रैबाट छ । त्यसको मतियार मलाई पनि बनाउन खोजिएको छ । आज ममाथि ठूलो अट्याक भएको छ, सबैलाई थाहै छ । त्यो मैले भन्नै पर्दैन । यो सबै पचहत्तरै जिल्लाले बुझेको छ । कांग्रेसमा बीपीको विचार र गिरिजाबाबुले अघि सारेको मान्यतालाई कमजोर पार्न म माथि प्रहार भइरहेको छ । त्यस्तै गर्दै जाने हो भने पार्टी पनि कमजोर हुन्छ, देश पनि कमजोर हुन्छ र प्रजातन्त्र पनि कमजोर हुन्छ । अहिले नेपाली कांग्रेसमा प्रजातन्त्र बलियो बनाउनु पर्ने आवश्यकता छ । पार्टी बलियो बनाउनुपर्ने आवश्यकता छ । 

नेपाली कांग्रेस पार्टीले प्रजातन्त्रमा विश्वास गर्छ भनेर मात्र हिंड्ने र बीपीका विचारहरुलाई त्याग्दै जाने हो भने नेपाली कांग्रेसलाई जनताले साथ दिंदैनन् । नेपाली कांग्रेसले प्रजातन्त्रलाई आघात गर्ने निर्णयहरु लिने, नेपाली कांग्रेसले बीपीको नाम मात्र लिने विचारलाई त्याग्ने, कांग्रेसको, प्रजातन्त्रको लोगोको हिसाबले मात्रै लोगो देखाएर हिंड्ने गरेर हुन्छ ? यसरी कांग्रेस टिक्छ ? कांग्रेसले यस्तै गरिरह्यो भनेदेखिन् यो चाहिँ नसोच्नु कि हामी नेपाली कांग्रेसलाई साथ दिइराख्छौं । कांग्रेसले अर्कैको विचार बोकेर हिंडेपछि हामी साथ दिन्छौं ? दिदैनौ । त्यसैले नेपाली कांग्रेसलाई बचाउने हामी प्रयास गरिरहेका छांै । कांग्रेसको विचारलाई छोड्ने र नेतृत्वमा बस्नेले यो नसोच्नु कि जसले यो गरिरहेको छ तिनीहरुले जे गरे पनि कांग्रेसलाई जनताले भोट हालिराख्छ । त्यो चाहिँ नसोचे हुन्छ, कल्पना पनि नगरे हुन्छ ।

० तपाईंले माओवादीसँग पार्टीको हिमचिम र तालमेललाई संकेत गर्न खोज्नु भएको हो ?
हो, कांग्रेसले त्यो बिलकुलै गलत कुरा गरेको छ । नेपाली कांग्रेस आफैंले जित्नसक्ने पार्टी हो, आफ्नै बलबुताले बनेको पार्टी हो, यसको नीति छ, आफनै क्यापासिटी छ । कांग्रेसलाई किन माओवादी चाहियो ? के कारण हो ? यो एकदम शंकाजनक छ । आफ्नो विचार छोडेर माओवादीसँग के हो यो ? माओवादीलाई किन तराईमा नेपाली कांग्रेसले यत्रो मरिमेटी गरिकन स्ट्याबलिष्ट गर्न खोजेको ? के कारण कांग्रेसले आफ्नो बाटो छोडेर हिंड्यो ? म अहिले चुनावको बेला केही पनि बोल्दिनँ । यो चुनाव सकियोस्, मेरो आफनै धारणा छ त्यसपछि बोलौंला । म आफूमाथि आक्रमण हुँदा पनि खपेर कांग्रेसले लिएको गलत बाटोका बारेमा केही नबोली बसेको छु ।

० तपाईंमाथि आक्रमण भयो भन्नुभयो, कस्तो आक्रमण भयो तपाईंमाथि ?
ममाथि जहिल्यै आक्रमण भइरहेको छ । गिरिजाबाबुको छोरी भएर ममाथि आक्रमण भइरहेको छ । जिल्ला जिल्लामा उहाँको संगठन बलियो छ । कांग्रेसको संगठन छ भने उहाँले बनाएको संगठन मात्रै छ । म जिल्ला जिल्ला गएर हेर्छु गिरिजाबाबु मरेर पनि बाँचिरहनु भएको रहेछ । पार्टीभित्रैबाट प्रहार भैरहेको छ, बाहिरको त छोडिदिनुस् । पार्टीले आक्रमण गरिरहेको छ त्यसको भोगी म पनि भइरहेको छु । यो चुनाव सकियोस् अनि म बोल्छु । अब मलाई कसैसँग डर पनि छैन । न कसैसँग लेना छ, न देना छ । त्यसैले मलाई कुनै डर छैन । फरबार्ड बोलेको छु, म कुनै झुट बोल्दिनँ ।

० तपाईले पार्टीको लाइन भन्दा विपरित बोलेर पो आक्रमण भएको हो कि ? तपाईले केपी ओलीको सरकार ढाल्नु गल्ती हो भनेर एकपटक भन्नुभएको थियो । पार्टीले नयाँ गठबन्धन बनाइराखेको समयमा यस्तो बोल्नु हुँदैन भनेको हो कि पार्टीले ?
मैले कसरी त्यो कुरा गलत बोलेँ ? केपी ओलीको सरकार ढाल्यो भनेदेखिन् देशमा अस्थिरता आउँछ विदेशीले खेल्छन् भनेको हो । ओलीको सरकार ढाल्नु हुँदैन, अहिले मिलेर जानुपर्दछ, राष्ट्रिय एकता सहमति मेलमिलाप गर्नु पर्दछ भनेको हो । त्यो कुरा कसरी गल्ती भयो ? त्यो कुरा अहिले प्रमाणित भएन र ? राजाले गलामा फाँसीको फन्दा हाल्दा त बीपीले राष्ट्रिय मेलमिलाप भन्नुभयो । ट्याक्टफुल हुनुप¥यो नि पार्टी । देश बचाउनका लागि, आफनो पार्टी बचाउनको लागि, आफ्नो सिद्धान्त बचाउनको लागि अलि क्लेभर र स्याक्रिफाइस पनि गर्न सक्नु प¥यो । त्यसमा के मैले के गल्ती बोलेँ ? ठीक बोलेको छु । अहिले पनि त्यही भन्छु म । केपी ओलीको सरकार ढाल्दा त्यसबेला त्यो गल्ती भएकै छ । त्यसपछि अस्तिरथा आयो । त्यो सरकार ढाल्ने बितिक्कै अस्थिरता आयो ।  कहिलेकाहिँ दुई स्टेप पछि हट्दा तपाईंलाई बढी फाइदा हुनसक्छ । जहिल्यै पनि अगाडि जान्छु भन्दा फेरि तपाईं तल झर्न सक्नुहुन्छ । यस्तो बोल्दा मैले के गल्ती गरेँ ? मैले एकदम ठीक बोलेको छु । राइट टाईमामा राइट बोलेको छु । धेरैले मलाई भनिरहेका छन्– तपाईंले ठीक भन्नुभयो । ल हेर्नुस् ओलीको सरकार ढालेपछि कति अस्थिरता आयो ? त्यसपछि के के भएन ? कसको लागि सरकार ढालेको ? नेपाली जनताको लागि ढालेको हो भने त औचित्य पुष्टि हुनु परेन ? 

० केपी ओलीको सरकारलाई चाहिँ तपाईंले किन यति धेरै प्रसंशा गनुभएको ? 
मैले प्रशंसा ग¥या होइन । केपी ओलीले मात्रै काम गर्न सक्छन्, हामीले गर्न सक्दैनौं भन्या होइन । काम त गर्नुप¥यो नि । कांग्रेसले पनि काम ग¥या थियो । मान्छे सही ठाउँमा आयो भने काम त गर्दाे रहेछ नि । कांग्रेसले पनि काम गरेर देखाउनुपर्छ यतिकै बीपी भनेर त हुँदैन नि । खाली बीपीको जन्मदिन मनाएर त मान्छे प्रभावित हुँदैनन् । बीपीलाई भजाएर, भजन गाएर पार्टी अगाडि बढ्दैन नि । विकास हुनु प¥यो । विकास गर्ने के छ त भिजनहरु त्यो दिनु प¥यो । हामीले अब विकासको कुरा गर्ने हो । अब विकासलाई लिएर अगाडि बढ्ने हो । काम नपाएको जस्तो गर्ने होइन । अलिकता त हुनु प¥यो नि बौद्धिकता पार्टीमा पनि ।

० प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा बोलेका कुरालाई कसरी लिनुभएको छ ?
हैन, अहिले म धेरै बोल्दिन । चुनाव छ, धेरै बोल्दा पार्टीलाई यस्तो ग¥यो उस्तो ग¥यो भन्ने आरोप लगाउँछन् । चुनावपछि धेरै बोलौंला । चुनावको रिजल्ट हेर्नुस् कस्तो आउँछ त्यसपछि बोलैला ।

० काँग्रेसलाई बचाउन चाहिँ के गर्नुपर्छ तपाईको विचारमा  ?
जसरी गिरिजाबाबुले पहिला पहिला पूरा मुलुकलाई लिड गर्नुहुन्थ्यो । त्यसरी लिडगर्ने नेतृत्व चाहियो सबैभन्दा पहिला त कांग्रेसलाई बचाउने हो भने । भिजनरी नेता चाहियो जसले फस्ट प्रायोरिटी यो देश अनि जनतालाई दिनु प¥यो । अनि मात्र अरु कुरा गर्ने हो । नेपाली कांग्रेसभित्र त्यो नहुञ्जेलसम्म यो पार्टीले धेरै ठूलो क्षति हुनसक्छ । जनताले नबुझेको त छैन यो कुरा । यो सबैले बुझेको छ, मान्छेले नभनेको मात्रै हो, कोही नबोलेको मात्रै हो । मैले आज भनेँ, किन भनेको हुँ भने मलाई धेरै पीडा भयो । एकदम बोल्न नपाएर मनमा गुम्सेको कुरा कहिलेकाहिँ आउँछ नि । मलाई पनि त्यही भएको छ । जे गर्ने हो देशका लागि गर्ने हो, जनताको लागि गर्ने हो । अब मलाई अरु केहीसित मतलब भएन ।

० जुन ढंगले पार्टी चलिरहेको छ तपाईलाई चित्त बुझेको छैन ?
मलाई चित्त बुझेको छैन । तर, अब अहिले कुरा नगरौं जति पीडा छ, छ । फेरि चुनावको मुखमा भएर बोल्दिनँ भनेको । 

० तपाईंले भनेजस्तो राष्ट्रिय एकतालाई मजबुत बनाउनका लागि चाहिँ के गर्नुपर्ला ?
राष्ट्रिय एकता मेलमिलाप किन भनेको गिरिजाबाबुले ? राष्ट्रिय एकता भयो भने विदेशी शक्ति कोहीले इन्टरफेयर गर्न सक्दैनन् । आफ्नै खुट्टामा उभिन्छ देश । हामी सक्छौं नि, हामी सक्षम छैनौं ? नेपालीहरु सक्षम छैन ? यहाँ सक्षम ब्यक्ति पनि छन् तर, अगाडि आउनै दिंदैनन्, सक्षम व्यक्तिलाई पछि पारिएको छ, सिध्याउने प्रयास गरिएको छ । यसप्रति कोही बोल्दैनन्, यो डरलाग्दो कुरा हो ।

० पछिल्लो समय माओवादीसँग तालमेल गरेकोप्रति सकारात्मक सन्देश गएको छैन नि, होइन ? 
यो एकदम नराम्रो, यसरी माओवादीसँग मिलेर हिंड्नुपर्ने कति कमजोर भएछौं त हामी ?  एमालेलाई एक्ल्याउने, एमालेलाई सिध्याउने भन्या छ । एमालेलाई सिध्याउने कि आफू सिद्धिने हो यो रणनीति ? यसले त एमाले बलियो हुन्छ । यसले नेपाली कांग्रेस सकिन्छ । नेपाली कांग्रेसले यति पनि बुझेको छैन ? यति त बुझ्नु पर्यो नि नेपाली कांग्रेसको नेताहरुले । यसरी कसलाई फाइदा भइरहेको छ भन्ने बुझ्नु परेन ? माओवादीसँगको एकताले हामीलाई फाइदा हँुदैन । जसलाई सिध्याउन भनेर यो गरेको हो उसैलाई फाइदा भइरहेको छ । त्यति पनि नबुझ्नेले किन राजनीति गर्ने ? यति पनि सेन्स भएन भने, विवेक भएन भने किन यो राजनीति गर्ने ?

० माओवादी र अरु पार्टीसँग तालमेल गर्दा पनि किन कांग्रेसले स्थानीय चुनावमा दोस्रो बन्नु प¥यो ?
यसमा त हाम्रो धेरै कमजोरी छ । अब त्यसलाई सुधारेर जानुपर्छ भनेको अब फेरि अर्को मिस्टेक गर्दैछौं । चुनावको मुखमै जहिल्यै यस्तो हुन्छ ।

० एमाले नसिध्याउञ्जेल कांग्रेससँग दीर्घकालीन तालमेल हुँदैछ भनेर अस्ती प्रचण्डले पनि भन्नुभयो, त्यस्तो होला र ? 
प्रचण्डजीलाई म अन्डरस्ट्याण्ड गर्छु । उहाँलाई त फाईदा भैरहेको छ । उहाँलाई लागिरहेको छ कि उहाँले यसैगरी औंलामा नचाइरहनुभएको छ नेपाली कांग्रेसलाई । त्यो औंलामा घुम्ने चक्र हुन्छ नि, कांग्रेसको नेतृत्वलाई प्रचण्डजीले औंलामा नचाइरहनु भएको छ । हाम्रो नेतृत्व प्रचण्डको तालमा नाचिरहने काम भएको छ । प्रचण्डजीलाई त फाइदा छ, उहाँको धर्म नै हो, तर नेपाली कांग्रेसले के गरेको ? नेपाली कांग्रेसले बुझनुपथ्र्याे नि ।

० भारतीय थिंकट्यांकीहरुले नेपालमा एमाले सिध्याउन काँग्रेस, माओवादी राजपाको गठबन्धन बलियो बनाइदिने कुरा आएको थियो । के राजनीति त्यहि दिशामा जान लागेको हो ? 
मैले पनि त्यस्तो आएको छ भन्ने सुनेको छु । यस्तो ब्लण्डर आइरहेको छ । तर, यसबारे अहिले म बोल्दिनँ । मलाई चुनावसम्म पर्खनुस् । चुनाब सकियोस अनि सुझाब दिउँला । माओवादीसँग मिल्नै हुँदैन, नेपाली कांग्रेस डिमोरलाइज्ड हुन्छ । यसै कारण नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छ । पार्टीको सिद्धान्त नै त्यागेपछि भन्ने कुरा केही पनि हुँदैन नि । हामीलाई अब यस्तो नेतृत्व चाहियो कि जसले गिरिजाबाबुले जस्तो संगठन बनाउन सकोस् । उहाँले कहिल्यै पनि कार्यकर्तामा निराशा आउन दिनु भएन । पार्टीका साथीहरुलाई जहिल्यै पनि हौसला दिइराख्नु भयो । त्यस्तो नेता चाहिएको छ ।

(चक्रपथ अनलाइनबाट)


Rating (Votes: )   
Share     Print


Other Articles:
निर्वाचन आयोग अहिले आइसीयुमा छ (09.06.2017)
म आपराधिक प्रवृत्ति, षड्यन्त्रकारी र आत्मसमर्पणवादीको घेराभित्र थिएँ (08.15.2017)
फेरि लोडसेडिङ हुँदैछ भन्ने आशंका बढ्दैछ : कुलमान घिसिङ (08.08.2017)
सुखको खोजीमा मात्र हिंड्यो भने त्यसले कर्मलाई आफंै पर धकेलिदिन्छ (07.26.2017)
पार्टी खोलेर मात्रै हुँदैन एजेण्डा पनि सही हुनुप¥यो– अनिता यादव (06.28.2017)
सबै ठीकठाक भए ८० दिनमा चुनाव गरिन्छ (02.28.2017)
नेपाल शक्तिकेन्द्रहरूले खेल्ने रणनैतिक मैदान बनेको छ : पेशलकुमार निरौला (01.31.2017)
सबै भन्छन्– पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण तर सम्मान खै ? (01.18.2017)
असफलता ज्ञानेन्द्रको टाउकोमा हालेर सत्ता जोगाउने प्रपञ्च भैरहेको छ : नेत्रविक्रम चन्द (01.12.2017)
अहिले देश अति नै दुखेको अबस्थामा छ- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट (01.04.2017)
केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ (12.29.2016)
संशोधन मार्फत कसलाई के अधिकार दिन खोजेको हो ?- भीम रावल (12.07.2016)
क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी (12.07.2016)
लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा (11.29.2016)
अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन (11.23.2016)
काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु (09.20.2016)
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत (08.25.2016)
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन” (08.09.2016)
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)
सानो थैली लिएर पस्ने मिडिया मालिकहरु कुम्लो बोकेर फर्किन्छन् (07.14.2016)



 
::| Latest News

 
[Page Top]