युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:07am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
एउटै बाटोबाट मात्र लक्ष्यमा पुगिन्छ भन्ने छैन- डा. बाबुराम भट्टराई
Wednesday, 10.11.2017, 01:51pm (GMT+5.5)

० एमाले र माओवादीसँग पार्टी एकताको सहमतिसँगै नयाँ शक्ति बनाउने अभियान विसर्जन भयो होइन ?
नेपालमा नयाँ शक्तिको ऐतिहासिक आवश्यकता छ । वैकल्पिक राजनीतिको विश्वव्यापी ट्रेन्ड पनि देखा परेको छ । त्यसैले वैकल्पिक राजनीतिक शक्ति निर्माणको हाम्रो लक्ष्य छ, त्यसमा हामी अहिले पनि दृढ छौं । तर, लक्ष्य प्राप्त गर्ने बाटो समयअनुकुल फेरबदल हुन्छ । एउटै बाटोबाट मात्र लक्ष्यमा पुगिन्छ भन्ने छैन । त्यसैले अहिले हामीले बाटो थोरै मोडेकै हो ।
अर्को, तत्काल हामीले के पनि देख्यौं भने नेपालमा जुन राजनीतिक अस्थिरता छ, पटकपटकको सरकार परिवर्तनले विकास र समृद्धिको जनचाहना पूरा हुन सकेको छैन । त्यसलाई समेत मध्यनजर गर्दै विचार मिल्ने वाम, प्रगतिशील, लोकतान्त्रिक, देशभक्त शक्तिहरुको बीचमा तालमेल गरेर जान सकियो भने स्थिर सरकार बन्छ । र, भोलिका निम्ति नयाँ वैकल्पिक राजनीतिक धार निर्माण गर्ने मार्ग पनि प्रशस्त हुन्छ । त्यहीअनुसार यो प्रयत्न गरिएको हो ।

० यदि तपाईंहरुको यो प्राकृतिक गठबन्धन हो भने किन मानिसहरुले यसलाई स्वाभाविक रुपमा लिन सकेनन् ?
कुनै पनि ऐतिहासिक घटना अपेक्षित हुँदैन । इतिहास निर्माताहरुले अपेक्षित काम मात्र गर्दैनन् । धेरै कुरा अनपेक्षित नै हुन्छ । मुख्य कुरा अहिलेको ऐतिहासिक आवश्यकता हो कि होइन भन्ने हो । त्यसरी हेर्दा नयाँ संविधान बनेपछि पहिलो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ, त्यसले आगामी ४–५ वर्षको राजनीतिक दिशा निर्देश गर्छ । त्यसक्रममा नयाँ ढंगले ध्रुवीकरणको प्रयत्न गर्नु स्वाभाविक हुन्थ्यो र त्यो नै भएको हो । यसलाई अनपेक्षित वा अदृश्य चलखेल भन्नु जायज होइन । यो राजनीतिक नेतृत्वले सुझबुझपूर्ण र दूरदर्शी तवरले गरेको निर्णय हो । त्यसैले यसलाई सहज मान्नुपर्छ ।

० सबै दशैं मनाइरहेका बेला तपाईंहरुले तालमेल मात्र होइन, एकता नै गर्ने घोषणा गरेपछि यसलाई अनेपक्षित रुपमा लिनु स्वाभाविक होइन र ?
यो आजको भोलि भएको सहमति होइन । विभिन्न प्रयत्न भइरहेका थिए । त्यस क्रममा यो ढंगले अगाडि बढ्दा सबैको सोचमा समानता भेट्यौं । खास गरी नयाँशक्तिको तर्फबाट भन्नुपर्दा यो पनि नयाँशक्ति निर्माणको वैकल्पिक बाटो हो भन्ने हामीले ठान्यौं र हामी इमानदारितापूर्वक नै यो प्रक्रियामा समाहित भयौं । हामीले अहिले चुनावी तालेमल र त्यसपछि पार्टी ध्रुवीकरणको नयाँ वैकल्पिक शक्ति निर्माणमा इमानदारितापूर्वक नै लाग्छौं ।

० एमालेले पहिलो पार्टी हुनेछ, माओवादीलाई बलियो तेस्रो हैसियत सुरक्षित गर्नुछ र नयाँशक्तिलाई आफू जोगिनु छ । त्यसैले पार्टी एकता भन्ने मात्र हो, यो चुनावी स्वार्थको गठवन्धन हो भन्छन् नि ?
यो विल्कुल गलत हो । नेपालमा जे कुरालाई पनि शंकाको दृष्टिले हेर्ने र षडयन्त्रको सिद्धान्त आविष्कार गर्ने चलन छ । हामी त्यसभन्दा माथि उठ्नु पर्छ । यस्ता महान र ऐतिहासिक कामहरु देश र जनताको हितमा छन् कि छैनन् भनेर हेर्ने प्रमुख कुरा हो । त्यसरी हेर्दा वाम प्रगतिशील लोकतान्त्रिक देशभक्त शक्तिहरु एक ठाउँमा आउनु र भरपर्दो राजनीतिक विकल्प तयार गर्नु आजको आवश्यकता हो र त्यसअनुरुप नै यो बनेको हो । त्यसैले तीन दलबीच भएको सहमति क्षणिक चुनावी लाभका लागि मात्र भनेर बुझ्नु सही हुँदैन ।

० भनेपछि एउटै कम्युनिस्ट पार्टी बन्छ ?
एउटा वैकल्पिक पार्टी भन्छु म । नाम त के राख्ने भोलि महाधिवेशनले टुंगो लगाउँछ । तर, अग्रगामी, प्रगतिशील, वामपन्थी, समाजवादउन्मुख शक्तिको निर्माण हुन्छ ।

० यो चुनावलगत्तै हुन्छ ?
चुनावको क्रममा हामी सहकार्य गर्छौं । सम्भव भएपछि एउटै चुनाव चिन्ह बनाएर जान्छौं । चुनावलगत्तै पार्टीहरुको ध्रुवीकरण गरेर वैकल्पिक शक्ति बनाउने प्रयत्न हुन्छ ।

० हिजो कांग्रेस, एमाले र माओवादीले समृद्धिको नेतृत्व गर्न सक्दैनन् । तीन ठूला दल भ्रष्टाचार, कुशासन र सत्ताको खेलमै डुबेका छन् भन्नुहुन्थ्यो । आज उनीहरुसँगै मिलेर नयाँ पार्टी बनाउँछु भन्दै हुनुहुन्छ । कसरी विश्वास गर्ने ?
परिस्थिति गतिमान हुन्छ । हिजो एउटा सन्दर्भमा जे परिस्थिति थियो, त्यही ढंगले विश्लेषण ग¥यौं । परिस्थिति फेरिएपछि नयाँ ढंगले विश्लेषण गर्नुपर्ने हुन्छ ।
त्यसरी हेर्दा जसलाई हामीले पाँच–स भनेका छौं, समृद्धि, समानुपातिक समावेशी लोकतन्त्र, सुशासन–सदाचार, स्वाधिनता र समुन्नत समाजवादको लक्ष्यमा हामी अहिले पनि दृढ छौं । यो पुरा गर्न पुराना पार्टीहरुको समेत नयाँ ढंगको रुपान्तरण गरेर अगाडि बढ्न सकियो भने वैकल्पिक राजनीतिक शक्ति बन्छ भन्ने मलाई विश्वास छ ।

० तर, हिजो तपाईं प्रचण्डलाई भ्रष्टाचारमा डुबेको, केपी ओली राष्ट्रिय एकता भाँड्न लागेकोजस्ता आरोप लगाउनुहुन्थ्यो । आज पार्टी एकताको सहमतिपछि सबै ठीक ?
छलफलका क्रममा हामीबीच भ्रष्टाचार उन्मुलन गर्ने र सदाचार, सुशासन कायम गर्ने सहमति भएको छ । अर्को, देश संघीयतामा गइसक्यो, खालि यसलाई सम्बोधन गर्ने केही कुरा बाँकी छन् । त्यसैले संविधानलाई समयअनुकुल परिमार्जन गर्दै जाने सहमति पनि भएको छ । त्यस सन्दर्भमा हामी नयाँ ढंगले अगाडि बढेका छौं ।

० बुढीगण्डकी, एनसेललगायत प्रकरणमा ओली र प्रचण्डमाथि प्रश्न उठाउनु भएको थियो । अब विगतमा जे भयो छाडौं र नयाँ ढंगले जाने भनेको हो ?
विगतमा कानुन र नियमविपरित भएका परिघटनाहरुको छानविन गर्ने र सच्याउने प्रयत्न हाम्रो जहिले पनि हुन्छ । यो मुद्दालाई हामीले छाडेका छैनौं । भनिन्छ, गल्ती गर्नु अपराध होइन, नसच्याउनुचाहीं अपराध हो । त्यसैले विगतमा गल्ती कमजोरी भएको छ भने त्यसलाई सच्याएर अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ ।

० भनेपछि पार्टी एकता हुन्छ ?
म व्यक्तिगत रुपमा धेरै नै ढुक्क छु र मेरो पुरै प्रयत्न हुन्छ । ध्रुवीकरण गरेर वैकल्पिक शक्ति निर्माणको अभियानले नयाँ फड्को हान्न सक्छ भन्ने विश्वास बढेर गएको छ । यसका लागि पुरै जोडबल लगाएर अन्तिमसम्म प्रयत्न गर्छु ।

० सूर्य चिन्हबाट चुनाव लड्ने त्यसकै सुरुवात हो ?
साझा चिन्हबाट लडौं भन्ने हो । अहिले निर्णय भइसकेको छैन तर एउटै चिन्ह लिएर जाँदा उपयुक्त हुन्छ भन्ने मेरो प्रस्ताव हो । सूर्य चिन्ह धेरै भिजेको र आम जनताले ग्रहण गरेकाले त्यसलाई साझा चिन्ह बनाएर जानु भोलिको साझा पार्टीको निम्ति पनि उपयुक्त हुन्छ भन्ने मेरो मत हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
माओवादीसंग मिलेर एमालेलाई सिध्याउने कि आफू सिद्धिने हो ? (09.12.2017)
निर्वाचन आयोग अहिले आइसीयुमा छ (09.06.2017)
म आपराधिक प्रवृत्ति, षड्यन्त्रकारी र आत्मसमर्पणवादीको घेराभित्र थिएँ (08.15.2017)
फेरि लोडसेडिङ हुँदैछ भन्ने आशंका बढ्दैछ : कुलमान घिसिङ (08.08.2017)
सुखको खोजीमा मात्र हिंड्यो भने त्यसले कर्मलाई आफंै पर धकेलिदिन्छ (07.26.2017)
पार्टी खोलेर मात्रै हुँदैन एजेण्डा पनि सही हुनुप¥यो– अनिता यादव (06.28.2017)
सबै ठीकठाक भए ८० दिनमा चुनाव गरिन्छ (02.28.2017)
नेपाल शक्तिकेन्द्रहरूले खेल्ने रणनैतिक मैदान बनेको छ : पेशलकुमार निरौला (01.31.2017)
सबै भन्छन्– पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण तर सम्मान खै ? (01.18.2017)
असफलता ज्ञानेन्द्रको टाउकोमा हालेर सत्ता जोगाउने प्रपञ्च भैरहेको छ : नेत्रविक्रम चन्द (01.12.2017)
अहिले देश अति नै दुखेको अबस्थामा छ- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट (01.04.2017)
केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ (12.29.2016)
संशोधन मार्फत कसलाई के अधिकार दिन खोजेको हो ?- भीम रावल (12.07.2016)
क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी (12.07.2016)
लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा (11.29.2016)
अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन (11.23.2016)
काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु (09.20.2016)
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत (08.25.2016)
“भन्सार पहिलाको भन्सार रहेन, अब त्यहाँ कुनै आकर्षण छैन” (08.09.2016)
नेपालको गति नै रोकिने अवस्था अहिले आएको छ - नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे (07.19.2016)



 
::| Latest News

 
[Page Top]