युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 03:45am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
“जनताले धेरै कुरा बुझेका रहेछन्” - कृष्णप्रसाद दाहाल
Tuesday, 12.19.2017, 01:09pm (GMT+5.5)

० यही ठाउँबाट राजनीति गरेका राप्रपा अध्यक्ष कमल थापालाई तपाईंले तीन पटक हराउनु भयो । के थिए तपाईंले जित्नुका कारण ? 
पहिलो कुरा त जनताले यस देशमा परिवर्तन चाहेका छन् । त्यो परिवर्तन कुन दलले गर्न सक्छ भन्ने कुरा जनतालाई थाहा थियो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएर नौ महिना सरकार चलाउँदा के गर्नु भयो, के गर्न खोज्नु भयो, के गर्न दिएनन् जनतालाई थाहा थियो । अर्को कुरा एमाले सरकारमा हुँदा र नहुँदा पनि राष्ट्रियताको पक्षमा, देशको स्वधीनताको पक्षमा, स्वाभिमानको पक्षमा र समृद्धिको बाटो खोल्ने पक्षमा जुन भुमिका खेल्यो त्यो जनताले भोगेर आए, हामीले भनिरहनु परेन । अनि पछिल्लो समयमा एमाले र माओवादी दुई पार्टी एक भएर आउने कुराले पनि जनतामा झनै विश्वास थप्यो । 

हो तपाईंले भने जस्तै हिजै लामो समय जितेका कमल थापाले हारे । एक, जनताले परिर्वतन चाहेका थिए । दोस्रो, लामो समयसम्म रहिरहेको संक्रमण अत्य गर्नु थियो । तेस्रो, मैले ४० वर्ष यही क्षेत्रमा बसेर गरेको सेवाको मत पनि हो यो । यसरी मेरो लगन, राष्ट्रिय एजेण्डा र जनताको एमाले र वाम गठबन्धन प्रतिको विश्वास सबै कुराले काम गरेको छ । 

० चुनावमा कस्ता चुनौती झेल्नुभयो ?  
हामीले कहिल्यै चुनौती महसुस गरेनौं । किनकि जनताले परिवर्तन चाहेका छन् भन्ने कुरा मैले बर्षौ यहाँ बसेर महसुस गरेको थिएँ । म मकवानपुरमा चार पटकसम्म पार्टीको अध्यक्ष भएर काम गरेर जनजनको समस्यामा पुगेको थिएँ । हामी जित्छौं भन्नेमा म ढुक्क थिएँ । अर्को, वाम सबै एकै ठाम थियौं, एकताको बल थियो । त्यस्तै पार्टीले लिएको देश समृद्धिको बाटो नै हामीले चुनाव जित्ने आधार थियो । यसपटक हामीले जनतालाई बुझाउनु परेन, एमालेलाई किन भोट दिने भनेर जनताले नै हामीलाई बुझाउँथे । राष्ट्रिय हितमा एमालेको नेतृत्वले प्रसंशायोग्य काम गरेकाले यस पटकको चुनाव चुनौती विहीन रुपमा जितियो । जनता सचेत नभैदिएको भए हाम्रो केहि लाग्दैनथ्यो । 

० हेभीवेट ठानिएका राप्रपा अध्यक्षसँग लड्दा त्यो ठूलो पदले कत्तिको थिच्यो चुनावको समयमा ? 
त्यस्तो केही भएन । किनकि उहाँ कहिलेकाहिँ आउने नेता, म सधैं यही बसेर जनताको काम गरेको मान्छे । जनताले उहाँलाई टाढाबाट आउनु भएको भनेर सम्मान गरे, मलाई भोट दिए । 

० चुनाव त जित्नु भो, अब तपाईंलाई भोट दिएका जनताको मतको कदर गर्ने योजना के के छन् ? 
यो जिल्ला भनेको चुरे क्षेत्रले ओगटेको जिल्ला हो । यहाँ दुर्गम क्षेत्र पनि छ । यहाँ धेरै खहरे खोला र चुरे बस्ती छन् । खहरे खोलाले बर्खामा बगाउने र अरु समय सुख्खा हुने यो बस्तीलाई सुरक्षित साथै खानेपानी पुर्याउनु  कृषि प्रणालीलाई आधुनिकतातिर लानु, जनजनमा रोजगारी पुर्याउँदै यहाँको जीवनस्तर उकास्नु, शिक्षा र स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनु, मेरो काम हुनेछ । यसप्रति म इमान्दार भएर काम गर्ने छु । 

अर्को कुरा तीन नम्बर प्रदेशको राजधानी हामीले हेटौंडा भनेका छौं । यो उपयुक्त, पनि हुनेछ । किनकि राज्य एकै ठाउँ भयो भनेर केन्द्रिकृत राज्यलाई विकेन्द्रित गर्न यो एकदमै उपयुक्त हुनेछ । यसमा पनि मेरो पहल रहनेछ ।   

० नतिजा आएपछि कमल थापाले तपाईंलाई वधाई दिनु भएन ? 
त्यसरी भेट नै गरेर वधाई भन्न आउनु त भएन तर, ट्वीट मार्फत वधाई भन्नुभएको पढेको थिएँ । यो सद्भावको लागि उहाँलाई पनि आभार ब्यक्त गर्न चाहन्छु । अघिपछि भेटिन्थ्यौं तर हामी चुनाव प्रचारका क्रममा पनि भेट भएनौं । हामीले लोकतन्त्रको मर्म अनुसार बाहेक एक अर्कोलाई आक्षेप लगाउने काम गरेनौं । साँच्चै भन्छु, कुनै तिक्तता बिना नै हामी चुनावमा थियांै । उहाँले ३५ हजार भोट ल्याउनु भयो मैले ४० हजार ल्याएँ । हामीले कहिल्यै एक अर्काको अनुहारमा हिलो छ्याप्ने काम गरेनौं । 

जसले मलाई मत दिएर जिताउनु भयो म उहाँहरुको घरदैलोमा धन्यवाद दिन हिंडेको छु । मसँग चुनावी प्रतिस्पर्धामा रहनु भएका कमल थापाजीलाई पनि तपाईंको मिडिया मार्फत मित्रतापूर्ण प्रतिस्पर्धाका लागि र  सद्भावका लागि धन्यवाद दिन्छु । मेरो जीत स्थिर सरकारको लागि हो, त्यस अर्थमा मैले जित्दा उहाँ पनि खुसी नै हुनुहुन्छ भन्ने आशा गरेको छु । 


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपालले पानी नदिने हो भने भारत प्याक प्याक भएर मर्छ : कीर्तिनिधि विष्ट (11.15.2017)
एउटै बाटोबाट मात्र लक्ष्यमा पुगिन्छ भन्ने छैन- डा. बाबुराम भट्टराई (10.11.2017)
माओवादीसंग मिलेर एमालेलाई सिध्याउने कि आफू सिद्धिने हो ? (09.12.2017)
निर्वाचन आयोग अहिले आइसीयुमा छ (09.06.2017)
म आपराधिक प्रवृत्ति, षड्यन्त्रकारी र आत्मसमर्पणवादीको घेराभित्र थिएँ (08.15.2017)
फेरि लोडसेडिङ हुँदैछ भन्ने आशंका बढ्दैछ : कुलमान घिसिङ (08.08.2017)
सुखको खोजीमा मात्र हिंड्यो भने त्यसले कर्मलाई आफंै पर धकेलिदिन्छ (07.26.2017)
पार्टी खोलेर मात्रै हुँदैन एजेण्डा पनि सही हुनुप¥यो– अनिता यादव (06.28.2017)
सबै ठीकठाक भए ८० दिनमा चुनाव गरिन्छ (02.28.2017)
नेपाल शक्तिकेन्द्रहरूले खेल्ने रणनैतिक मैदान बनेको छ : पेशलकुमार निरौला (01.31.2017)
सबै भन्छन्– पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण तर सम्मान खै ? (01.18.2017)
असफलता ज्ञानेन्द्रको टाउकोमा हालेर सत्ता जोगाउने प्रपञ्च भैरहेको छ : नेत्रविक्रम चन्द (01.12.2017)
अहिले देश अति नै दुखेको अबस्थामा छ- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट (01.04.2017)
केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ (12.29.2016)
संशोधन मार्फत कसलाई के अधिकार दिन खोजेको हो ?- भीम रावल (12.07.2016)
क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी (12.07.2016)
लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा (11.29.2016)
अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन (11.23.2016)
काश्मिरमा आक्रमण १७ सैनिकको मृत्यु (09.20.2016)
"ओलीको राष्ट्रवाद अपूर्ण भए पनि ढोंगी भन्नु गलत" - पूर्व गृहमन्त्री शक्ति बस्नेत (08.25.2016)



 
::| Latest News

 
[Page Top]