युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 01:28am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
विद्युत चोरीबाट मात्रै १०–१२ अर्ब रुपैयाँ घाटा भैरहेको छ - कुलमान घिसिङ
Tuesday, 02.20.2018, 10:55am (GMT+5.5)

० अहिले सुख्खायाममा विद्युत उत्पादन घटेका कारण काठमाडौंमा अघोषित लोडसेडिङ सुरु भएको हो ?
पावर मिनिमम हुनेबेला अहिले नै हो । यसपालि त जाडो पनि एकदमै छिटो आयो । हिउँ जमिहाल्यो । पानी नै जमेपछि जलाशयको पानी त साटसुट्टै घट्यो नि त । अहिलेको अवस्था यो हो ।
० त्यसो भए त अब सुख्खा याममा लोडसेडिङ पो खप्पनुपर्ने पो हुन्छ कि क्या हो ?
लोडसेडिङ अहिले देशैभरि छैन । यसपालिको लोडसेडिङको व्यवस्थापन एकदमै राम्रो छ । काहीँ पनि लोडसेडिङ गर्नुपर्ने स्थिति छैन । देशैभरि लोडसेडिङ छैन । लोडसेडिङ छैन भन्ने प्रमाण के हो भने कुलेखानीमा गत साल आजको दिन पानीको जति लेबल थियो, यस वर्ष पानीको लेबल ३ मीटर माथि छ । हामी लगभग १५२२ मिटरमा छौं । यो भनेको ठूलो भोल्युम हो ।
० तपाई लोडसेडिङ छैन, कुलेखानीमा पनि पानी प्रशस्त छ भन्नुहुन्छ, यता काठमाडौंमा दिनहुँ बत्ती जान थालिसक्यो । लोडसेडिङवालाले पो चलेखल गर्दैछन् कि ? किन बत्ती निभेको त उसो भए ?
काठमाडौंभित्र प्राविधिक समस्याहरु छन् । जहाँसम्म काठमाडौंभित्र झल्याकझुलुक बत्ती जान्छ भन्ने कुरा छ, बिहान ६ बजे या साढे ५ बजेतिर एक मिनेटका लागि जान्छ । यो पावर सिफ्ट गरेको हो । हाम्रो पावर पूरै सिंक्रोनाइज्ड छैन, छुट्टाछुट्टै छ । त्यसैले कहिले एकातिर लोड बढ्दा अर्कोतिर घट्छ । यताको उता गरिरहनुपर्छ ।
त्यसैगरी बेलुका पनि एकचोटि ९, १० वा ११ बजेको वीचमा एकछिन १०–१५ मिनेटलाई स्वीच्ड गरिन्छ । त्यसबेला धेरै पार्टमा हुँदैन, सीमित भागमा बत्ती निभ्छ । मैले ९ बजेअघिसम्म स्विचिङ्ग नगर्नु भनेको छु । किनभने, ९ बजेपछि लोड घट्छ अनि सप्लाई मिलाउनुप¥यो नि ।
० राति चाहिँ लाइन काट्नुको कारण के हो ?
किनभने अन्तबाट सप्लाई गरेर हाम्रो कालीगण्डकीमा पानी जम्मा गर्नुपर्छ । त्यसरी मिलाउनुपर्छ । कालीगण्डकी, मस्र्याङ्दी राति बन्द गरेन भने त भोलिपल्ट पिक आवरमा बिजुली दिनै सकिँदैन नि । यस्तो म्यानेज गर्नुपर्छ कि हाम्रा साथीहरुले एकदमै फेन्टास्टिक म्यानेजमेन्ट गरेका छन् । अहिले तराईतिर काहीँ पनि लोडसेडिङ छैन । काठमाडौंमा स्वीचिङको एउटा टेक्निकल पाटो छ ।
० काठमाडौंको वितरण प्रणाली बाहिरी जिल्लाको भन्दा खराब छ कि क्या हो ?
यहाँ कहिलेकाँही सिस्टम झ्याप्पै जान्छ । किनभने हामीले सबैतिर पावर पुगेर त वितरण गरेका छैनौं, नपुगे पनि हामीले सिस्टमलाई ब्यालेन्स गरेर राखेका हुन्छौं । कुनै एउटा ट्रान्समिटर फल्ट भैदियो भने हेबी सप्लाई बन्द हुन्छ । त्यसमा लोड त भैरहेको हुन्छ । तर, यसले गर्दाखेरि देशभरिको फूल सिस्टम कोल्याप्स गर्दिन्छ । र, यो रिभाइभ गर्नलाई एकघण्टा जति लाग्छ । यस्तोचाहिँ कहिलेकाँही हुन्छ । यस्तो बेलामा विस्तारै एउटाएउटा गर्दै सबै खोल्दै जानुपर्छ ।
कहिलेकाँहि मुजफ्फरपुरबाट आएको लाइनमा फल्ट भैदियो भने १२० मेगावाटमा गडबडी हुनासाथ सिस्टमले धान्दैन । अनि टोटल सिस्टम कोल्याप्स हुन्छ । हामीले त्यो सेक्सनमात्रै काट्न पायौं भने सबै जाँदैनथ्यो । तर, हाम्रो सिस्टम सिंक्रोनाइज्ड नभएकाले त्यसले धान्दैन । त्यसैले सिस्टम कोल्याप्स हुने कारणले कहिलेकाँहि ४५ मीनेट, एक घण्टाको हाराहारी समय लाग्छ । र त्यतिबेलासम्म बिजुली जान सक्छ । कहिले कुलेखानी चलाउनुपर्छ, कहिले अर्को चलाउनुपर्छ । यसो गर्दाखेरि एक घण्टा लाग्छ ।
अर्को, अहिले धेरै ठाउँमा कन्डक्टरहरु अपग्रेड गर्नुपर्ने अवस्था छ । र, सब–स्टेसनहरु ओभरलोड भएको हुनाले केही ठाउँको बत्ति काटेर मर्मत गर्नुपर्ने हुन्छ । केही समय त बत्ती काट्नुर्पयो । एउटा फिडर काट्नासाथ धेरै प्रभाव पार्छ ।
त्यसरी बत्ती काट्दाखेरि हामीले रेडियो, एफएमहरुमा सूचना त दिएका हुन्छौं, तर पब्लिकले त्यो सुन्दैनन् र लोडसेडिङ भएको हो कि भन्ने ठान्छन् । तर, यसबारे हामीले एफएमहरुमा सूचना पठाएका हुन्छौं ।
० यी बाहेक काठमाडौंमा लाइन काटिने अरु कारणहरु के छन् ?
मेलम्चीको पाइपले अस्ति महाराजगञ्जमा केबुल नै काटिदियो । दिनभरि खत्तम भयो । कति ठाउँमा त्यसैगरी केबुल काटिएका छन् र दिनभरि बत्ती गएको छ । एकपटक त रातभरि पनि बत्ती आउट भयो । केबुल जोड्नुप¥यो, सबैथोक मिलाउनुप¥यो । यसले गर्दा अलिकति अनब्यालेन्स हुने गरेको छ । अहिले काठमाडौंमा सडक विस्तार र मेलम्चीको पाइप बिछ्याउने कामले गर्दा पोलहरु सार्नुपर्ने हुन्छ र दिनभरि लाइन काट्नुपर्ने हुन्छ ।
त्यस्तै, अस्ति बानेश्वरको एउटा ठूलो ट्रान्सफरमर फेर्दाखेरि ४–५ दिन लाग्यो । त्यसको लोड अरु सब–स्टेसनबाट दिँदाखेरि अनब्यालेन्स भयोे । त्यो लोड अन्तबाट आइसकेपछि फेरि त्यो ओभरलोड भैदियो । यसरी फिडरहरु ओभर लोड हुन्छन् ।
० काठमाडौंको वितरण प्रणालीचाहिँ कत्तिको व्यवस्थित छ ?
काठमाडौंको सिस्टम ९० प्रतिशत लोडिङमा गइसक्यो । स्पेयर नै छैन । सबै सब स्टेसनहरु ओभरलोडमा छन् । कुन एरियामा कुन ठाउँमा हिटर बाल्छन् भन्ने त थाहा हुँदैन, त्यसले गर्दा कुनै एक ठाउँको पावर जुनसुकै बेला बढ्न सक्छ र त्यस्तो हुनासाथ सब–स्टेशन ओभरलोड भैदिन्छ । अनि त्यसरी ओभरलोड भैदिनासाथ अर्को ठाउँबाट दिनुपर्छ । तर, स्विचिङ मिलाउन त टाइम लाग्ने भयो नि । यो एक्स्चेञ्ज अहिले सबै ठाउँमा मिलाइसकिएको छ । र, अहिले चाहिँ ब्यालेन्स छ ।
० विगतमा जाडोका बेलामा पिकआवरमा हिटरहरु बढी नचलाइदिनुहोला भनेर विद्युत प्राधिकरणले सूचना निकाल्ने गरेको थियो । अहिलेचाहिँ जाडोमा जतिखेरै हिटर, एसी, आदि चलाउँदा पनि फरक नपर्ने अवस्था हो ? उपभोक्तालाई तपाई के भन्नुहुन्छ ?
हामीले भनिराखेका छौं, सकेसम्म बिजुली किफायत त गर्नैप¥यो नि । अहिले बढी जाडो भएको हुनाले हिटर धेरै बल्यो । हामीले नबाल भन्न त मिलेन । तर, सकेसम्म किफायत रुपले प्रयोग गरेको राम्रो ।
हिटर बाल्दाखेरि पनि बेलुका ५ बजेदेखि ८ बजेसम्मको ३ घण्टा पिक आवरमा चाहिँ बालेन भने हामीलाई सजिलो हुन्छ । अरु समय बाले हुन्छ । अरु समय हामीलाई लोडिङको समस्या छैन । पिक टाइममा चाहिँ समस्या पर्न सक्छ । तर, अरु समय पनि इनर्जी सेभिङ गर्नु भनेको छ राष्ट्रलाई पनि फाइदा हुने कुरा नै हो । इनर्जी सेभिङ त गर्नैप¥यो नि ।
० अब अर्को प्रशंगमा कुरा गरौं, ललितपुरमा बिजुली चोरी व्यापक भएको हो ? तपाईले त लाइन नै काटिदिन्छु भन्नुभएको सुनियो, किन ?
त्यहाँ अति नै भयो । यो न्यायोचित पनि भएन । सँगै बसेको एउटा छिमेकीले बिजुलीको पैसा तिर्नुपर्ने, अर्कोले चाहिँ पैसा नतिरी चोरेर हिटर पनि बाल्न पाउने, सबथोक गर्न पाउने ? यो त न्यायोचित त भएन नि । सामाजिक, आर्थिक, कुनै हिसाबले पनि न्यायोचित भएन ।
ललितपुरको हरिसिद्धी, च्यासल, लुभु, अनि सानोगाउँ लगायतका एरियाहरुमा बिजुली चोर्नेहरु यस्ता छन् कि त्यहाँ हाम्रो कर्मचारीलाई पनि छिर्न दिँदैनन् । मिटर रिडिङ गर्दा पनि कर्मचारीले उनीहरुले भनेको अनुसार टिप्नुपर्ने ! यस्तोसम्म छ । मिटर रिडिङ गर्न जानै नदिने । चोरी समात्न जान नदिने । यो त एउटा संगठित चोरी हो ।
हामीलाई काम गर्न दिनोस् । त्यहाँभित्र केके सुधार गर्नुपर्ने हो, हामी त्यो पनि गर्छौं । सबैचिज गर्छौं । ट्रान्सर्फमर थप्नुपर्ने हो भने त्यो पनि थप्छौं । केबुल राख्नुपर्ने, हटाउनुपर्ने, मिटर फेर्नुपर्ने सबै काम गर्छौं । तर, हामीलाई काम गर्न दिनुप¥यो । विजुली चोरी गर्नु भएन । हैन भने हामी एरिया छुट्याएर फिडरबाट सिधै लाइन काट्छौं । अरु उपाय नै छैन । कसैले चोरेर बालिरहनुपर्ने, अरुले पैसा तिरिरहनुपर्ने ? यो त न्यायसंगत भएन ।
० कस्तो मात्रामा हँदोरहेछ त्यहाँ विद्युत चोरी ? सामान्य कि ठूलो मात्रामा ?
त्यहाँ २४–२५ वटा ट्रान्सफरर्मरबाट १२ मेघावाट खपत भइराखेको थियो । ५० प्रतिशत चोरी भनेको ६ मेगावाट हो । यसबाट वर्षभरिमा प्राधिकरणलाई करिब ४०–५० करोड घाटा हुन्छ । अनि यसरी संगठित चोरी गर्ने ठाउँमा हामीलाई केही गर्नै नदिने भनेपछि हामीले लाइन काट्नुको अर्को विकल्प नै हुँदैन । जागरण गर्ने, सबैलाई जानकारी गरेर लाइन काट्ने हो । जानकारी नगरेको होइन, हामीले १५ दिनको टाइम दिएका छौं ।
० १५ दिनको अल्टिमेटम दिइसकेपछि अहिले के भैरहेको छ ?
यसले ठूलो काम गरेको छ । जनप्रतिनिधिहरु पनि आएर छलफलको कार्यक्रम भइरहेको छ । त्यसपछि अफिसमै आएर पनि छलफल भएको छ । सामाजिक कार्यकर्ताहरुसँग पनि छलफल भएको छ । हाम्रा कर्मचारीलाई चेकजाँच गर्न दिएका छन् । चोरी भएकोलाई समातेका छौं । अहिले केही मान्छेले बिल तिरेका छन् कसैले १ लाख तिरेका छन्, कसैले ५० हजार रुपैयाँ तिरेका छन् ।
० यसरी हुने गरेको विद्युत चोरीको समस्या ललितपुरमा मात्रै हो कि अरुतिर पनि छ ?
हामीले देशैभरिका लागि भनेका हौं । हामीले गत साल विद्युत चोरी र चुहावटलाई २६ प्रतिशतबाट २३ प्रतिशतको हाराहारीमा झा¥यौं । यसपालि २० प्रतिशतमा झार्ने भनेका छौं । डेढ वर्षमा ५ प्रतिशत झार्ने भनेको ठूलो उपलब्धि हो । यसबाट विद्युत प्राधिकरणलाई ५ अर्ब रुपैयाँ त त्यहीँबाट निस्कन्छ । हामी योभन्दा अझै ५–१० प्रतिशत झार्न सक्छौं । अहिले त्यो क्याम्पेन चलिराखेको छ ।
किनकि यहाँ १०–१२ अर्ब रुपैयाँ अप्राविधिक रुपबाटै घाटा भइरहेको छ । टेक्निकल कारणले हुने घाटा पनि अन्य मुलुकहरुमा १० प्रतिशत भन्दा कम हुन्छ, हाम्रोमा त्यसो गर्न गाह्रो छ । किनभने त्यसका लागि पैसा पनि चाहिन्छ, टाइम पनि चाहिन्छ । ट्रान्सफरमरहरु फेर्नुपर्छ, कन्डक्टर फेर्नुपर्छ । सबै कुरा चेञ्ज गर्नुपर्छ । तर, नन टेक्निकल घाटा भनेको त सबै चोरी नै हो । यसलाई १५ प्रतिशतमा झार्नलाई त्यति समस्या हुनुहुँदैन । ५ प्रतिशत झार्नलाई सबैले सहयोग गर्ने हो भने ५ अर्ब रुपैयाँ बच्छ । यो पैसा हामी हाइड्रोपावरमा लगानी गर्न सक्छौं । लोडसेडिङ हटाउनमा पनि यसले धेरै सपोर्ट गर्छ । त्यसैले हामीले अहिले चोरी नियन्त्रणको प्रयास गरिरहेका छौंं ।
० तपाईले लोडसेडिङको अन्त्य गराउनुभएको छ । उसोभए हामीले अझै ढुक्क भए हुन्छ ? के अब नेपालमा सुख्खायाममा पनि लोडसेडिङ हुँदैन ?
अब हामीले लोडसेडिङको कुरै उठाउनुपर्ने अवस्था छैन । अर्को वर्षबाट लोडसेडिङ भन्दा पनि खपत कसरी बढाउने भन्ने विषयमा चाहिँ जानुपर्ने छ ।
अब नयाँ उत्पादन तामाकोशी आउँदैछ । २–३ वर्षभित्र हामी १२ सय मेगावाट थप्दैछौं । त्यसैले अब त खपत बढाउनुप¥यो नि । यसका लागि काठमाडौंका लाइन अपग्रेड गर्नुपर्नेछ । ठाउँठाउँमा सब–स्टेसनहरु बनाउनुप¥यो । धेरै कामहरु गर्नुपर्नेछ । किनभने, अब लोडसेडिङ भयो भने सप्लाइ नभएर होइन, ओभरलोड भएर वितरणमा आउने समस्याले हुनसक्छ । यसलाई तत्काल सुधार गर्नुपर्छ । तर, यसका लागि पनि समय लाग्छ । यो सिस्टममा सुधार गर्न पनि हाइड्रोपावर बनाउनजस्तै दुई तीन वर्षसम्म लाग्न सक्छ । यसमा पनि टेन्डर गर्नुपर्ने लगायतका प्रक्रियाहरु पु¥याउनुपर्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
ओली आफ्नो राष्ट्रवादी एजेण्डा छाड्नुहोला जस्तो लाग्दैन (01.30.2018)
“जनताले धेरै कुरा बुझेका रहेछन्” - कृष्णप्रसाद दाहाल (12.19.2017)
नेपालले पानी नदिने हो भने भारत प्याक प्याक भएर मर्छ : कीर्तिनिधि विष्ट (11.15.2017)
एउटै बाटोबाट मात्र लक्ष्यमा पुगिन्छ भन्ने छैन- डा. बाबुराम भट्टराई (10.11.2017)
माओवादीसंग मिलेर एमालेलाई सिध्याउने कि आफू सिद्धिने हो ? (09.12.2017)
निर्वाचन आयोग अहिले आइसीयुमा छ (09.06.2017)
म आपराधिक प्रवृत्ति, षड्यन्त्रकारी र आत्मसमर्पणवादीको घेराभित्र थिएँ (08.15.2017)
फेरि लोडसेडिङ हुँदैछ भन्ने आशंका बढ्दैछ : कुलमान घिसिङ (08.08.2017)
सुखको खोजीमा मात्र हिंड्यो भने त्यसले कर्मलाई आफंै पर धकेलिदिन्छ (07.26.2017)
पार्टी खोलेर मात्रै हुँदैन एजेण्डा पनि सही हुनुप¥यो– अनिता यादव (06.28.2017)
सबै ठीकठाक भए ८० दिनमा चुनाव गरिन्छ (02.28.2017)
नेपाल शक्तिकेन्द्रहरूले खेल्ने रणनैतिक मैदान बनेको छ : पेशलकुमार निरौला (01.31.2017)
सबै भन्छन्– पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण तर सम्मान खै ? (01.18.2017)
असफलता ज्ञानेन्द्रको टाउकोमा हालेर सत्ता जोगाउने प्रपञ्च भैरहेको छ : नेत्रविक्रम चन्द (01.12.2017)
अहिले देश अति नै दुखेको अबस्थामा छ- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट (01.04.2017)
केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ (12.29.2016)
संशोधन मार्फत कसलाई के अधिकार दिन खोजेको हो ?- भीम रावल (12.07.2016)
क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी (12.07.2016)
लोडसेडिङको अन्त्य चर्चाका लागि मात्रै हैन- ऊर्जा मन्त्री जनार्दन शर्मा (11.29.2016)
अंगीकृत नागरिकलाई उच्च पद दिने माग मधेशी जनता हैन (11.23.2016)



 
::| Latest News

 
[Page Top]