युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 05.27.2018, 01:13am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
हजारौंलाई कालसंग खोस्ने डा. देवकोटा आफैं कालसंग लड्दै
Tuesday, 05.08.2018, 11:01am (GMT+5.5)

नेपालको चिकित्सा क्षेत्रको एउटा नक्षत्र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्नायु विशेषज्ञ डा. उपेन्द्र देवकोटा अहिले मृत्युसंग लड््दै हुनुहुन्छ आफैले स्थापना गरेको न्यूरो अस्पताल बाँसबारीमा । हजारौंलाई मृत्युको मुखबाट खोसेर ल्याउन सफल देवकोटा स्वयं मृत्युसग लडिरहनुभएको छ । नेपालमा मात्र हैन विश्वका नामी नामी अस्पतालहरुमा शल्यक्रिया गर्न पुग्ने डा. देवकोटा अन्तर्राष्ट्रिय चिकित्सक हुनुहुन्छ ।
पाँच महिना लामो बेलायतको उपचारले अब उपचार सम्भव नहुने भएपछि उहाँ आफ्नै माटोमा मर्ने निष्कर्षसहित काठमाडौं फर्कनुभयो । चिकित्साका साथै आध्यात्मिक, शैक्षिक र राजनीतिमा गहन अध्ययन गर्ने डा. देवकोटा आम नेपालीलाई सहज स्वास्य सुविधा दिनुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो र शाहीकालमा स्वास्थ्य मन्त्री हुँदा उहाँले यसको खाका बनाउनुभयो । उहाँको खाका झण्डै डेढ दशकपछि गगन थापा स्वास्थ्य मन्त्री बनेपछि कार्यान्वयनमा आयो । 
डा. देवकोटा चुपचाप लण्डन गएको र अस्पताल भर्ना भएको समाचार बाहिरिए पनि उहाँलाई के रोग लागेको भन्ने यक्किन थिएन । उहाँ नेपालमा सम्भव हुने उपचार यही गर्नुपर्छ भन्ने मान्यता राख्ने डा. देवकोटाको लण्डनको उपचारले नै शंका जन्माइसकेको थियो कि उहाँलाई पक्कै निकै गम्भीर रोग लागेको छ । हुन पनि उहाँले स्वदेश फर्केपछि मैले साँचो बोल्नैपर्छ भन्दै आफ्नो रोग, उपचारको प्रयास र अहिलेको अवस्थाका बारेमा संचारकर्मीहरुलाई अवगत गराउनुभयो ।
हामीले देशसंचार अनलाइनले प्रकाशन गरेको डा. देवकोटाको पछिल्लो अनुभूतिलाई साभार गरेका छौं । डा. देवकोटाले आफू अस्वस्थ भएको कहिले र कसरी थाहा पाउनुभयो त ? उहाँको भनाई जस्ताको तस्तै–
“मेरो बेलायती न्यूरोसर्जन मित्र हेनरी मार्स ‘बेस्ट सेलर’ किताब लेखक पनि हुन् । उनलाई लिएर म बिहानै आफ्नै मोटरमा गाउँतर्फ लागें, १२ बजेतिर घर पुग्यौँ । म हिँड्नुअघि नै मामाको छोरा भाइलाई गाउँ पठाएको थिएँ आवश्यक व्यवस्था गर्न । घरबाट प्याक गरेको स्यान्डविच थियो हामीसँग । माया गरेर बियर पनि राखिदिएको रहेछन् फ्रिजमा । गोरखा लिगलिगबाट द्रव्य शाहको दरबारतिरको उकालो लाग्यौँ । हेनरी मभन्दा ३–४ वर्ष जेठा हुन् । उक्लँदा मलाई अलिअलि गाह्रो भो । म सहरिया भएछु क्यारजस्तो लाग्यो ।
माथि पुगेर ‘पिकनिक’ गरौँ भनेँ मैले हेनरीलाई । लोकल बियर निकालेँ अनि ३ सय ६० डिग्रीको सेरोफेरोमा दृश्यावलोकन र्गयौँ त्यहीँबाट । मर्स्याङ्दी, लमजुङ, चेपे, गोर्खा दरबार सबै वरिपरि । हेनरीलाई चिनाएँ ती दृश्यहरु । एक बोतल बियरबाट ५र७ घुट्का पिएपछि मन लागेन । हेनरीलाई पनि खासै रमाइलो लागेन । बियरको तर्पण दिएर ओर्लियौँ । यो उमेरमा ग्यास्ट्राइटिस राम्रो हैन । काठमाडौँ गएर इन्डोस्कोपी गर्न भने उनले । मलेखुमा उनलाई ‘ड्रप’ गरेर काठमाडौँ गएँ म । पाटन अस्पताल पुगेँ, रिपोर्ट अनौठो आयो । ग्यास्ट्राइटिस र हेलिको फ्याक्टर पोजिटिभ देखियो । उपचार सुरु भयो । मलाई फाइदा भएन, काम पनि गरिराखेँ । औषधि पनि खाइ राखेँ ।”
“त्यसपछि चुनावको रौनक थियो । गोरखाको चुनाव रमाइलो थियो । विभिन्न कारणले वामगठबन्धनको पक्षमा उभिने निधो गरेँ । करिब १० दिनपछि फेरि गोरखा गएँ । एकैदिन त्यस बेलाका पूर्व प्रधानमन्त्री र अहिलेका पनि प्रधानमन्त्री केपी ओली, प्रचण्डजीसँग तीनओटा ¥यालीमा भाषण दिएर काठमाडौँ फर्किएँ । विद्यार्थी जीवनमा वादविवाद प्रतियोगितामा अक्सर पहिला हुन्थेँ । तर यता आएर भाषण दिने बानी हटेको थियो । राम्रै बोलेँ । थारो भैँसीलाई कुँडो ख्वाएर अनुत्पादक काम नगर्न आग्रह गरे सबैसँग । भाषणपछि काठमाडौँ फर्केँ तर धेरै थाकेँ । भोलिपल्ट हेनरी बेलायत फर्कँदै थिएँ । म तल झरेर ‘बाई’ भन्न सक्ने अवस्थामा पनि थिइन । बिहीबार दिनभरि आराम गरेँ । शरीर पलाएपछि अस्पताल गएर शुक्रबार अप्रेसन गरेँ ।”
“गोरखाकी एकजना १२ वर्षकी बहिनी थिइन् । उनको अपरेसन म आफै संलग्न भएर गर्नुपर्ने थियो । एक जना सहकर्मी डाक्टरको काम चित्त बुझेन । म ‘इरिटेट’ भएँ । तर, मैले सोचेँ, म यति ‘डिमान्डिङ’ र ‘इरिटेट’ हुने मान्छे हैन, यो मेरो चरित्र हैन । ‘समथिङ मस्ट बी रङ विथ मी’ भन्ने लाग्यो । ट्वाइलेट गएँ, पहेँलो बाक्लो पिसाब आयो । ऐना हेरेँ, आँखा पहेँला । ‘डीप जन्डिस’ लाग्यो । शंका पनि लाग्यो । मैले खाइरहेको ‘क्लेरिथ्रोमाइसिन’ को काम हो र त्यो औषधि सकिएपछि यो कम हुने आश पनि थियो । आफ्नै अस्पतालमा तल गएर एमआरआई र अल्ट्रा साउन्ड गरेँ । त्यो हेरेपछि छाँगाबाट खसेजस्तो भएँ ।”
“त्यो पहिला सोचेजस्तो कोलेस्टेटिक जन्डिस थिएन । पित्त नली थिचिएर अवस्ट्रक्टिभ जन्डिस थियो त्यो । भोलिपल्ट शनिबार एक्स्पर्ट मित्रहरु बोलाई कन्सल्ट गर्दा जटिल खालको कलेजोको भेट्नामा मासु पलाएको जन्डिस देखियो । नलीहरु ‘ड्रेन’ गर्न नसके २–४ दिनमै जीवनमा असर पार्नसक्ने अवस्था देखियो । मुलुकमा र यो क्षेत्रमा काम गर्नको लागि एक्सपर्टिज कहाँकहाँ छन्, छलफल ग¥यौँ । ढुक्क हुन सकिएन । तत्काल बेलायत फोन ग¥यौँ हेनरीलाई । उनले किंग्स कलेज हस्पिटलका चिफ सर्जन फ्रोफेसर नाइजल हिटनको नाम लिए । उनीहरु दुवै जनाको मित्रतासँगै एउटा विशेष भिडियो पनि रहेछ । हेनरीले भनेपछि मंगलबारको ‘अप्वइन्टमेन्ट’ निश्चित भयो । सोमबार काठमाडौँबाट उडेर मंगलबार नाइजललाई भेटेँ ।”
“म सँधै नै मुलुकभित्र सम्भव उपचार यहीँ हुनपर्छ र सक्नेले सरकारी ढुकुटीमा आँखा लगाउन हुँदैन भन्ने मान्यता राख्दै आएको व्यक्ति हुँ । मेरो केसमा पुष्टि भयो, यसको उपचार नेपालमा सम्भव थिएन । नाइजललाई भेटेको भोलिपल्टै उनले आफ्ना विभागका ५र६ जना ख्यातिप्राप्त ग्यास्ट्रो इन्टेरोलोजिस्टलाई बोलाए ।”
“बुधबार ह्यारिसनलाई सुकेको नलीमा ‘स्टेन्ट’ हाल्ने काम दिइयो । उनले एकातिर हाल्न सके, अर्कोतिर सकेनन् । त्यसपछिका डा. जोन डेभलिनले ‘टेक अप’ गरे । पहिलो, दोस्रो र तेस्रो प्रयास असफल भएपछि चौथो ‘सिटिङ’ मा स्टेन्ट त हाले तर वायोस्पी सम्भव भएन । अन्तमा पाँचौँ ‘सिटिङ’ मा भित्रै अल्ट्रासाउन्डपछि अत्यन्त ‘सोफिस्टिकेटेड’ प्रोसेसबाट बायोस्पी गरे उनले । वाइल डक्ट (पित्त थैली) क्यान्सर देखियो ।
“उपचार अत्यन्त जटिल छ, जाने बाटो एउटै छ । कोलोन्जियो कार्सीनोमाको स्ट्यान्डर्ड उपचार भनेको ‘किमो’ दिएर ट्युमरको साइज घटाउने अनि अपरेसन गरेर आधा लिभर फाल्ने । त्यसमा विशेषज्ञता हासिल गरेका डाक्टर पाल रस (क्यान्सर विशेषज्ञ) ले काम शुरु गरे ।”
“नोभेम्बर २१ मा बेलायत पुगी जनवरी २५ मा मात्र किमोको पहिलो डोज लिन पाएँ । सबै कुरा ढिलो हुन पुग्यो । किमोपछि ल्युकोपोनिया र कलेन्जाइटिससँग जुध्दै रहेँ । लढ्दैपढ्दै तीन साइकल किमो लिन पाएँ । तर, मेरो ट्युमर बढ्दै गएको देखियो । पाल अलि निराश देखिए उनको उपचारले रेस्पोन्ड नगरेकामा ।”
“सिटी स्क्यान गर्दा ट्युमर फैलिएको देखियो । त्यो दुःखद थियो । फस्ट लाइन किमो प्रभावकारी नभएमा सेकेन्ड लाइन किमो पनि त्यत्ति प्रभावकारी हुँदैन । रेडियोथेरापी त्यत्ति प्रभावकारी नहुँदा सर्जरी नै गरिन्छ । रेडिएसनमा किरणले आन्द्राहरु सुकाउँछन् । त्यहीँ नै बसेर उपचारलाई निरन्तरता दिनुको अर्थ थिएन ।”
“किमोले रेस्पोन्ड नगर्ने रेडियोथेरापीको साइड इफेक्टमात्र हुने र सर्जरी गर्न नमिल्ने विचित्रको अवस्थामा थिएँ म । खासै कुनै उपाय नभएको अवस्थामा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमै देश फर्केर बाँकी जीवन तपाईँहरु सबैबीच बस्ने निधोका साथ फर्केँ ।”
“निको नहुने रोग लाग्दा के गर्ने? म स्वयम् चिकित्सक हुँ । मेरो व्यक्तिगत धारणा के हो भने जब निको नहुने रोग लाग्छ त्यसबेला अनावश्यक उपचारमा लाग्नुभन्दा शरीरमा केही शक्ति हुँदासम्म काम गर्नु उत्तम हुनेछ । त्यही मान्यताका साथ किमोबाट थप जटिलता निम्त्याउनुभन्दा बाँकी जीवन मेरो आफ्नै देशको माटो हावापानीमा बिताउने निधो गरेँ । दाजुभाइ दिदी बहिनीहरुकै समिपमा ।”
“मेरा आफ्ना अनुभव र उपलब्धीहरुले अरुका लागि के अर्थ राख्लान् मलाई थाहा छैन । तर मलाई मेरो हावा पानी माटो र तपाईँहरु सबै अत्यन्त प्रिय हुनुहुन्छ । त्यसैले म केही बोल्ने प्रयास गर्नेछु ।”
“म फेरि सायद बिरामीहरुका सेवामा फर्कन सक्ने छैन तर जति बाँच्छु उहाँहरुप्रति सद्भाव र शुभकामना राख्नेछु । मेरा अनुभव र भनाइ राख्दै जानेछु ।”
मृत्यु अवश्यंभावी छ । गीतामा पनि भनिएको छ, ‘जातस्य ही ध्रुबो मृत्यु‘ ।’ अर्थात जन्मपछि मृत्यु निश्चित छ ।”
वास्तवमा मर्नु आफैँमा ठूलो कुरा हो । मर्ने व्यक्तिले उसलाई सम्झने के कुरा बाँकी छाडेर जान्छ यो लोकमा त्यसले महत्व राख्छ । पाँच महिनाअघि निको भएर फर्किने आसका साथ लन्डन गएँ । तर फर्केर त्रिभुवन विमानस्थलमा ल्यान्ड गरेपछि महसुस गरें– पाँच महिनाअघि जाँदाको उद्देश्य रोगमुक्त भई स्वस्थ भएर फर्किने थियो भने फर्केर आउँदाको उद्देश्य नितान्त फरक थियो । मुलुकमै प्राण बिसाउँ, यही निर्णायक चाहना बन्यो । मातृभूमिको हावा, पानी, माटो र आफन्तहरुको अनुहार मात्र अगाडि थियो ।”
“अप्रिल २८ प्लेनबाट उत्रँदा (वैशाख १५) एयरपोर्टमा एम्बुलेन्स गएको थियो मलाई लिन । हल्का पानी परिरहेको थियो । एयरपोर्टको भूमिमै माटोको चन्दन लगाएँ । यो देशको माटो मलाई अत्यन्तै प्रिय छ । र, त्यसैले प्रेरित भएर फर्किन पाएकोमा म अत्यन्त खुशी पनि छु । एम्बुलेन्सबाट बाँसबारीस्थित आफ्नै न्यूरो अस्पताल ल्याइयो– साथीहरुको आत्मीयता माझ । उहाँहरु मप्रति अत्यन्त समर्पित हुनुहुन्छ, सबै सुविधा दिइरहनु भएको छ । कमिटी मिटिङहरु, अनि मेरो ट्रिटमेन्टमा उहाँहरु जुट्नुभएको छ । म अत्यन्त सन्तुष्ट छु । ममा अहिले केही शक्ति सञ्चय भएको लागिरहेको छ । हेरौं कति रहन्छ ।
“फर्किएको थाहा पाएपछि थुप्रै शुभचिन्तकहरु भेटघाटका लागि आउनुभयो । कतिलाई भेट्न सकें, कतिलाई सकिनँ । उहाँहरुको सद्भावप्रति म अत्यन्त अनुग्रहित छु । उहाँहरुको माया पाएकोमा म खुशी छु । आखिर म फर्किएको पनि त त्यसैका लागि हो । परिवारबाट अपेक्षित व्यवहार पाइरहेको छु । विभिन्न क्षेत्र र आफ्नै प्रोफेसनका मित्रहरुको माया पाउँदा जिन्दगीमा केही गर्न सकेछु जस्तो लागेको छ । अझ बिरामीहरुको सद्भाव र उहाँहरुबाट आएको टेलिफोनका लागि म कृतज्ञ छु ।”
“म गाउँबाट आएको सामान्य व्यक्ति हुँ । तर अहिले पाएको सद्भावबाट सिंगो नेपाल मेरो र म सबैको भएको रहेछु जस्तो पनि लाग्न थालेको छ । अस्पतालबाटै आफ्नो बाल्यकाल, स्कुले जीवन र त्यसबेलाका विभिन्न गतिविधि नियाल्न थालेको छु । फर्किएको थाहा पाएपछि थुप्रै शुभचिन्तकहरु भेटघाटका लागि आउनुभयो । कतिलाई भेट्न सकें, कतिलाई सकिनँ । उहाँहरुको सद्भावप्रति म अत्यन्त अनुग्रहित छु ।”
“म पहाड गोर्खाको पण्डित गाउँमा जन्मेँ, हुर्केँ । मेरा पिताजी सरकारी सेवामा हुनुहुन्थ्यो, कविराज । कमै मान्छे सरकारी सेवामा हुने गर्थे त्यसबेला । म उहाँको तेस्रो छोरा । पिताजीको जगजगी थियो । दुई दाजुहरु मभन्दा ८ र १० वर्ष जेठो हुनुहुन्थ्यो । पिताजीले आफ्ना भानिज भाइलाई गुरु बनाएर राख्नुभएको थियो । वास्तवमा हाम्रो घर नै पाठशाला बनेको थियो । मेरो पढ्ने उमेर भएपछि अंग्रेजी पढ्ने कि संस्कृत, विवाद देखा प¥यो । फर्केर हेर्दा लाग्छ, मेरो पिताजी संस्कृत नै पढाउनेमा हुनुहुन्थ्यो । २०१५ तिर म पढ्ने उमेरको हुँदा अंग्रेजी स्कुल पनि खुल्यो गाउँमा । अब गाउँका समकालीन साथीहरु ‘मिसन स्कुल’ गएर अंग्रेजी पढ्न थाले । म गाउँमै अमरकोष घोक्न थालेँ । पिताजी मलाई शास्त्री, आचार्य बनाउन चाहनुहुन्थ्यो । दाइहरुले पनि संस्कृत नै पढ्नुभयो । 
म पनि थाहै नपाई त्यत्तै जाँदै थिए । दुई वर्षपछि मेरो आमाले अंग्रेजी स्कुलमा लैजानुभयो भर्ना गर्न मलाई । एकैपल्ट कक्षा दुईमा । २०१७ तिरको कुरा  हो यो । ६ महिनामै दुईबाट तीनमा गएँ र अर्को ६ महिनामा ४ मा । फस्र्ट हुनेलाई डबल प्रमोसन दिइन्थ्यो । चारमा पनि फस्र्ट भएपछि पाँच कक्षाका लागि ‘लुँइटेल’ जानुपर्ने हुन्थ्यो । जंगलको बाटो, टाढा, म गाउँमै चार कक्षामै रहेँ । तीन महिना रोकिँदा एक वर्षको फरक पथ्यो । अहिले सोच्छु, त्यसैबेला माथिल्लो क्लासमा ‘लुँइटेल’ पुगेको भए ?


Rating (Votes: )   
Share     Print


Other Articles:
जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन्- विष्णु पौडेल (04.24.2018)
नेपाली राजनीतिमा प्रचण्डले तरङ्ग नल्याए मोनोटोनस जस्तो हुन्छ- जनादर्शन शर्मा (04.03.2018)
रेल ल्याउनुअघि रेल पढ्ने ब्यवस्था गर्नुस् (03.27.2018)
विद्युत चोरीबाट मात्रै १०–१२ अर्ब रुपैयाँ घाटा भैरहेको छ - कुलमान घिसिङ (02.20.2018)
ओली आफ्नो राष्ट्रवादी एजेण्डा छाड्नुहोला जस्तो लाग्दैन (01.30.2018)
“जनताले धेरै कुरा बुझेका रहेछन्” - कृष्णप्रसाद दाहाल (12.19.2017)
नेपालले पानी नदिने हो भने भारत प्याक प्याक भएर मर्छ : कीर्तिनिधि विष्ट (11.15.2017)
एउटै बाटोबाट मात्र लक्ष्यमा पुगिन्छ भन्ने छैन- डा. बाबुराम भट्टराई (10.11.2017)
माओवादीसंग मिलेर एमालेलाई सिध्याउने कि आफू सिद्धिने हो ? (09.12.2017)
निर्वाचन आयोग अहिले आइसीयुमा छ (09.06.2017)
म आपराधिक प्रवृत्ति, षड्यन्त्रकारी र आत्मसमर्पणवादीको घेराभित्र थिएँ (08.15.2017)
फेरि लोडसेडिङ हुँदैछ भन्ने आशंका बढ्दैछ : कुलमान घिसिङ (08.08.2017)
सुखको खोजीमा मात्र हिंड्यो भने त्यसले कर्मलाई आफंै पर धकेलिदिन्छ (07.26.2017)
पार्टी खोलेर मात्रै हुँदैन एजेण्डा पनि सही हुनुप¥यो– अनिता यादव (06.28.2017)
सबै ठीकठाक भए ८० दिनमा चुनाव गरिन्छ (02.28.2017)
नेपाल शक्तिकेन्द्रहरूले खेल्ने रणनैतिक मैदान बनेको छ : पेशलकुमार निरौला (01.31.2017)
सबै भन्छन्– पृथ्वीनारायण शाहले खेलेको भूमिका महत्वपूर्ण तर सम्मान खै ? (01.18.2017)
असफलता ज्ञानेन्द्रको टाउकोमा हालेर सत्ता जोगाउने प्रपञ्च भैरहेको छ : नेत्रविक्रम चन्द (01.12.2017)
अहिले देश अति नै दुखेको अबस्थामा छ- पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्ट (01.04.2017)
केही गरौं भन्ने भावना राज्य तहकामाभन्दा सामान्य श्रमिकममा बढी हुन्छ (12.29.2016)



 
::| Latest News

 
[Page Top]