युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 01:31pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
नेपाललाई समेट्यो चीनले कनेक्टिभिटीमा
Tuesday, 04.30.2019, 01:47pm (GMT+5.5)

काठमाडौं । चीनले “नेपाल चीन ट्रान्स–हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्क”लाई अनुमोदन गरेको छ । चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय फोरममा नेपालले राखेको सो प्रस्ताव पारित भएको हो । यसमा“ नेपाल–चीन क्रस बोर्ड रेल्वे” पनि सामेल छ । राजधानी बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मलेनमा नेपालको प्रस्ताव अनुमोदन भएको हो ।

चीनको बीआरआई परियोजनामा नेपालले यसअघि नै सैद्धान्तिक सहमति जनाइसकेको भएता पनि यो परियोजनाभित्र नेपाललाई कसरी समेटिने छ भन्ने स्पष्ट भएको थिएन । तर, शनिबार सम्पन्न गोलमेच बैठकले अब नेपाल–चीन कनेक्टिभिटीलाई औपचारिकरुपमै बीआरआईमा समेटेको छ ।
बीआरआईको दोस्रो बैठकले छनोट गरेका ६४ परियोजनाहरुमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ परियोजना छन् भने क्षेत्रीय बहुपक्षीय सहयोग अन्तरगत १४ वटा परियोजनाहरुलाई समेटिएको छ । त्यसैगरी सहभागीहरुका अन्य प्रशासंगिक प्रयासहरुलाई १५ वटा परियोजनामार्फत संयुक्त वक्तव्यको परिशिष्टमा समेटिएको छ ।
करिब ४० राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको सहभागिता रहेको दुई दिने सम्मलेनले ३८ बुँदे सामुहिक प्रतिवद्धता सार्वजनिक गरेको छ । नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको आतिथ्य रहेको थियो ।
शनिबार जारी ३८ बुँदे संयुक्त प्रतिवद्धताको परिशिष्टमा तीनवटा विषयलाई समेटेर विभिन्न ६४ वटा परियोजनाहरु उल्लेख गरिएका छन् । तीमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ वटा परियोजना छन्, जसको २३ औं नम्बर बुँदामा नेपालको प्रस्तावलाई समेटिएको छ ।
यसअघि शुक्रबार बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कनेक्टिभिटी नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि सर्वा्धिक महत्वपूर्ण रहेको बताउनुभएको थियो ।
नेपाली भाषामा सम्बोधन गर्नुभएकी राष्ट्रपतिले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गर्दै “नेपाल चीन सीमाना पार रेलवे वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई प्रवर्द्धन गर्ने” बताउनुभयो ।
चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको दुरदृष्टिले विशाल सम्भावना बोकेको बताउँदै बेल्ट एन्ड रोड इनिसियटिभमार्फत् मानव जातिको साझा भविष्य निर्माण गर्ने यो महान अभियानमा सहकार्य, सहयोग र सम्पन्नताको एक महत्वूर्ण क्षण भएको बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)ले लगानीका थप अवसरका ढोका खोलेकाले यसबाट फाइदा लिन उद्यमी र व्यवसायीलाई आह्वान गर्नुभएको छ । उहाँले नेपालमा हाल कार्यरत बहुराष्ट्रिय कम्पनीले लगानीबाट नाफा कमाइरहेको र यसबाट नेपाल लगानीका लागि आकर्षक गन्तब्य हो भन्ने पुष्टि भएको पनि उल्लेख गर्नुभएको छ । 
नेपाल–चीन आर्थिक तथा व्यापार मञ्च (नेपाल चाइना इकोनोमिक एण्ड ट्रेड  फोरम) मा आइतबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लगानी सुरक्षाका लागि व्यापक नीतिगत, संरचनागत सुधार गरिएको र वैदेशिक लगानी सहजीकरणका लागि चाँडै एकल विन्दू केन्द्र कार्यान्वयन गरिने र कर प्रणाली उद्धार र अनुमान योग्य बनाइने जानकारी दिनभयो । उहाँले नेपालले सफलतापूर्वक लगानी सम्मेलन आयोजना गरेको र उक्त सम्मेलनमा चिनियाँ उद्यमीको सबैभन्दा ठूलो उपस्थिति रहेको उल्लेख गर्दै नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र चीनबाट पयर्टक सङ्ख्या गुणात्मक रुपमा वृद्धि होस् भन्ने चाहेको बताउनुभयो । 
उहाँले नेपाल र चीन मित्रता र सहयोगको लामो इतिहास बोकेको छिमेकी मित्र भएको तथा भूगोल, संस्कृति र परम्पराले दुई देशका जनतालाई जोडेको तथा चीन नेपालको सबैभन्दा विश्वासिलो तथा भरपर्दो विकास साझेदार भएको र नेपालको सामाजिक विकास प्रयासमा चीन सरकार तथा जनता निरन्तर सर्मथन एवं सहयोग दिएको उल्लेख गर्नुभयो । उहाँले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा दुई मुलुकको सम्बन्ध सञ्चालन  हुँदै आएको र एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धता बलियो र अटल भएको तथा नेपाली भूमि चीनविरोधी गतिविधि हुन नदिइने कुराको सुनिश्चित गर्न नेपालले ठोस कदम चालेको जानकारी दिनुभयो ।
‘‘२०१५ को सेप्टेम्बरमा प्रगतिशील संविधान जारी गरेर नेपालले राजनीतिक मुद्दा टुङ्ग्याएको छ । राजनीतिक सङ्क्रणकालको अन्त्य गरेको छ र यो नेपालको इतिहासमै सबैभन्दा बलियो स्थिर सरकार हो । सरकारसँग देश विकासका लागि स्पष्ट दृष्टिकोण, कार्यसूची छ । आधुनिक रुपान्तरण नेपालको प्राथमिकता हो । जनताका उर्लँदो अपेक्षा सम्बोधन गर्न समय खेर फाल्ने सुविधा छैन र ‘समृृद्ध नेपाल, सुखी नेपाली’ सरकारको सङ्कल्प हो । विकास प्रयासका केन्द्र नेपाली जनता रहेका छन्’’, राष्ट्रपति भण्डारीले भन्नुभयो । 
उहाँले नेपालमा लगानीमैत्री वातावरण भएको राजनीतिक स्थायीत्वले नीतिगत स्थिरता दिई लगानीकर्ताको सुरक्षालाई सुनिश्चित गरेको, विकासका चुनौती ठूला र बहुआयामिक भएको, मुलुक प्राकृतिक स्रोतले भरिपूर्ण भए पनि विकासका सम्भावित लाभ लिन पर्याप्त भौतिक स्रोत साधन र प्रविधिको नभएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोगको आवश्यक भएको बताउनुभयो । 
मञ्चमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले तुलनात्मक रुपमा छोटो समयमा अभूतपूर्व विकास गरेको र गरीबीबाट समृद्धतर्फ गएको बताउँदै नेपालले यसलाई प्रशंसाको रुपमा हेरेको बताउनुभयो र यस विकासको फाइदा लिन चाहेको बताउनुभयो । उहाँले चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र सबैभन्दा ठूला व्यापार साझेदार तथा विदेशी लगानीकर्तामध्ये एक भएको बताउनुभयो । 
कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद्का पूर्वअध्यक्ष जियाङ जेङवी, चीनको वाणिज्य मन्त्रालयका एशिया विभागका निर्देशक पेङ गाङ, चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) का संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइन्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ, सिङघुवा विश्वविद्यालयका बेल्ट एण्ड रोड पोर्टलका निर्देशक सी जिसिन, रेलवे इन्टरनेशनलका उपाध्यक्ष वाङ लिजी, हुआजियान इन्टरनेशनल ग्रुपका झाङ हुवारोङ, चाइना रेलवे फस्र्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्यूटका झु लिजेङले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 
साथै लगानी बोर्डका महाप्रसाद अधिकारी, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रिजका राजेश काजी श्रेष्ठ, कन्फेडरेशन अफ नेपाली इन्डस्ट्रिजका अध्यक्ष सतिशकुमार मोरेले पनि आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले ‘नेपाल अ ल्याण्ड अफ अबण्डन्ट् अपरचुनिटी’ पुस्तकको विमोचन गर्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
स्वीस राजदूतको सुझाव “तपाईहरुलाई देश बनाउने एक विशिष्ट मौका छ” (04.04.2019)
एकतिहाइ जनता पूर्वाधारको सुविधाबाट बञ्चित छन्- श्रीराम न्यौपाने (03.28.2019)
राष्ट्रका लागि जसले बलिदान गरेको छ, राष्ट्रियताको मुद्दामा अर्कोले पछि पा¥यो - नवीन्द्रराज जोशी (12.11.2018)
हामी सबैलाई प्रधानमन्त्री बनाए हुने गरी भाषण गर्नसक्ने बनेका छौं - पूर्व अर्थमन्त्री सुरेन्द्र (11.20.2018)
खाना, नाना र छानायुक्त प्रजातन्त्र नेपाली जनतालाई आवश्यक छ- प्रधानमन्त्री ओली (10.02.2018)
पत्रकारितामा पञ्चायतकाल बिर्साउने क्षण आयो- शम्भु श्रेष्ठ, सम्पादक दृष्टि साप्ताहिक (09.25.2018)
“ओली सरकार जुद्धशम्शेरपछि सबैभन्दा शक्तिशाली सरकार हो” - गगन थापा (05.30.2018)
हजारौंलाई कालसंग खोस्ने डा. देवकोटा आफैं कालसंग लड्दै (05.08.2018)
जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन्- विष्णु पौडेल (04.24.2018)
नेपाली राजनीतिमा प्रचण्डले तरङ्ग नल्याए मोनोटोनस जस्तो हुन्छ- जनादर्शन शर्मा (04.03.2018)
रेल ल्याउनुअघि रेल पढ्ने ब्यवस्था गर्नुस् (03.27.2018)
विद्युत चोरीबाट मात्रै १०–१२ अर्ब रुपैयाँ घाटा भैरहेको छ - कुलमान घिसिङ (02.20.2018)
ओली आफ्नो राष्ट्रवादी एजेण्डा छाड्नुहोला जस्तो लाग्दैन (01.30.2018)
“जनताले धेरै कुरा बुझेका रहेछन्” - कृष्णप्रसाद दाहाल (12.19.2017)
नेपालले पानी नदिने हो भने भारत प्याक प्याक भएर मर्छ : कीर्तिनिधि विष्ट (11.15.2017)
एउटै बाटोबाट मात्र लक्ष्यमा पुगिन्छ भन्ने छैन- डा. बाबुराम भट्टराई (10.11.2017)
माओवादीसंग मिलेर एमालेलाई सिध्याउने कि आफू सिद्धिने हो ? (09.12.2017)
निर्वाचन आयोग अहिले आइसीयुमा छ (09.06.2017)
म आपराधिक प्रवृत्ति, षड्यन्त्रकारी र आत्मसमर्पणवादीको घेराभित्र थिएँ (08.15.2017)
फेरि लोडसेडिङ हुँदैछ भन्ने आशंका बढ्दैछ : कुलमान घिसिङ (08.08.2017)



 
::| Latest News

 
[Page Top]