युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 09:05am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
हामी अहिले पनि मुद्दाकेन्द्रित नभएर व्यक्ति वा पार्टीकेन्द्रित भैरहेका छौं
Monday, 06.06.2011, 02:49pm (GMT+5.5)

अहिले दलहरूले पाँच बुँदे सहमतिलाई -आफ्नै ढंगले व्याख्या गरेका कारण सहमति अपगालबाट बच्न मात्र गरिएको हो भन्ने आरोप लाग्न थालेको यहाँ के भन्नुहुन्छ ?

पहिलो कुरा पाँच बुँदे सहमतिलाई लिएर जुन ढङ्गले समाजमा नकारात्मक टिप्पणीहरू सुरु हुन थालेका छन्, त्यो अन्त्य हुनुपर्छ हामीले के बुझ्नुपर्छ भने पाँच बुँदे सहमति शान्ति संविधानलाई निष्कर्षमा पु¥याउने अन्तिम अवसर हो यसलाई एउटा सकारात्मक दवावको रुपमा हामीले अगाडि लैजानुपर्ने हुन्छ हरेक कुरामा नकारात्मकताको मात्र खोजी गर्दा त्यसले समस्या समाधानमा सहयोग गर्दैन

दोस्रो कुरा, जुन ढङ्गले कतिपय राजनीतिक दलका नेताहरूबाट टिप्पणीहरू आएको यो आफैंमा दुर्भाग्यपूर्ण पाँच बुँदे सहमतिका भाषामा कुनै अस्पष्टता या द्वैधअर्थ लाग्ने खालका शब्दहरू राखिएका छैनन् सहमतिका तीनवटा कुराहरू- तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत कामहरू सम्पन्न गर्ने, त्यही अवधिमा संविधानको पहिलो मस्यौदा तयार गर्ने राष्ट्रिय सहमतिको संयुक्त सरकार निर्माणका निम्ति प्रधानमन्त्रीले राजीनामा दिने विषय चाहिं सबैभन्दा महत्वपूर्ण हुन् भन्ने मलाई लाग्छ यसका अतिरिक्त सहमतिमा उल्लेखित सबै विषयहरू उत्तिकै महत्वपूर्ण छन्

सहमतिका सबै विषय महत्वपूर्ण भए पनि प्रधानमन्त्रीको राजनामाको विषयलाई बढी प्राथमिकता दिएको देखिन्छ शान्ति प्रक्रियाका सवालमा पनि माओवादीका नेताहरूले काम हुँदै गर्छ, कुनै तिथिमिति तोकिएको छैन भन्ने गर्नुभएको यसले दलहरू गम्भीर छैनन् भन्ने नै देखाउँछ नि हैन ?

सहमतिका बुँदाहरू स्पष्ट नै छन् तर नेताहरूको मनस्थिति स्पष्ट नभएको हुनसक्छ या त्यसलाई टेकेर -आफ्ना अभीष्टहरूलाई गलत ढङ्गले प्रयोग गर्ने अथवा प्राप्त गर्ने मनसाय हुनसक्छ सहमतिमाथि कुनै अन्योल भन्ने मलाई लाग्दैन किनभने आफैं पनि सहमतिको ड्राफ्ट गर्ने काममा संलग्न थिएँ जहाँसम्म प्रधानमन्त्रीको राजीनामाको कुरा - अहिले विवादमा पनि यसैलाई पार्न खोजिएको यसमा के भन्छु भने प्रधानमन्त्री स्वयंले पार्टी अध्यक्षको रुपमा पाँच बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको त्यसमा राष्ट्रिय सहमतिको संयुक्त सरकार निर्माणका लागि प्रधानमन्त्रीले राजीनामा गर्ने विषय परेको त्यो सहमति यतिबेला संसद्को सम्पत्ति भैसकेको त्यसकारण प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ कि दिनुहुन्न भन्नेबारेमा शंका उपशंका उत्पन्न गर्नु चाहिं अर्थपूर्ण छैन यहाँ हामीले बुझ्नुपर्ने कुरा के भने प्रधानमन्त्रीको राजीनामापछि हामीले स्थापना गर्ने भएको राष्ट्रिय सहमतिको संयुक्त सरकार हो यसमा कुनै विवाद गरिरहनुपर्ने आवश्यकता छैन त्यसकारण प्रधानमन्त्रीको राजीनामालाई अगाडि ल्याएर शान्ति प्रक्रिया संविधान लेखन कार्यलाई अन्तै मोड्ने काम कसैबाट पनि हुनुहुँदैन शान्ति प्रक्रिया संविधान लेखनको एउटा खाका आइसकेपछि राष्ट्रिय सहमति निर्माण हुन्छ संयुक्त सरकारका लागि प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ

हैन, प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा तत्काल राजीनामा नदिने भन्नुभएको यसलाई कसरी लिनुभएको ?

प्रधानमन्त्री झलनाथ खनालले दुईटा कुरा भन्नुभएको हो जस्तो मलाई लाग्छ पहिलो कुरा, आफू जतिदिन रहन्छु सरकार परिवर्तनको हल्लाले दैनिक प्रशासनमा पर्नसक्ने नकारात्मक असरलाई अगाडि आउन नदिने हुनसक्छ अर्को राजीनामा गरिसकेपछि विगतमा जस्तै लामो समयसम्म सरकार गठन हुन सकेन भने त्यो घोर अनर्थ हुन जान्छ त्यसकारण राजीनामा गर्न तत्पर छु तर सहमतिका आधारहरू खोजौं भन्ने हो जस्तो मलाई लाग्छ यो कुरालाई नकारात्मक रुपमा लिनुपर्छ भन्ने ठान्दिन कुरा कहाँनेर अड्किन्छ भने प्रधानमन्त्री स्वयंले वा उहाँका सल्लाहकारहरूले वैकल्पिक उम्मेदवार खडा नभएसम्म प्रधानमन्त्री कायम रहने हो भन्ने बुझ्छ वा व्याख्या गर्छ भने त्यो गलत कुरा हो अन्यथा शान्ति संविधानको विषयमा सहमति जुटाउने जग नै राष्ट्रिय सहमतिको जग हो अहिले नाममा सहमति खोज्न थाल्नुभयो भने कसैको नाममा पनि सहमति हुने अवस्था देख्दिन तर शान्ति प्रक्रिया संविधान निर्माणका विवादित विषयहरू टुंग्याइयो भने भोलि राष्ट्रिय सहमतिको सरकार निर्माण हुने जग त्यही हुनेछ अहिले नै सरकारको जग खडा गर्ने कुरा अनुचित हो

तैपनि प्रधानमन्त्री झलनाथ खनालको राजीनामा दिएपछि निकास आउँछ भन्ने तर्क गर्नेहरू पनि छन् नि ?

विकल्प छैन भन्ने कुरा हैन मैले भन्न खोजेको कुरा के हो भने यदि तपाईंले मुद्दालाई बिर्सेर व्यक्तिमा समाधान खोज्नुभयो भने त्यो विकल्प होला तर भोलि संयुक्त सरकार बन्ने इच्छा आधारहरू के के हुन् भन्ने प्रमुख विषय हो शान्ति प्रक्रियालाई हामी यसरी टुंग्याउँछौं, संविधान यसरी लेख्छौं भन्नेमा सहमति हुनेवित्तिकै निकासको बाटो खुलिहाल्छ नि यसपटक माओवादी अध्यक्ष प्रचण्डले रातभरिको छलफलमा आफूले शान्ति संविधानको पक्षमा केन्द्रीय कमिटीबाट पारित प्रस्ताव कार्यान्वयन गर्छु, शान्ति प्रक्रियाका सन्दर्भमा नेपाली सेनाको मातहतमा रहने गरी सेना समायोजन गरी विशेष निर्देशनालय रहने खालका कुराहरूलाई हामीले स्वीकार गरेका छौं लेखेरभन्दा गरेर देखाउने कुरा मुख्य हो भन्नुभएको उहाँले हामी सबै परीक्षामा रहेको सबैभन्दा बढी परीक्षामा माओवादी रहेको हुँदा हामीलाई अवसर दिनुहोस् भन्नुभएको थियो

मैले यो कुरा किन उठाएको भने यदि शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने सवालमा माओवादी पार्टी तत्पर भएर अगाडि आउने हो भने माओवादीलाई त्यो अवसर दिने कुरामा सबै दलहरूको सहमति नेपाली कांग्रेस पनि शान्ति प्रक्रिया टुङ्गिने ग्यारेन्टी गरी सेनाबाट माओवादीको सम्बन्ध विच्छेद हुन्छ भने सरकारको नेतृत्वका बारेमा हामी खुला छौं भनिरहेको एमालेले पनि त्यही कुरा भनिरहेको त्यसकारण माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरौं भन्ने हो भने उसले ती न्यूनतम कामहरू पूरा गर्नुपर्ने होला नि भोलि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो भने पनि शान्ति प्रक्रिया यसरी अगाडि बढ्छ भनेर माओवादीलाई आश्वस्त तुल्याउने कुराहरू होलान् त्यसकारण अहिले चलिरहेको विवादको सबभन्दा रद्दी पक्ष भनेको मुद्दामा नगएर व्यक्ति वा पार्टीमै केन्द्रित हुनु हो हामी कहिल्यै पनि मुद्दामा केन्द्रित भएर अगाडि बढ्न सकेनौं संचार माध्यमहरूले पनि मुद्दालाईभन्दा व्यक्ति वा पार्टीलाई नै केन्द्रित गरेको देखिन्छ शान्ति प्रक्रिया संविधान निर्माण कार्य यो तीन महिनामा कसरी टुङ्गिन्छ भन्ने विषयमा एउटा कार्यतालिका बनाएर ती विवादहरू जति छिटो सल्टाउन सकियो त्यति छिटो राष्ट्रिय सहमतिको सरकार बन्छ

त्यसो हो भने जुन दिन प्रधानमन्त्रीको राजीनामा आउँछ त्यतिबेला पाँच बुँदे सहमति कार्यान्वयन भयो भन्ने बुझ्दा हुन्छ ?

राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उहाँले मार्ग प्रशस्त गर्न तयार छुभनिसकेपछि वस्तुतः प्रधानमन्त्रीको राजीनामा आइसक्यो यसको कार्यान्वयन गर्नका लागि केही व्यावहारिक कामहरू बाँकी छन् त्यसकारण प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रिय सहमतिको संयुक्त सरकार बन्ने हो भनेदेखि आजैदेखि त्यसका आधारहरू पहिल्याउनतिर लाग्नुपर्छ प्रधानमन्त्रीको राजनामा कुनै वाधा पनि होइन मुद्दा पनि होइन त्यसकारण बहसलाई शान्ति प्रक्रिया संविधान निर्माणका विषयमा केन्द्रित गरौं भन्ने मेरो आग्रह

तपाईको कुरा सुन्दा पनि आशावादी हुनसकिने बलियो आधार देखिंदैन पाँच बुँदे सहमतिबाट मुलुकले निकास पाउँछ भनेर आम नागरिक आश्वस्त हुने अवस्था देखिएन नि हैन ?

जनतामा शंकाका आधारहरू छन्, त्यसलाई अस्वीकार गर्दिन हामीले पाँच बुँदे सहमति ¥यौं मुस्काउँदै बाहिर निस्कियौं, टेलिभिजनका पर्दामा हाम्रा अनुहार हसिला थिएँ त्यसकारण अब कार्यान्वयन भैहाल्छ भनेर आधार तयार भएको छैन विगतका व्यवहारले शंका गर्ने पर्याप्त ठाउँ छाडेको

यहाँ के उल्लेख गर्न चाहन्छु भने इतिहासले हामीलाई उपलब्ध गराएको सम्भवतः यो अन्तिम अवसर हो यो कुरा मैले माथि नै भनिसके तपाई आगामी भदौ १४ गते रातिको कल्पना गर्नुहोस् भदौ १४ सम्म तोकिएका कामहरू गर्न सकियो भने बाँकी कामका लागि अरु समय थप्छौं भनेका छौं किनभने त्यतिबेलासम्म संविधानको पहिलो मस्यौदा मात्र तयार हुन्छ त्यसलाई अन्तिम रुप दिन जनताको बीचमा जाने अरु प्रक्रियागत कामहरू गरेर टुंग्याउन न्यूनतम अर्को तीन महिना लाग्छ नै अहिले जनताको असन्तुष्टि पनि समय थपियो भन्नेमा नभएर थपिएको समयको सदुपयोग भएन भन्नेमा हो त्यसकारण मैले भन्न खोजेको कुरा के हो भने आगामी भदौ १४ गते रातिसम्म हामीले शान्ति प्रक्रियालाई एउटा निश्चित बिन्दुमा पु¥याएर त्यसका मूलभूत काम सम्पन्न गर्न सकेनौं भने त्यसपछि अवसर कहीं कतै पनि बाँकी रहने छैन यो अन्तिम अवसर भएकोले सबै दलहरूले यो सच्चाइलाई बुझेका छन् भन्ने मलाई लाग्छ



Rating (Votes: )   
Share     Print


Other Articles:
संविधान बनाउने विषयमा संविधानसभाभित्र र बाहिर पनि बहस भएको छैन : अधिवक्ता टीकाराम भट्टराई (05.24.2011)



 
::| Latest News

 
[Page Top]