युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:16am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्तरर्वाता
 
सरकारका बारेमा उठिरहेको संवैधानिक प्रश्नहरूको यथोचित जवाफ नदिंदा विश्वासको वातावरण बन्दैन - श
Monday, 03.25.2013, 06:39pm
जो लोकतन्त्रमा विश्वास गर्छन् र जनताका बीचमा गएर परीक्षण हुन चाहन्न् उनीहरूलाई चुनावको प्रक्रियामा ल्याउने ढंगले छलफल गर्नुपर्छ । सरकारले उनीहरूलाई वार्ताका लागि बोलाउने, उनीहरूका कुरा सुन्ने र अहिलेको जुन संवैधानिक व्यवस्था छ त्यस अनुसार उनीहरूका कुराहरू अधिकतम् सम्बोधन गर्ने कोसिस गर्ने बाटोबाटै हल गर्नुपर्छ । 
प्रधान न्यायाधीश नेतृत्वको सरकार हानीकारकमध्ये कम हानिकारक विकल्प हो - डा. नारायण खड्का
Monday, 03.18.2013, 05:24pm
दलहरू असफल भएको भए राजनीतिक समिति गठन हुने थिएन । ११ बुँदाका धेरैजसो बुँदाहरूमा दलहरूकौ भूमिका छ । मन्त्रिपरिषद्लाई निर्वाचनको वातावरण बनाउनेदेखि लिएर तमाम कार्य सम्पन्न गर्नका लागि सहयोग गर्ने काम अप्रत्यक्ष रुपमा दलहरूकै काँधमा राखिएको छ । तर पनि प्रधान न्यायाधीशको नेतृत्वको सरकार गठन भएकाले अनेक किसिमका टिप्पणी हुनु अस्वाभाविक होइन । 
"कमसेकम एउटा विषयमा त सहमति भयो नि भनेर खुसी हुनुपर्छ " - डा. रामशरण महत, केन्द्रीय सदस्य, नेपाली
Monday, 03.11.2013, 06:44pm
अन्य विषयहरूभन्दा पनि अहिले हामीले संवैधानिक निकासको विषयलाई मात्र हल गर्न खोजेका हौं । लडाकुको दर्जा निधारणको मुद्दा संवैधानिक होइन । एमाओवादीका नेताहरूले अझै पनि यस विषयलाई अडानको रुपमा राखिराख्नुभएको छ । यो अहिलेको विषय होइन धेरै पहिले नै सुल्झिसकेको छ । अहिले माओवादीले जे माग राखिराखेको छ त्यो राजनीतिक र संवैधानिक निकाससंग सम्बन्धित विषय होइन ।
प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन भए धेरै अनिष्ट निम्तिन्छ - सीपी मैनाली
Monday, 03.04.2013, 04:24pm
राष्ट्रिय वाम तथा लोकतान्त्रिक मञ्चमा रहेका १३ दलका साथीहरूले ज्ञापनपत्र पनि दिएका छौं । खास कुरा के हो भने हाम्रो धारणा मुलुकको निकास दलीय नेतृत्वमै हुनुपर्छ भन्ने हो । तर दलीय नेतृत्वमा पर्याप्त गृहकार्य भएन । नेपाली कांग्रेसको नेतृत्व एमाओवादीलाई मान्य भएन । त्यसो भए कांग्रेस बाहेकका अरु दलहरू पनि छन् । केही लाग्दैन भने बरु ठूलो दलको नेताका रुपमा पुष्पकमल दाहाललाई नै एउटा सन्तुलनकारी व्यवस्था बनाएर उहाँकै नेतृत्वमा भए पनि चुनावी सरकार गठन गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो । 
लोकतन्त्रको बिरुद्ध उभिने विलाएर जान्छन् : कोइराला
Monday, 02.11.2013, 03:39pm
सरकारबिरुद्ध आन्दोलनको घोषणा गरेका नेपाली कांग्रेस, नेकपा एमाले लगायत ९ विपक्षी दलहरूले पहिलो चरणको आन्दोलन अन्तर्गत शुक्रबार राजधानीको खुलामञ्चमा विरोध सभा सम्पन्न गरे । विपक्षीको शक्ति प्रदर्शनको नाम दिइएको विरोधसभामा बोल्ने अधिकांश नेताहरूले सरकार र एकीकृत नेकपा माओवादीको चर्को आलोचना गरेका छन् । केही प्रमुख नेताहरूको अभिव्यक्तिको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :-

जनतामा भएको सार्वभौमसत्ता पार्टीलाई दिएपछि यस्तो समस्या उत्पन्न भएको हो - सूर्यप्रसाद श्रेष्ठ
Monday, 02.04.2013, 06:37pm
राजनीतिक विकासको जुन क्रम सुरु भएको छ त्यो संक्रमणको निरन्तरता अन्तरिम संविधानले नै ल्याएको हो । हाम्रो संविधान नै संक्रमित छ । यो स्थिति आउँछ भनेर धेरैजसोले वस्तुगत रुपमा बुझेकै थिए र धेरैले भनेका पनि थिए । संक्रमणकालको जुन संवैधानिक प्रावधान छ त्यसले नै यस्तो अवस्था निम्त्याएको हो भनेर त मैले नै धेरैपटक भनिसकेको छु । संक्रमणकालीन संविधानको प्रावधानले नै हाम्रो अहिलेको स्थिति निम्त्याएको हो र त्यहीनेर हामीहरूको बुद्धि पुगेन ।
मलाई डेकेन्द्रराज थापाको हत्या अनुसन्धानबाट हटाउन चाहिं नसक्लान - प्रहरी निरीक्षक विनोद शर्मा,
Monday, 01.28.2013, 04:01pm
देशमा अहिलेसम्म पनि विधिको शासन छ भन्ने कुरालाई नेपाल प्रहरीले अंगिकार गरेको छ । हामीले कानुनको रक्षा गर्ने, पालन गर्ने र पालना गराउने हो । सर्वोच्च अदालतले अनुसन्धानलाई अगाडि बढाउनु भनी परमादेश दिइसकेपछि अरु कसले कहाँ के गर्नुभो, के भन्नुभयो, राजनीतिक कुरा के भनिरहनुभएको छ, उहाँहरूको धारणा के हो भन्ने बारेमा हामीले सोच्नुको कुनै मतलब नै छैन ।
मुलुकलाई गतिशील बनाउने कि अस्थिर बनाउने भन्ने अहिलेको मूल विषय हो - हरिकृष्ण कार्की, नवनिर्वाचि
Monday, 01.21.2013, 04:12pm
मुलुकका सामु जुन प्रकारका चुनौतिहरू देखा परेका छन् त्यसलाई हल गर्न नेपाल बार एसोसिएशन जहिले पनि अग्रसर भैरहेको विधिको शासन, कानुनी राज संवैधानिक सर्वोच्चताको सिद्धान्तलाई अंगिकार गर्नुपर्छ भन्ने मान्यता बोकेर हिंडेको मुलुकभरकै कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशन जहिले पनि कानुन अनुरुप नै शासन संचालित हुनुपर्छ विधिको उच्च सम्मान हुनुपर्छ भन्ने मान्यता राख्ने संस्था भएकाले बारले दण्डहीनताको अन्त्यका लागि संवैधानिक सर्वोच्चता कायम गराउनका लागि नेपाल बार एसोसिएशन सर्वदा क्रियाशील रहनेछ
प्रचण्डलाई नेपाली कांग्रेसबाट एउटा प्रलोभन दिइएको छ - मुमाराम खनाल, राजनीतिक विश्लेषक
Monday, 12.24.2012, 06:30pm

माओवादीभित्रको द्वन्द्वलाई बाहिर विचारका कुरा हुन् भन्ने गरिन्छ तर एमाओवादीमा विचार सिचार केही पनि छैन विचार पार्टीबाट बाहिरिसक्यो अहिले झगडा प्रधानमन्त्रीमा मात्र हो बाबुराम भट्टराई अझै धेरै समय प्रधानमन्त्री भैराखे भने बाबुरामको पनि बद्नाम भैराखेको उहाँको वरिपरी बस्नेहरूको पनि बद्नाम भएको , लोकतन्त्र अबरुद्ध यस्तो बेलामा प्रचण्डले निकास निकाल्न जुन पहल गर्नुभो त्यो सकारात्मक नै

अहिलेको लडाइँ सत्ताका लागि हैन, कुर्सी र पैसाका लागि हो : भरत विमल यादव
Monday, 12.17.2012, 06:29pm

कुनै बेलाका जल्दोबल्दो नेताका रुपमा परिचित भरत विमल यादव यतिबेला चर्चाविहीन हुनुहुन्छ  जनआन्दोलन २०६२।०६३ सम्म निकै सक्रिय देखिनुभएका यादव त्यसपछि विस्तारै ओझेलमा पर्दै जानुभयो  नेपाल सद्भावना पार्टी (आनन्दीदेवीका कार्यवाहक अध्यक्षका हैसियतले उहाँले तत्कालीन माओवादी  सात दलबीच भएको १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्नेमध्ये एक हुनुहुन्थ्यो  यादव जनआन्दोलन  मा अग्रपंक्तिमा रहनुभयो  जब संविधानसभाको निर्वाचन भयो तव आफ्नै पार्टीका सहकर्मीहरूका सोच  प्रवृत्तिबाट दिक्क भई सक्रिय राजनीतिबाट टाढिनुभयो  वन अधिकृतको जागिर छोडी सद्भावना राजनीतिमा हाम्फाल्नुभएका यादव मधेशका स्वच्छ छविका नेतामध्ये एक हुनुहुन्छ  उहाँ अहिले लागिरहेको उग्र नाराको पक्षमा पनि हुनुहुन्न  मुलुकको परिवर्तनलाई नेताहरूले गलत दिशातिर मोडेकोमा चिन्तित हुनुहुन्छ  प्रस्तुत  समसामयिक राजनीतिक विषयमा यादवसंग गरिएको कुराकानीको सारसंक्षेप :


हाम्रा नेताहरुमा लोकतान्त्रिक गणतन्त्रको चेत पसेकै छैन - प्रदीप नेपाल, नेता नेकपा एमाले
Tuesday, 12.11.2012, 03:21pm
यो संविधानसभा सम्पूर्णतामा असफल भयो त्यसैले प्रधानमन्त्री र सत्ताधारी दलका अध्यक्षले फेरि संविधानसभा निर्वाचन गर्नुपर्छ भने । यो धर्तीमा कहीं नभएको कुरा हो । यो सफल भएको भए त फेरि संविधानसभाको चुनाव गर्नै पर्दैनथ्यो नि । संविधानसभा असफल भयोसंविधानसभाका प्रमुख राजनीतिक दलका नेताहरू सम्पूर्ण हिसाबमा असफल भए । ठूलो पार्टीको नेता भएको हुनाले पुष्पकमल दाहालबाबुरामझलनाथमाधव नेपालसुशील कोइराला सबै असफल भए ।
राष्ट्रपतिसंग योभन्दा अर्को विकल्प नै थिएन - डा. दिनेश त्रिपाठी, संविधानविद्
Monday, 12.03.2012, 03:58pm
६ महिना बितिसक्दा पनि राजनीतिक दलहरूबाट सार्थक पहल भएन । सहमतिको वातावरण बन्न सकेन । एकातिर सरकार कामचलाउको हैसियतमा पुगेको अवस्था अर्कोतिर राजनीतिक दलहरूका बीच सहमतिको वातावरण पनि बन्न नसकेको अवस्था– देशमा यस्तो खालको अप्ठयारो स्थिति उत्पन्न भएको हुनाले राष्ट्रपतिले यो कदम चाल्नु परेको हो । राष्ट्रपतिसंग योभन्दा अर्को विकल्प नै थिएन । अहिले संविधानसभा विघटन भैसकेको छ ।
कांग्रेस–एमालेसंग सरकार हटाउने एजेण्डामा मात्र सहमति हुन्छ - सीपी गजुरेल, उपाध्यक्ष नेकपा–माओ
Tuesday, 11.20.2012, 04:16pm
मुलुकको निकासको बाटो बिरिएको संविधासभाको निर्वाचनपछि नै हो । सुरुदेखि नै जुन प्रकारले संविधान निर्माण गर्ने प्रयास अघि बढ्नुपथ्र्यो त्यो नै भएन । संविधान निर्माणका निम्ति संविधानसभा र गणतन्त्र नै नचाहेका दलहरूलाई भन्दा गणतन्त्रको लागि संघर्ष गरेको पार्टी नै जिम्मेवार हुनुपथ्र्यो तर त्यसो भएन किनभने नेपाली कांग्रेस, एमाले लगायतका दलहरूलाई त गणतन्त्र यति चाँडै आउँछ भन्ने नै लागेको थिएन । उनीहरू गणतन्त्रमा आए त्यो नै ठूलो कुरा भएको थियो । 
परीक्षालाई अझ व्यवस्थित बनाउन बारकोड सिस्टम लागु गर्दैछौ - दुर्गाप्रसाद अर्याल, परीक्षा नियन्त
Monday, 09.24.2012, 04:23pm
नतिजा राम्रो हुनुमा पाठ्यक्रम, शिक्षक, अभिभावक विद्यार्थी र परीक्षा प्रणाली सबै पक्षलाई विचार गर्नुपर्छ । परिषद्ले अहिले प्रयोगमा ल्याएको पाठ्यक्रम स्तरीय छ । तर, उच्च माध्यमिक विद्यालयहरूमा तहमा अध्यापन गर्ने शिक्षकको स्थायित्व छैन । ९ लाख विद्यार्थी रहेको उच्च माध्यमिक तहमा एकजना पनि परिषद्को आफ्नै स्थायी शिक्षक नहुनु दुःखको कुरा हो । सबै उ।मा।वि।हरूमा योग्यता प्राप्त शिक्षकको व्यवस्था गर्न सकियो भने पढाइको स्तर राम्रो हुन्छ । यसबाट नतिजा पनि सन्तोषजनक रहन्छ । 
धर्म र संस्कृतिले कुनै पनि समाजमा व्यक्तिलाई नियन्त्रणको प्रयास गरेको हुन्छ - विष्णुप्रसाद दाह
Tuesday, 09.18.2012, 02:53pm
विष्णुप्रसाद दाहाल समाजशास्त्री तथा मानवशास्त्री हुनुहुन्छ । बुबा इन्द्रप्रसाद दाहाल र आमा गोमादेवी दाहालको कोखवाट वि.स. २०३१ साल वैशाख २ गते राजधानीको बौद्ध महाँकलामा जन्मनु भएका दाहालले पाटन सयुंक्त क्याम्पसबाट मानवशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको छ । हाल कुमारी एकेडेमी प्रा.लि.मा आबद्ध दाहालले त्रि.वि.वि. अन्तर्गत पाटन संयुक्त क्याम्पसमा समाजशास्त्र एवं मानवशास्त्र र २०५९ मा त्रि.वि.वि. केन्द्रिय विभागमा समाजशास्त्र एवं मानवशास्त्र विषयमा अध्यापन थाल्नुभयो । नेपाली महिलाहरूको प्रमुख पर्व तीजका गीतमा विद्यावारिधी गरिरहनु भएका दाहालले पाँचवटा कृति पनि प्रकाशित गरिसक्नुभएको छ भने उहाँका अनुसन्धानात्मक लेख रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् । प्रस्तुत छ दाहालसंग तीजको सेरोफेरोमा रहेर गरिएको कुराकानीको प्रमुख अंश–

अब तीन दलको निर्णयले मात्र मुलुकले निकाय पाउनेवाला छैन - लक्ष्मणलाल कर्ण
Monday, 09.03.2012, 08:33pm
अहिले कुनै ठोस विचार अगाडि आइसकेको छैन । यसमा केही विचारहरू अगाडि आएका छन् । त्यो के भने संविधान जारी गर्न संविधानसभा पुनःस्थापना गर्ने अनि संसदीय चुनाव गर्ने एउटा पाटो आएको छ । अर्को संविधानसभाको निर्वाचन गर्नुपर्छ, कमसेकम त्यसको पछाडि सर्वोच्च अदालतको एउटा म्याण्डेट पनि छ ।
अरू दलको अस्तित्व समाप्त गर्छु भन्ने मोर्चालाई हामीले बहिष्कार गरेका हौं - भीम रावल, नेकपा एमाले
Monday, 08.27.2012, 04:47pm
गठबन्धनको झण्डा, नीति र आसय बोकेको कुनै पनि कार्यक्रममा हामी जान्नौं र त्यसले ल्याएको कुरालाई हामी मान्दा पनि मान्दैनौं । तर त्यो गठबन्धनको झण्डा, नीति र घोषणाभन्दा बाहिर राजनीतिक दलहरूका आआफ्ना स्वतन्त्र अस्तित्व छन् । एमाओवादीको पनि छ, मधेशी मोर्चामा आबद्धहरूको पनि छ । त्यसकारण पार्टीको हैसियतले गरिने वार्ता, छलफलमा हामी सहभागी हुने छौं र विगतमा पनि वार्ता भएकै हो । दलीय आधारमा हुने बैठकलाई हामीले कहिल्यै पनि विरोध गरेका छैनौं ।
सत्ता साझेदारहरूको गठबन्धनले ठूलो भ्रम सिर्जना गरिरहेको छ - सीपी मैनाली– महासचिव, नेकपा माले
Monday, 08.20.2012, 04:09pm
 नेपालको राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिक स्वतन्त्रता र विकासलाई मध्यनजरमा राखेर हेर्ने हो भने जातीय संघीयता मुलुकको हितअनुकूल छैन । फेरि पनि उहाँहरूसंग बहस गर्न सकिन्छ । छलफलद्वारा पनि हामी सहमतिमा पुग्न सकेनौ र यो कुरा गलत रहेछ भन्ने पार्न सकेनौं भने हामीले अरु अवैधानिक र अप्रजातान्त्रिक काम त गर्न सक्दैनौं । त्यसकारण प्रजातन्त्रमा विश्वास गर्नेले केही कुरा मिलेन भने त्यसलाई लिएर जनतामा जाने हो । त्यो भनेको चुनावमा जाने हो । 
नेपालको विदेश नीतिमा देखिएको छाडापनको फाइदा विदेशीले उठाइरहेका छन् - डा भेषबहादुर थापा, परराष्
Tuesday, 08.14.2012, 12:56pm
जुन व्यक्तिले नेपालको स्वतन्त्रताविरोधी अभिव्यक्ति दिएको छ त्यही व्यक्तिलाई खोजीखोजी नेपालका शीर्षस्थ व्यक्तिहरुले भेटघाट गरेर समझदारी गर्दा नेपाली जनताले के सोच्ने ? मुलुकलाई अवहेलित गर्ने अभिव्यक्ति दिंदा पनि तिनै व्यक्तिलाई नेपालका ठूल्ठूला मान्छेले भेट्छन् भने नेपाली जनताले कसरी त्यसलाई स्वीकार गर्ने ? 
नेपाल र चीन दौतइ सम्बन्धको ५७ वर्ष : विभिन्न व्यक्तित्वहरुको धारणा
Monday, 08.06.2012, 05:14pm
नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध कायम भएको आधा शताब्दी नाघिसकेको छ । दुई मुलुकबीच कुनै किसिमको राजनीतिक–कूटनीतिक विवाद छैन । पहिलो शताब्दीभन्दा अघिदेखि दुई देशबीच कायम रहेको धार्मिक–सांस्कृतिक सम्बन्ध आधुनिक कालखण्डमा आएर औपचारिक रुपमा दौत्य सम्बन्धमा परिणत भएको हो । यो सम्बन्ध स्थापना भएको पनि गत बुधबार (१ अगष्ट)मा ५७ वर्ष पुग्यो । यसै अवसरमा नेपाल चीन समाजले राजधानीमा आयोजना गरेको एकदिने प्रवचन कार्यक्रममा राजनीतिक दलका नेता तथा परराष्ट्रविद्हरूले व्यक्त गर्नुभएको धारणाको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
  » बाह्र बुँदेदेखि जेठ १४ गतेसम्मको एउटा अध्याय अन्त्य भइसकेको छ – कुलप्रसाद केसी, पोलिव्यूरो सदस
  » अरु पार्टीभित्रको विकृति देखेर रमाउने होइन, त्यसबिरुद्ध लड्नुपर्छ - लेखनाथ न्यौपाने, नेकपा–माओ
  » अहिलेको मुख्य समस्या नै राजनीतिमा देखिएको केटाकेटी खलाइ हो - डा नारायण खड्का, नेपाली कांग्रेस
  » अहिले संविधान एक किसिमले निस्क्रिय प्रायः छ – प्रदीप ज्ञवाली, नेकपा एमाले
  » २२ दलको शक्ति प्रदर्शन
  » जातीय आधारमा प्रान्त बनाउन हुँदैन – ताकाशी मियाहारा, अध्यक्ष, नेपाल राष्ट्रिय विकास पार्टी
  » परीक्षा प्रणालीलाई व्यवस्थित बनाउँदै छौं - दुर्गाप्रसाद अर्याल
  » राज्यको पुनःसंरचना : समस्या र सम्भावना - मोहनविक्रम सिंह
  » राष्ट्रलाई नै फाँसी चढाउन लागेका बेलामा चित्रबहादुरलाई कसैले फाँसीमा चढाउँछ भने मेरा लागि त्य
  » "देश र जनताका हक अधिकार सुनिश्चत नभएसम्म संघर्षहरू भैरहन्छन्" - मोहन बैद्य किरण, वरिष्ठ उपाध्
  » विवादित विषयको निर्णय मतदानबाट गरिए संविधान बन्ने सम्भावना कम हुन्छ – डा. मीनेन्द्र रिजाल, नेपा
  » नेपाली कांग्रेसलाई यहाँभन्दा बढी लचिलो हुने ठाउँ छैन – रमेश लेखक, नेपाली कांग्रेस
  » राजनीतिक दलहरूले संविधान लेखन कार्यलाई विषय बनाइरहेका छन् - नीलाम्बर आचार्य, सभापति संवैधानिक स
  » विज्ञापन रद्द होइन व्यवस्थित गरेर खोल्न स्थगित गरिएको हो – हेमनाथ पौडेल, उपकूलपतिका सल्लाहकार,
  » संविधान लेखन कार्य अगाडि बढ्नेवित्तिकै राष्ट्रिय सहमतिको सरकार गठन हुन्छ - भीम रावल– नेता, नेकप
  » जातीय राज्य बनाएर अराजकता फैलाउने अभियान वर्षौदेखि चलिरहेको छ - चित्रबहादुर के.सी.
  » नेताहरू विवाददेखि भाग्दै गरेका कारणले समस्या उत्पन्न भएको हो - नरहरि आचार्य
  » प्रधानमन्त्रीमा जवाफदेहिता देखिएन - डा. नारायण खड्का
  » कांग्रेसको बाह्रौ महाधिवेशन र केन्द्रीय समितिको निर्णय संसदीय व्यवस्था नै हो - लक्ष्मणप्रसाद घ
  » कमजोर कूटनीति र फितलो सुरक्षा स्थितिको उपज नै ‘ट्रान्जिट’ भ्रमण – डा. जयराज आचार्य



 
::| Latest News

 
[Page Top]