युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 06.23.2018, 05:52am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
संक्रमणकालीन नेपालको प्रशासन
Monday, 12.03.2012, 03:54pm (GMT+5.5)

यतिबेला मुलुक संक्रमणको अवस्थामा छ । राजनीति संक्रमणमा छ, प्रशासन संक्रमणमा छ । आर्थिक क्षेत्र संक्रमणको मारमा छ । अरु धेरै क्षेत्र राजनीतिक संक्रमणको प्रभावमा परेका छन । देशमा लोकतान्त्रिक गणतन्त्र आयो भनेर घोषणा त गरियो तर, लोकतान्त्रिक गणतन्त्रलाई वैधानिक रुपमा संस्थागत गर्ने काम भने अहिलेसम्म पनि हुनसकेको छैन । नयाँ संविधान निर्माणका लागि गठन भएको ऐतिहासिक संविधानसभा संविधान जारी नगरिकनै विघटन भएको छ । अब मुलुक कुन बाटोमा कसरी अगाडि बढने होकुनै टुंगो छैन । यसरी मुलक सिंगो रुपमा एकैसाथ अन्योल र संक्रमणको अवस्थामा पुगेका बेला नेपालको प्रशासनिक पक्षलाई तुलनात्मक रुपमा विश्लेषण गरेर युवा पत्रकार गोविन्दप्रसाद चौलागाई एउटा नयाँ कृति प्रस्तुत गर्नु भएको छ । जसको नाम होसंक्रमणकालीन नेपालको प्रशासनका सवल पक्षहरु ।

संक्रमणकालीन नेपालको प्रशासनका सवल पक्षहरु २०६९ सालमा प्रकाशित भएको नवीनतम् कृति हो । जसको सम्पादन गर्नुभएको छयुवा पत्रकार गोविन्दप्रसाद चौलागाईले । रौतहट टाइम्स साप्ताहिकका सम्पादक समेत रहनुभएका चौलागाईं हाल नेपाल पत्रकार महासंघ काठमाडौंका सभापति पनि हुनुहुन्छ । उहाँले यसबीचमा  समाचार सम्पादन लामो अनुभव हासिल गर्नुभएको छ । नेपालको राजनीति र प्रशासनिक पक्षलाई सूक्ष्म रुपमा अध्ययन गर्नुभएको छ । नजिकैबाट गहिरो ढंगले अवलोकन पनि गर्नुभएको छ । लामो अनुभव, गहिरो अध्ययन र अवलोकनको आधारमा उहाँले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै विभिन्न लेखकहरु मार्फत भोलिको नेपालले चाहेको प्रशासनको मोडेल दिने प्रयास गर्नुभएको छ । नेपालको नीतिगत तहमा महत्वपूर्ण वैचारिक खुराक दिने विचार र लेखहरु समावेश गरेर नयाँ कृति मार्फत एउटा स्पष्ट मार्ग निर्देशन प्रदान गर्नुभएको छ । यसरी एउटा स्पष्ट र सकारात्मक विचारहरुको संगालोका रुपमा आएको हुनाले यो कृति २०६९ सालको नवीनतम् उपहार हो भन्दा अनुपयुक्त हुँदैन ।

नेपालको प्रशासन क्षेत्र विगतदेखि नै विभिन्न खालका समस्याहरु झेल्दै आइरहेको छ । विगतमा हुकम प्रमांगीको आधारमा चल्दै आएको प्रशासन २०४६ सालको परिवर्तन पछाडि पेशागत हुन लागेको भए पनि अहिलेसम्म यो पूर्ण रुपमा पेशागत र व्यवसायिक हुनसकेको छैन । पछिल्लो समयमा नेपालको निजामति प्रशासन राजनीतिक हस्तक्षेपका कारण नराम्रोसंग गाँजिन पुगेको छ । पेशागत हकहितका लागि स्थापना भनेर खोलिएका कर्मचारी युनियनहरु संस्थालाई बनाउनतिर कति पनि सम्वेदनशील छैनन् । हरेक विषय एवं क्षेत्रमा अधिकार खोज्ने र काम ठग्ने मनोवृत्तिबाट ग्रसित छन । जनतालाई सरल र छरितो हिसावले सेवा प्रवाह गर्नुपर्ने प्रशासनको मूल धर्मलाई बिर्सेर राजनीति संरक्षणको आडमा नेतागिरी गरी आर्थिक लाभ प्राप्त गर्ने प्रवृत्ति बढदो छ जसले गर्दा नेपालको प्रशासन जनमुखी, व्यवसायिक र पेशागत हुन सकिरहेको छैन । यसरी नेपालको समग्र प्रशासन क्षेत्रप्रति नै नकारात्मक भावना बृद्धि भैरहेका बेला विद्यमान नेपालको प्रशासनिक अवस्था, कमी कमजोरी, सुधारको प्रस्ताव र दायित्व तथा कर्तव्यको सन्दर्भलाई समेटेर विभिन्न लेखहरुको संगालोको रुपमा प्रस्तुत कृति प्रकाशित भएको छ । यस अर्थमा यो पुस्तक सबै नेपालीहरुका लागि महत्वपूर्ण छ ।

प्रस्तुत पुस्तकमा विभिन्न शीर्षकमा लेखिएका ३७ वटा गहन र ओजनदार लेखहरु रहेको छन । जसअन्तर्गत सरकारी लेखा तथा लेखापरीक्षण, नेपालको औद्योगिक नीतिहरुको सिंहावलोकन, राज्य संचालनमा संसद र संसदीय समितिहरुको प्रारुप एवं भूमिका, एक गाउँ एक उत्पादन नीतिको सन्दर्भ, भूपरिवेष्ठित र अतिकम विकसित मुलकहरुको समस्या, सार्वजनिक क्षेत्रमा पादर्शीता, जलवायु परिवर्तन, सार्वजनिक नीतिको समीक्षा, राष्ट्रिय एकता र अखण्डताको सवाल, जनसंख्याको अवस्था र बसाइसराइ, नयाँ संविधान र न्यायपालिका, सामाजिक उत्तरदायित्व, भ्रष्टाचार नियान्त्रणका प्रयास, द्वन्द्वपछिको पुनःर्निमाण र विकासको मार्ग चित्र,,अन्तर्राष्ट्रिय व्यापार, विकास प्रशासन र शक्ति पृथकीकरण लगायतका विषयका लेखहरु रहेका छन ।

यसै गरी सार्वजनिक संस्थानका सुधारको खाँचो, वैदेशिक सहायतामा अन्तर्निहीतताको प्रभाव, दैवी प्रकोप व्यवस्थापन समस्या, राजस्व चुहावट र नियन्त्रणका पक्षहरु, कृषि, लोकसेवा आयोगको भूमिका, एकल खाता, संचिति कोष, सिंचाइ, वित्तीय प्रणाली, नागरिकता समस्या, वैदेशिक रोजगार, बजेट कार्यान्वयनको समस्याहरु, निजामतिमा समावेशीकरणको सवाल लगायतका विषयहरु पनि रहेका छन । नेपालको निजामति प्रशासन तथा त्रिभुवन विश्वविद्यालयका स्थापित प्रशासक तथा प्राध्यापकहरुद्वारा लेखिएका उल्लेखित लेखहरु निकै नै स्तरीय छन । पुस्तकमा समावेश यी लेखहरुले प्रशासन यन्त्रको विगत र वर्तमानको समीक्षा गर्नुका साथै भविष्यको बाटोको बारेमा पनि मार्गनिर्देश गरेका छन् । त्यसैले यो पुस्तक नेपालको प्रशासन र व्यवस्थापनको बारेमा चाख राख्ने जो कोहीका लागि उपयोगी हुनेमा दुईमत हुन सक्दैन । यसै गरी लोक सेवा आयोगका विभिन्न तहमा परीक्षा दिने परीक्षार्थी, प्रशासन यन्त्रमा कार्यरत कर्मचारी तथा स्कूल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पनि त्यत्तिकै उपयोगी देखिन्छ । यस अर्थमा सम्पादक गोविन्दप्रसाद चौलागाईले धैर्यताका साथ गरेको यो मेहनत सार्थक भएको हुनपुगेको छ ।

पुस्तक प्रकाशन गर्नु आफैमा चुनौतिपूर्ण कार्य हो । त्यसमा पनि विषयगत पुस्तक प्रकाशन गर्न निकै कठिन हुन्छ । आधिकारिक तथ्यांक र सूचना खोज्न लामो समय लाग्ने गर्दछ । निबन्ध जस्तो काल्पनिक कुरा लेखेर तयार हुने कुरा पनि भएन । यस्तो अवस्थामा एउटा कठिन प्रयासको थालनी गरी त्यसलाई सार्थक बनाउन सफल हुनभएकोमा पुस्तकका सम्पादक गोविन्द चौलागाई वास्तविक रुपमा नै धन्यवादका पात्र बन्न पुग्नुभएको छ ।

पुस्तकमा समावेश लेखहरुले नेपालको विभिन्न क्षेत्रलाई छोएका छन । ती क्षेत्रहरुको बारमा यथार्थ तस्वीर उतार गरी तिनीहरुमा रहेको समस्या र समाधानको मार्गचित्र प्रस्तुत गरेका छन । समावेश लेखहरुले कर्मचारी मित्रहरुलाई अधिकार र सेवा सुविधाको खोजी मात्र होइन आफ्नो दायित्व र कर्तव्य पालना गर्नुपर्छ भन्ने सन्देश प्रदान गरेका छन् । यो पुस्तकलाई अध्ययन गरी यसमा समावेश ज्ञानलाई राम्रोसंग आत्मसात गर्न सकियो भने यसले सम्बन्धित व्यक्तिमा सकारात्मक ज्ञान र सोचको विकास गर्न ठूलो मद्दत गर्छ भन्नेमा बलियो विश्वास छ ।

प्रस्तुति : देवराज अर्याल



Rating (Votes: )   
Share     Print


Other Articles:
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल (10.15.2012)
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण (10.01.2012)
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]