युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.18.2018, 11:10pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
लामो प्रशासनिक अनुभवको सार : “सार्वजनिक नीति”
Tuesday, 01.08.2013, 03:00pm (GMT+5.5)

सार्वजनिक नीतियुवराज पाण्डेको नव प्रकाशित कृति हो यो कृतिले सार्वजनिक नीतिका विविध पक्षबारे गहन प्रकाश पारेको सार्वजनिक नीतिबारे उहाँको पहिलो पुस्तकसार्वजनिक नीति विश्लेषणले पाठकवर्गबीच जुन प्रभाव जमाएको थियो यो नयाँ कृतिले विषय चिन्नको व्यापकता, वस्तुपरक धारणा प्रस्तुत गर्ने क्षमता सार्वजनिक नीतिको बहआयामिक पक्षबारे उहाँको गहन अध्ययनलाई साधिकार प्रकाश पारेको सार्वजनिक नीतिले व्यक्ति व्यक्तिको जीवन, सामाजिक गतिविधिमा राज्यका यावत् संयन्त्रहरूको संचालनमा महत्वपूर्ण प्रभाव पार्ने गर्दछ सार्वजनिक नीति ठीक भयो त्यसको प्रभावकारी कार्यान्वयन भयो भने त्यसले व्यक्तिलाई अनुशासित, कर्मशील सेवामुखी बनाउँछ समाजलाई पनि व्यवस्थित अग्रगामी सोचतिर निर्देशित गर्दछ राज्यलाई शान्ति, सुव्यवस्था समुन्नतिको बाटोमा अग्रसर गराउँदछ यस अर्थमा पनि सार्वजनिक नीतिको विशेष महत्व यो गहन अध्ययनको विषय पनि हो

यस कृतिका लेखक युवराज पाण्डेले आफ्नो अढाई दशक लामो प्रशासनिक सेवा कार्यको अनुभव समेतलाई समेटेर यो गहन कृति तयार गर्नुभएको देखिन्छ उहाँ शाखा अधिकृतको रुपमा प्रशासनिक सेवामा प्रवेश गरी नेपाल सरकारको सचिवसम्म भएर सेवा निवृत्त हुनुभएको राष्ट्रसेवक पूर्व कर्मचारी हुनुहुन्छ जवाफदेहितापूर्ण कार्यशैली क्षमताले मात्र सार्वजनिक नीतिको महत्व आत्मसात गर्नसक्छ भन्ने बोध गराउन उहाँको विश्लेषणात्मक क्षमता ठूलो सहायक बनेको यस कृतिमा

सार्वजनिक जीवनयावन गर्ने हरेक तह तप्काका व्यक्तिलाई यो कृतिको अध्ययनले सकारात्मक सोच निर्माण गर्न, उत्तरदायित्वपूर्ण कार्यशैली अपनाउन सामूहिक रुपमा काम गर्न अभिप्रेरित गर्न सक्छ नीति विहीनताको मारमा चौतर्फी समस्या भोग्दैआएको हाम्रो देशको अहिलेको अवस्थाले सार्वजनिक नीतिको उपादेयतालाई झनै आत्मसात गर्नुपर्ने अवस्था यसका निम्ति अनुभवी लेखक पाण्डेजीको यो कृति ठूलै सहायक सामग्री बन्न सक्छ

नेपालमासार्वजनिक नीतिको महत्व अझै स्थापित भएको छैन सार्वजनिक नीतिका बहुआयामिक पक्षबारे पनि गहन अध्ययन, अनुसन्धान विश्लेषण हुन सकेको पाइन्न व्यक्तिले सार्वजनिक नीति अनुशरण गरेर नै आत्मोन्नतिको अवसर पाउँछ, सुदृढ गतिशील समाज निर्माणको आधार पनि सार्वजनिक नीति नै हो समयसापेक्ष सार्वजनिक नीतिले मात्र राष्ट्रलाई सबल, समृद्ध सम्मानित अवस्थामा पु¥याउँछ भन्ने तथ्यबोध गराउन यो कृति उद्यत रहेको देखिन्छ

यो कृतिले सार्वजनिक नीतिको प्रकृति तर्जुमा, कार्यान्वयन मूल्यांकन एवं परिवर्तन विश्लेषणका अनेक पक्षमा गहन अध्ययन अनुसन्धानका लागि ढोका खोलेको यो कृतिले सार्वजनिक नीतिबारे अध्ययनअनुसन्धान गर्ने अध्येताहरूलाई मात्र होइन सार्वजनिक नीतिबारे चासो राख्ने जो कोहीलाई पनि गहकिलो खुराक दिएको कुरामा कुनै सन्देह छैन

यो कृतिमासार्वजनिक नीतिका बहुविध पक्षलाई १० परिच्छेदमा विभक्त गरी प्रस्तुत गरिएको ६९८+१४ पृष्ठमा सजिएको यो कृतिको परिच्छेद पहिलोमा सार्जजनिक नीतिको परिचय, दोस्रोमा नीति विज्ञान, तेस्रोमा नीति विश्लेषण, चौथोमा सार्वजनिक नीति निर्माण प्रक्रियाका सिद्धान्तहरू, पाँचौमा कार्यसूची निर्धारण नीति जीवनचक्र, छैठौंमा नीति निर्माणहरू निर्णय निर्माणका सिद्धान्तहरू, सातौंमा सार्वजनिक नीतिको तर्जुमा, आठौंमा सार्वजनिक नीतिको कार्यान्वयन, नवौंमा सार्वजनिक नीतिको अनुगमन मूल्यांकन अनि दशौंमा नीति हस्तान्तरणको अवधारणा अन्तर्राष्ट्रिय शिक्षा ग्रहणबारे उपशीर्षकहरू समेत दिएर गहन विश्लेषण गरिएको

गहन विषयलाई सरल भाषामा प्रस्तुत गर्ने लेखकको क्षमता पनि यो कृतिले प्रदर्शन गरेको विद्यार्थी पुस्तक भण्डारले २०६९ सालमा प्रकाशनमा ल्याएको यो कृतिको मूल्य रु. ६००। सार्वजनिक नीतिबारे लेखिएको यो कृति पठनीय संग्रहणीय दुवै

घिमिरे

 

पृथ्वीविचार व्यवहार विमोचित

काठमाडौं राष्ट्र निर्माता बडा महाराजाधिराज पृथ्वीनारायण शाहको दिव्य उपदेशमा आधारित रहेर लेखक खगेन्द्रराज सिटौलाले तयार गर्नुभएको पुस्तकपृथ्वी विचार व्यवहारको दोस्रो संस्करण यही पुस १८ गते विमोचत गरिएको

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको प्रमुख आतिथ्यमा २९१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा राजधानीको डिल्लीबजारस्थित भोजन गृहमा आयोजित गोष्ठीमा सो कृतिको विमोचन गरिएको हो

त्यस क्रममा अध्यक्ष खनालले मुलुकको सर्वाङ्गिण विकास नै पृथ्वीनारापण शाहप्रतिको सच्चा सम्मान भएको बताउनुभयो कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनाली, नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना लगायतका नेताहरूले पृथ्वीनारायण शाहका बारेमा बोल्नुभएको थियो

भरत बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम पेशल पोखरेलले संचलन गर्नुभएको थियो सो क्रममा डा खगेन्द्र लुइटेलले कृतिमाथि प्रकाश पार्दै भारत आसामको गुहाटी विश्वविद्यालयमा पृथ्वीनारायणको दिव्योपदेश कोर्समा राखेको चर्चा गर्नुभयो भने डा जगमान गुरुङले पृथ्वीनारायण शाहले सांस्कृतिक एकता पनि कायम गरेको चर्चा गर्नुभएको थियो



Rating (Votes: )   
Share     Print


Other Articles:
संक्रमणकालीन नेपालको प्रशासन (12.03.2012)
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल (10.15.2012)
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण (10.01.2012)
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]