युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 01:53am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
देवघाट महाकाव्य : नव प्रतिभाको प्रस्फुटन
Tuesday, 09.10.2013, 06:38pm (GMT+5.5)

“देवघाट” महाकाव्य–२०७० सालको गुरु पूर्णिमाका दिन प्रकाशमा आएको प्रतिभाशाली युवा कवि निराजन पन्तको नयाँ सिर्जना हो । यो महाकाव्य स्नातकोत्तर तह नेपाली विषयको दशौं पत्रको प्रयोजनका लागि लेखिएको सिर्जनापत्र हो भनिए तापनि सर्जक पन्तको कवित्व शक्तिको प्रचूर प्रदर्शन यसमा भएको छ । सोह्रओटा सर्गमा लेखिएको यो काव्यकृतिमा सर्जकले नेपालका प्रसिद्ध नदी कालीगण्डकी र त्रिशूलीको संगमस्थल देवघाटको मनोरम प्रकृति र धार्मिक–सांस्कृतिक मूल्य–मान्यताको सुन्दर शैलीमा महिमा गान गरेका छन् । छन्द, अलंकार र रससंयोजनका दृष्टिले पूर्वीय साहित्य सिद्धान्तको प्रयोग काव्यको रचनाशिल्पकारिताको उल्लेख्य पक्ष बनेको छ ।

कवि निराजन पन्तले विद्यार्थी अवस्थामा नै लेख्नुभएको ुदेवघाटु महाकाव्य सुन्दा आफू पुलकित भएको भन्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले भूमिकामा लेख्नुभएको छ– “यो महाकाव्यमा भौतिकतालाई टेकेर आध्यात्मिकताको वर्णन जो भएको छ, त्यो नै एउटा आश्चर्यको कुरा हो । कुनै चिन्तनलाई भेट्यो काव्यले भने वास्तवमा उसले आत्मालाई भेट्छ । भावना त उसको अमृत हो । त्यसले काव्यतत्वलाई भेट्छ । यो काव्यले पनि त्यो चिन्तनलाई त्यो शिव पार्वतीको मिलनलाई परमेश्वरी परमेश्वरको सम्मिलनलाई भेटेको छ ।”

राष्ट्रकवि घिमिरेले यो काव्य राम्रो लाग्नुको कारण दर्शाउँदै के लेख्नुभएको छ भने– “कालीगण्डकीका विभिन्न स्थानहरूलाई लिएर अझ मूलधार देवघाटलाई लिएर यो नेपालको जो महत्व यस काव्यमा वर्णन गरियो त्यो मलाई राम्रो लाग्यो । काव्यात्मक रुपले आध्यात्मलाई र आफ्नो पवित्र तीर्थस्थलहरूलाई काव्यमा निश्चय नै प्रकट गरिएको छ । कालीगण्डकी म तिम्रो कलकलमा अनाहत ध्वनि सुन्छु भनेर कविको भावना बोलेको छ । ज्योति, नाद अमृतको अनुसन्धान यी लययोगका कुरा हुन्, षड्चक्र पनि त्यही लययोग हो ।”

प्रा. राजेन्द्र सुवेदीले “देवघाट महाकाव्य स्प्राग्दृष्टि” शीर्षकको भूमिका लेखनमा यो काव्यकृतिका बहुआयामिक पक्षमाथि प्रकाश पार्दै भाषिक सौन्दर्य, संरचनात्मक कला र चिन्तनपक्ष बिशिष्ठ रहेको उल्लेख्य गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ – “प्रसाद गुण अवलम्बन भएको प्रस्तुत काव्य सहज र स्वाभाविक पर्न आएका अलंकारहरू निकै–निकै बिशिष्ट रुपमा उपयोग भएका छन् । चरित्रगत महत्ताभन्दा बढ्ता बिषयगत महत्तामा केन्द्रित रहेको यस महाकाव्य महत् पक्ष चिन्तनमा बढी उपस्थित भएको छ ।

कवि पन्तले कविता लेखनकै अभ्यासका रुपमा यो महाकाव्य लेखेको झल्किन्छ । धर्म, संस्कृति, देशप्रेम, सदाचार जस्ता शाश्वत मानवीय मूल्यमा केन्द्रित रही कविता लेख्दैआएका कवि निराजनको यो महाकाव्य धरातलीय नेपाली साहित्यको राम्रो उपलब्धि हो । यसको प्रकाशन लेखक स्वयंले गरेको देखिन्छ । १६८ पृष्ठको यो काव्यकृतिको मूल्य रू. २००।– रहेको छ । सुललित शैलीमा लेखिएको यो कृति जति रसिलो छ त्यत्तिकै ओजपूर्ण दार्शनिक चिन्तनले भरिएको छ । अतः यो काव्य पठनीय र संग्रहणीय छ ।
घिमिरे


Rating (Votes: )   
Share     Print


Other Articles:
‘नयाँ पसल’का कवि भट्टराइ देवी सुवेदी (03.25.2013)
‘भूर्चालो’ले दिएको सुधारात्मक चेतना (03.11.2013)
इतिहास नेपालमा नारी जागरण अवस्था - रमेश गौतम (02.04.2013)
लामो प्रशासनिक अनुभवको सार : “सार्वजनिक नीति” (01.08.2013)
संक्रमणकालीन नेपालको प्रशासन (12.03.2012)
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल (10.15.2012)
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण (10.01.2012)
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]