युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.18.2018, 11:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
युवाहरुको सिर्जनात्मक आवाज
Tuesday, 12.16.2014, 03:25pm (GMT+5.5)

‘हिडन स्माइल फर्म दी भेल’ हालसालै प्रकाशित भएको नवीनतम कविता संग्रह हो । चौतीसवटा कविता रहेको यस कृतिको रचना युवा कविद्वय अमृत पौडल र सुरज पनेरुले गरेका हुन । जसमा अमृत पौडलेले रचना गरेका सत्रवटा र सुरज पनेरुले रचना गरेका सत्रवटा कविता समावेश गरिएको छ । कविता अँगे्रजी भाषमा लेखिएका छन । 

हाल कक्षा १२ मा अध्ययनरत कविद्वय पौडेल र पनेरु उमेरले १६ वर्षमात्र भएका छन । तर, कवितामार्फत उनीहरुले व्यक्त विचार र भावना भने निकै परिपक्व र वजनदार रहेको छ । वास्तवमा अहिलेका युवा खास गरी विद्यार्थीहरुको भावनालाई प्रस्तुत कवितामार्फत प्रष्टफुटन गरिएको छ । त्यसैले हिडन स्माइल फर्म भेल कविता संग्रहलाई युवाजीवनका आरोहअवरोह रुपी भावनाहरुको प्रतिबिम्बको रुपमा लिन सकिन्छ । 

नेपालको जनसंख्यामा युवाहरुको समूह संख्यात्मक हिसावले निकै ठूलो छ । तर, धेरै युवा तथा विद्यार्थीहरु सही मार्ग समात्न नसकेर भौतारिइरहेका छन । समाज र देशको बारेमा सोच्ने र चिन्तन गर्नेहरुको संख्या त निकै नै कम रहेको छ । यस्तो अवस्थामा सिर्जनाको मार्ग समातेर अमृत र सुरजले साहित्यिक संसारमा जुन योगदान गरेका छन त्यसलाई प्रशंसनीय मान्नु पर्ने हुन्छ । यस अर्थका कविताको सार्थकता पनि उजागर हुन्छ । 

प्रस्तुत कृतिमार्फत अमृत र सुरजले व्यक्तिगतमात्र नभई समग्र युवाहरुको जोश, जागर र अनुभूतिलाई समेटेका छन । आजका युवा वैचारिक तहमा उत्पीडन झेलिरहेको तथ्यलाई कवितात्मक लयमा प्रस्तुत गर्दै यदि उपयुक्त अवसर र उत्प्रेरणा पाए नेपालमा युवा पनि अगाडि बढनसक्ने भाव कविता संग्रहमार्फत व्यक्त गरिएको छ । साथै अवसर र सम्भावना नभएका कारण धेरै युवाहरु पलायन हुन परेको कुरालाई पनि प्रस्तुत कविताबाट अभिव्यक्त गरिएको छ । 

अहिले पनि नेपाली युवाहरुको जोश र जागर घुम्टोभित्र रहेको छ । युवाको सम्भावनालाई अझै पनि राजनीतिक नेताहरुले भाषणमा मात्र सीमित गरेका छन । नेपालको सन्दर्भमा राजनीति कतै फोहरी खेलको रुपमा अगाडि बढेको त छैन ? भन्नेतर्फ प्रस्तुत कृतिले व्यङयात्मक रुपमा प्रहार गरेको छ । नारी सशक्तीकरण, लैगिंक समानता, शिक्षामा आमूल परिवर्तन, मानव अधिकार र धर्म आदिलाई व्यङय प्रहार गर्दै सिर्जनात्मक शन्देश प्रवाह गर्न प्रस्तुत कविता संग्रह सफल भएको देखिन्छ । 

प्रस्तुत कविताहरु मूलतः विद्यार्थी जीवन, युवा जोश, स्वतन्त्रता, देशभक्ति, प्रकृतिप्रेमजस्ता विषयमा केन्द्रीत छन । विद्यार्थी जीवनलाई सफल बनाउन स्वतन्त्रता पनि चाहिन्छ । युवाहरु जोश र जागरका खानी हुन यसलाई सकारात्मक मार्गमा निर्देशित गर्न अवसरको आवश्यकता छ । यस्ता अवसरहरुले देशभक्तिको भावनालाई अझ बलियो बनाउन सकन्छि भन्ने सन्देश दिन खोजिएको छ । पहिलो प्रयास भएर पनि कृति कवितात्मक पक्ष निकै सशक्त रुपमा आएको छ । अन्त्यमा युवाहरुको यो प्रयासलाई मूर्तरुप दिने काममा  तिलकराम पौडेल र सुरेन्द्र पनेरुले प्रकाशक बनेर सहयोग गर्नु भएको छ । आकर्षक साजसज्जामा सिंगारिएको पुस्तकको कागज पनि उच्चकोटी नै रहेको छ । जसको लागि राखिएको एक सय रुपैयाको मूल्य उपयुक्त नै मान्न सकिन्छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
समसामयिक विचारको संगालो - देवराज अर्याल (06.02.2014)
देवघाट महाकाव्य : नव प्रतिभाको प्रस्फुटन (09.10.2013)
‘नयाँ पसल’का कवि भट्टराइ देवी सुवेदी (03.25.2013)
‘भूर्चालो’ले दिएको सुधारात्मक चेतना (03.11.2013)
इतिहास नेपालमा नारी जागरण अवस्था - रमेश गौतम (02.04.2013)
लामो प्रशासनिक अनुभवको सार : “सार्वजनिक नीति” (01.08.2013)
संक्रमणकालीन नेपालको प्रशासन (12.03.2012)
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल (10.15.2012)
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण (10.01.2012)
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]