युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.18.2018, 10:20pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
गरिबी निवारणका लागि सहकारी
Tuesday, 11.03.2015, 01:33pm (GMT+5.5)

नेपालमा सहकारी सेवा प्रारम्भ भएको छ दशक पूरा भए पनि अहिलेसम्म यसको गुणस्तर भने आशातीत सुधार आउन सकेको छैन । संख्यात्मक रुपमा विश्लेषण गर्दा नेपालमा सहकारी सेवाको विस्तारले फड्को मारिसकेको छ । पछिल्लो तथ्यांक अनुसार प्रारम्भिक सहकारीहरुको संख्या ३५ हजार नाघिसकेको छ । सहकारीमा आवद्ध हुनेहरुको संख्या ५० लाख पुगेको छ । घर घरमा रोजगारी नपुगे पनि गाउँ गाउँमा सहकारी खुलिसकेको छ । तर, यसले दिने सेवाको गुणस्तरमा भने अपेक्षाकृत सुधार आउन सकेको छैन । सहकारीको विश्वव्यापी सिद्धान्त, मूल्य र मान्यताहरुको वास्तविक अर्थमा कार्यान्वयन हुन सकेको छैन । खासगरि सहकारीको वास्तविक अर्थ र महत्वका बारेका आमजनता र आवद्ध सदस्यहरुमा बुझाइको कमी छ । सहकारी शिक्षाको अप्रयाप्तताको कारणले गर्दा सहकारी सेवाको चेतनामा कमी भएको र यसैले गर्दा सहकारी सेवाको गुणस्तरमा सुधार आउनु नसकेको हो । यस विषयमा भैरहेका विभिन्न अध्ययन र अनुसन्धानहरुको निष्कर्ष पनि हो यो । 

सहकारी आन्दोलनको विद्यमान नेपाली पृष्ठभूमिमा सहकारी आन्दोलनको वर्तमान अवस्था, यसको समस्या र समाधानका उपायहरुमा केन्द्रीत रहेर आधारभूत शिक्षा प्रदान गर्ने उद्देश्यले हालै एउटा कृति प्रकाशनमा आएको छ– ‘गरिबी निवारणका लागि सहकारी’ । डा. खगराज शर्माद्वारा लिखित गरिबी निवारणका लागि सहकारी २०७१ सालमा प्रकाशित भएको नवीनतम् कृति हो । जसको प्रकाशन सहकारी संघ लिमिटेड रुपन्देहीले गरेको छ । मूलत? यो पुस्तकमा नेपालको सहकारी क्षेत्रका समस्याहरुलाई स्थलगत अध्ययन र अुनसन्धान गरी त्यसवाट प्राप्त तथ्य–तथ्यांकहरुको आधारमा विश्लेषण गरिएको छ । यस अर्थमा प्रस्तुत कृतिमा रहेका सामाग्रीहरु बढी विश्वसनीय रुपमा आएका छन । 

डा. शर्मा सहकारी क्षेत्रका अध्ययेतामात्र होइन यही विषयमा विद्यावारिधि प्राप्त व्यक्तित्व हुनुहन्छ । अर्थशास्त्र विषयको शुक्ष्म अध्ययन गरी सहकारी क्षेत्रलाई आर्थिक दृष्टिकोणबाट विश्लेषण गर्न उहाँ अभ्यस्त हुनु हुन्छ । नेपालको सहकारी अभियानलाई आर्थिक दृष्टिकोणबाट विश्लेषण गर्दै आउनु भएका डा. शर्माले प्रस्तुत गर्नु भएको यस कृतिमा पनि त्यही विषयवस्तु र विशेषता रहेका छन । 

नेपालको सन्दर्भमा राज्यले सहकारी क्षेत्रलाई अर्थतन्त्रको एउटा महत्वपूर्ण र आधारस्तम्भ मानिसकेको छ । सरकारी र निजी क्षेत्रलाई जत्तिकै सहकारी क्षेत्रलाई पनि प्राथमिकता दिएको छ । यस आधारमा सहकारी संस्थाहरुको संख्यामा पनि निकै विस्तार भैसकेको छ । तर, यसले दिने सेवाको गुणस्तरमा भने अपेक्षाकृत प्रगति हुन सकेको छैन । सहकारीको सही अर्थमा प्रयोग र संचालन हुन सकिरहेको छैन । जनताले जुन रुपमा सहकारीबाट लाभ लिनुपर्ने हो– त्यो हदसम्म लाभान्वित हुन सकिरहेका छैन । कतै सहकारीको पूर्ण रुपमा सदुपयोग हुन सकेको छैन भने सहकारीको नाममा दुरुपयोग भैरहेको छ । सहकारीलाई निश्चित व्यक्ति र समूहले मागिखाने भाँडो बनाइरहको अवस्था पनि छ । यस्तो अवस्थामा सहकारीलाई वास्तविक अर्थमा जनतामैत्री बनाउन सहकारी चेतनालाई व्यापक रुपमा विस्तार गर्नु पर्ने हुन्छ । प्रस्तुत पुस्तक यहँी सेरोफेरोका केन्द्रीत रहेको छ । 

सहकारीको मूल मर्म भनेको स्वसहयोग, स्वउत्तरदायी, समता, समानता, सहभागिता, ऐक्यबद्धता, इमान्दारिता, सामाजिक उत्तरदायित्व र लोकतन्त्र हो । यसको उद्देश्य भनेको बेरोजगारी समस्या हल गर्नु, शोषण, विपन्नता र दरिद्रता उन्मूलन गर्नु हो । यसैगरी प्राकृतिक विपत्ति लगायतका समस्याहरुको समाधानमा रुपले पहल अगाडि बढाउनु हो । सहकारी आन्दोलनको उल्लेखित मर्म र उद्देश्यअनुसार काम हुने हो भने नेपाल जस्तो देशको आर्थिक विकासमा यसले महत्वपूर्ण योगदान पुराउन सक्दछ । यसका लागि सर्वप्रथम सहकारीको सिद्धान्तका बारेमा जनतालाई शिक्षाको माध्यमबाट प्रशिक्षित गर्नु आवश्यक छ । डा. खगराज शर्माले प्रस्तुत पुस्तक मार्फत सहकारी शिक्षामा जोड दिदै अन्य समस्याहरुलाई समाधान गर्नु  सुझाव प्रस्तुत गर्नु भएको छ । 

प्रस्तुत पुस्तकमा डा. शर्माले सहकारी विभिन्न आयामबाट विश्लेषण गर्नु भएको छ । सहकारीसंग जोडिएका विभिन्न पक्षहरुका बारेमा मिहीन ढंगले चर्चा गर्नु भएको छ । र, ती पक्षहरुलाई खण्ड खण्डमा विभाजन गरी फरक फरक शीर्षक दिएर प्रष्ट्याउनु भएको छ । पहिलो खण्डमा योजना, विकास र गरिबी निवारणमा सहकारीको योगदानका बारेमा उल्लेख गरिएको छ । त्यसैगरी दोस्रो खण्डमा ऐन, नीति, नियम र सिद्धान्तको प्रयोगमा सहकारी भनेर चर्चा गरिएको छ । त्यसैगरी तेस्रो खण्डमा सदस्यता, कोष परिचालन र सुशासनका बारेमा विस्तृत जानकारी दिइएको छ । चौथो खण्डमा व्यवसायिकता र आर्थिक एवं सामाजिक मुद्दाको व्यवस्थापन बारेमा विभिन्न शीर्षक दिएर चर्चा गरिएको छ भने अन्तिम खण्डमा स्वदेश र विदेशको सहकारी अभ्यासका बारेमा तथ्यांक सहितको विश्लेषण प्रस्तुत गरिएको छ । 

सहकारी सेवाको सैद्धान्तिक अवधारणादेखि लिएर यसको सिद्धान्त, मूल्य, मान्यता र उद्देश्यलाई पृष्ठभूमि बनाएर लेखिएको यो पुस्तक यस क्षेत्रमा लागि एउटा उपयोगी दस्तावेज नै हो । यसले नेपालको सहकारी आन्दोलनको अवस्था, यसको समस्या र समाधानको उपायलाई पाठक समक्ष उजागर गर्ने प्रयास गरेको छ । सहकारीको बारेका कत्ति पनि नबुझ्नेहरुलाई साक्षर बनाउनका लागि सार्थक सामग्री हुने यो पुस्तक सहकारीमा लागिसकेका र यसका बारेका साक्षर भैसकेकाहरुका लागि पुनर्वल दिने काममा पनि उत्तिकै उपयोगी हुने प्रकारको छ । यतिमात्र होइन राष्ट्रियस्तरमा नीतिनिर्माण र प्राज्ञिक कार्यका लागि पनि यो पुस्तक उत्तिकै कामयावी हुने खालको छ । २९० पृष्ठ मोटो यस पुस्तकको छपाइ र साजसज्जा सन्तोषजनक नै छ । वर्णविन्यासमा रहेका केही त्रृटिहरुलाई आगामी दिनमा सुधार गर्दै लैजाने र नयाँ तथ्यांकहरुलाई पनि समावेश गर्दै लैजाने हो भने परिस्कृत संस्करणहरु अझ गहकिलो बन्दै जानेछ भन्ने विश्वास लिन सकिन्छ । 

प्रस्तुति : देवराज अर्याल 



Rating (Votes: )   
Share     Print


Other Articles:
युवाहरुको सिर्जनात्मक आवाज (12.16.2014)
समसामयिक विचारको संगालो - देवराज अर्याल (06.02.2014)
देवघाट महाकाव्य : नव प्रतिभाको प्रस्फुटन (09.10.2013)
‘नयाँ पसल’का कवि भट्टराइ देवी सुवेदी (03.25.2013)
‘भूर्चालो’ले दिएको सुधारात्मक चेतना (03.11.2013)
इतिहास नेपालमा नारी जागरण अवस्था - रमेश गौतम (02.04.2013)
लामो प्रशासनिक अनुभवको सार : “सार्वजनिक नीति” (01.08.2013)
संक्रमणकालीन नेपालको प्रशासन (12.03.2012)
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल (10.15.2012)
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण (10.01.2012)
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]