युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 08.19.2018, 11:10am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
अनुभूति र अभिव्यक्ति
Tuesday, 08.16.2016, 12:16pm (GMT+5.5)

‘अनुभूति र अभिव्यक्ति’– राजदरबारका पूर्व मुख्य सचिव रेवतीरमण खनालद्वारा लिखित चर्चित कृति हो । तीन दशक लामो समयसम्म राजप्रासाद सेवामा रहँदा देखे–भोगेका र अनुभव गरेका विविध पक्षका कुरा समेटेर तयार गरिएको यो कृतिले तत्कालीन दरबार केन्द्रित सत्तावृत्तका अनेक पाटाहरूलाई उजागर गर्नुभएको छ । उहाँले आफ्नो बाल्यकालदेखि ८२ वर्षको उमेर पुग्दासम्मका अनुभव र अनुभूतिलाई रोचक ढंगले प्रस्तुत गर्नु भएको देखिन्छ । लेखककै शब्दमा भन्ने हो भने– ‘दरबारका बारेमा चाख राख्नेहरूका लागि केही थाहा होस् र अनुसन्धान गर्न चाहनेहरूका लागि पनि काम लागोस् भनी सकेसम्म सत्यतथ्य कुरा’ यहाँ उल्लेख  गरिएको छ । 

उहाँ कानून र नीतिशास्त्रका ज्ञाता पनि भएकाले राज्य सञ्चालनमा नीति र कानूनको परिपालन भए मात्र देशमा शान्ति सुव्यवस्था कायम हुनसक्ने प्रबल धारणा उहाँले प्रस्तुत गर्नुभएको छ । ‘नेपालको कानूनी इतिहासको रुपरेखा’ कृतिका लागि २०५९ सालमा मदन पुरस्कार पाउनुभएका लेखक खनालले कानूनको विद्यार्थी रहँदा र प्रध्यापन गर्दाका अनुभवलाई पनि यहाँ समेट्नु भएको छ भने पत्रकारिता र  समालोचनात्मक साहित्य लेखन गर्दा गरेका अनुभूतिलाई पनि यहाँ उल्लेख गर्नुभएको छ । मूलतः यो कृतिको आकर्षण भनेको उहाँले रहस्यको पेटारोको रूपमा अनुभूत हुनेगरेको तत्कालीन दरबारभित्रका कुराहरू कुन रूपमा प्रस्तुत गर्नुभएको छ भन्ने नै हो । 

कृतिकार खनालले यो कृतिमा २०१७ सालको घटना कुन पृष्ठभूमिमा हुनगयो, जननिर्वाचित प्रजातान्त्रिक सरकार किन विस्थापित हुनपुग्यो र पञ्चायती व्यवस्थाको सूत्रपात कसरी भयो भन्नेदेखि लिएर राजा महेन्द्रको शासकीय शैली, अठोट, दृढता र राष्ट्रिय दृष्टिकोणको प्रभावका प्रसङ्हरूको ठाउँ–ठाउँमा चर्चा गर्नुभएको छ । उहाँले आफूले देखे–भोगेका चार राजाहरू त्रिभूवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रबारेका विविध प्रसंगहरूको चर्चा गरे पनि राजा महेन्द्र र वीरेन्द्रको सानिध्यमा रहेर काम गर्दाको अनुभवलाई सूचनामूलक शैलीमा प्रस्तुत गर्नुभएको पाइन्छ । २०४६ सालको परिवर्तनका बेला उहाँ दरबारको उच्चपदमा आशिन हुनुहुन्थ्यो । उहाँले २०५२ सालमा निवृत्त नहुँदासम्म पदीय हिसावले राजदरबार र सिंहदरबारबीच सम्बन्ध सेतुको रूपमा काम गर्नुभएकाले अन्तरिमकालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र २०४८ का निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित जोडिएका अन्तर्विरोधपूर्ण रोचक प्रसंगहरू पनि यहाँ समेटिएको पाइन्छ । प्रधानमन्त्री कोइरालाले संविधान र कानूनको ख्यालै नगरी भारतीय नागरिकलाई नागरिकता उपलब्ध गराएर लोकसेवा आयोगको अध्यक्ष बनाउन गरेको प्रयासको पनि यहाँ चर्चा गरिएको छ ।

आफ्नो यो कृतिमा कृतिकार खनालले नेपाल–भारत सम्बन्धका विविध पाटाहरूदेखि लिएर नेपाल कसरी विदेशीको खेलमैदान भयो, संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्रबीच समन्वयात्मक गति किन स्थापित हुन सकेन, राजा वीरेन्द्रको वंशै विनाश हुने गरी भएको हत्याकाण्डको छनविन किन भएन र किन नैतिक जिम्मेवारी कसैले लिएन भन्ने गहन विषयले पनि यो कृतिमा चर्चा पाएको छ । यो कृतिका माओवादीको दशवर्षे जनयुद्धदेखि लिएर नेपाललाई आर्थिक उपनिवेश बनाउने सोचमा बाधा पर्नासाथ भारतबाट हुने गरेका चलखेलका प्रसंगहरूले पनि स्थान पाएका छन् । राजतन्त्र विस्थापित हुनुका पछाडिका कारणबारे पनि यो कृतिले खोतलखातल गरेको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको प्रसंगलाई समेट्न पनि कृतिकारले छुटाउनुभएको छैन । यो कृति कृतिकारको आत्मकथा भए पनि आधा शताब्दीयताको नेपालको आन्तरिक आरोह–अबरोहको भित्री मर्म उजागर गर्ने प्रयास भएको देखिन्छ । यो कृतिले दरबारभित्र र बाहिरका कैयौं अनुद्घाटित पक्षलाई उजागर गरेको पाठकीय अनुभूत छ । अहिलेको गणतान्त्रिक नेपालका लागि इतिहासको विषय बनिसकेको राजतन्त्रात्मक नेपालको  अवस्थितिवारे सूक्षम ज्ञान लिन यो कृतिले सघाउन सक्ने देखिन्छ । प्रदिप्त प्रिन्टिङ एण्ड पब्लिसिङ प्रा.लि.ले २०७३ सालको गुरू पूर्णिमाका दिन यो कृति प्रकाशनमा ल्याएको र ३०२ पृष्ठको यो कृतिको मूल्य रू. ४२५ रहेको उल्लेख छ ।

– देवकोटा



Rating (Votes: )   
Share     Print


Other Articles:
गरिबी निवारणका लागि सहकारी (11.03.2015)
युवाहरुको सिर्जनात्मक आवाज (12.16.2014)
समसामयिक विचारको संगालो - देवराज अर्याल (06.02.2014)
देवघाट महाकाव्य : नव प्रतिभाको प्रस्फुटन (09.10.2013)
‘नयाँ पसल’का कवि भट्टराइ देवी सुवेदी (03.25.2013)
‘भूर्चालो’ले दिएको सुधारात्मक चेतना (03.11.2013)
इतिहास नेपालमा नारी जागरण अवस्था - रमेश गौतम (02.04.2013)
लामो प्रशासनिक अनुभवको सार : “सार्वजनिक नीति” (01.08.2013)
संक्रमणकालीन नेपालको प्रशासन (12.03.2012)
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल (10.15.2012)
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण (10.01.2012)
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]