युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 02:18am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह”
Tuesday, 12.13.2011, 12:48pm (GMT+5.5)

नेपाल चीन समाजद्वारा प्रकाशित तथा बौद्ध साहित्य एवं सांस्कृतिका अनुसन्धानकर्ता केदार शाक्यद्वारा लिखित “भृकुटीको विवाह” नयाँ पुस्तक केही दिन अगाडि प्रधानमन्त्री डा.बाबुराम भटराईले विमोचन गर्नुभएको थियो । अंग्रेजी र नेपाली भाषामा लेखिएको यो पुस्तकमा छैटौं शताब्दीको अन्त्य र सातौ शताब्दी  प्रारम्भमा नेपालको लिच्छिवी शासनकालमा विदुषी राजकुमारी भृकुटीको जन्म भएको थियो । उनको विवाह तिब्बतका बौद्धधर्मका अनुयायी राजा स्रङचनगम्पोसित भएको थियो । त्यसै ऐतिहासिक पक्षलाई आधार बनाएर लेखिएको पुस्तकमा नाटकीय स्वरुप दिएर प्रस्तुत गरिएको छ ।
यो पुस्तक नेपाल र तिब्बत सम्बन्धको ऐतिहासिक पृष्ठभुमीलाई आधार बनाएर लेखिएको साहित्यिक कृति हो । पुस्तक एकांकी नाटकको रुपमा प्रस्तुत गरिएको छ । यसमा नेपाल र तिब्बत बीच शताब्दीऔं अगाडिदेखि स्थापित मैत्री तथा सांस्कृतिक सम्बन्धलाई नेपालकी राजकुमारी भृकुटी र तिब्बती राजा स्रडचनगम्पोको विवाह पछि अझ बलियो भएको कुरालाई साहित्यिक  पाराले वर्णन गरिएको छ । यसमा भृकुटीको देश प्रेम तथा धार्मिक, सामाजिक र आर्थिक समुन्नतीमाथि उनको गहिरो अभिरुची, आस्था र विश्वासलाई प्रष्ट पार्ने प्रयास भएको छ ।
यसमा नेपाल र तिब्बतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धको आधारलाई भृकुटीको कृयाकलापबाट अझै बलियो बनाउने प्रयास भएको छ भन्ने कुरालाई लेखकले राम्रोसंग प्रस्तुत गर्नुभएको छ ।  नेपाल तथा चीनको स्वशासित क्षेत्र तिब्बतका तत्कालीन धार्मिक सम्राट स्रङचनगम्पोसित भृकुटीको वैवाहिक सम्बन्ध गाँसिएपछि नेपाल र तिब्बतबीच सांस्कृतिक सम्बन्ध विकासको बलियो आधार बनेको हो । त्यस अघि दुबै देशबीच आपसी सम्बन्ध राम्रो थिएन । बौद्ध संस्कृतिका विद्वान अन्वेषक तथा लेखक केदार शाक्यले भृकुटीको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको चर्चा उठाउँदै भृकुटीको विद्वताबाट दुबै देशको सम्बन्धमा राम्रो सुधार आएको देखाउनु भएको छ ।
भृकुटी सातौं शताब्दीकी नेपालकी प्रतिनिधि नारी थिइन् । उनमा धार्मिक जागरण तथा सामाजिक चेतना प्रबल रुपमा विद्यमान थियो । यही कारण उच्च नैतिक चेतनाको बलबाट उनले आफ्ना पितालाई तत्कालीन समयमा राजपरिवारको विवाहमा आम जनताबाट कर उठाउने कुराको प्रतिवाद गरिन् । राज्यलाई त्यस्ता कर उठाउन नै बन्दगर्न बाध्य पारिन् । यसका साथै तत्कालीन समयमा विद्यमान अन्य थुप्रै सामाजिक पक्षमा पनि सुधारका लागि आफु उदाहरण बनिन् । उनले सामाजिक परम्परा अनुसार छोरीलाई धन सम्पत्ती दाइजो दिने कुरामा पनि सुधार गरिन् । उनले आफ्ना पिता महासामन्त अंशुबर्मासित दाइजोमा कुनै भौतिक धन सम्पत्ति लिइनन् । बरु उनले बुद्धधर्म दर्शनका पवित्र ग्रन्थ सद्धर्मपुण्डरिक, प्रज्ञापारमिताजस्ता ग्रन्थहरू साथमा लगेर तिब्बतमा बुद्धधर्म संस्कृतिको प्रवद्र्धनमा बल दिइन् । यसलाई लेखकले प्रमुखताका साथ प्रस्तुत गर्नु भएको छ ।
छैटौं शताब्दीको अन्त्यतिर र सातौं शताब्दीको सुरुमा नेपालमा लिच्छबी शासन थियो । त्यो समयमा नेपालमा बुद्धधर्म संस्कृतिले उच्चप्राथमिकता पाएको थियो ।  छिमेकी मुलुकहरू भारत तथा चीनबाट विश्वप्रसिद्ध बौद्ध विद्वानहरू नेपाल आउने गरेका थिए । तिनै विद्वान गुरुहरूको सम्पर्कमा भृकुटी पनि थिइन् । उनले तिनै प्रसिद्ध विदनहरूबाट प्राप्त गरेका बुद्धधर्म दर्शनका गहन पक्षलाई ब्यवहारमा ल्याउने प्रयत्न समेत गरेकी कुरालाई लेखकले आफ्नो पुस्तकमा प्रस्तुत गर्नु भएको छ । त्यसबेला तिब्बती नरेश स्रङचनगम्पोले भृकुटीसितको विवाह प्रस्तावलाई अस्वीकार गरेमा नेपालमाथि फौजी आक्रमण हुनसक्ने चेतावनी दिएका थिए । त्यसबाट अन्यौलमा परेका नेपालका शासकबर्गको समस्या समाधानमा भृकुटीले सुझबुझयुक्त ब्यबहार देखाइन् । फलस्वरुप नेपाल माथिको आक्रमणको कालो बादल हट्यो । यो बिषयलाई यस किताबमा निकै महत्वकासाथ प्रस्तुत गरिएको छ ।
लेखक शाक्यले यसभन्दा अघि लेख्नुभएको “बुद्धम शरणम गच्छामि”, अंगुलीमाल आदी नाटकहरू रेडियो नेपालबाट प्रशारण भइसकेको छ । लेखकका अनुसार यो नाटक भृकुटीको विवाह पनि प्रशारणको प्रतीक्षामा छ । बौद्धधर्म संस्कृति संबन्धी थुप्रै कार्यपत्रका लेखक शाक्य लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वरजिष्ट्रार तथा गोरखापत्र दैनिकका पूर्वसम्पादक रहिसक्नु भएको छ ।
तिब्बतमा भृकुटीले उच्चतहदेखि सर्वसाधारण जनताबाट समेत पाएको माया र सम्मानबाट लेखक निकै प्रभाबित हुनुभएको देखिन्छ । नेपाली कलाकार तथा ब्यापारीबर्गलाई तिब्बतमा झिकाएर नेपालको कलाकारिता र ब्याबसायिक दक्षतालाई त्यहाँ बिस्तार गर्ने अवसर पनि भृकुटीको ब्याबहारिक सुझबुझकै कारण सम्भव भएको हो भन्ने कुरा पनि पुस्तकमा देखाइएको छ । वर्तमान समयमा पनि त्यसको निरन्तर प्रभाव कायम रहेको छ । वास्तवमा तत्कालीन लिच्छबीकालीन राज्यसत्ताले आशागरे झैं भृकुटी नेपाल कै एक सांस्कृतिक राजदूत बन्न सफल भएको कुरा यस पुस्तकको वर्णनबाट थाहा हुन्छ । यो पुस्तकको प्रकाशनबाट नेपाल र चीन तिब्बतबीचको प्राचीनकालदेखिको मैत्री र सांस्कृतिक सम्बन्धको आधारलाई अझै बलियो बनाउन सक्ने भुमिका निर्वाह गरेको देखिन्छ । किनभने नेपाली  र अंग्रेजी दुबै भाषामा पुस्तक प्रकाशित हुनुले भृकुटीको योगदानलाई दुबै मुलुकका जनताले संझन र बुझ्न सकुन भन्ने सदाशयता राखिएको देखिन्छ । पुस्तक सानो भए पनि यसले प्रस्तुतगर्न चाहेको बिषय निकै गहन छ । त्यसो भएकोले नेपाल चीन समाजले आफ्नो उद्देश्य अनुसार अर्को संस्करणमा चिनीया र तिब्बती भाषामा पनि अनुवाद गरी प्रकाशन गर्ने प्रयास गरेमा भृकुटीको योगदानबारे नयाँ पुस्तालाई जानकारी मिल्ने देखिन्छ । यसका लागि नेपाल चीन समाजकी अध्यक्ष प्रेमकुमारी पन्त धन्यवादका पात्र हुनुहुन्छ ।
वाई. देवकोटा



Rating (Votes: )   
Share     Print


Other Articles:
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]