युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 06.23.2018, 05:58am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
पानी र कूटनीतिमाथि श्रेष्ठको चिरफार
Wednesday, 11.23.2016, 01:34pm (GMT+5.5)

नेपालको राजनीतिमा अतिक्रमण शब्दको प्रयोग व्यापक छ । अधिकार अतिक्रमण, सीमा अतिक्रमण, कूटनीतिक मर्यादाको अतिक्रमण अनि एकले अर्काको क्षेत्राधिकारमाथिको अतिक्रमणका सन्दर्भ निकै आउने गर्दछन् । नेपालभित्रै एक नेपालीले अर्को नेपालीको अधिकारमाथि हुने हस्तक्षेप नेपालीका लागि सामान्य लागे पनि नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भविष्यसंग जोडिएका विषयमा बाहिरी शक्तिको अतिक्रमणबाट भने नेपाली जनता वाक्कदिक्क छन्, आक्रोशित छन् । यस्ता अतिक्रमणको बिरुद्धमा सत्तामा पुग्नेहरू मौन रहने गर्दछन् भने सत्ता बाहिर पुगेपछि सडक तताउने विषय बनेको छ । अतिक्रमण नेपाली राजनीतिमा उदाउने र अस्ताउने औजार बनेको छ ।

नेपाल बाहिरी शक्तिको अतिक्रमणबाट आक्रान्त छ भन्ने दृष्टान्त एक होइन अनेक छ । सत्ता स्थापना मात्र हैन व्यवस्था परिवर्तनकै लागि पनि बाहिरी शक्तिको अतिक्रमण हुने गरेको छ । आन्दोलन उठाउन, आन्दोलन सेलाउन, तताउन सबै बाहिरी शक्ति लागेका हुन्छन् । यसको एउटै स्वार्थ छ यहाँको प्राकृतिक स्रोतमाथि पनि अतिक्रणण जारी राख्ने ।

नेपालको प्रमुख प्राकृतिक स्रोत हो पानी । विश्वमा जलस्रोतको दोस्रो धनी मुलुक नेपालमा खानेपानी, जलविद्युत र सिंचाईका लागि समेत उपयोग हुन नसकेको छैन । यसको कारण अतिक्रमण नै हो । कुरा लुकाउनुपर्ने आवश्यकता छैन– नेपालको पानी भारतको अतिक्रमणको शिकार भएको छ । पानीको उपपयोग गरी नेपाललाई धनी बनाउने सपना बेच्दै नदी अतिक्रमण भैरहेको छ । यदि कुरा अनुसार काम हुन्थ्यो भने अहिले नेपालमा ८ हजार भेगावाटभन्दा बढी जलविद्युत उत्पादन भैसक्थ्यो । तर, त्यस्तो छैन । पानी अतिक्रमणको स्वार्थ जलविद्युन नभएर खानेपानीका लागि हो । भारतको अथाह जनसंख्यालाई पर्याप्त खानेपानी उपलब्ध गराउन नेपालकै नदीहरूको सहारा लिनुपर्छ । त्यसैले नदी अतिक्रमणको खेल निरन्तर जारी छ । 

पानीमा नेपाल–भारत मात्र हैन विश्वमै ठूलो विवाद छ । पानीकै कारण अर्को विश्वयुद्ध हुने भविष्यवाणी भैसकेको छ । यस्तोमा नेपालको पानीमा शक्ति राष्ट्रहरूको चासो बढ्नु स्वाभाविक छ । त्यसैले नेपालले आफ्नो सम्पदा आफ्नै समृद्धिमाा उपयोग गर्नका लागि खेल्नुपर्ने भूमिका र गर्नुपर्ने कामहरूका बारेमा सिद्धहस्त लेखक तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले गहन कृति तयार पार्नुभएको छ– “पानी अतिक्रमण र पानी कूटनीति” ।

लेखक श्रेष्ठले ९ अध्यायमा विभाजन गर्दै तयार पार्नुभएको प्रस्तुत कृति पानीविज्ञहरूका लागि गतिलो कोसेली हुनेछ भने नीति निर्माणकर्ता, योजनाबिद् तथा कार्यान्वयनकर्ताहरूका लागि पनि निकै लाभदायी सावित हुनेछ । पानीका विषयमा अहिलेसम्म जेजति प्रकाशनहरू तीभन्दा वेग्लै धारमा बगेर पानी कूटनीतिको आवश्यकता आंैल्याउनुभएका श्रेष्ठले आफ्नो कृतिमा नेपालका नदीहरूको उपयोग कुनै एक क्षेत्रमा मात्र नभै समग्रतामा हुनुपर्ने आवाज उठाउनुभएको छ । जस्तो कि लामो समयदेखि चर्चामा रहेको जलमार्गलाई कूटनीतिका माध्यमले प्रयोगमा ल्याउन सकिने उहाँको कथन छ । उहाँ लेख्नुहुन्छ– “भूपरिवेष्ठित नेपालका लागि जलमार्ग अन्तर्राष्ट्रिय सम्पर्क र व्यापार विविधकरणका लागि अत्यन्त सस्तो र सरल आर्थिक जीवनमार्ग हो । तसर्थ  पानी कूटनीतिको अर्को महत्वपूर्ण पक्ष नेपालका लागि जलमार्ग खुलाउनु नै हो । बंगालको खाडीसम्म जाने आउने नदी मार्ग खुलाउनु हो । दुई वा दुईभन्दा बढी मुलुक भएर बग्ने नदीलाई अन्तर्राष्ट्रिय नदी भनिन्छ । यस क्षेत्रमा गंगा र ब्रह्मपुत्र अन्तर्राष्ट्रिय नदी हुन् । यसलाई नेपालले निर्वाध रुपमा जलयानहरू संचालन गर्ने हक उपभोग गर्न पाउनुपर्छ । कोशी, गण्डक र कर्णाली नदीहरूमा जलमार्गको सम्भाव्यता रहेकोले सो बाटो खुलाउने जल कूटनीतिले प्राथमिकता पाउनुपर्छ ।”

नेपालको विकासमा यो एउटा विषय हो भने परम्परादेखि भट्याइँदै आइएको जलविद्युतको विकास र छिमेकीहरूसंगको सम्बन्ध अनि मुलुकको औद्योगिकीकरणका महत्वपूर्ण पक्षहरूलाई श्रेष्ठले आफ्नो पुस्तकमा पुस्तकमा गम्भीर र गहन विश्लेषण गर्नुभएको छ । पर्याप्त मात्रामा जलविद्युत उत्पादन गरेर निर्यात गर्ने र जलस्रोतकै माध्यमबाट चीन र भारतसंगको सम्बन्ध नयाँ सिराबाट सुरु गर्न सकिने विषयहरू र नेपालको आवश्यकता कसरी पूर्ति गर्न सकिन्छ भन्ने लगायत अनगिन्ती सुझावका साथमा अहिलेसम्म नेपालको पानीमाथि भएको अतिक्रमणको फेहरिस्त पुस्तकमा समेटिएको छ । 

प्रस्तुत कृतिमा नेपालको जलस्रोतमा अहिलेसम्म भएका आयोजना, हुने आयोजना, विवाद, भारतले अतिक्रमण गरेर राखेका आयोजना, अनधिकृत रुपमा बनाएका बाँध र नेपालभित्रको बाढी तथा डुबानका समस्याहरूलाई सिलसिलाबद्ध रुपमा उतार गरिएको छ । जलस्रोतमा चासो राख्ने जोसुकैका लागि अति उपयोगी र सन्दर्भ  सामग्रीका रुपमा उपयोग हुने प्रस्तुत कृति सुदूरपश्चिमको शुक्लाफाँटा सामुदायिक पुस्तकालय एवं संग्रहासय कञ्चनपुरले प्रकाशन गरेको यो कृतिको मूल्य २५० राखिएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अनुभूति र अभिव्यक्ति (08.16.2016)
गरिबी निवारणका लागि सहकारी (11.03.2015)
युवाहरुको सिर्जनात्मक आवाज (12.16.2014)
समसामयिक विचारको संगालो - देवराज अर्याल (06.02.2014)
देवघाट महाकाव्य : नव प्रतिभाको प्रस्फुटन (09.10.2013)
‘नयाँ पसल’का कवि भट्टराइ देवी सुवेदी (03.25.2013)
‘भूर्चालो’ले दिएको सुधारात्मक चेतना (03.11.2013)
इतिहास नेपालमा नारी जागरण अवस्था - रमेश गौतम (02.04.2013)
लामो प्रशासनिक अनुभवको सार : “सार्वजनिक नीति” (01.08.2013)
संक्रमणकालीन नेपालको प्रशासन (12.03.2012)
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल (10.15.2012)
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण (10.01.2012)
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]