युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 08.22.2018, 01:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण
Monday, 10.01.2012, 08:05pm (GMT+5.5)

“किन पिरोल्छ भारत नेपाललाई”– प्रश्नवाचक शीर्षकमा प्रस्तुत गरिएको कृति २०६९ सालमा प्रकाशित भएको नवीनतम् पुस्तक हो । विभिन्न विषयमा लेखिएका समसामयिक विचारहरूको संगालोको रुपमा प्रस्तुत यस कृतिमा विभिन्न शीर्षकमा लेखिएका ४७ वटा लेख समावेश गरिएको छ । जसको लेखन कार्य गर्नु भएको छ– विद्धान लेखक डा. चन्द्रमान बज्राचार्यले । 

लामो समयदेखि प्राध्यापन पेशामा संलग्न रहँदै आउनुभएका डा.बज्राचार्य स्पष्ट वक्ता हुनुहुन्छ । विभिन्न विषयवस्तुलाई गहिरो ढंगले अध्ययन गरी वस्तुनिष्ठताको आधारमा विश्लेषण गर्ने बज्राचार्यका लेखहरू पूर्वाग्रहरहीत हुने गर्दछन । यसै गरी उहाँका लेखहरूमा सिर्जनात्मक सुझाव र रचनात्मक दृष्टिकोण पनि समेटिने गर्दछन शैलीका हिसावले अत्यन्त सरल र सहज प्रस्तुति रहने उहाँका लेखहरू जो कोहीले पढ्न, बुझ्न र मनन गर्न सक्दछन । यही मेसो र लेखकीय विशेषता अभिव्यक्त भएको कृति हो “किन पिरोल्छ भारत नेपाललाई” । 

प्रस्तुत पुस्तक वास्तवमै समसामयिक छ । पुस्तकमा समावेश विभिन्न लेखहरूले नेपालका धेरै विषयवस्तुहरूलाई छोएका छन । कितावलाई नामको आधारमा विश्लेषण गर्दा राष्ट्रवादमा मात्र अल्झेजस्तो लागे पनि अरु धेरै विषय र शीर्षकहरू यसभित्र समेटिएका छन । राजनीति, अर्थ, संस्कृति, शिक्षा, संस्कार, वातावरण र विज्ञानका कुरालाई समेत छोएर समसामयिक घटनाहरूमा खदिलो दृष्टिकोण प्रस्तुत भएका छन । कही कतै विचारमा विरोधाभाषजस्तो देखिए पनि विश्लेषणका लागि प्रस्तुत तर्कहरूले एउटा निष्कर्षको विन्दुमा पुग्न सजिलो पार्ने पथ तय गरेका छन । त्यसैले प्रस्तुत कृतिका लेखहरूलाई सही गन्तव्यमा पुग्ने सुविचारित दृष्टिकोणहरूको सङ्गालो मान्न सकिन्छ । 

समय अवधिका आधारमा विश्लेषण गर्दा गणतन्त्र स्थापनापछि नेतृत्वमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईको कार्यकालमा घटेका घटनाहरूको बारेमा पुस्तक बढी केन्द्रीत भएको अनुभूति हुन्छ । कतिपय लेखहरूमा उहाँले नेताहरूको क्रियाकलाप, कार्यशैली र चरित्रप्रति नै प्रश्न उठाउनु भएको छ । उहाँलाई नेपाली नेताहरूको राष्ट्रवादी भावना क्षयीकृत हुँदैगएकोमा ठूलो चिन्ता छ । खास गरी देशको राष्ट्रियता, स्वाधिनता र सार्वभौमिकताको रक्षाको सन्दर्भमा नेपाली नेताहरूको निरीहपन सोचनीय पक्ष भएको भन्दै सचेत बनाउँनु भएको छ । 

यसै गरी एक अर्को लेखमा बज्राचार्यले कम्युनिष्टहरूको सैद्धान्तिक पृष्ठभूमि र आधारको चर्चा गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको चरित्रमा देखिएको सैद्धान्तिक विचलनको पक्षलाई उजागर गर्नुभएको छ । खास गरी निजी सम्पत्ति, सर्वहारावाद, धर्म, राष्ट्रवाद, भ्रष्टाचार, मानवतावाद, युद्ध र क्रान्तिजस्ता सवालहरूमा देखिएका विचलनप्रति लक्षित गर्दै वास्तविक जवाफदहीताको माग गर्नु भएको छ ।, पुस्तकमा यस्ता धेरै विषय र शीर्षकहरू छन् जसबाट लेखक बज्राचार्यले विकृति र विसंगतिलाई प्रहार गर्दै सत्य, न्याय र समाधानको खोजी गर्नु भएको छ । 

वास्तवमा लेखक बज्राचार्यले प्रस्तुत पुस्तक मार्फत विस्तृत क्षेत्रलाई समेट्नुभएको छ । कतै सत्ताको कुरा गर्नुभएको छ त, कतै संविधानसभाको सार्थकताको प्रश्न उठाउनुभएको छ । यसैगरी नेपालप्रति भारतको हेपाहा प्रवृत्ति, सीमा विवाद, नेपाली नेताहरूको भारतपरस्त सोच, सत्तास्वार्थ र आत्मकेन्द्रीत राजनीतिको बारेमा आवाज उठाउनु भएको छ । लेखक डा. बज्राचार्यले धर्म, संस्कृति, नेवारी परम्परा, शिक्षा, विश्वविद्यालय, ईश्वरको अस्तित्व, इतिहास र अरु यस्ता धेरै विषयहरू शुक्ष्म रुपमा प्रष्ट्याउनु भएको छ । उहाँले विषय वस्तुहरूलाई मिहीन रुपमा केलाउनु भएको छ । जसबाट एउटा प्रष्ट दृष्टिकोण आएको प्राप्त भएको छ । यो पक्षलाई पुस्तकको एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । 

जनजिब्रोमा प्रचलित शब्दहहरूको चयन गरेर गठन गरिएका वाक्यहरू ज्यादै सरल छन । शैली स्पष्ट र सिलसिलाबद्ध छ । जसले गर्दा अभिव्यक्ति र बोधको पक्ष ज्यादै गहकिलो बन्न पुगेको छ । छपाइ, कागज र समायोजनको पक्ष पनि उत्कृष्ट रहेको छ । यस हिसावले विश्लेषण गर्दा पुस्तकको मूल्य ३ सय राखिनुलाई अनुचित मान्न सकिदैन । पुस्तकभित्र समावेश विषयको विषय र गाम्भीर्यताको पक्षलाई विष्लेषण गर्दा प्रस्तुत पुस्तक देशप्रेमी सबै नागरिकहरूले एकपटक पढ्नै पर्ने खालको छ ।
देवराज अर्याल


Rating (Votes: )   
Share     Print


Other Articles:
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]