युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 12:39am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
 
राजनीतिक अस्थिरता जारी राख्ने कसरत
Tuesday, 12.11.2018, 01:34pm

देश संघीय संरचनामा गए पनि प्रदेश सरकारहरू निरीह भएर जे कुरामा पनि केन्द्रकै मुख ताक्नुपर्ने अवस्था यथावत नै रहेको तथ्य प्रदेशका मुख्यमन्त्रीहरूले उजागर गरेका छन् । संघीय र प्रदेश सरकारको गठन भएको दश महिनापछि पहिलो पटक गत आइतवारदेखि काठमाडौंमा बसेको अन्तरप्रदेश परिषदको बैठकमा बजेटको व्यवस्था, कर्मचारीको नियुक्ति र व्यवस्थापन, आवश्यक कानूनको निर्माणदेखि लिएर हरेक कार्यमा केन्द्रकै मुख ताक्नुपर्ने र केन्द्रले आफू मातहतका आदेशपालक निकायका रूपमा मात्र हेर्ने गरेको पीडा पोख्दै मुख्यमन्त्रीहरूले चरम असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने पुरानै प्रहसन शैलीमा मुख्य मन्त्रीहरूलाई ढाडस दिँदै संघीयताको नयाँ अभ्यासले गर्दा केही समस्या देखिए पनि सहकार्य र समन्वयको अहिले देखिएको अभाव चाँडै हट्ने आश्वासन देखाएर थुमथुम्याउने शैली अपनाउनुभएको देखिएको छ । 

 

दुई तिहाईको सरकार, गुटबन्दीको शिकार
Tuesday, 12.11.2018, 01:34pm
काठमाडौं । दुई तिहाई बहुमतको सरकारको १० महिना सित्तैमा गएको छ । सरकारले नारा र योजना जति सार्वजनिक ग¥यो त्यो अनुसारको कामको सिन्को पनि भाँचिएको छैन । सत्तारुढ दलका नेताहरु नै सरकारको चर्को आलोचना गर्न दत्तचित्त भएर लागेका छन् । अझ कतिसम्म भने नेताहरु बैठक नै वहिस्कार गर्ने स्थितिमा पुगेका छन् । शीर्ष नेताहरूबीच असमझदारी दिन प्रतिदिन चुलिंदै गएको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा बामदेव गौतमले शनिबार बोलाइएको सचिवालय बैठक नै वहिस्कार गरेपछि यसले निकै चर्को विवादलाई छताछुल्ल पारेको छ । ती नेताहरुले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको कार्यशैलीप्रति विमति जनाउँदै आएका छन् । 

कहिलेसम्म सहेर बसिरहने सीमामा हस्तक्षेप ?
Tuesday, 12.11.2018, 01:33pm
काठमाडौं । नेपालको कति सीमा अतिक्रमण भएको छ र कति ठाउँमा विवाद छ भन्ने यक्किन जानकारी र तथ्यांक सरकारसंग छैन । नेपाल–भारत सीमा विवादलाई सरकार र राजनीतिक दलहरु उच्चारण गर्न समेत चाहँदैनन् जसले गर्दा भारतको मनोबल बढिरहेको छ । अन्तर्राष्ट्रिय नियम–कानुन मिचेर भारतले नेपाली भूमिमाथि भौतिक संरचना निर्माण गरिरहेको छ । सरकार केही बोल्दैन । 
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलमा फैलदो असन्तोष
Tuesday, 11.20.2018, 11:46am
मुलुकका दुई प्रमुख राजनीतिक दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फैलिएको व्यापक असन्तुष्टिले सरकार र प्रतिपक्षा दुबै प्रभावहिन देखिएका छन् । दुबै दलका शीर्ष पंक्तिका नेताहरु एकले अर्कोको आलोचनामै व्यस्त रहँदा राजनीतिक विषयवस्तुले प्राथमिकता पाउन सकेको छैन ।
ओली सरकारको नौ महिना निराशाजनक
Tuesday, 11.20.2018, 11:46am
देशको विसङ्गत स्थितिमा सुधारका कुनै सङ्केत नदेखिएकाले समाजका हरेक क्षेत्रमा निराशा बढ्दैगएको छ । सत्ता सञ्चालनका लागि चुनौतिहीन अवस्थाको स्वर्णिम अवसर पाएको नेकपा सरकारका नौ महिनायताका गतिविधिहरू राष्ट्रिय चासो र जनसरोकारका विषयमा लक्षित र परिणाममुखी नदेखिनु नै निराशा बढ्नुको प्रमुख कारण हो । अपार जनमत पाएर गठित भएको स्थायी प्रकृतिको नेकपा सरकारले विशाल मतदाताहरूको हितमा नभै विभिन्न व्यवसायमा रहेका सीमित चन्दादाताहरूको पक्षमा काम गरिरहेको आभास भैरहेको छ । मन्त्रीहरूको मातहतका कामहरूको त कुरै छोडौं प्रधानमन्त्रीकै मातहतमा रहेका राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका कामहरूले पनि गति लिएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वनिवासबाटै सूचना प्रविधिको माध्यमबाट हरेक मन्त्रीको कामको अनुगमन र मूल्याङ्कन गर्ने परिपाटी बसालिएको भनिए पनि त्यसको सकारात्मक परिणाम कहीं पनि देखिएको छैन । कर्मचारी वर्गले सरकारलाई साथ नदिएको र उल्टै मन्त्रीहरू कर्मचारीको प्रभावमा पर्नेगरेको सम्मका गुनासाहरू नेतृत्व तहबाटै प्रवाहित हुनुले राज्यसंयन्त्र सञ्चालन गर्ने क्षमता सरकारसंग नरहेको उदाङ्ग भएको छ । अवाञ्छित राजनीतिक हस्तक्षेपको शिकार बन्दैआएको कर्मचारीतन्त्रलाई जवाफदेहितापूर्ण ढंगले काम गराउन सरकार विफल भैरहेको छ । दिशा र दृष्टिकोणको अस्पष्टता अक्षमताको मूल चूरो हो । यस्तै टिप्पणी अहिले बौद्धिक ,राजनीतिक र कर्मचारी वृत्तमा व्याप्त छ ।
इपीजी प्रतिवेदनप्रति भारतको आपत्ति
Tuesday, 11.20.2018, 11:45am
काठमाडौं । भारतले नेपालको हितमा कुनै चासो दिंदैन भन्ने दृष्टान्त इपीजी प्रतिवेदनमाथि उसको असन्तुष्टिले पुनः प्रकट गरेको छ । नेपाल र भारतबीच भएका सन्धि, सम्झौता र सहमतिको कार्यान्वयन र आवश्यक परिमार्जनका लागि सुझाव दिन दुबै देशबाट गठित प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदन तयार भए पनि भारतीय पक्षले त्यसमा आपत्ति जनाएको छ । 

सर्वसाधारण जनता बिलखबन्दको स्थितिमा- दशैंको मौकामा कालो बजार मौलायो !
Wednesday, 10.10.2018, 02:06pm
काठमाडौं । देशकै ठूलो चाडपर्व बडादशैं अब घरसंघारमै आइपुगेको छ । दशैंको सरगर्मीले आमजनतालाई छोइसकेको छ । बजारमा जताततै भीडभाड छ । राजधानीबाट दशैं मनाउन घरजानेहरूको संख्या बढ्दो छ । शहर बजारमा खसी–च्याङ्ग्राहरू देखिन थालेका छन् । बजारभाउ अनियन्त्रित रूपमा आकाशिएको छ । दशैंको मुखमा यातायात व्यावसायीहरूको दवाव झेल्न नसकेर खारेज भैसकेको सिण्डिकेट अझै जीवित रहेको आभास दिँदै सरकारले दश प्रतिशत शुल्क वृद्धि स्वीकृत गराएको पीडा लामो र छोटो दूरीका यात्रुहरूले भोगिरहेका छन् । चिनीको चास्नीमा डुबेर सरकारले आन्तरिक उत्पादनको संरक्षणका नाममा  आयातमा परिमाणात्मक बन्देज लगाएको र चिनी उद्योगहरूले उखु किसानलाई पूरै भुक्तानी पनि नदिने र पूर्व सहमतिको मूल्यमा चिनी पनि उपलब्ध नगराउने गरेर कृतिम अभाव र कालोबजारी गराइरहेको अवस्थाले पनि सर्वसाधारण उपभोक्तालाई दशैंको मुखमा झनै आहत पारेको छ । नेपालीहरूको मुख्य चाडपर्व दशैंको बेला अत्यावश्यकीय वस्तुको अस्वाभाविक मूल्यवृद्धि, कृत्रिम अभाव र कालो बजारी नियन्त्रण गर्ने चासो र क्षमता सरकारले देखाउन नसकेको आम गुनासो बढिरहेको छ । प्राविधिक रूपमा धेरै बलियो मानिएको वर्तमान सरकार जनसरोकारका विषयमा उदाशिन र अकर्मन्य सावित हुँदैगएको र मुनाफाखोरी र कालोबजारी व्यावसायीका सामु निरीह सावित भएको भन्दै सर्वत्र आलोचनाको लहर चलेको छ । दशैंको पूर्वसन्ध्यामा यस्तो असामान्य स्थिति सिर्जना हुनु जननिर्वाचित सरकारका निम्ति अत्यन्त लज्जाको विषय हो भन्ने आम प्रतिक्रिया छ ।

गठबन्धन र एकताको उल्लास हरायो !
Wednesday, 10.10.2018, 02:05pm
काठमाडौं । २०७४ साल असोजज १७ गते नेपालको राजनीतिमा कसैले सोच्दै नसोचको घटना घटेको थियो । त्यो थियो दुई ठूला कम्युनिष्ट पार्टीबीच चुनावी गठबन्धन र पार्टी एकताको घोषणा । त्यही घोषणापछि अहिले मुलुकमा दुई तिहाईको सरकार छ । २०१५ सालपछि दुई तिहाईको सरकार बनेको छ तर पनि स्थिति धर्मर नै छ अनि आश गर्नुको विकल्प छैन जनतामा । 

दशैं हिन्दुको हैन सबैको चाड हो
Wednesday, 10.10.2018, 02:05pm
काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं सुरु हुँदैछ घटस्थापना गरेर । दशैं नेपालीहरुको ठूलो चाड हो । एक दशकयता नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि दशैंलाई बाहुन–क्षेत्री वा हिन्दुहरुको मात्र चाड भन्दै बिरोध गर्न थालिएको छ । यो बिरोध केही त्यस्ता व्यक्तिहरुले गरिरहेका छन्, जसले आफ्नो संस्कृति बुझेकै छैनन् ।
पुनःअस्थिरता सिर्जनाको अशुभ सङ्केत !
Tuesday, 10.02.2018, 12:45pm
आन्तरिक राजनीतिक सङ्कटको विस्तार
काठमाडौं । विश्व समुदायलाई नेपालमा अब राजनीतिक स्थायित्व कायम भएको सन्देश दिँदै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ढुक्कसंग विदेश सयर गरिरहनुभएकै अवस्थामा उहाँकै ‘गतिशील’ नेतृत्वको नेकपाभित्र फैलिएको भुसको आगो सतहमै दन्किएको छ । नेपालमा लगानीमैत्री वातावरण बनेको सन्देश प्रवाह गरेको ध्वनि गुञ्जित भेरहेकै बेला पारी उहाँलाई विदेशमा पनि राम्रोसंग सुत्न नदिने गरी भएको यो बिस्फोटन ओली सत्ताको विस्थापनका लागि परिचालित प्रायोजित प्रारम्भिक कदम नै हो वा उहाँको पेलाहा नीति र आफ्नै समकक्षी नेताहरू एवं आफ्नै पार्टी कार्यकर्ताहरू उपरको पनपक्षपूर्ण व्यवहारकै उपजमात्र हो भन्ने कुराको निर्क्यौल हुन अझै केही समय कुर्नै पर्ने हुन्छ तापनि ओली सरकार विस्तारै आन्तरिक सङ्कटले घेरिँदैगएको प्रष्ट सङ्केत यसले दिएको छ । 
संसद अन्त्य बहुचर्चित चिकित्सा विधेयक पेश भएन
Tuesday, 10.02.2018, 12:44pm
काठमाडौं । बिहिबारबाट सङ्घीय संसद्को दोस्रो अधिवेशन समापन भएको छ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भए पनि बहुचर्चित चिकित्सा शिक्षा विधेयक भने पेश नै भएन ।

बलात्कार पनि पूँजीवादको उपज
Tuesday, 10.02.2018, 12:44pm
काठमाडौं । यो सरकारले चाहे के गर्न सक्दैन भन्ने सबैले बुझेका छन् । तर सरकार एउटा अपराधी पत्ता लगाउन सक्दैन । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लाग्न १२ वर्ष पनि लाग्नसक्छ भनेर प्रधानमन्त्रीले नै भन्नु लाजमर्दो विषय हो । सामाजिक अपराध विशेष गरी बलात्कार बढिरहेको छ । सरकारमा रहेकाहरु भने यसलाई नियन्त्रण गर्ने उपायको खोजी गर्नुको साटो अमूक पक्ष र सिद्धान्तलाई दोष दिएर आफ्नो असफलता ढाकछोप गर्न तल्लिन छन् ।

अस्थिरतावादी शक्तिहरू पुनः जुर्मुराउन थाले- ‘बलियो’ सरकारको निरीहता जताततै उदाङ्ग !
Tuesday, 09.25.2018, 12:34pm
 नेपालीहरूको महान चाड बडादशैं नजिकिँदै आउन थालेपछि उपभोग्य वस्तुको बजार अनियन्त्रित रूपमा आकाशिन थालेको छ ।  यही मौकामा सरकारलाई अक्करमा पारेर यातायात व्यावशायीहरूले ‘बलियो’ सरकारलाई निरीह सावित गर्दै १० प्रतिशत भाडा वृद्धि गर्न सफल भएका छन् । ९० दिनसम्मका लागि इन्धनको भण्डारण गर्ने पूर्व प्रचारित योजनाको कुनै अत्तोपत्तो नभएको अवस्थामा सरकारले ९० घण्टाका लागि पनि इन्धनको जोहो गर्न नसकेको तथ्य उदाङ्ग भएको छ । एकाध दिन आपूर्ति रोकिँदा मच्चिएको तेलको हाहाकारले राजधानीलाई नै अस्तव्यस्त पारिदियो । फोहोर व्यवस्थापन झनै जटिल बन्दैगएको छ । सडक, पुल, नहर, खानेपानी, भवनदेखि लिएर राष्ट्रिय गौरवका योजना भनी तोकिएका विद्युत आयोजनाहरूसमेत अलपत्र परेका छन् । निर्माणको जिम्मा लिएर  परिचालनको नाममा अर्बौंको रकम हातपारेका ठेकेदारहरू दुई तिहाइ बहुमतको सरकारभन्दा धेरै बलिया देखिएका छन् ।
राष्ट्रकवि घिमिरे सयवर्षमा प्रवेश
Tuesday, 09.25.2018, 12:32pm
राष्ट्रकवि माधवप्रसाद घिमिरे असोज ७ गतेदेखि १०० औं वर्षमा प्रवेश गर्नुभएको छ । लमजुङको बाहुनडाँडा– पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मनुभएका नेपाली जनहृदयवासी कविवर घिमिरे शतवर्ष प्रवेशका दिन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व एवं सर्वसाधारण व्यक्तिहरूको ठूलो जमातले उहाँको निवास र शुभकामना प्रदानका लागि आयोजित कार्यक्रमस्थलमा पुगेर उहाँलाई प्रत्यक्ष भेटघाट गरी आशीर्बचन लिँदै उहाँको सुस्वास्थ र दीर्घायुको हार्दिक कामना गरेका थिए ।
विजय जैलीको विषवमन
Tuesday, 09.25.2018, 12:27pm
काठमाडौं । नेपालले भारतबाट सहयोग जति पाएको छ, सम्बन्ध जति प्रगाढ छ भनिए पनि भारतबाट उत्तिकै पीडा र हस्तक्षेप खेपिरहेको छ । सीमा अतिक्रमण, अवैध बाँधका कारण उत्पन्न डुबान, भारतीय सीमा सुरक्षा बलको ज्यादतीसंगै नेपाललाई एकाधिकार बजार बनाएको भारतले नेपालको आन्तरिक सुरक्षामा समेत दख्खल दिने गरी पटकपटक गतिविधि गर्दैआएको छ ।

कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट
Tuesday, 09.11.2018, 12:31pm
नेपालको निशानाछापमा कालापानी क्षेत्रको छ हजारदेखि सात हजार हेक्टर भूमि गायब गरेर नेपालको नक्सा बनाएर प्रचलनमा ल्याइयो । भारतको अतिक्रमणमा परेको नेपाली भूमि आफ्नै नक्साबाट गायब हुनु प्राविधिक त्रुटी मान्ने कि मिचिएको भूमि भारतलाई बुझाउने खेल मान्ने ? गम्भीर प्रश्न खडा भएको छ । नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद छ । एक किसिमले भन्ने हो भने विवाद नभएर भारतको अतिक्रमणमा परेको छ नेपाली भूमि र यो क्रम अहिले पनि जारी छ । नेपाल विभिन्न जिल्लामा सीमा स्तम्भ सार्नेदेखि मिल्काउने र दशगजामा बस्ती बसाउने काम भारतीय पक्षबाट पटकपटक हुँदैआएको छ भने सुदूरपश्चिमको दार्चुलास्थित कालापानीमा त भारतले सैन्य क्यनाम्प नै खडा गरेको छ ।
भारत निर्भरता अन्त्य हुने बाटो खुल्यो : केन्द्र र प्रदेश सरकारहीबीच चर्को मतभेद
Tuesday, 09.11.2018, 12:31pm
काठमाडौं । नेपाल र चीनबीच यसै हप्ता यातायात तथा पारवहन प्रोटोकलमा भएको हस्ताक्षर र बिमस्टेकका सात देशका सैनिकहरूबीच हिजोदेखि हुने भनिएको सैनिक अभ्यासमा नेपालले भाग नलिने अन्तिम चरणमा भएको निर्णयले नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । भारतको रणनीतिक स्वार्थअनुरूप सैनिक गठबन्धनतर्फ उन्मुख भनी चर्चित रहेको सम्युक्त सैनिक अभ्यासमा नेपालको सहभागिता असंलग्न परराष्ट्र नीति र सुरक्षा सम्बन्ध विपरीत रहेको भनी सर्वत्र आलोचना भएपछि सहभागीताको निर्णय बदल्न ओली सरकारमाथि चर्को दवाव परेको थियो । उता चीनसित पारवहन प्रोटोकलमा सहमति भएपछि नेपालको तेस्रो मुलुकसंगको वैदेशिक व्यापारमा भारत निर्भरताको अन्त्य हुने आधार खडा भएकोमा यसलाई ठूलो उपलब्धि मानिएको छ । भूपरिवेष्ठित भए पनि भारत वेष्ठित अवस्थाको पीडा भोगिरहेको नेपालले चीनसंग परवहन सम्झौता गरेपछि अन्तर्राष्ट्रिय व्यापारका निम्ति अब सम्भावनाको नयाँ ढोका खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सन् २०१६ मा पहिलो पटक  चीन भ्रमणमा रहँदा भएको ऐतिहासिक पारवहन सम्झौताअनुरूप गत आसारमा भएको दोस्रो भ्रमणकै बेला प्रोटोकलमा हस्ताक्षर हुने विश्वास गरिएको भए पनि यसमा बिलम्ब हुँदा उत्पन्न भएको सन्देह पनि अब हटेको छ । 
दुई गलत निर्णय र गलत सन्देश
Tuesday, 09.11.2018, 12:30pm
काठमाडौं । सरकारले गरेको दुई गलत निर्णयले मुलुकको समग्र पक्षलाई चिन्तित तुल्याएको छ । एउटा थियो– बिमस्टेक राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी हुने र अर्को अन्तर प्रदेश सम्मेलन स्थगन । सैनिक अभ्यासमा जाने सरकारको निर्णयको सदनदेखि संचारसम्म व्यापक बिरोध भएपछि प्रधानमन्त्री केपी ओलीले नेपाली सेनालाई सहभागी नहुने निर्देशन दिनुभयो । हिजोदेखि सुरु भएको अभ्यासमा नेपाली सेना पर्यवेक्षकका रुपमा मात्र सहभागी हुनेछ ।

के भयो बिम्स्टेक शिखर बैठकमा ?
Tuesday, 09.04.2018, 12:45pm
काठमाडौं । निकै तामझाम र जनताले सास्ती पाएको दुई दिने बिम्स्टेक शिखर सम्मेलन १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सकियो । यो सम्मेलनका कारण काठमाडौंका केही सडक खाल्डारहित भए भने रंगरोगन पनि गरियो । दुई दिन काठमाडौंको सवारी अस्तव्यस्त भयो । जनतालाई दिनुसम्म सास्ती दिएर सम्पन्न बिम्स्टेक शिखर बैठकले यो क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त ग¥यो ।

परराष्ट्रनीतिमा असन्तुलन र विचलनको खतरा
Tuesday, 09.04.2018, 12:45pm
कोशीको डुवानबाट दुईलाखको बिचल्ली 

बिमस्टेकमा आबद्ध सात राष्ट्रहरूको चौथो शिखर सम्मेलन सकेर १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेपछि छवटा देशका सरकार प्रमुखहरू नेपालबाट बिदा भैसकेका छन् । यता भदौ २५ देखि ३१ गतेसम्म सातै देशका सैनिक प्रमुखको सहभागितामा भारतको पुनामा गरिने भएको सैनिक अभ्यासको विषयलाई लिएर राजनीतिक कुटनीतिक क्षेत्रमा गम्भीर बहसको नयाँ अध्याय सुरू भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्कलाई ओझेलमा पार्ने गरी भारतले नयाँ रणनीतिक खेल सुरू गरेको आभास भैरहेको बेलामा सैनिक अभ्यासको प्रस्ताव घुसाएर भारतले बिमस्टेकलाई सैनिक सुरक्षाको  आयाम दिने पहल गरी सैनिक अभ्यासका नाममा युद्धको खेल सुरू गरी सैनिक गठबन्धन निर्माणको दीर्घकालीन योजनालाई अगाडि बढाएको आशङ्कापूर्ण चर्चा व्याप्त भैरहेको छ । आणविक शक्तिसम्पन्न छिमेकी सार्क सदस्य राष्ट्र पाकिस्तानलाई चुनौति दिने र ऊसंग निकट सम्बन्ध रहेको विश्वकै दोस्रो शक्तिराष्ट्र चीनलाई पनि चिढाउने गरी हुनलागेको  भारतीय शक्ति प्रदर्शनको सैनिक अभ्यासमा भागलिने सहमति जनाएर नेपालले असंलग्न परराष्ट्र नीतिमा नै विचलन ल्याएको कडा टिप्पणी हुन थालेको छ । 
डरलाग्दो छ बलात्कारका घटना
Tuesday, 09.04.2018, 12:44pm
काठमाडौं । केही समययता बालिका बलात्कार र हत्याका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेको छ । बालिका तथा महिला हिंसाको यो प्रकरणलाई केलाउँदा कहालिलाग्दो तथ्यांक सार्वजनिक भएको छ । पाँच वर्षमा झण्डै एक हजार बलात्कारका घटना प्रहरीमा दर्ता हुनु नेपालीसमाज कति भयावह बन्दैछ भन्ने प्रश्न उठ्छ । पाँच वर्षमा एक हजार बलात्कारका घटना प्रहरीमा दर्ता हुनु भएको सहज रुपमा लिन सकिने विषय हैन ।

  » अनन्तरामले राखे विश्वमा सबैभन्दा लामो समयसम्म बोल्ने कीर्तिमान
  » बिमस्टेक सम्मेलनको ‘कस्मेटिक’ तयारी !
  » अपराधको बिरोध गर्दा पनि गोली खानुपर्ने ?
  » कांग्रेस महासमिति बैठक अहिलेदेखि नै आआफ्नै दाउ
  » सरकारप्रतिको विश्वास र भरोशा स्खलित हुने क्रममा !
  » देवानी तथा फौजदारी संहिता : चिकित्सकहरु थर्कमान
  » संघीयता त २२ से २४ से जस्तो पो भयो
  » सरकारका पाँच महीना के के भयो यो अवधिमा ?
  » डा. केसीलाई नेतृत्व लिन प्रधानमन्त्रीको प्रस्ताव
  » डा.के.सी.को अनशनले दुईतिहाइको सरकार थर्कायो
  » निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग
  » बीपी र पुष्पलाल- स्मृति दिवसमै सीमित
  » सत्तापक्ष र प्रतिपक्ष आआफ्नै डम्फु बजाउने होडमा
  » जनप्रतिनिधिले खिल्ली उडाए जनमतको
  » सलाम सुस्ताबासीको हिम्मतलाई
  » प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे व्यापक उत्सुकता : चरम व्यापार घाटाले सरकारलाई ठूलो चुनौती
  » तेल तस्करी रोक्न सरकारी संयन्त्र असफल- नेविसंघको मूल्यवृद्धि बिरुद्ध प्रदर्शन
  » मातृभूमिको माया यसरी दर्शाए डा. देवकोटाले
  » हामी हाम्रो निर्णय आफैं गर्न सक्छौं ः प्रधानमन्त्री ओली
  » ट्रम्प र किम शिखर वार्ता



 
::| Latest News

 
[Page Top]