युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 08:09pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
चार वर्षपछि पनि भैललाई छाडेनन्
Tuesday, 06.07.2011, 01:02pm (GMT+5.5)

काठमाडौं । शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने र संविधान लेखनकार्य तोकिएकै समयमा सम्पन्न हुन्छ भन्ने अनिश्चय बढिरहेको बेला शान्ति प्रक्रियाको अभिन्न अंग मानिएको एकीकृत नेकपा माओवादीका कार्यकर्ताको ज्यादति अझै रोकिएको छैन ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि उनीहरूले व्यक्ति आक्रमण गर्न नछाडेको अवस्थामा हालै काभ्रे निवासी विकल भैल वाईसीएलको निशाना बनेका छन् ।  भैलमाथि राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य र भिन्न राजनीतिक आस्था राखेकै आधारमा लामो समयदेखि माओवादी कार्यकर्ताले आक्रमणको प्रयास गरेको बताइएको छ ।

एक दशक अघिदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रेको सक्रिय सदस्यका रूपमा कार्यरत भैल बारम्बारको धम्कीपछि चार वर्षअघि अध्ययनका लागि अमेरिका गएका थिए । उनले अध्ययन पूरा गरी २०६८ वैशाख ३० गते शुक्रबार नेपाल फर्के लगत्तै वाईसीएल आतंककारीको आक्रमणको सामना गर्नुपरेको छ ।

नेपाल फर्केलगत्तै उनलाई हिंसामा विश्वास राख्ने वाईसीएल कार्यकर्ताहरूले खोजी गरेको र १७ जेठमा काठमाडौंको सिनामंगलमा विहानपख हिंडिराखेको बेला ५ जना जतिको वाइसिएलको समूहले आक्रमण गरेका थिए । आतंककारीहरूले भैललाई सुरुमा सोधपुछ गरेका र पछि हातपात गरी रगताम्य पारेको समाचारमा जनाइएको छ ।

आफ्नो ज्यान जोगाउन नसक्ने देखेर भैलले बचाउका लागि चिच्याएपछि पैदल यात्रीहरूले उनको उद्धार गरेको बताइएको छ । सर्वसाधारणको भीड बढेपछि आक्रमणकारीहरू भागेका थिए । भैलको अनुहार र हातमा चोट लागेको छ ।

घटनापछि आफूमाथि भएको आक्रमणप्रति टिप्पणी गर्दै भैल भन्छन्– “पुरानो रिस र भिन्न राजनीतिक आस्था राख्ने राजनीतिक दलमा आबद्ध भएकै कारण बारम्बार आक्रमण गर्ने माओवादी चरित्र नसुध्रिएसम्म उनीहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धता देखाउने दाँत मात्र हुने र यस्ता गतिविधिले शान्ति र संविधानको निर्धारित लक्ष्य पूरा हुँदैन ।”



Rating (Votes: )   
Share     Print


Other Articles:
प्रधानमन्त्रीको चेतावनी (06.07.2011)
रामदेवको अनशनमा बर्बर हमला (06.07.2011)
विद्युत विकासको नयाँ उपाय (06.07.2011)
राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो (05.30.2011)
जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने (05.30.2011)
काम नपाएपछि यस्तै हुन्छ (05.30.2011)
नागरिक पार्टीको घोषणा (05.30.2011)
अर्को भागवण्डाको खेल (05.30.2011)
डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो (05.24.2011)
जलविद्युतको नयाँ इतिहास रचिएला ? (05.24.2011)
असफल राष्ट्र बनाउने षड्यन्त्र (05.24.2011)
संविधानसभाको म्याद थपिनेमा आशंका (05.24.2011)



 
::| Latest News

 
[Page Top]