युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 07:39pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
कसको नेतृत्वमा राष्ट्रिय सरकार ?
Tuesday, 06.07.2011, 01:03pm (GMT+5.5)

काठमाडौं संविधानसभाको तीन महिने म्याद थपिएको दश दिन पूरा भैसक्यो तीन दलका शीर्ष नेताहरूले शान्ति संविधान लेखन प्रक्रियालाई खासै अगाडि बढाउन सकिरहेका छैनन् राष्ट्रिय सरकारको खाका अझै प्रस्तुत हुन सकेको छैन यो तरल वातावरणमा सत्ताको सपना देख्नेहरू प्रमुख तीनवटै दलहरूभित्र सल्बलाइरहेका छन् एनेकपा माओवादीले शान्ति प्रक्रियालाई अगाडि बढाउने क्रममा दोहोरो सुरक्षा प्रणालीको अन्त्य गर्ने सह्रानीय काम गरेर आफूमाथि थोपरिएको आशंका न्यून गरेको सेना समायोजनको खाका तयार नभैसके पनि माओवादी यसमा पनि निकै लचकदार हुने संकेतहरू छन् माओवादीकै कारणले शान्ति संविधान लेखन प्रक्रियामा अवरोध खडा भएको आरोप विस्तारै हट्दै तर पनि राष्ट्रिय सरकारका निम्ति सहमतिको वातावरण सहजै बन्नसक्ने अझै देखिएको छैन प्रधानमन्त्रीको तत्काल राजीनामाको माग भैरहे पनि सर्वस्वीकार्य विकल्प प्रस्तुत हुन सकेको छैन मुलुक नयाँ प्रधानमन्त्रीको प्रतिक्षामा रहेको भए पनि कुन दलको को प्रधानमन्त्री भन्ने सवाल जटिल बन्दैगएको राजनीतिक सूत्रहरू बताउँछन्

राष्ट्रिय सहमतिको सरकार शान्ति संविधानको बाटो खुला गर्न अपरिहार्य नै तापनि प्रमुख तीन दलभित्र कुन दलका कुन नेताको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने भन्नेबारे गहन छलफल हुनै सकेको छैन नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीको राजीनामा तत्काल आउनुपर्ने धारणामा हुनुहुन्छ भने उपयुक्त विकल्प खडा नहुँदासम्म प्रधानमन्त्रीले राजीनामा गर्न नहुने धारणा राख्नेहरू माओवादी कांग्रेस दुवैतिर छन् प्रधानमन्त्रीका निम्ति पालो कुरेर बसेको नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा रामचन्द्र पौडेलको महत्वकांक्षा जागृत अवस्थामा नै उता माओवादीभित्र भने कमरेड प्रचण्ड यो अवस्थामा प्रधानमन्त्री बन्न इच्छुक नरहनुभएको भन्दै डा. बाबुराम भट्टराईको नाम चर्चा प्रसङ्गमा निकै आउन थालेको आफूले सरकारको नेतृत्व गर्न पाउने निश्चित भएपछि मात्रै माओवादीले व्यक्तिको चयन गर्ने कुराहरू पनि उत्तिकै उठिरहेका छन् प्रचण्डको नेतृत्व नयाँ दिल्लीलाई मञ्जुर नहुने ठानेर नै उहाँ पछाडि सर्नुभएको डा. बाबुराम भट्टराईको नाम स्वीकार्य व्यक्तित्वका रुपमा चर्चित भएको पनि अनुभूत हुँदैछ तर माओवादीभित्रै भने डा. भट्टराई सर्वस्वीकार्य वैकल्पिक नेतृत्व बन्नसक्ने सम्भावना क्षीण प्रतीत माओवादीभित्रै महासचिव रामबहादुर थापा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम पनि भावी प्रधानमन्त्रीको रुपमा प्रक्षेपित हुन थालेको

प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिइसक्नुभएको नभए पनि यो सरकारलाई कामचलाउकै हैसियतमा रहेको प्रष्ट प्रधानमन्त्री खनालले राजीनामा गरे पनि नगरे पनि दलहरूबीच राष्ट्रिय सरकार बनाउन सहमति कायम हुनासाथ यो सरकारको आयु टुङ्गिने निश्चित मुलुकलाई सधैं अनिश्चय अन्योलको वातावरणमा अल्झाइरहनुभन्दा तीन दलका नेताहरूले पाँच बुँदे सहमतिको कार्यान्वयनमा तीब्रता ल्याउनु नै अहिलेको जिम्मेवारी हो प्रमुख दलहरूका सामु अहिलेको प्रमुख कार्यभार भनेको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएर संविधान लेखन कार्यलाई अगाडि बढाउनु नै हो यी दुवै काममा राष्ट्रिय सहमतिको आवश्यकता शान्ति संविधानमा राष्ट्रिय सहमति जुट्नासाथ त्यो सहमतिले संयुक्त राष्ट्रिय सरकार गठनको बाटो खुलाउने राज्यको पुनःसंरचना, शासकीय स्वरुप निर्वाचन प्रणालीबारे राष्ट्रिय सहमतिको खोजी नै अहिलेको मुख्य कार्यभार हो कसको नेतृत्वमा सरकार बन्ने भन्ने कुरा यो प्रसङ्गमा खासै महत्वको विषय नहुनुपर्ने थियो तर सत्ताको फोहरी खेलमा ठूला दलका नेताहरू अल्झिएपछि राष्ट्रिय जिम्मेवारीका पक्षहरू नै गौण बन्न पुगिरहेका छन् संविधानसभाको तीन वर्षको कार्यकाल सत्ताकै खिचातानीमा अल्झिएर अपव्यय भयो तीन महिने म्याद थपको अन्तिम अवसर पनि नेताहरूले यसरी नै गुमाउने हुन् कि भन्ने चिन्ता अझै निवारण हुन सकेको छैन बाह्य शक्तिका रणनीतिक खेलहरू पनि यो प्रसङ्गमा उत्तिकै चर्चित छन् संविधानसभाको म्याद सकिनै लागेको बेलामा दिल्लीका जासुसहरूले काठमाडौं त्यसै डेरा-डण्डा जमाएका थिएनन् भोलिका दिनहरूमा पनि परचक्रीको स्वार्थ नराम्रोसंग मडारिइरहने पर्याप्त संकेतहरू छन् प्रमुख तीन दलका शीर्ष नेताहरूले सहमतिको गाँठो कसिलो बनाउन सकेनन् भने राष्ट्रिय राजनीति फेरि पनि दुर्घटनाकै बाटोतिर धकेलिने आशंका अझै व्याप्त



Rating (Votes: )   
Share     Print


Other Articles:
साठी दिनमा सय विषयको कुरा मिल्ला ? (06.07.2011)
चार वर्षपछि पनि भैललाई छाडेनन् (06.07.2011)
प्रधानमन्त्रीको चेतावनी (06.07.2011)
रामदेवको अनशनमा बर्बर हमला (06.07.2011)
विद्युत विकासको नयाँ उपाय (06.07.2011)
राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो (05.30.2011)
जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने (05.30.2011)
काम नपाएपछि यस्तै हुन्छ (05.30.2011)
नागरिक पार्टीको घोषणा (05.30.2011)
अर्को भागवण्डाको खेल (05.30.2011)
डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो (05.24.2011)
जलविद्युतको नयाँ इतिहास रचिएला ? (05.24.2011)
असफल राष्ट्र बनाउने षड्यन्त्र (05.24.2011)
संविधानसभाको म्याद थपिनेमा आशंका (05.24.2011)



 
::| Latest News

 
[Page Top]