युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 08:08pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र
Monday, 06.20.2011, 04:10pm (GMT+5.5)

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय लगाएर तयार पारेको सुडान एपीसी खरीदमा भएको भ्रष्टाचारमा तत्कालीन गृह मन्त्रीहरूलाई चोख्याउने षड्यन्त्र भएको आमबुझाइ भ्रष्टाचारको सम्पूर्ण दोष प्रहरीलाई मात्र लगाएर राजनीतिक नेताहरूलाई उन्मुक्ति दिएको अख्तियारले २८ करोड ८१ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै तीन पूर्व प्रहरी महानिरीक्षक तथा वहालवाला पूर्व अतिरिक्त महानिरीक्षकहरू सहित ३४ प्रहरी अधिकृतलाई भष्टाचार मुद्दा लगाइएको

सूत्रहरूका अनुसार चरम राजनीतिकरणबाट थिलथिलो भएको नेपाल प्रहरीको नेतृत्वले राजनीतिक आड नपाइकन यति ठूलो रकम हिनामिना ¥यो भनेर सहजै पत्याउन सकिने अवस्था छैन त्यसो भ्रष्टाचारका सवालमा राजनीतिक व्यक्तिहरूले कसुरदार ठहरिएको ज्यादै न्यून मात्र मुद्दा रहेका छन् चिरञ्जीवी वाग्ले मात्र यस्ता अभागी राजनीतिज्ञ ठहरिन पुगे जसलाई भ्रष्टाचारी नेताको रुपमा चित्रित गरी सजाय समेत भयो यस अतिरिक्त पदमा रहँदा अकुत सम्पत्ति कमाएको भनेर चिनिएका देखिएका थुप्रै नेताहरूको मुद्दा विचाराधिन रहेको राजनीतिक व्यक्तिहरूलाई चोख्याउने गरी अख्तियारले मुद्दालाई कमजोर बनाएर प्रस्तुत गर्ने अदालतले पनि सोही अनुसारको फैसला गर्ने गरेको विगतमा थुप्रैपटक देखिएको थियो

अख्तियारले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मलाई भ्रष्टाचारमा सामेल भएको भन्दै २८ करोड ८१ लाख रुपैयाँको बिगो, सोही बराबर जरिवानासहित फैसला हुने बेलासम्मको ब्याज समेत असुली गर्न माग गरेको त्यसै गरी पूर्व प्रहरी महानिरीक्षक, दुई वहालवाला तीन पूर्व अतिरिक्त महानिरीक्षकलाई १३ वर्ष, नायब महानिरीक्षकदेखि निरीक्षकसम्मका अधिकृतलाई १० वर्ष दुई ठेकेदारलाई तीन वर्ष कैद माग गरिएको

आश्चर्यजनक कुरा के भने अख्तियारले त्यति धेरै प्रहरी अधिकृतहरूलाई अभियोग लगाउँदा तत्कालीन गृहमन्त्री गृहसचिवहरूलाई भने अनुसन्धानको घेरामा समेत पारेको देखिएन त्यसो व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले भ्रष्टाचारमा संलग्न जोसुकैलाई कार्बाही गर्न निर्देशन दिएको भए पनि यसको पालना भएन यसअघि पनि भ्रष्टाचार निवारणको काम भनेको सानातिना कर्मचारीहरूलाई कार्बाही गर्नुमै सीमित रहेको अख्तियारले उच्च प्रशासकहरूलाई छुनै सकेको छैन सुडान भ्रष्टाचार संस्थागत भ्रष्टाचारको सबभन्दा ठूलो नमूना हो राजनीति गर्नेहरूले जतिसुकै अपराध गरे पनि दोषमुक्त हुन्छन् उनीहरूको आदेश मान्नेहरू मात्र दोषी ठहरिन्छन् सजायको भागिदार पनि उनीहरू मात्रै हुन्छन् भन्ने मत्स्यन्यायको सिद्धान्त अख्तियारले अपनाएको आम बुझाइ अर्कोतिर अभियोग लागेका प्रहरी अधिकृतहरूले आफूहरूले आदेशको मात्र पालना गरेको भन्दै अख्तियार पूर्वाग्रही भएको भन्दै त्यसको विरोध गरेका छन् त्यसो दोषी बनाइएका प्रहरी अधिकृतहरूले पूर्व महानिरीक्षकहरूसामु गएर मुख खोल्नआग्रहपूर्ण दवाव सिर्जना गरिरहेका छन् यो प्रकरणले भने सुडान एपीसी खरीद भ्रष्टाचार काण्ड अनावश्यक रुपमा तन्किएर जाने यसको फैसला हुन दशकौं पनि लाग्नसक्छ जतिबेला राजनीतिक व्यक्तिहरूको यो भ्रष्टाचारमा संलग्नताको कुरा अभियोगीहरूले ओकल्नेछन् त्यसपछि यो मुद्दाले कुन रुप लिने हो ? यसै भन्न सकिने अवस्था छैन अहिलेलाई के मात्र भन्न सकिन्छ भने सुडान भ्रष्टाचार काण्डमा जोजतिलाई दोषी बनाएर मुद्दा दायर गरियो, यसले लहरो तान्दा पहरो थर्काउनेदिन आउनेछ तर तत्कालका लागि भ्रष्ट राजनीतिक व्यक्तिहरूलाई चोख्याउने काम अख्तियारले गरेको होइन भने चोरको खुट्टा काटभन्दा चोरले खुट्टा उचालेजस्तै पूर्व गृहमन्त्री भैसकेका नेताले सुडान प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै वक्तव्यवाजी गर्नु कम रोचक विषय होइन यही स्पष्टिकरणबाटै उनीहरूलाई छानबिनको घेरामा राख्नुपर्ने आधार तयार हुन्छ तर अख्तियारसंग त्यो हिम्मत छैन पूर्व गृहमन्त्रीहरूले आफूलाई थाहा छैन, थाहा पाइन भन्नु जस्तो हाँस्यास्पद तर्क अरु केही नभएको यस प्रकरणमा त्यतिबेलाका गृहमन्त्रीलाई सबै थाहा भएको अभियोग लागेका उच्च प्रहरी अधिकृतको दावी



Rating (Votes: )   
Share     Print


Other Articles:
मूल्य बढे पनि अभाव (06.20.2011)
कसको नेतृत्वमा राष्ट्रिय सरकार ? (06.07.2011)
चार वर्षपछि पनि भैललाई छाडेनन् (06.07.2011)
साठी दिनमा सय विषयको कुरा मिल्ला ? (06.07.2011)
प्रधानमन्त्रीको चेतावनी (06.07.2011)
रामदेवको अनशनमा बर्बर हमला (06.07.2011)
विद्युत विकासको नयाँ उपाय (06.07.2011)
राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो (05.30.2011)
जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने (05.30.2011)
काम नपाएपछि यस्तै हुन्छ (05.30.2011)
नागरिक पार्टीको घोषणा (05.30.2011)
अर्को भागवण्डाको खेल (05.30.2011)
डेढ खर्ब स्वाहा ! जनविश्वास घट्दो (05.24.2011)
जलविद्युतको नयाँ इतिहास रचिएला ? (05.24.2011)
असफल राष्ट्र बनाउने षड्यन्त्र (05.24.2011)
संविधानसभाको म्याद थपिनेमा आशंका (05.24.2011)



 
::| Latest News

 
[Page Top]