युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 07:31pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
अस्तित्व देखाउन मौका
Monday, 08.15.2011, 03:09pm (GMT+5.5)

काठमाडौं । नेपालका राजनीतिकर्मी, नागरिक अगुवा, पेशा-व्यवसायी लगायत टाठाबाठा भनिनेहरूको क्रियाकलाप यति अचम्मलाग्दो छ कि उनीहरू मुलुकको हितका लागि नभएर आफ्नो अस्तित्व देखाउने मौकाको प्रतिक्षामा मात्र रहेका हुन्छन् भन्ने निरन्तर आभाष भैरहेछ । संविधानसभाको म्याद सकिन सकिन लागेपछि यस्ता धेरै संस्थाहरू सल्बलाएर शान्ति र संविधानको सुनिश्चितताका लागि आन्दोलन र धर्नामा उत्रिन्छन् । यसै मेसोमा पूर्व जनप्रतिनिधिहरू आन्दोलनमा उत्रने भएका छन् । उनीहरू शान्ति र संविधानको मस्यौदा आउनुपर्ने र स्थानीय निकायको निर्वाचन हुनुपर्ने भन्दै आज माइतीघरबाट विरोध जुलुस निकाली संविधानसभा भवन अगाडि पुगेर धर्ना दिने भएका छन् । आन्दोलनमा पूर्व सांसद मञ्च नेपाल, जिविस महासंघ, गाविस महासंघ उत्रन लागेका हुन् । उनीहरूको आन्दोलनको उद्देश्य जेजस्तो भए पनि यस्तो आन्दोलन समय बितिसकेपछि गर्नुभन्दा समयछँदैदेखि निरन्तर दवाव सिर्जना गर्ने गरी भएको भए दलका नेताहरूले संविधानसभालाई सत्ता स्वार्थको खेल मैदान नबनाएर संविधान लेखिने थलोमा परिणत गर्न बाध्य हुने थिए र अहिलेसम्म मुलुकले संविधान पाइसक्थ्यो भन्ने आम बुझाइ छ समय रहुञ्जेलसम्म कसैको घैटामा घाम नलाग्ने तर समय बितिसकेपछि आन्दोलन गरेर दवाव दिनुको के अर्थ रहन्छ ? यस्ता प्रतिक्रियात्मक धारणाहरू सर्वत्र व्याप्त छन् । शान्ति र संविधानका लागि भनेर दिइने यस्तो दवाव दवाव नभएर आन्दोलनकारीहरूको अस्तित्व कायम गर्ने एउटा मेसो मात्र भएको धेरैको टिप्पणी छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
भदौ चौधलाई सम्बोधन गर्ने नयाँ रणनीतिको खोजी (08.09.2011)
शान्ति र संविधानको बाटोमा नयाँखाले विमति (08.09.2011)
फ्रिक्वेन्सीमा तानिने सुडानमा छाडिने ? (08.09.2011)
अर्को वितण्डा मच्चिने भय (08.09.2011)
विश्वविद्यालयहरूमा नियुक्ति (08.09.2011)
रेमिट्यान्सले गरिबी घट्यो (08.09.2011)
दलहरूभित्र बढ्दो गुटबन्दी : घोषित कार्यतालिका ओझेलमा (06.20.2011)
तीन साताको उपलब्धि शून्य (06.20.2011)
युगसम्वाद २४ वर्षमा (06.20.2011)
भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र (06.20.2011)
मूल्य बढे पनि अभाव (06.20.2011)
कसको नेतृत्वमा राष्ट्रिय सरकार ? (06.07.2011)
साठी दिनमा सय विषयको कुरा मिल्ला ? (06.07.2011)
चार वर्षपछि पनि भैललाई छाडेनन् (06.07.2011)
प्रधानमन्त्रीको चेतावनी (06.07.2011)
रामदेवको अनशनमा बर्बर हमला (06.07.2011)
विद्युत विकासको नयाँ उपाय (06.07.2011)
राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो (05.30.2011)
जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने (05.30.2011)
काम नपाएपछि यस्तै हुन्छ (05.30.2011)



 
::| Latest News

 
[Page Top]