युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.21.2019, 01:50am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
लुम्बिनीमा विशाल लगानी
Monday, 08.15.2011, 03:10pm (GMT+5.5)

काठमाडौं । तीन दशकभन्दा लामो समयदेखि तयार भएको लुम्बिनी विकास गुरुयोजना अलमलमै परिरहेको बेला एसिया प्यासिफिक एक्सचेन्ज एण्ड कोअपरेशन फाउण्डेशन (एपेक) नाम अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले लुम्बिनी विकास परियोजनाका लागि तीन अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ । एपेकको वैधानिकतामाथि नै प्रश्न उठाउँदै केही राष्ट्रिय दैनिकहरूले समाचार विवरण सार्वजनिक गरेपछि यसको सहअध्यक्षको हैसियतमा माओवादी अध्यक्ष प्रचण्ड संस्थाको बैठकमा भाग लिन अघिल्लो साता मलेसिया पुग्नुभएको थियो । मलेसियाबाट फर्कने क्रममा उहाँसंगै एपेकका अधिकारीहरू पनि नेपाल आएका थिए । एपेकका अधिकारीहरूले लुम्बिनी भ्रमण गरी गत बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लुम्बिनी विकास परियोजनाको खाका समेत प्रस्तुत गरेका छन् ।

समाचार अनुसार एपेकले लुम्बिनी विकास विशेष परियोजना कार्यान्वयनका लागि दुई चिनीया संस्था ताईतुङ कम्युनिकेशन लिमिटेड र भ्यानिअन इन्भेष्टमेन्ट ग्रुपसंग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । एपेकले नेपाल सरकारसंग औपचारिक कुराकानी समेत नगरेको भनिए पनि समयक्रममा सरकार र सो संस्थाबीच सहकार्यको सहमति र सम्झौता हुने अपेक्षा जागृत छ । सहअध्यक्ष प्रचण्डले एपेकको लगानी सरकारको स्वीकृतिमै हुने बताइसक्नुभएको छ ।

त्यसो त शक्ति राष्ट्रहरूको रणनीतिक खेलमैदान बन्दैआएको नेपालमा चिनीया गैरसरकारी संस्थाहरूबाट भित्रिने यति ठूलो आर्थिक सहयोग रोक्न अनेक प्रयास नहोला भन्ने छैन । एपेक गैरसरकारी संस्था भएको र यो संस्थामा एसिया, युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका राष्ट्रका उद्योगी, समाजसेवीले लगानी गर्नसक्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । एपेकको सहअध्यक्षमा पूर्व युवराज पारशको नाम समेत रहेको थाहा भएको छ । सो संस्थामा विश्वका धेरै राष्ट्रका प्रतिष्ठित व्यक्तित्वहरूको संलग्नता रहेको खुलासा भएको छ । संस्थाका अनुसार सरकारले स्वीकृति दिएमा आगामी तीन वर्षभित्र लुम्बिनीलाई विभिन्न धर्म र संस्कृतिबीच अन्तरक्रिया गर्ने थलोको रुपमा विकास गर्न खोजिएको छ ।

नेपालको आर्थिक विकासमा चिनीया लगानी भित्र्याउने सम्भावनाबारे व्यापक बहस चलिरहेको बेला चिनीया नागरिकले नेतृत्व गरेको गैरसरकारी संस्थाले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यति ठूलो रकम लगानी गर्ने चासो देखाउनु आफैंमा सुखद् सन्देश हो । भारतले कपिलबस्तुको सिमावर्ती क्षेत्रमा नक्कली लुम्बिनीको निर्माणकार्य जारी राखेको र गौतम बुद्ध भारतमा जन्मको भ्रम विश्वमाझ फैलाउने चेष्टा गरिरहेको बेलामा हुनलागेको यो लगानीले नेपालको आर्थिक-सामाजिक विकासमा बाह्य लगानीको ढोका खुल्ने र भारतको कुकृत्य पनि सार्वजनिक हुने आम विश्वास जागृत छ ।

लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय संस्थाले देखाएको चासोले जति सुखद् सन्देश संचार गरेको भए पनि पूर्ण व्यावसायिक रुपमा लुम्बिनीको विकास गरिने लक्ष्य रहेकाले त्यसमा होसियारी भने अवश्य अपनाउनुपर्ने हुन्छ । सरकारले स्पष्ट दृष्टिकोण राखेर लुम्बिनीको ऐतिहासिक, पौराणिक, पुरातात्विक अस्तित्वमा कुनै असर नपुग्ने गरी वृहत्तर हित हुने किसिमले आयोजना संचालनको अनुमति दिनु नै उपयुक्त हुन्छ । त्यसो त एपेकले ३ अर्ब अमेरिकी डलरको लागतमा लुम्बिनीको विकास गर्नका लागि संयुक्त राष्ट्रसंघीय विकास नियोगसंग सम्झौता गरेका कारण युनेस्कोको मापदण्ड बाहिर गएर निर्माणकार्य हुन्छ भनेर शंका गर्नुपर्ने आधार भने छैन ।

लुम्बिनीमा आधुनिक सडक, अन्तर्राष्ट्रिय विमानस्थल, अग्नि तथा आपतकालीन सेवा, आधुनिक टेलिफोन, ब्रोडबेण्ड इन्टरनेट, ठूलादेखि साना होटल, उद्योग, मन्दिर, विश्वविद्यालय सहितको पवित्र शहरको परिकल्पना गरिएको छ । त्यसो त काठमाडौंदेखि लुम्बिनीसम्म द्रुत रेलमार्ग तथा जलविद्युत परियोजनामा चिनीया सरकारले लगानी गर्नसक्ने जानकारी चिनीया राजदूत याङ हाउलानले यसअघि नै दिनुभएको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
अस्तित्व देखाउन मौका (08.15.2011)
शान्ति र संविधानको बाटोमा नयाँखाले विमति (08.09.2011)
भदौ चौधलाई सम्बोधन गर्ने नयाँ रणनीतिको खोजी (08.09.2011)
फ्रिक्वेन्सीमा तानिने सुडानमा छाडिने ? (08.09.2011)
अर्को वितण्डा मच्चिने भय (08.09.2011)
विश्वविद्यालयहरूमा नियुक्ति (08.09.2011)
रेमिट्यान्सले गरिबी घट्यो (08.09.2011)
दलहरूभित्र बढ्दो गुटबन्दी : घोषित कार्यतालिका ओझेलमा (06.20.2011)
तीन साताको उपलब्धि शून्य (06.20.2011)
युगसम्वाद २४ वर्षमा (06.20.2011)
भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र (06.20.2011)
मूल्य बढे पनि अभाव (06.20.2011)
कसको नेतृत्वमा राष्ट्रिय सरकार ? (06.07.2011)
चार वर्षपछि पनि भैललाई छाडेनन् (06.07.2011)
साठी दिनमा सय विषयको कुरा मिल्ला ? (06.07.2011)
प्रधानमन्त्रीको चेतावनी (06.07.2011)
रामदेवको अनशनमा बर्बर हमला (06.07.2011)
विद्युत विकासको नयाँ उपाय (06.07.2011)
राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो (05.30.2011)
जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने (05.30.2011)



 
::| Latest News

 
[Page Top]