युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 06:50pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
प्राज्ञिक क्षेत्रको दास मानसिकता : विश्वविद्यालयको भविष्य डामाडोल
Monday, 08.15.2011, 03:10pm (GMT+5.5)

काठमाडौं । प्रमुख राजनीतिक दलहरूबीच सत्ताको भागवण्डा नमिलेर खिचातानी बढिरहेकै बेला दिनगन्दी सुरु भैसकेपछि सरकारले जाने बेलामा त्रिभुवन विश्वविद्यालय लगायत मुलुकका सातवटा विश्वविद्यालयमा उपकुपतिको नियुक्ति गरेर विवादको घेरा बढाएको छ । यो प्रकरणबाट राजनीतिक दलको दौराको फेर समाएर लाभ लिन चाहने कतिपयको मनोकांक्षा पूरा नभएकाले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति भएपछि त्यसको विरोध गर्दै तालाबन्दीको नयाँ चरण सुरु भएको छ । यसअघि समयमै नियुक्ति गरेन भनेर विरोध गर्नेहरू सरकारले नयाँ उपकुलपति नियुक्त गरेपछि पुनः विरोधमा उत्रिएको विडम्बनापूर्ण स्थिति अहिले छ । प्राज्ञिक उन्नयनको थलो विश्वविद्यालयहरूमा राजनीतिक दलहरूले भागवण्डा लगाएर नेतृत्व हातपार्ने नराम्रो परम्प्रा बसेकाले विश्वविद्यालयहरू राजनीतिक कार्यकर्ताको राइँदाइँ गर्ने थलो बनेका छन् । प्राज्ञिक र क्षमतावान व्यक्तित्वलाईभन्दा दल विशेषलाई सहयोग पु¥याउनेहरूलाई नियुक्ति गर्ने परम्परा बसेकाले त्यसको असर शिक्षाको गुणस्तरमा परेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले त्रिभुवन विश्वविद्यालयमा आफ्ना पक्षधर प्राध्यापकलाई उपकुलपति बनाउन ठूलो कसरत गरिरहेका थिए । तीनवटै दलको दावी एउटै पदमा भएपछि शिक्षामन्त्री गंगालाल तुलाधरले आफ्नै नजविजीमा उपकुलपति नियुक्त गर्नुभयो । तर यसलाई कांग्रेस र माओवादी निकट प्राध्यापकहरूले पचाउन सकेनन् र त्यसको विरोध गर्दै तालाबन्दीको नयाँ चरण सुरु भयो । विद्यार्थीहरूलाई बन्द-हड्ताल जस्ता अमर्यादित गतिविधिमा नलाग्न प्रेरित गर्नुपर्ने गुरुहरू स्वयं विश्वविद्यालयको ढोकामा ताला लगाएर नियुक्ति खारेज हुनुपर्ने माग गरिरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा नियुक्त उपकुलपतिको योग्यता र क्षमताको विरोध भएको छैन । उहाँको राजनीतिक दलसंगको सामिप्यतालाई हेरेर विरोध भएको हो । कांग्रेस निकट नेपाल प्राध्यापक संघ र माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले त्रिभुवन विश्वविद्यालयमा भएको उपकुलपतिको नियुक्ति तत्काल खारेज गर्नुपर्ने माग गरिरहेका छन् । उसै त चार महिनादेखि रिक्त रहेको उपकुलपति पदका कारण विश्वविद्यालयको दैनिक काम-कारबाहीदेखि परीक्षा संचालन, नतिजा प्रकाशन लगायतका काममा बाधा उत्पन्न भएको थियो भने अब यो तालाबन्दीले कति समयसम्म विश्वविद्यालयको शैक्षिक र प्रशासनिक कार्यमा बाधा व्यवधान खडा गर्ने हो चिन्ताको विषय छ । प्राध्यापक संघका अध्यक्ष गुणनिधि न्यौपाने र संगठनका अध्यक्ष तक्मा के.सी. उपकुलपति नियुक्ति खारेज नभएसम्म तालाबन्दी जारी रहने बताउनुभएको छ । सरकारले त्रिभुवन विश्वविद्यालयमा प्रा.डा. हिरा महर्जन, पूर्वाञ्चलमा प्रा. महेश्वरमान श्रेष्ठ, नेपाल संस्कृतमा प्रा.डा. शिवहरि मरहठ्ठा, पोखरा विश्वविद्यालयमा प्रा. खगेन्द्रप्रसाद भट्टराई, कृषि तथा वनविज्ञानमा प्रा.डा. कैलाशनाथ प्याकुरेल, मध्यपश्चिमाञ्चलमा प्रा.डा. पद्मलाल देवकोटा र सुदूरपश्चिमाञ्चलमा प्रा.डा. जयराज अवस्थीलाई गत सोमबार नियुक्त गरेको थियो ।

सालको परिवर्तनपछि सुरु भएको राजनीतिकरणको मारमा त्रिभुवन विश्वविद्यालय थला परिसकेको छ भने अरु विश्वविद्यालयको शाख पनि बचेको छैन । विश्वका प्रतिष्ठित विश्वविद्यालयमा गनिएको यो विश्वविद्यालय यतिखेर झनै राजनीतिक स्वार्थ सिद्ध गर्ने थलो मात्र बन्न पुगेको छ । राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालयले समयसापेक्ष पाठ्यक्रम समेत तयार गर्न सकेको छैन । परीक्षा प्रणाली, अध्यापन प्रणालीमा कुनै सुधार छैन ।

त्रिभुवन विश्वविद्यालयमा आ-आफ्नो पक्षधरको नेतृत्व नभएमा प्राध्यापक-कर्मचारीदेखि विद्यार्थीसम्मले विरोध गर्ने, तालाबन्दी गर्ने, प्राध्यापकलाई कालोमोसो दल्ने, आगो लगाउने जस्ता अमर्यादित र अशोभनीय कामको लामो अभिलेख छ । यसबीचमा विश्वविद्यालयमा पटकपटक अग्निकाण्ड भएका छन् । उपकुलपति जस्तो मर्यादित पदमा आशिन व्यक्तित्वलाई कालोमोसो दलिएको घटना अभिलेखमा अंकित छ । नेपालको शैक्षिक इतिहासमा यो अत्यन्त लाजमर्दो घटना हो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
अस्तित्व देखाउन मौका (08.15.2011)
शान्ति र संविधानको बाटोमा नयाँखाले विमति (08.09.2011)
भदौ चौधलाई सम्बोधन गर्ने नयाँ रणनीतिको खोजी (08.09.2011)
फ्रिक्वेन्सीमा तानिने सुडानमा छाडिने ? (08.09.2011)
अर्को वितण्डा मच्चिने भय (08.09.2011)
विश्वविद्यालयहरूमा नियुक्ति (08.09.2011)
रेमिट्यान्सले गरिबी घट्यो (08.09.2011)
दलहरूभित्र बढ्दो गुटबन्दी : घोषित कार्यतालिका ओझेलमा (06.20.2011)
तीन साताको उपलब्धि शून्य (06.20.2011)
युगसम्वाद २४ वर्षमा (06.20.2011)
भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र (06.20.2011)
मूल्य बढे पनि अभाव (06.20.2011)
कसको नेतृत्वमा राष्ट्रिय सरकार ? (06.07.2011)
चार वर्षपछि पनि भैललाई छाडेनन् (06.07.2011)
साठी दिनमा सय विषयको कुरा मिल्ला ? (06.07.2011)
प्रधानमन्त्रीको चेतावनी (06.07.2011)
रामदेवको अनशनमा बर्बर हमला (06.07.2011)
विद्युत विकासको नयाँ उपाय (06.07.2011)
राजनीतिक दुर्घटनाबाट मुलुक जोगियो (05.30.2011)
जलविद्युतमा चीन र रूसको चासो, एकाधिकार कायम गर्ने भारतको रणनीति तोडिने (05.30.2011)



 
::| Latest News

 
[Page Top]