युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.21.2019, 01:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
राष्ट्रको परिचय नै मेटाउने कर्तुत
Monday, 08.15.2011, 03:14pm (GMT+5.5)

काठमाडौं । राष्ट्रको परिचय उसको ऐतिहासिक, पुरातात्विक वस्तुसंग जोडिएको हुन्छ । यो सवालमा नेपाल धनी नै मानिन्छ । नेपालमा पौराणिक, ऐतिहासिक र पुरात्विक महत्वका थुप्रै सम्पदाहरू रहेको भए पनि शासकहरूमा पलाएको पैसाको लोभले त्यस्ता बस्तुहरू गुपचुपमै बेचिने गरेको तथ्य हालै प्रकाशमा आएको छ । झण्डै ११ वर्ष अघि नेपाली सेनाले विभिन्न स्थानमा भण्डारण गरिराखेको पत्थरकला, माटिङ्ग्रे जस्ता नेपाल एकीकरणमा प्रयोग भएका लगायत राष्ट्रिय गौरबका इतिहास चिनाउने हतियारहरू कौडीको मोलमा बेचेको तथ्य कान्तिपुर टेलिभिजनले प्रसारण गरेपछि आम नेपाली जनता झस्किन पुगेका छन् । नेपाली सेनाको इतिहास झल्काउने त्यस्ता हतियार आधुनिक हतियार किन्ने नाममा बेचिएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, रक्षामन्त्री महेश आचार्य तथा नेपाली सेनाका उच्च अधिकारीहरूको मिलेमतोमा पुरातत्व विभागलाई समेत जानकारी नदिई ती हतियार विक्री भएकोमा अहिले चारैतिर आलोचना हुन थालेको छ भने व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले छानबिन थालेको छ । यो प्रकरणलाई सुडान भ्रष्टाचार प्रकरणभन्दा पनि संगीन छ । हतियार विक्री गर्दा ११ करोड रुपैयाँ हिनामिना भएको आशंका समितिको छ तापनि यो मुद्दा पैसासंग मात्र नभएर राष्ट्रको पुरातात्विक सम्पदासंग गाँसिएको हुँदा यसलाई आर्थिक भ्रष्टाचारका रुपमा मात्र अनुसन्धान गर्न नहुने आवाज उठ्दै गएको छ ।

संयुक्त राज्य अमेरिकाको न्यूजर्सीस्थित "इन्टरनेशनल मिलिटरी एन्टिक्स" नामक कम्पनीका प्रमुख क्रिस्चियन क्रान्सरले नेपाली सेनाले भण्डारण गरिराखेको हतियार छानीछानी अमेरिका पु¥याएका थिए । २०५८ सालमा सो हतियार सरकारी कोषमा ३३ लाख र सरकारको नेतृत्वमा काम गर्ने रक्षाका सम्बन्धित अधिकारीहरू र विचोलिया (दलाल)हरूका लागि १७ लाख गरी ५० लाख अमेरिकी डलर (३५ करोड नेपाली रुपैयाँ)मा बेचिएको खुल्न आएको छ । नेपाली सेनालाई आधुनिक हतियार दिलाउने भन्दै सो हतियार बेचिएको थियो । नेपालमा रहेका कैयौं पुराना हतियार अमेरिका पु¥याइएको थियो । अहिले सो हतियार अमेरिकी बजारमा विक्रीमा राखेको समाचार आएको छ । अमेरिकी कम्पनीले लगन सिलखानामा सेनाले भण्डारण गरिराखेको ५० हजारभन्दा बढी बन्दुक, १ सय ८० तोप, हजारौं थान खुकरी, राइफलको संगीन, गोलीगठ्ठा, बहुमूल्य पत्थरसमेत लगेको थियो । सुरुको सम्झौता अनुसार तीन म्याट्रिक टन मात्र हतियार विक्री गरिनुपर्ने भए पनि सरकारले बढी रकमको चाहना देखाएपछि क्रामर स्वयं नेपाल आएर मुलुकका अन्य भागमा भण्डारण गरिएका ५ म्याट्रिक टन अन्य हतियार छानीछानी लगेका थिए ।

एक सय वर्षभन्दा पुराना कुनै पनि वस्तु विक्री गर्नुपरे वा नष्ट गर्नुपरे पुरातत्व विभागसंग स्वीकृत लिनुपर्ने कानुनी व्यवस्था छ । सो हतियार नेपालको एकीकरणमा प्रयोग भएको हुनाले थप महत्वपूर्ण थिए र ९७ प्रतिशत हतियार २५०-३०० वर्ष पुराना हुन् । यस्तो राष्ट्रिय महत्व र पुरातत्वका दृष्टिले महत्वपूर्ण हतियार विक्री प्रकरणमा सरकारले पुरातत्व विभागसंग कुनै सल्लाह नै नगरेको पनि खुल्न आएको छ । आश्चर्यको कुरा त के छ भने सैनिक संग्राहलय निर्माण गर्ने तयारी गरी तत्कालीन प्रधान सेनापति प्रज्जवल शमशेर जबराबाट शिलान्यास भैसकेको भए पनि त्यस्ता ऐतिहासिक हतियारहरू त्यहाँ राख्नुपर्छ भन्ने सामान्य सोच समेत बनाएको पाइएन ।

हतियार विक्रीमा संलग्न तत्कालीन अधिकारीहरूको हाँस्यास्पद तर्कले अरु शंकाको बादल मडारिएको छ । नेपाली सेनालाई नयाँ हतियार चाहिने हुँदा रकमको अभावमा ती हतियार बेचेको र ती कुनै पनि हतियार कामै नलाग्ने भएको दावी गरिए पनि हतियार क्रेता कम्पनीले ती हतियारहरू राम्ररी पड्केको विवरणसहित इन्टरनेटमा विक्रीको आव्हान गरेको छ । हतियार प्रकरणका प्रमुख पात्र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भैसकेको छ भने तत्कालीन रक्षामन्त्री महेश आचार्यले हतियार विक्री प्रकरण आफूले भुलिसकेको हाँस्यास्पद कुरा गरेर चरम गैरजिम्मेदारीता प्रदर्शन गर्नुभएको छ । हतियार विक्री हुँदाका प्रधानसेनापति प्यारजङ्ग थापा भने मन्त्रिपरिषद्को निर्णयबाटै ती हतियार बेचिएको बताउनुहुन्छ । सरकारले हतियार विक्रीका लागि ग्लोबल टेण्डर आव्हान गरेको र क्रामरले सरकारले माग गरेबमोजिमको रकम तिरेर हतियार अमेरिका पु¥याएको जानकारीमा आएको छ ।

ऐतिहासिक र पुरातात्विक महत्वका हतियार विक्री भएको यो प्रकरणले राष्ट्रको अस्मितामाथि कसरी खेलवाड हुनेगरेको रहेछ भन्ने खुलासा गरेको छ । यो प्रकरणमा संसदीय समितिले छानबिन थालेपछि यसमा क-कसको केकस्तो संलग्नता छ र कस्तो चलखेल भएको रहेछ भन्ने पनि विस्तारै उजागर हुने आशा पलाएको छ । यतिबेला यो प्रकरणलाई धेरैजसो राजनीतिक दलहरूले पनि गम्भीरतापूर्वक लिएका छन् । नेपालको इतिहास निमिट्यान्न पार्ने यो काण्डलाई माओवादीले पनि गम्भीरतापूर्वक लिएको छ । जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन पासाङका अनुसार हतियार जसको नियन्त्रणमा रहेको भए पनि त्यो राष्ट्रको सम्पत्ति हो । यतिमात्र नभै त्यो नेपालको इतिहास बोल्ने सामग्री भएका हुँदा यसमा सबै गम्भीर भएर लाग्नुपर्छ । नेपालका पहिलो बैज्ञानिक भनेर चिनिएका गेहेन्द्र शमशेरले बनाएको बन्दुक पनि अमेरिका पुगेको छ । अर्कोतिर ती हतियारहरू फिर्ता ल्याउनुपर्ने माग पनि जोडतोडले उठिरहेको छ । पुरातत्वविद्हरू तत्कालीन सरकारले गम्भीर भूल गरेको भन्दै यसलाई सच्याउन वर्तमान सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताउँछन् । केही रुपैयाँको लोभमा राष्ट्रको चिनारी नै मेटाउने कार्य गर्नु राष्ट्रघात नै भएको ठहर गर्दै उनीहरू कूटनीतिक हिसाबले नभए युनेस्कोमार्फत प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिन्छन् ।

त्यसो त सो हतियार अमेरिकासम्म पु¥याउन तत्कालीन सैन्य नेतृत्व निकै सक्रियतापूर्वक लागेको क्रामरले तयार गरेको वृत्तचित्रमै उल्लेख गरिएको छ । राजधानी बाहिर भण्डारण गरिएको हतियार खोज्न सेनाले उपलब्ध गराएको हेलिकोप्टर प्रयोग गरिएको थियो । सो कार्यका लागि तत्कालीन मेजर जनरल कुमार फुदुङका तर्फबाट सक्रिय भूमिका खेल्ने ठमेलका व्यापारी नरेश दासलाई वृत्तचित्र र पुस्तकमा हार्दिक आधार व्यक्त गरिएको छ । हतियार विक्रीका लागि तत्कालीन सरकारले स्न २००० अगष्ट २० मा पहिलोपटक र सेप्टेम्बर २० मा दोस्रोपटक हतियार विक्रीका लागि ग्लोबल टेण्डर आब्हान गरेको थियो । अहिले हतियार विक्रीबारे व्यवस्थापिका संसद् राज्य व्यवस्था समितिमा बहस चलिरहेको छ । समितिका सदस्यहरूले यो घटनाको चर्को आलोचना गर्दै यो प्रकरणलाई राष्ट्रघातको संज्ञा दिएका छन् । यो प्रकरणको अख्तियारबाट छानबिन गराउने तयारी समितिले गरेको भए पनि अख्तियारले सुडानमा जस्तै राजनीतिक नेतृत्वलाई चोख्याएर अन्यलाई मात्र दोषी ठहर गर्ने हो वा पूरै प्रक्रिया सही भएको भन्दै लाचारी प्रदर्शन गर्ने हो त्यो भविष्यकै गर्तमा छ । अर्कातिर हतियार विक्रीको प्रक्रिया वैधानिक हुने भए पनि जे जस्ता हतियार विक्री भएको छ त्यसको महत्व बुझेर कार्बाही अघि बढाउनुपर्ने र हतियार फिर्ताका लागि चर्को दवाव दिनुपर्ने पुरातत्वविद्हरूको जोड रहेको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
लुम्बिनीमा विशाल लगानी (08.15.2011)
प्राज्ञिक क्षेत्रको दास मानसिकता : विश्वविद्यालयको भविष्य डामाडोल (08.15.2011)
अस्तित्व देखाउन मौका (08.15.2011)
शान्ति र संविधानको बाटोमा नयाँखाले विमति (08.09.2011)
भदौ चौधलाई सम्बोधन गर्ने नयाँ रणनीतिको खोजी (08.09.2011)
अर्को वितण्डा मच्चिने भय (08.09.2011)
फ्रिक्वेन्सीमा तानिने सुडानमा छाडिने ? (08.09.2011)
रेमिट्यान्सले गरिबी घट्यो (08.09.2011)
विश्वविद्यालयहरूमा नियुक्ति (08.09.2011)
दलहरूभित्र बढ्दो गुटबन्दी : घोषित कार्यतालिका ओझेलमा (06.20.2011)
तीन साताको उपलब्धि शून्य (06.20.2011)
युगसम्वाद २४ वर्षमा (06.20.2011)
भ्रष्ट नेतालाई चोख्याउने षड्यन्त्र (06.20.2011)
मूल्य बढे पनि अभाव (06.20.2011)
कसको नेतृत्वमा राष्ट्रिय सरकार ? (06.07.2011)
साठी दिनमा सय विषयको कुरा मिल्ला ? (06.07.2011)
चार वर्षपछि पनि भैललाई छाडेनन् (06.07.2011)
प्रधानमन्त्रीको चेतावनी (06.07.2011)
रामदेवको अनशनमा बर्बर हमला (06.07.2011)
विद्युत विकासको नयाँ उपाय (06.07.2011)



 
::| Latest News

 
[Page Top]