युगसम्बाद साप्ताहिक

हिन्दू राष्ट्रको माग
Monday, 08.22.2011, 03:31pm (GMT5.5)

काठमाडौं २ भदौ । लोकतन्त्र स्थापनापछि हठात नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएकोमा त्यसको व्यापक आलोचना भए पनि त्यसको सुनुवाई हुन सकेको छैन । पछिल्लो समय नेपाललाई पुनः हिन्दूराष्ट्र कायम गर्न दवाव सिर्जना गर्ने काम भैरहेको छ । यसैबीच हिन्दू राष्ट्र नेपालले गत शुक्रबार एक पत्रकारसम्मेलन गरी नयाँ बन्ने संविधानमा हिन्दू राष्ट्रका रूपमा घोषणा गर्नुपर्ने माग गरेको छ । संस्थाका अध्यक्ष जगतबहादुर थापाले नेपालमा सदियौँदेखि अभ्यासमा रहेको सनातन धर्म बैदिक परम्पराका आधारमा विकास भएको हिन्दू धर्मलाई बहुसङ्ख्यक जनताले विश्वास गर्ने भएको हुँदा जनताको चाहना र भावनालाई सरकारले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ बन्ने संविधानमा हिन्दू राष्ट्रको पहिचान मेटाउने कार्य भएमा हिन्दू राष्ट्र नेपालले त्यस्तो संविधान जलाएर आन्दोलनमा उत्रने जानकारी दिनुभयो ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com